Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

घनश्याम भूसाल घनश्याम भूसाल
साउन १९, २०७६
- विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मै खाऊँ, मै लाऊँ वाला कुनै विचार, सिद्धान्त मरेर गएको छ । निरन्तर केही कुरा बाँचेको छ भने समाजवाद बाँचेको छ । वेदभित्र आज सम्झन लायकका कुरा छन् भने त्यसले समाजवाद बोल्छ, त्यही नै बाँचेको छ । इस्लाममा पनि सबैलाई समान ठान्नु, कोही पनि मुसलमान सानो र ठूलो हुँदैन । सबैलाई उपकार गर्नुपर्छ, ब्याज लिनु हुँदैन । यिनै कुरा सबभन्दा राम्रा छन् । क्राइष्टकै बारे पनि त्यही कुरा हो । उनको सबैभन्दा महत्वपूर्ण प्रश्न के हो भने एउटै ईश्वरका सन्तान हौं भने किन सानो र ठूला छौं?

    यो युगिन प्रश्न थियो । दुई हजार वर्षपछि पनि हाम्रो साहित्य, संस्कृति, राम्रो ज्ञान, विज्ञान, चिन्तनको परम्परा यही प्रश्नको वरिपरि छ ।
    हामीले समाजवादको कुरा गर्ने भनेको मान्छेको कुरा गर्ने हो । एउटै मानव जातिभित्र उँचनिच नहोस् । यस अर्थमा के हो समाजवाद रु मैले सजिलो भाषामा भन्ने गरेको छु । दुःखसुख बराबरी । समाजवादी यही हो । दुःखसुख मानव जातिमै हुन्छ । समाजवादमा मेरो सुख, तेरो दुःख हुँदैैन । जति सुख छ मानव जातिको हुन्छ, दुःख पनि मानव जातिकै हुन्छ । यही आदर्शको परिवरि हजारौं वर्षदेखि संसारभर बहस चल्दैछ ।

    समाजवादका लागि भौतिक उत्पादनका हिसाबले भन्ने हो भने आज संसार समाजवादका लागि राम्ररी खान, राम्ररी बस्न, औषधिउपचार गर्न, शिक्षा, स्वास्थ्यमा सबैको पहुँच र व्यवस्था गर्न मानव जातिले त्यत्रो वैभव सिर्जना गरिसकेको छ । विभिन्न अनुसन्धानले भनिसकेको छ– अहिले संसारको एक प्रतिशत मानिससँग ९९ प्रतिशत मानिससँग भन्दा बढी वैभव छ ।त्यो एक प्रतिशतको वैभवलाई वितरण गर्ने हो भने ९९ प्रतिशतसँग जे छ त्यसको डबल छ । त्यसो भए कहाँ छ त समस्या रु त्यो वैभव वितरण गर्ने समस्या छ । त्यो वितरण कसरी गर्ने भन्ने कुरा नै समाजवादको सबैभन्दा ठूलो विश्वस्तरीय प्रश्न हो ।नेपालमा प्रजातन्त्र आएको २००७ सालमा, पछि आफूलाई समाजवादी भन्ने पार्टी गएको ७० वर्षदेखि सरकारमा छ । बीचमा अलिकति घटाउँदाखेरि । आफूलाई कम्युनिष्ट पार्टी भन्ने पार्टीका मानिसहरू गएको २९ वर्षदेखि करीब करीब अकन्टक हामी पनि सरकारमा छौं ।

