Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरू रुसमा विलय : अरबौं डलर खर्च र ट्रिलियन आम्दानी

जापोरीजा सबैभन्दा समस्याग्रस्त क्षेत्र बन्न सक्छ। त्यहाँको जनजीवन कसरी विकास हुनेछ भनेर कसैले भविष्यवाणी गर्न सक्दैन।

nepal_readers nepal_readers
अशोज १४, २०७९
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युक्रेनबाट स्वतन्त्र हुनका लागि  विगत ८ वर्षदेखि आन्दोलन गरिरहेका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा रुसले जनमत संग्रह गराएको थियो। यसैसँग जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो। त्यसलाई पश्चिमाहरुले विरोध गरिरहेका भएपनि विगत युक्रेनबाट अलग हुन चाहेका ती क्षेत्रहरुको मत परिणाम  रुसको पक्षमा गएको छ।

    अब रुसका राष्ट्रपतिले घोषणा गरेपछि ती क्षेत्रहरु रुसी संघमा विलयन हुनेछन्। तथापी ती क्षेत्रहरुमा शान्ति स्थापित गर्न र जीवन पुनर्स्थापित गर्न रुसलाई समयमात्र होइन ठूलो आर्थिक भार समेत पर्ने देखिन्छ।

    त्यसो त युक्रेनका केही क्षेत्रहरू रूसमा विलयन गर्नु आर्थिक दृष्टिकोणबाट फाइदाजनक छ। यसले रूसी बजेटमा नकारात्मक प्रभाव पार्ने छैन। यसबारे क्रेमलिनले हिसाव राम्ररी गरेको पनि समाचार आइरहेका छन्। खासगरी त्यहाँका शहरहरू पुनर्निर्माण गर्न र नयाँ इलाकाहरूमा शान्तिपूर्ण जीवन पुनर्स्थापित गर्न रूसी बजेट खर्च हुनेछ। तर हालसम्मको मोटामोटी हिसावमा नयाँ क्षेत्रहरूले रुसलाई नाफा नै दिने अनुमान गरिएका छन्।  

    रुसमा मात्र होइन, यसको हिसावकिताव अन्यत्र पनि भइरहेको देखिन्छ। हालै अमेरिकाबाट प्रकाशित हुने वाशिंगटन पोस्टले एक अनुमानलाई अघि सारेको छ जसअनुसार नयाँ क्षेत्रहरूका खनिज भण्डारहरूको सम्पत्ति लगभग १२.४ ट्रिलियन डलर बराबर छ।

    मस्कोबाट प्रकाशित हुने वेदोमोस्ती अखबारले अर्को एक अनुमान प्रकाशित गरेको छ जसअनुसार  डीपीआर (युक्रेनको डोनेट्स्क ओब्लास्टका क्षेत्र), एलपीआर (युक्रेनको लुहान्स्क ओब्लास्टको क्षेत्र), खेओर्सन  र जापोरोजे क्षेत्रहरूको आर्थिक क्षमता २०२१ को मूल्यमा १३० अर्ब डलर बराबर छ। अर्को शब्दमा, युक्रेनी अर्थतन्त्रको २०% बराबर रुसी अर्थतन्त्रको २.९% बराबर रुसमा थपिनेछ।

    यतिमात्र होइन रूसले ५,००० भन्दा बढी औद्योगिक, कृषि, प्रशोधन, ऊर्जा र अन्य उद्यमहरूसमेत प्राप्त गर्नेछ।

    तर रुसले यति सम्पत्तिलाई सुरक्षित गर्न रुसले जनकल्याणका लागि अपार लगानी गर्नु पर्ने हुन्छ। यसको मतलव ती क्षेत्रहरुमा शान्तिपूर्ण जीवनयापन गर्नसकिने ग्यारेन्टी गर्नुपर्छ। रुसले यो लक्ष बुझेर योजना पनि तयार गरेको हुनसक्छ। यही लक्षका साथ युद्ध शुरु गरेको पनि हुनसक्छ।

    के पाउँछ रुसले?

    हाल विलयन गरिएका चार क्षेत्रहरूको भूभाग कुल १०९,००० वर्ग किलोमिटर रहेको छ।

    डोनेट्स्क क्षेत्रमा मात्र ४१ लाख जनसंख्या छ। २०१४ मा नै, यसलाई युक्रेनको सबैभन्दा उच्च विकसित औद्योगिक क्षेत्र मानिन्थ्यो, जसले देशको २०%  औद्योगिक (कोइला, धातुहरू, कोक-रसायन) उत्पादन गर्ने गर्दछ।

    यस क्षेत्रमा निम्न  थर्मल पावर प्लान्टहरू सामान्य रूपमा काम गरिरहेका छन्:

    • युग्लेगोर्स्क्या थर्मल पावर प्लान्ट
    • स्टारोबेस्वेकाय थर्मल पावर प्लान्ट
    • स्लाभ्यान्स्काय थर्मल पावर प्लान्ट
    • कुराखोभ्स्काय  थर्मल पावर प्लान्ट
    • ज्यूवेस्काया थर्मल पावर प्लान्ट ।

    हाल विलयन गर्न लागिएका नयाँ क्षेत्रहरु कति धनी र मूल्यवान छन् त्यसलाई प्रमाणित गर्न कुनै सूचना खोजी राख्न आवश्यक छैन।  किनकि विश्वका प्रामाणिक आर्थिक भूगोलका कुनै पनि पाठ्यपुस्तकले ती क्षेत्रका आर्थिक सामर्थ्यता बारे उल्लेख गरेका छन्। 

