Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आसाम: हजारौँ गोर्खा समुदायका सदस्य ‘अनागरिक’ हुने चिन्ता

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १७, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वर्षौँको अभियानपश्चात् शनिवार भारतको पूर्वोत्तर राज्य आसाममा जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समेटिएन।तीमध्ये दशौँ हजार नेपाली भाषी गोर्खा समुदायका सदस्य पनि परेको सो समुदायका अगुवाहरूले आशङ्का गरेका छन्।

    ‘प्रस्ट तस्बिर थाहा पाउन अझै एक साता जति लाग्छ। तर प्रारम्भिक अनुमानमा हजारौँ छुटेको जस्तो देखिएको छ,’ आसामस्थित गोर्खा विकास परिषद्का अध्यक्ष लोकनाथ उपाध्यायले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै बताए।’कुनै कुनै विवरणमा गोर्खा समुदायका एक लाख मानिस छुटेको भनिएपनि वास्तविक सङ्ख्या बिस हजारभन्दा धेरै रहेको अनुमान गरिँदैछ,’ आसाम गोर्खा सम्मेलनका महासचिव लक्ष्मी सेढाइले बताए।

    आशङ्काका आधार

    आसाममा नेपाली भाषी गोर्खा समुदायको यकीन जनसङ्ख्याबारे भिन्न भिन्न विवरण दिइन्छन्। कसैले बिस-तीस लाखको कुरा गर्छन्।तर पनि दश लाखभन्दा धेरै रहेको धारणा अधिकांशको छ।तीमध्ये शनिवारको अन्तिम नागरिक सूचीमा कति परेनन् भन्ने लेखाजोखा भइरहेको छ।’एनआरसीको पहिलेको मस्यौदामा छुटेका ४० लाखको हकमा अन्तिम सूचीमा के होला भन्ने अन्योल यहाँका सबै समुदायमा रहेको थियो। गोर्खा समुदायको हकमा अझ पनि बिस हजारभन्दा धेरै मानिसको नाम छुटेको देखिन्छ,’ सेढाइले बताए।

    एनआरसीको स्थापना सन् १९५१ मा भएको थियो। त्यसको मुख्य जिम्माको आसाममा जन्मिएको भारतीय नागरिक र को छिमेकी बाङ्ग्लादेशबाट आएका आप्रवासी भनेर छुट्ट्याउनु थियो।राज्यमा रहेका परिवारहरूलाई आफ्नो वंश र बसोबास प्रमाणित गर्न कागजात प्रस्तुत गर्न भनिएको थियो। जसले प्रमाणित गर्न सकेनन् तिनलाई अवैध विदेशी ठानियो।

    सो रजिस्टरमा २४ मार्च १९७१ भन्दा अगाडिनै आसाममा आइसकेका प्रमाणित मानिसहरूको मात्र नाम रहेको बताइएको छ। उक्त मितिको भोलिपल्ट बाङ्ग्लादेशले पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।अन्तिम सूचीमा कुल ३ करोड ११ लाख मानिस सामेल गरिएका छन्।प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लामो समयदेखि अवैध आप्रवासन विरुद्ध धारणा राख्दै आएको छ। केही वर्ष यता उसले एनआरसीलाई प्राथमिकता दिएको छ।

    प्रणाली ‘विसङ्गतिपूर्ण’

    एनआरसी प्रणालीले माग गरेका सम्पूर्ण कागजात बुझाएका र तथ्य स्थापित भएकाहरूको पनि कतिपयको नाम छुटेको भन्दै कतै यो प्रणाली नै विसङ्गतिपूर्ण त थिएन भनेर अगुवाहरूले प्रश्न गरेका छन्।’यति धेरै विसङ्गति छ कि कसैको श्रीमानको नाम छ श्रीमतीको छैन, श्रीमतीको छ श्रीमानको छैन, छोराछोरीको छ बुवाआमाको छैन। यस्तो स्थिति गोर्खा समुदाय लगायत अन्य समुदायमा पनि आइपरेका छन्। त्यसैले मानिसहरू हताश निराश छन्,’ गुवाहाटी विश्वविद्यालयमा अध्यापनरत डा। खगेन शर्माले बताए।