    वितरणको व्यवस्था गर्ने राजनीतिक पार्टीको उपस्थिति तिनको प्रभावका हिसाबले भन्ने यस्तो अवस्था छ । तर, आज पनि मुलुकमा छुवाछूत छ, गरीबी छ, विभेद छ । बच्चाहरू भोकले किल किल परिरहेको हेर्न नसकेर आमाले विष ल्याएर बच्चाहरूलाई खुवाउँछिन् । आफू पनि खान्छिन् । बच्चाहरू पनि मर्छन्, आमा पनि मर्छिन् ।देशको यत्रो ठूलो ४०्५० लाख युवाहरू जसका पसिनाले धर्ती सृजना गर्ने हो र धर्ती राम्रो बनाउने हो । तिनीहरू बाहिर छन् । असाध्यै डरलाग्दो नारकीय जीवनमा उनीहरू बाँचेका छन् ।००७ सालपछि, ०४७ सालपछि हामी सरकारमा छौं, हामी राजनीतिको बागडोर सम्हालिराखेका छौं । समस्याहरू यस्ता छन् । समाजवादको विमर्श यसैकारण जरुरी छ । यत्रो समयपछि पनि केही गर्न सकिरहेका छैनौं । हामीले भन्न सक्ने गरी उपलब्धि हुन सकेको छैन ।

    पुष्पलालले जुन सुरुवात गर्नुभयो, एउटा संगठित अभियान, जसमा श्रमजीवीहरू, हेपिएकाहरू, पछाडि परेकाहरू, नपढेकाहरू, रोगीहरू, चाँडो मर्नेहरू, चाँडो रोग लाग्नेहरू, सम्पत्तिमा पहुँच नभएकाहरू समस्त जनगणको राज्य हुने, तिनले शासन गर्छन् भन्ने कुरा जतिखेर २ प्रतिशत मानिस मात्रै साक्षर र राणा शासन थियो ।त्यो बेलामा यस्तो कुरा गर्दै पुष्पलालले समाजवादको संगठित प्रयत्नको शुरु गरेका थिए । समाजवादकै लागि भनेर पार्टी खोले । आज फर्केर हेर्दा वास्तवमा त्यतिखेर पुष्पलाल ठूलो घराना, जमिनदारीबाट आएको, ठूलो पढेको पनि होइन, पुष्पलालसँग चिनाउने केही थियो भने उनका दाजु गंगालाल शहीद थिए ।

    २१्२२ वर्षको मान्छे राजनीतिमा पूर्ण समर्पित भएर लाग्यो । प्रजा परिषदमा भाग लियो, प्रजातान्त्रिक संघ बनायो, पछि राष्ट्रिय कांग्रेसमा गयो । सबै ठाउँमा जाँदाखेरि पुष्पलालले खोजेको कुरा पनि श्रमजीवी वर्गको मुद्दा, त्यो वर्गलाई मुक्त गर्ने कुरा नै खोजका हुन् । त्यही क्रममा २४ वर्षमा कम्युनिष्ट पार्टी खोल्न पुगेका हुन् ।२००६ सालमा पार्टी गठन भयो । २००७ सालमा क्रान्ति भयो । आज कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमत छ । तर, समस्या बाँकी छन् । हाम्रा सरकार र पार्टीका नारालाई अर्थ–राजनीतिक सैद्धान्तिक पृष्ठभूमिमा हेरिएन भने यसले खुट्टाले टेक्दैन । जनतालाई नयाँ परिवर्तनतर्फ लैजाँदैन ।

    दलहरू राजा हिंडेकै बाटोमा

    जमिनदार कति बलियो थियो भने बीपी कोइरालाले जमिनदार र सामन्तको बारेमा खूब बोल्नुहुन्थ्यो । तर, जमिनदार सामन्तहरूले बीपीलाई अगाडि जान नदिएर पछाडि धकेल्दै थिए, अवरोध खडा गरिरहेका थिए । पार्टी बोल्दैनथ्यो । जतिखेर बीपीले जमिनदार र सामन्तविरुद्ध बोल्नुहुन्थ्यो । त्यो बोली बोक्ने पार्टी नै बनेको थिएन । समाजवाद र लोकतन्त्र बोक्ने अथवा प्रजातान्त्रिक समाजवाद बोक्ने पार्टी नै बनिसकेको थिएन । राजा महेन्द्रले कच्याक–कुच्चुक पारिदिए ।