    डोनबास क्षेत्रमा युरोपको सबैभन्दा ठूलो कोइला भण्डारण छ।  यसको कृषियोग्य जमिनको क्षेत्रफल ६१७.८ हजार हेक्टर रहेको छ ।

    लुहान्स्क जनगणतन्त्रको १४ लाख जनसंख्या छ। त्यहाँ एक रासायनिक र औषधि प्लान्ट लगायत केही शक्तिशाली धातुजन्य उद्यमहरू छन्। यो धेरै महत्त्वपूर्ण आवागमन द्वार समेत हो।

    जापोरीजा फलाम तथा अन्य धातुजन्य उद्योगका लागि प्रख्यात छ। यहाँ निम्न कम्पनीहरू छन्:

    • Zaporizhstal steel works,
    • Dneprospetsstal steel works,
    • Ukrainian graphite,
    • Zaporozhye aluminum plant,
    • Titanium-Magnesium Plant,
    • Motor Sich,
    • Zaporozhye Automobile Plant (ZAZ).

    युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्ट DneproGES (ड्नेपर हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट) यहीं छ। यसैगरी  Zaporizhzhia Nuclear Power Plant र Zaporizhzhia थर्मल पावर प्लान्ट पनि यही छन्। आजोभ समुद्री बन्दरगाह  बेर्द्यानस्क शहरमा स्थित छ।

    खेअर्सन क्षेत्रको जनसंख्या करिब १० लाख रहेको छ र करिब २०० वाट औद्योगिक प्रतिष्ठानहरु छन्। ती प्रतिष्ठानहरु निम्न क्षेत्रका रहेका छन्:

    • इन्जिनियरिङ,
    • खाद्य उद्योग,
    • प्रशोधन उद्योग,
    • रासायनिक उद्योग,
    • पल्प र कागज उद्योग,
    • हल्का उद्योग,
    • विद्युत ऊर्जा उद्योग।

    खेअर्सन क्षेत्रको परम्परागत र प्राथमिकता उद्यम नै  जहाज निर्माण हो। खेअर्सनको खनिज स्रोत र कृषि भूमिले आगामी वर्षहरूमा रुसको अर्थतन्त्रलाई बढावा दिनेमा विश्वस्त हुने कैयन आधारहरु छन्। यस क्षेत्रले वार्षिक रूपमा कम्तिमा २०  टन खाद्यान्न उत्पादन गर्ने सम्भावना छ। यो कुरा रुसका लागि मात्र नभई हाम्रो समय र विश्वका लागि अत्यन्त महत्त्वपूर्ण वरदान हो।

    एलपीआर र डीपीआर धेरै पहिले युक्रेनबाट छुट्टिन विगत आठ वर्षदेखि आफ्नो स्वतन्त्रताको लागि लडिरहेका थिए। जापोरीजा र खेअर्सनले यसै वर्ष देखि यो पथ रोजेका हुन्।

    जनमत संग्रहबाट यी चार नयाँ क्षेत्रहरु रुसमा विलय भएपछि, आजोभ सागर नै रूसको भूभागमा सम्मिलित हुनेछ र यो नै समुद्री मार्ग हुनेछ। यस कुराले रूसलाई यस्ता अवसरहरू र फाइदाहरू दिनेछ:

    • बन्दरगाह,
    • कृषि,
    • पर्यटन,
    • वैदेशिक व्यापार,
    • देशको दक्षिणभागमा आपूर्ति गर्नमा सहजता,
    • सेनेटोरियम र मनोरञ्जन केन्द्रहरू।

    रुसका सरोकारहरु

    अब, यी क्षेत्रहरूका महत्त्वपूर्ण मुद्दा भनेका रूसी अर्थतन्त्रको एकीकरण र भूभागको एकीकरणको वैधता हुनेछन्। रुसले यी क्षेत्रहरुको भूभागको एकीकरणलाई दीर्घ जीवन दिन ठूलो खर्च गर्नु पर्ने हुन्छ। यसो नगरी ती नयाँ क्षेत्रहरूको जीवन सामान्यरुपमा फर्कन सम्भव छैन। त्यसमाथि  जापोरीजा सबैभन्दा समस्याग्रस्त क्षेत्र बन्न सक्छ। त्यहाँको जनजीवन कसरी विकास हुनेछ भनेर कसैले भविष्यवाणी गर्न सक्दैन।

    यसैगरी खेअर्सन क्षेत्रको पहिलो प्राथमिकता  क्रिमियन नहरको कार्य र कृषि क्षेत्रको स्थापना गर्नु हो। यसमा रुसी लगानी बढी नै हुने अनुमान गरिएको छ।

    यी सबैका लागि रूसले लगभग २०-२५ बिलियन डलर खर्च गर्नु पर्ने हुन्छ। सबैले बुझेका छन् कि यति खर्च नगरी नयाँ क्षेत्रहरुमा जीवन कहिल्यै समान्यरुपमा फर्कने छैन। तथापी यति खर्च रूसमा विलयन गर्न लागिएका क्षेत्रहरुको स्रोतको लगभग दस प्रतिशत मात्र हो।

    (विभिन्न एजेन्सीको सहयोगमा)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.