Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस सङ्क्रमणः फेरि अर्का व्यक्तिमा दोहोरियो कोभ‍िड, दोस्रो पटक ‘गम्भीर समस्या’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २७, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकामा एक व्यक्तिलाई दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको र दोस्रो पटक सङ्क्रमण धेरै डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन्।ती २५ वर्षीय सङ्क्रमितका दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। अहिले उनी निको भइसकेका छन्।

    कोरोनाभाइरस सङ्क्रमण हतपत नदोहोरिने विश्वास गरिन्छ।तर ‘लान्सिट इन्फेक्शस डिजीजेज’ नामक जर्नलमा प्रकाशित शोधले उक्त भाइरसको सङ्क्रमण भइसकेपछि कति प्रतिरोध क्षमता बन्छ भन्ने विषयबारे प्रश्न उठाएको छ।

    अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकलाई पहिला स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको र कोभिडको जोखिम हुन प्रतिरोध क्षमतासम्बन्धी अन्य अवस्था पनि नभएको बताइन्छ।

    उनलाई कहिले के भयो?
    मार्च २५ – घाँटी दुख्ने, खोकी, टाउको दुख्ने, वाकवाकी र पखालासहित प्रारम्भिक लक्षण देखियो
    एप्रिल १८ – परीक्षण गर्दा पहिलो पटक सङ्क्रमण पुष्टि
    एप्रिल २७ – सबै लक्षण हराए
    मे ९ र २६ – परीक्षणमा दुई पटक नै कोरोनाभाइरस देखिएन
    मे २८ – फेरि लक्षण देखियो, यसपालि ज्वरो, टाउको दुख्ने, रिँगटा, खोकी, वाकवाकी र पखाला लाग्यो
    जुन ५ – परीक्षण गर्दा फेरि कोरोनाभाइरस देखियो, अक्सिजनको मात्रा घट्यो र सास बढ्यो
    वैज्ञानिकहरूका अनुसार ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पछि फेरि देखा परेको नभई दुई पटक नै कोरोनाभाइरस सङ्क्रमण भएको हो। उनीबाट सङ्कलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखियो।

    “हामीले पत्ता लगाएको कुराबाट पुरानो सङ्क्रमणले भविष्यमा हुने सङ्क्रमणबाट जोगाउन नसक्ने सङ्केत पाइन्छ,” यूनिभर्सिटी अफ नभाडाका डा. मार्क प्यान्डरीले भने।”पुनः सङ्क्रमणको सम्भावनालले कोभिड-१९ प्रतिरोधसम्बन्धी हाम्रो ज्ञानमा उल्लेख्य प्रभाव पार्न सक्छ।”

    उनका अनुसार एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्छ।वैज्ञानिकहरू अझै कोरोनाभाइरस र प्रतिरोध क्षमतासम्बन्धी जटिल विषय बुझ्ने प्रयासमा छन्।

    यसको अर्थ के हो?
    के सबै सङ्क्रमितमा प्रतिरोध क्षमता बन्छ? सामान्य लक्षण भएका सङ्क्रमितहरूमा पनि? अनि त्यस्तो सुरक्षा कति लामो समयसम्म कायम रहन्छ त?

    कोरोनाभाइरसले हामीलाई दीर्घकालसम्म कसरी प्रभावित गर्छ र खोप तथा हर्ड इम्यूनिटी (सामूहिक प्रतिरोध क्षमता) जस्ता विषय बुझ्न यी प्रश्नहरू महत्त्वपूर्ण छन्।अहिलेसम्म सङ्क्रमण धेरै दोहोरिएको छ। अहिलेसम्म पुष्टि भएका ३.७ करोड सङ्क्रमितमध्ये एकदमै थोरै व्यक्तिमा मात्र पुनः सङ्क्रमण भएको पुष्टि भएको छ।

    हङ्‌कङ, बेल्जम र द नेदरल्यान्ड्समा फेला परेका बिरामीमा दोस्रो पटक सङ्क्रमण डरलाग्दो नभएको देखिन्छ। एक्वडोरमा चाहिँ अमेरिकामा जस्तै दोस्रो पटक सङ्क्रमण हुँदा बिरामीलाई गम्भीर समस्या देखिएको थियो तर उनलाई अस्पताल लानुपरेको थिएन।

    तर यो महामारी सुरु भएको धेरै भएको छैन। अनि सङ्क्रमणपछि विकसित हुने सुरक्षा अन्य प्रकारका कोरोनाभाइरसका कारण दुर्बल हुने सम्भावना हुन्छ।विश्वले कोरोनााभाइरस महामारीको दोस्रो लहर खेपिसकेपछि बल्ल हामीसँग केही स्पष्ट उत्तर हुनसक्छ।

    अनि सङ्क्रमण हुँदा शरीरले पहिला गरेको प्रतिक्रियाका कारण दोस्रो सङ्क्रमण झन् नराम्रो भएको हुन सक्छ। डेङ्गीजस्ता रोगमा शरीरले बनाउने एन्टिबडी सोही जातको तर अर्को प्रकारको भाइरसको सङ्क्रमण हुँदा समस्याकारी बनेको प्रमाण उपलब्ध छ।

    यूनिभर्सिटी अफ ईस्ट एङ्ग्लियाका प्राध्यापक पोल हन्टरका अनुसार दुई पटक सङ्क्रमण हुँदाको छोटो समयान्तर र दोस्रो पटक उत्पन्न समस्याका कारण यो अध्ययनले निकै चिन्ताजनक विषय देखाएको छ।

    “अहिलेसम्म ३.७ करोड मानिसलाई सङ्क्रमण भएको छ। यदि गम्भीर बिरामी पर्नेगरी पुनः सङ्क्रमण हुनु सामान्य थियो भने हामीले धेरै यस्ता घटनाहरू देख्नुपर्थ्यो।””अहिले पत्ता लागेको कुराबाट खोप कार्यक्रमका लागि कस्तो अर्थ लाग्छ भन्न अहिले धेरै चाँडो हुन्छ। तर यसले हामीलाई यो सङ्क्रमणका कारण कस्तो प्रतिरोधात्मक प्रतिक्रिया हुन्छ भन्ने हामीलाई पर्याप्त थाहा नभएको पुनर्पुष्टि गर्छ,” उनले भने। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.