    धेरै मुलुकमा प्रतिक्रियावादी भनिएको वर्ग (जमिनदार पूँजीपति) ले पनि धेरै सुधार गरेको छ । जर्मनीमा जमिनदार वर्गले सुधार गरेको हो ।
    रुसमा भने रूपान्तरण हुन सकेन । राजतन्त्र यसै त प्रतिक्रियावादी हो । त्यसमाथि राजा महेन्द्रले भूमि सुधार लागू गर्नुपर्ने बेलामा भूमिसुधार लागू नगर्नु सबैभन्दा ठूलो प्रतिक्रियावादी चरित्र हो । त्यो बेला नेपालको अधिकांश जमिन जमिनदारको थियो । अरू मुलुकमा भूमिसुधार लागू भइरहेको थियो । ०१७, ०१८, ०२० तिरै भूमिसुधार गर्न सकेको भए नेपाली समाज धेरै अगाडि जाने थियो । भूमि सुधार लागू नभएपछि ऐतिहासिक रूपले बाटो बिरायो ।

    यसको १५ वर्षपछि राजतन्त्र स्वदेशी उत्पादनभन्दा बन्द व्यापार गर्ने, उद्योग धन्दाका नाममा र व्यवसाय गर्न संस्थानहरू बनाउने र त्यसबाट आउने स्रोत चुसेर आफ्नो श्रीवृद्धि गर्ने बाटोमा लागिसकेको थियो । उद्योग धन्दा खोल्नेतिर गएन । बाहिरबाट व्यापारलाई बढाउने र कमिशन खाएर बस्ने चलन शुरु भयो ।यसरी हिजोको सामन्त वर्ग दलाल पूँजीपति वर्ग बन्न गयो । यो वर्ग जुन व्यापार, उद्योगमाथि राज गरेर बस्थ्यो, दरबारले त्यसको नेतृत्व गथ्र्यो । ०४७ मा प्रजातन्त्र ल्याएपछि त्यसलाई नियन्त्रण गर्‍यौं, त्यसलाई सामन्तवादको अन्त्य भन्ने गरेको छु ।

    किनभने, तीन्चार वटा धाराहरू थिए । जस्तै– संविधानमा राजाको सम्पत्तिमा कर नलाग्ने, त्यसको सिलिङ नहुने, राजा नै प्रमुख हुने बाहेक अरु राम्रै थियो । राज्यका हिसाबले सामन्ती सुविधा, सामन्ती प्रावधान उखेलिएको थियो । त्यो लोकतान्त्रिक संविधान, लोकतान्त्रिक क्रान्ति थियो ।त्यसपछि सरकारमा रहनेहरूले के गर्‍यौं भनेर फर्केर हेर्दा, हामी राजाकै बाटोमा हिंड्यौं । अझ फैलाएर लग्यौं । त्यसपछि त हामीले भएकै उद्योगलाई बेच्ने, त्यसलाई घाटामा लैजाने, त्यसबाट कमिशन खान थाल्यौं ।

    श्रमजीवीका पक्षमा केही गर्ने, भूमिसुधार गर्ने, स्वदेशी उद्योग विस्तार गर्नेतर्फ राज्य जाँदै गएन । सम्पूर्ण प्रजातान्त्रिक कालमा र पछि द्वन्द्वलाई पनि त्यसैमा हाल्ने हो भने नयाँ संविधान बनाउँदासम्म राजनीतिक अर्थशास्त्रको हिसाबले राजा हिंड्ने बाटोमै हिड्यौं । राजाले २५ वर्षले हिंडेकै बाटोमा हिंड्यौं, त्यसलाई अझै फैलायौं । कमिशन खाने भयौं । झांगिदै गयो ।

    दलाल पूँजीवादी गठबन्धनको डर

    प्रजातन्त्र र समाजवादको आदर्श लिएर आएको, त्यसमा हुर्केको र लडेर आएको कांग्रेसलाई दलाल पूँजीपति वर्गको गठबन्धनले किनारा लगाइदियो । दलाल पूँजीपतिको गठबन्धनले चलाउने एउटा रूपमा राज्य परिणत भयो ।०४७ सालपछि कम्युनिष्ट पार्टीका नाममा राज्यमा हामी पनि सहभागी भयौं । लामो समय सरकारमा जानेआउने गर्दाखेरि राज्यको चरित्र बदल्ने, दलाल पूँजीपति वर्गको गठबन्धनलाई बदल्ने वा कमजोर पार्ने कुरामा कुनै तात्विक फरक आएन । बरू, कम्युनिष्ट पार्टीमा समेत ठूलो राज्यमा जाने, माथि जाने, माथि गएपछि दलाल पूँजीवादी राज्यमा के गर्नुपर्छ, त्यही गर्ने गर्‍यौं । हामी पनि बिटुलिंदै गयौं ।