    थप त्यस्ता उदाहरण दिँदै सेढाइले भने, ‘सन् १९१७ मै यहाँ पुर्खा रहेको कागजात बुझाएका एकजनाको नाम छुटेको पाइयो। अर्को घटनामा यहाँ साहित्यका परिचित विद्यापति दाहालजीको परिवारको पनि नाम सूचीमा आएन।’सेढाइ स्वयंको परिवारमा पनि एनआरसीको प्रभाव परेको उनले सुनाए।’हामीसँग सबै कागजात छन्। मेरा तीन दाजुभाइ हुन्। अरूको त नाम आयो तर मेरो माहिलो दाजु र भतिजीहरूको आएन,’ उनले सुनाए।

    शर्माका अनुसार अन्तिम सूचीमा देखापरेका विसङ्गतिका कारण आसामभित्रै पनि कैयौँ आश्चर्यमा परेका छन्।’समग्रतामा भन्नुपर्दा यहाँ अवस्था कस्तो आइपरेको छ भने यो एनआरसीको तथाकथित निशाना भनेको बाङ्ग्लादेशी मुसलमान भनिएको थियो। तर जो १९ लाख छाँटिए तिनमा त विभिन्न समुदायका असली मानिसहरू नै धेरै परेका छन्। अर्थात् उनीहरूले सोचेजस्तो भएको छैन,’ शर्माले बताए। ‘जसले एनआरसी हुनुपर्छ भनेर सर्वोच्च अदालत गए तिनले अहिले हात जोडेर आममानिससँग आफूहरूले भनेजस्तो एनआरसी हुन नसकेको भनेर माफ मागेका छन्। कति त अब पुनस्परीक्षण हुनुपर्छ भनेर फेरि सर्वोच्च अदालत जानेवाला छन्।

    अब के हुन्छ?

    एनआरसीको अन्तिम सूची सार्वजनिक हुनुभन्दा अगाडिदेखि गोर्खा समुदायका अगुवाहरूले विभिन्न नेताहरूलाई भेटेर आफ्ना चिन्ता र चासो प्रकट गरेका थिए।शर्माका अनुसार अन्तिम सूचीमा देखापरेका विसङ्गतिका कारण आसामभित्रै पनि कैयौँ आश्चर्यमा परेका छन्।

    ‘केही साता अगाडि मात्र हामीले गृहमन्त्री अमित शाहजीलाई पनि भेटेका थियौँ। हाम्रो समस्या सुनेपछि वहाँले केही चिन्ता गर्नुपर्दैन भन्नुभएको थियो,’ आसाम गोर्खा सम्मेलनका महासचिव लक्ष्मी सेढाइले बताए।यसअघि आफूहरूले गतवर्ष प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यस विषयमा ध्यानाकर्षण गराएको उनले बताए। केही समयअगाडि आसामका मुख्यमन्त्रीलाई पनि भेटेको उनले बताए।

    तर पनि कतिपयको नाम छुटेकोमा आफूहरू चकित भएको सेढाइले बताए।नियमअनुसार अन्तिम सूचीमा नपरेकाहरूले १२० दिनभित्र अदालत जान सक्छन्।’अदालतमा सुनुवाइ भएपछि बल्ल निचोड निस्केला। हुन त भारतको सत्तारूढ भारतीय जनता पार्टीको सोचाइ हिन्दू समुदायका मानिस भारतीय नागरिक हुनुपर्छ भन्ने खालको पनि छ। त्यो हिसाबले काम गरे भने त हामी कोही पनि नछुटौँला,’ गोर्खा विकास परिषद्का अध्यक्ष लोकनाथ उपाध्यायले भने। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.