प्रदेश नं २ को स्थानीय तहको चुनावको मत परिणाम सार्वजनिक भएको छ।
तेस्रो चरणमा सम्पन्न सबै १३६ तह र १२७१ वडाको सबै नतिजामा अध्यक्ष/मेयरमा नेपाली काँग्रेस ४०, एमाले १८, माओवादी २१, राजपा २५, संस फोरम २६, लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएका छन्।
यस्तै, उपाध्यक्ष/उपमेयरमा नेका ३३, माओवादी/संसफोरम/राजपा प्रत्येकका २६, एमाले १८ र बॉकीमा लोकतान्त्रिक फोरम, स्वतन्त्र र नयॉशक्ति विजयी भएका छ।
यसैगरी, वडास्तरमा नेपाली काँग्रेस ३३८, एमाले २३५, माओवादी २२८, राजपा १९२, सं समाजवादी फोरम १९०, लोकतान्त्रिक फोरम ३३, स्वतन्त्र ३१, राप्रपा १०, नयाँ शक्ति ५ र अन्य ९ गरी १२७१ स्थानमा विजय प्राप्त गरेका छन् ।