    पुष्पलालले शुरु गरेको दिशामा के–के भयो रु यो मुलुक गणतन्त्र हुन्छ भनेका थिए । गणतन्त्र भनेको आमजनताको तन्त्र हो । ती समस्त पीडित, उत्पीडित श्रमजीवी मजदुर किसानको तन्त्र हो । यस परिभाषाअनुसार गणतन्त्र महत्वपूर्ण उपलब्धि हो ।तर, यो गणतन्त्रलाई समाजमा कति ल्याउन सक्यौं । राजनीतिमा ठूलो र सानो हुँदैन । राष्ट्रपति र अरुले उत्तिकै भोट हाल्छन्, सबैले एउटै भोट हाल्ने हो । औपचारिक राजनीतिमा जति अधिकार छ । समाजमा आए कि आएन ।

    आर्थिक जीवनमा, सामाजिक जीवनमा, महिला पुरुषहरूको जीवनमा आए कि आएन रु दलित र गैरदलित बीचमा आए कि आएन ? मधेसी–पहाडी, दुर्गम र सुगम बस्नेहरूबीचमा समानता भयो कि भएन । देखिएकै कुरा हो–समयसँग आएको हावाका झोक्काहरूले हानेर जति परिवर्तन ल्यायो । हामीले यो परिवर्तन गर्‍यौं भनेर देखाउने केही छैन ।

    अब गर्ने के ? राज्यको मुख्य चरित्र दलाल पूँजीवादी नै हो । किनभने, एक खर्बको बिक्रीमा १३ खर्ब आयात गर्छौं । त्यो बीचको १२ खर्ब रुपैयाँ कहाँबाट पूर्ति गर्छ भने ५० लाख मानिसलाई अरब र खाडीमा ऊँट चराउन लगाएर तिनले पठाएको रेमिट्यान्सले पूर्ति हुन्छ । यहाँबाट एउटा मान्छे अरब जान्छ । दुई वर्षमा ऋण तिर्छ । अर्को दुई वर्ष कमाएर दुई लाख कमाउँछ । चार वर्षमा छोरो जवान भइसक्छ । उसले मोटरसाइकल किन्ने भयो । मोटरसाइकल किन्न दुई लाख पर्ने भयो । एक लाख भारतको कम्पनीलाई दिनुपर्छ, ८० हजार राज्यलाई कर तिनुपर्छ, २० हजार रुपैयाँ त्यो व्यापारीलाई दिनुपर्छ । यही पैसाले त्यसलाई पूरा गर्छ । यही हो, दलाल पूँजीवादी अर्थतन्त्र ।

    पूँजीका दुई चरित्र छन् । उत्पादक चरित्र– नाफा त गर्छ । नाफासँगै रोजगारी पनि सिर्जना गर्छ । पूँजी लगानी गरेपछि रोजगारी सिर्जना हुन्छ, कर तिर्छ । त्यही करबाट बाटोघाटो, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा राज्यले खर्च गर्छ । यस्तो पूँजी उत्पादनशील पूँजी हो । राष्ट्रिय पूँजी र उद्यमशील पूँजी हो । दलाल पूँजी– यसले रोजगारी सिर्जना गर्दैन । बाहिरबाट सामान लिएर आउँछ । यस्ता फिनिस्ड गुड्स् लिएर आउँछ । जसले भएकै रोजगारी पनि खोसिदिन्छ । अनि, बजार थाम्न सक्दैन गाउँको मान्छेले । आफ्नै जमिनबाट उखेलिएर सदरमुकाम आउँछ ।त्यहाँ रोजगारी मिल्दैन, विदेशतिर पलायन हुन्छ । त्यस्ता मान्छेले पठाएको रेमिट्यान्सले हाम्रो मुलुक चलेको छ । त्यसैले यो दलाल पूँजी हो । उद्यमशील पूँजी होइन । आजको अर्थ राजनीतिक समस्या भनेको दलाल पूँजीवादको समस्या हो ।

