Friday, January 22, 2021
  • Login
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

कोरोना भाइरस सङ्क्रमणः फेरि अर्का व्यक्तिमा दोहोरियो कोभ‍िड, दोस्रो पटक ‘गम्भीर समस्या’

by पत्रपत्रिकाबाट
October 13, 2020
in कोभिड–१९, समाचार
42 1
0
नेपालमा कोरोना भाइरस संक्रमण – दोस्रो र पाँचौ संक्रमित एउटै विमानमा आएका थिए
32
SHARES
Share on FacebookShare on Twitter

अमेरिकामा एक व्यक्तिलाई दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको र दोस्रो पटक सङ्क्रमण धेरै डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन्।ती २५ वर्षीय सङ्क्रमितका दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। अहिले उनी निको भइसकेका छन्।

कोरोनाभाइरस सङ्क्रमण हतपत नदोहोरिने विश्वास गरिन्छ।तर ‘लान्सिट इन्फेक्शस डिजीजेज’ नामक जर्नलमा प्रकाशित शोधले उक्त भाइरसको सङ्क्रमण भइसकेपछि कति प्रतिरोध क्षमता बन्छ भन्ने विषयबारे प्रश्न उठाएको छ।

अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकलाई पहिला स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको र कोभिडको जोखिम हुन प्रतिरोध क्षमतासम्बन्धी अन्य अवस्था पनि नभएको बताइन्छ।

उनलाई कहिले के भयो?
मार्च २५ – घाँटी दुख्ने, खोकी, टाउको दुख्ने, वाकवाकी र पखालासहित प्रारम्भिक लक्षण देखियो
एप्रिल १८ – परीक्षण गर्दा पहिलो पटक सङ्क्रमण पुष्टि
एप्रिल २७ – सबै लक्षण हराए
मे ९ र २६ – परीक्षणमा दुई पटक नै कोरोनाभाइरस देखिएन
मे २८ – फेरि लक्षण देखियो, यसपालि ज्वरो, टाउको दुख्ने, रिँगटा, खोकी, वाकवाकी र पखाला लाग्यो
जुन ५ – परीक्षण गर्दा फेरि कोरोनाभाइरस देखियो, अक्सिजनको मात्रा घट्यो र सास बढ्यो
वैज्ञानिकहरूका अनुसार ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पछि फेरि देखा परेको नभई दुई पटक नै कोरोनाभाइरस सङ्क्रमण भएको हो। उनीबाट सङ्कलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखियो।

“हामीले पत्ता लगाएको कुराबाट पुरानो सङ्क्रमणले भविष्यमा हुने सङ्क्रमणबाट जोगाउन नसक्ने सङ्केत पाइन्छ,” यूनिभर्सिटी अफ नभाडाका डा. मार्क प्यान्डरीले भने।”पुनः सङ्क्रमणको सम्भावनालले कोभिड-१९ प्रतिरोधसम्बन्धी हाम्रो ज्ञानमा उल्लेख्य प्रभाव पार्न सक्छ।”

उनका अनुसार एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्छ।वैज्ञानिकहरू अझै कोरोनाभाइरस र प्रतिरोध क्षमतासम्बन्धी जटिल विषय बुझ्ने प्रयासमा छन्।

यसको अर्थ के हो?
के सबै सङ्क्रमितमा प्रतिरोध क्षमता बन्छ? सामान्य लक्षण भएका सङ्क्रमितहरूमा पनि? अनि त्यस्तो सुरक्षा कति लामो समयसम्म कायम रहन्छ त?

कोरोनाभाइरसले हामीलाई दीर्घकालसम्म कसरी प्रभावित गर्छ र खोप तथा हर्ड इम्यूनिटी (सामूहिक प्रतिरोध क्षमता) जस्ता विषय बुझ्न यी प्रश्नहरू महत्त्वपूर्ण छन्।अहिलेसम्म सङ्क्रमण धेरै दोहोरिएको छ। अहिलेसम्म पुष्टि भएका ३.७ करोड सङ्क्रमितमध्ये एकदमै थोरै व्यक्तिमा मात्र पुनः सङ्क्रमण भएको पुष्टि भएको छ।

हङ्‌कङ, बेल्जम र द नेदरल्यान्ड्समा फेला परेका बिरामीमा दोस्रो पटक सङ्क्रमण डरलाग्दो नभएको देखिन्छ। एक्वडोरमा चाहिँ अमेरिकामा जस्तै दोस्रो पटक सङ्क्रमण हुँदा बिरामीलाई गम्भीर समस्या देखिएको थियो तर उनलाई अस्पताल लानुपरेको थिएन।

तर यो महामारी सुरु भएको धेरै भएको छैन। अनि सङ्क्रमणपछि विकसित हुने सुरक्षा अन्य प्रकारका कोरोनाभाइरसका कारण दुर्बल हुने सम्भावना हुन्छ।विश्वले कोरोनााभाइरस महामारीको दोस्रो लहर खेपिसकेपछि बल्ल हामीसँग केही स्पष्ट उत्तर हुनसक्छ।

अनि सङ्क्रमण हुँदा शरीरले पहिला गरेको प्रतिक्रियाका कारण दोस्रो सङ्क्रमण झन् नराम्रो भएको हुन सक्छ। डेङ्गीजस्ता रोगमा शरीरले बनाउने एन्टिबडी सोही जातको तर अर्को प्रकारको भाइरसको सङ्क्रमण हुँदा समस्याकारी बनेको प्रमाण उपलब्ध छ।

यूनिभर्सिटी अफ ईस्ट एङ्ग्लियाका प्राध्यापक पोल हन्टरका अनुसार दुई पटक सङ्क्रमण हुँदाको छोटो समयान्तर र दोस्रो पटक उत्पन्न समस्याका कारण यो अध्ययनले निकै चिन्ताजनक विषय देखाएको छ।

“अहिलेसम्म ३.७ करोड मानिसलाई सङ्क्रमण भएको छ। यदि गम्भीर बिरामी पर्नेगरी पुनः सङ्क्रमण हुनु सामान्य थियो भने हामीले धेरै यस्ता घटनाहरू देख्नुपर्थ्यो।””अहिले पत्ता लागेको कुराबाट खोप कार्यक्रमका लागि कस्तो अर्थ लाग्छ भन्न अहिले धेरै चाँडो हुन्छ। तर यसले हामीलाई यो सङ्क्रमणका कारण कस्तो प्रतिरोधात्मक प्रतिक्रिया हुन्छ भन्ने हामीलाई पर्याप्त थाहा नभएको पुनर्पुष्टि गर्छ,” उनले भने। बीबीसी

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

पहाडीको मन जित्दै मधेसी उम्मेदवार

3 years ago
खाद्यान्नमा परनिर्भता बढ्दै

खाद्यान्नमा परनिर्भता बढ्दै

3 years ago

Popular News

    Newsletter

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor.
    SUBSCRIBE

    Category

    • history
    • अर्थ
    • आधारभूत संरचना
    • इतिहास
    • उद्योग
    • कृषि
    • कोभिड–१९
    • दस्तावेज
    • मत-अभिमत
    • मुख्य समाचार
    • यो हप्ता
    • राजनीति
    • विचार
    • विमर्शका लागि
    • विषय प्रवेश
    • शीर्ष शीर्षक
    • समाचार
    • समाज
    • समाज राजनीति
    • सँस्कृति
    • सामयिक
    • साहित्य
    • सुशासन
    • सेवा
    • स्वास्थ्य /शिक्षा

    Site Links

    • Log in
    • Entries feed
    • Comments feed
    • WordPress.org

    About Us

    We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist