राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको तनाव नयाँ उचाइमा पुगेको जनाउन अमेरिकी सेना एकै क्षणको सूचनाले उत्तर कोरियामाथि आक्रमण गर्ने अवस्थामा रहेको कुरा गत शुक्रवार बिहान ट्विट गरेका छन्।
“उत्तर कोरियाले बुद्धिमानी कार्य गरेन भने अब सैन्य समाधानहरु पूर्णरुपमा तयार, एक मुष्ट र चलानी गर्न ठीक्क अवस्थामा छन्,” राष्ट्रपतिले लेखे । “आशा छ किम जोङ् यूनले अर्को एक बाटो फेला पार्लान्”।
यो डरलाग्दो चेतावनी होः ट्रम्पले प्योङ्याङ्गलाई तुरुन्त नै अमेरिकी सैन्य कारवाही हुने सङ्केत पठाइरहेछन् । मानौ कि गत अगस्त २१ मा दक्षिण कोरियासँग लामो योजनाबद्ध सैनिक अभ्यास यसै आक्रमणका लागि भएको हुसक्छ। यही ट्वीटले नै अमेरिका र दक्षिण कोरियाको तुरुन्तै हुनसक्ने आक्रमणमाथि उत्तर कोरियाले ध्यान दिनेछ भन्नु विनास निम्त्याउनु हुनेछ।
तर यो भन्दा पनि बढि बकवास, वास्तवमा ट्रम्पको ट्वीट झुठ्ठा होः अमेरिकी सेना “पूर्णरुपमा तयारी” अवस्थामा छैन र अमेरिकामा उत्तर कोरियाका विरुद्ध युद्ध शुरु गर्न कुनै तयारी छैन।
युद्ध शुरु गरिहाल्न हाल दक्षिण कोरिया र पूर्वी एशियामा अमेरिकाले तैनाथ गरेको सैन्य शक्ति अपर्याप्त छ, व्यापक संख्यामा थप शैन्य वललाई त्यहाँ ओराल्नु पर्ने हुन्छ। स्मरण रहोस्, त्यस्तो शैन्य वल ओराल्ने काम भएको छैन- पेन्टागनले पुष्टि गरेको छ।
” केही भएकै छैन” लेफ्टिनेन्ट कर्नेल क्रिस्टोफर बि लोगन, एक पेन्टागनका प्रवक्ताले मलाई फोनमा बताए।” त्यस (उत्तर कोरिया)” सम्बन्धी कुनै परिवर्तन भएको छैन।”
यसकारण यो बेकारको ट्वीटको झोक्का होः यो एक झूठ हो र यो यस्तो झूठ हो जसले अचानक ज्यादै गंभीर खतरा निम्त्याउन सक्छ किनकि अमेरिकी सेना त्यस्तो कार्य गर्न राम्ररी तयार भइसकेको छैन।
किन ट्रम्पको ट्वीट अति नै गैरजिम्मेवार छ
अमेरिका र दक्षिण कोरियाका सैन्यबल मिलेर हराउलान्, तर उत्तर कोरियाको सेना अझै पनि विश्वको ठूलाहरु मध्ये एक हो । त्यसले १.२ मिलियन नियमित, ७.७ मिलियन जगेडा सेनाहरुका साथै करीव २१,५०० तोपखानाहरु भएको गुड्डी हाँक्दैछ। ती मध्ये धेरै तोपखानाहरुलाई सिउलका १० मिलियन जनताका आवास र दक्षिण कोरियाको राजधानीतिर निशाना हान्ने गरी तयारमा राखिएका छन्। उत्तर कोरियामाथि मार हान्न “पूर्णरुपमा तयार” हुनुको अर्थ दक्षिण कोरियाको सुरक्षालाई सुदृढ गर्नसक्ने स्थल सेनाका दलहरुलाई त्यस क्षेत्रमा तैनाथ गरिसकेको र उत्तर कोरियाको जल तथा हवाई सैन्यवललाई हलचल गर्न नसकिने गरी विमानवाहक समूहहरु तम्तयार गरिसकेको भन्ने हो।
अहिलेसम्म यी मध्ये कुनै काम भएको छैन। वास्तवमा, यूएसएस कार्ल भिन्सन र यूएसएस रोनाल्ड रेगन नामक दुई वाहकहरु उत्तर कोरिया नजिकै समुद्रमा छोडिएको थियो, त्यो पनि जून महिनामा।
राष्ट्रपतिले भनेजस्तै उत्तर कोरिया विरुद्ध हान्नका लागि अमेरिकी सैन्य “पूर्णरुपमा तयारी” भएको कुरा तपाईले अपेक्षा गरे अनुसार भएकै छैन। यसलाई मेरा सहकर्मी जेनिफर विलियमले मलाईं राम्ररी सम्झाए।
यदि हामीले साच्चै नै उत्तर कोरियासँग बृहतस्तरमा विनाशकारी युद्ध छेड्न खोजेका हौं भने यस युद्धले दक्षिण कोरिया र अन्यत्र गरी दशौं हजार निर्दोष नागरिकहरुलाई मार्नेछ। सन् २००५ मा एटलान्टिक म्यागाजिनले गरेको एक युद्धसम्बन्धी अध्ययनमा यदि उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गर्यो भने शुरुकै केही दिनमा नै सिउलमा मात्र १ लाख नागरिक मारिन सक्ने अनुमान थियो। अरुहरुले यो संख्या भन्दा पनि बढी अनुमान गरेका छन्। यतिसम्म होइन, यस युद्धका लागि “पूर्णरुपमा तयारी” मा अमेरिकी सरकारको राजनैतिक, सैनिक तथा कुटनीतिका सबै क्षेत्रका सम्पूर्ण क्षमताको उच्चस्तरमा परिचालन हुनुपर्ने अपेक्षा गर्नु पर्ने हुन्छ।
हामीले यस्ता कुनै कुराहरु त देखेका छैनौं त। हामीले यस्तो जोसपूर्ण हुङ्कार राष्ट्रपति ट्रम्प न्यू जर्सीमा विदा मनाउन लागेकाबेला मात्र सुन्न पायौं।
ट्रम्पले उत्तर कोरियाका सम्बन्धमा अमेरिकाको सैन्य स्थितिलाई उदण्डपूर्वक तोडमरोड गरेको यो पहिलो पटक होइन। गत अप्रिलमा, उनले उत्तर कोरियाको समुद्री किनारमा ” हामी एउटा धेरै शक्तिशाली लडाकू जहाज पठाउदैछौं” भनेर गर्जेका थिए। त्यसबेला यूएसएस कार्ल भिन्सन भनिने “शक्तिशाली लडाकू जहाज” पठाए। तर त्यो उत्तर कोरिया भन्दा ३५०० माइल भन्दा टाढा र उत्तर कोरियातिर होइन अर्कोतिर फर्काएर राखिएको छ।
तर, यो समय अलिक खतरनाक नै छ। उत्तर कोरियाको लगातारका मिसाइल परीक्षणहरु र ट्रम्पको अकल्पनीय आक्रामक बयानबाजीका कारण उत्तरसँगको तनाव, अरुबेलाको भन्दा उच्च स्तरमा छ। र, राष्ट्रपति जति उत्तेजित वयानवाजी गर्छन् त्यति नै स्थिति काबूमा रहदैन।
सामान्तया, अमेरिकाले स्पष्ट र पूर्वानुमानयुक्त नीतिहरु तय गरे उत्तर कोरियाली आक्रमणलाई रोक्नसक्छ। अमेरिकाको प्रतिक्रियाले उ कसरी पछाडि हट्नेछ र उसले के भोग्नेछ भन्ने कुरामा प्योङ्गयाङ्गलाई प्रष्ट पार्नुपार्ने कुरामा अमेरिकी सरकारका हरकोही सहमत छन् । सार्वजनिक बयानवाजी खासगरी महत्वपूर्ण संकेत दिने हुन्छन् किनकि अमेरिकाको उत्तर कोरियासँग प्रत्यक्ष संचारको बाटो छैन। किम सत्ता अमेरिकी सार्वजनिक वयानवाजीमार्फत अमेरिका के भनिरहेको छ अनुमान गर्छ। त्यसलै सबै बयानवाजीहरुलाई सङ्गतपूर्ण बनाउनु ज्यादै महत्वपूर्ण हुन्छ।
ती संदेशहरु जति आक्रामक हुन्छन् त्यति नै मात्रामा उत्तर कोरियाले खराव प्रतिक्रिया जनाउनेछ।
ट्रम्पका भनाईले अमेरिकी आक्रमण हुनेरहेछ भन्ने लागेमा “प्योङ्गप्योङ्गलाई गलत अनुमान लगाउन या उसले नै पहिला नै आक्रमण गर्नु पर्ने रहेछ भन्ने तर्फ पुर्याउँछ। यो कुरा कोरिया र चीनका लागि राष्ट्रीय सुरक्षा परिषदका पूर्व निर्देशक लाउरा रोजेनवर्गले अघिल्लो हप्तामा मलाई बताए। उनले भने “जसको परिणाम भयावह हुन सक्छ” ।
अन्ततः यो इराक होइन, किनकि यसमाथिको आक्रमण गर्दा जापान र दक्षीण कोरिया ध्वस्त हुने अवस्था आइपर्न सक्छ ।
अमेरिकाको न्यूओर्कबाट प्रसारित हुने Vox अनलाइनमा अगस्त ११ २०१७ मा अद्यावधी गरी प्रसारितबाट साभार ।