एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताको चरम दुरुपयोग भएका कारण प्रदेश नम्बर २ मा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसक्ने बताए।
मतगणना भइरहेका बेला उनले एमालेले २५-३० प्रतिशत मत ल्याए राम्रो हुने बताए। ‘सरकार छाड्नु एमालेको ठूलो गल्ति भयो। माओवादीलाई प्रधानमन्त्री दिएर हामी सत्तामै रहिरहनु पर्थ्यो। त्यसो भएको भए २ नम्बर प्रदेशमा हामी ५० प्रतिशत स्थान जित्न सफल हुन्थ्यौं,’ एमालेको जनवर्गिय संगठन नेपाल लोकतान्त्रिक अदिवासी जनजाति महासंघको १२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालले भने,’२ नम्बरमा पहिलो पार्टी हुन पहिलो धेरै कोसिस गर्यौ। तर सत्ताको चरम दुरुपयोग भएको छ।
निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षा निकायसम्मले पक्षपात गरे।’ उनले विपक्षीहरुले एमालेलाई मधेस विरोधी पार्टीका रुपमा चित्रण गरेको बताए। ‘जाँड रक्सी भोज भतेर गरेर प्रभावित गर्ने कोसिस गरिएको छ। निर्वाचन आचारसंहिता विपरीत रातभर एमाले मधेसी विरोधी हल्ला फैलाइयो। पैसाको खोलो बगाइएको छ।’ एमाले छाडेर गएकाहरु अहिले पछुताइरहेको उनको दाबी छ।
‘एमालेलाई आदिवासी जनजाति विरोधी पार्टी भनेर भ्रम छर्न खोजियो। महत्व दिएर सांसद्-मन्त्री र पार्टीकै जिम्मेवार पदमा पुर्याएकाहरुले नै पार्टी छाडे। अशोक राई, रामचन्द्र झा,रकम चेम्जोङ, उर्मिला अर्यालहरु अहिले पछुताइरहनु भएको छ,’ उनले भने। थाहाखबर डटकममा समाचार छ ।