दक्षिण कोरियामा आयोजना हुने प्योङचाङ विन्टर ओलम्पिक २०१८मा उत्तर कोरियाले पनि भाग लिने जनाएको छ। कोरियाली प्रयाद्दिपमा दुइ कोरिया बीच तनाब बढिरहेको बेलामा आयोजना हुने विन्टर ओलम्पिकमा उत्तरले भाग लिन्छ वा लिदैन भन्ने विश्व जगतमा चासो बढिरहेको बेला उक्त कुराको खुलासा भएको होl
दक्षिण कोरियाली विदेश मन्त्रि काङ् क्युङ्गवाले राष्ट्रिय सभामा बोल्दै उक्त कुराको खुलासा गरेका हुन्l उत्तर कोरियाले गत मे महिनामै बिभिन्न इभेन्ट हरुमा आफ्ना खेलाडी पठाउन इच्छुक रहेको भन्दै अन्तर्राष्ट्रिय प्याराओलम्पिकमा निबेदन दिएको भए तापनि हाल सम्म सो कुराको खुलासा नगरिएको बताए।
उत्तर कोरियाले यस भन्दा पहिला कुनै पनि विन्टर ओलम्पिक इभेन्टहरुमा भाग लिएको छैनl यद्धपि सन् २०१२ मा लन्डनमा आयोजना भएको समर ओलम्पिकमा १ जना तथा सन् २०१६ मा रिओ दे जेनेरिओ समर ओलम्पिकमा २ जना खेलाडीका साथ भाग लिएको थियो। सेताेपाटी डटकममा समाचार छ।