ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। फ्लाइट नम्बर युबिजी २११ भएको उक्त विमानमा चालकदलका ४ सहित ७१ यात्रु यात्रारत थिए ।
यूएस बङ्लादेश एयरलाईन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने अधिकांश नेपाली रहेका छन् । ६७ यात्रु र चालक दलका चार जना सदस्य सहित बंगलादेशको ढाकाबाट काठमाडौं उडान भरेको सो विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनाग्रस्त भएको हो ।