    यसलाई परिवर्तन नगरेसम्म निरपेक्ष रूपले शोषण गर्ने, कमिशन मात्रै खाने, रोजगारी सिर्जना नगर्ने, रातारात चुलिने, राजनीतिक नेता किन्ने, पुलिस किन्ने, अदालत किन्ने, अख्तियार किन्ने र सबैतिर सेटिङ मिलाउने लुटिरहने हुन्छ । कानुन त्यस्तै बनाउने, नियम त्यस्तै बनाउने, निर्णहरू त्यस्तै गरिरहने ।अनि, सबै गरेर यसरी दलाल पूँजीवादी गठबन्धन, त्यो पूँजीपति र राज्यका सबै संयन्त्र एक ठाउँमा मिल्छन् । जति सुकै राम्रो कुरा गर्दा पनि त्यो प्रशासन, राजनीति, अदालत र अख्तियारले न्याय गर्दैन । न्याय पूँजीको पक्षमा मात्रै हुन्छ । फैसला दलाल पूँजीपति गठबन्धनको पक्षमा मात्रै हुन्छ । संसदमा पनि उनीहरू नै जान्छन् ।कानुन निर्माण गर्न पनि तिनीहरू नै पुगिरहेका हुन्छन् । कानून बनाउने कुरामा म्यानुपुलेट गरिराखेका हुन्छन् । यसरी श्रमजीवीलाई श्रमजीवी नै राख्ने अझै तिनको जिन्दगीलाई दुरुह बनाउने यो अर्थतन्त्र दलाल अर्थतन्त्र हो ।

    यसलाई परिवर्तन गर्न नसक्ने हो भने आजका समाजवादी पार्टीहरूले केही गर्न सक्दैनन् । गफ गर्छन् । भोट लिन्छन् । आज एउटा जान्छ, भोलि अर्को जान्छ । पर्सि अर्को जान्छ, तिनले रजाइँ गर्छन् । त्यसले केही माखो मार्दैनन् ।पूँजीपति वर्गभित्र अर्को वर्ग छ । बैंकबाट ऋण लिन्छ । आफू पनि मिहिनेत गर्छ । रोजगारी सृजना गर्छ र सरकारलाई कर तिर्छ । यो वर्ग राम्ररी संगठित छैन । हाम्रोजस्तो मुलुकमा सजिलै संगठित पनि हुँदैन । राज्यले आड भरोसा नदिने हो भने वर्ग विकसित हुनै सक्दैन । ज्यान पाल्छ, छोराछोरी पाल्छ, मुस्किलले छोराछोरी पढाउँछ । जहिल्यै दलाल पूँजीपति वर्गबाट आक्रान्त रहन्छ । यो राष्ट्रिय पूँजीपति वर्ग हो ।

    यो नफैलिएसम्म, यसको हैसियत नबढेसम्म र यसको पक्षमा राज्य स्वयं खडा नभएसम्म यो आफैं उठ्न सक्दैन । एउटा समाजवादी पार्टीले पूँजीपति वर्गको पक्षमा काम गर्नुपर्छ भन्ने ठीक कि बेठीक भन्ने विवाद पनि हुन्छ । यदि राष्ट्रिय पूँजीको विकास गर्ने यो बाटोबाट हामी नजाने हो भने हाम्रो समाजवादको नाराले मात्रै मुलुकको मुहार फेरिन्न ।आज हुम्ला जुम्लामा जुठेल्नेमा जन्मेर जुठेल्नामै मर्दैछन् । जसका श्रीमान् काला पहाडमा काम गर्दैछन् । तिनलाई उद्यम र प्रविधिसँग नजोड्ने अनि दलित महिलालाई जुठेल्नामा जन्मेर त्यही मर्न दिने हो भने समाजवाद आउँदैन ।

    पहिलो काम तिनलाई संगठन र उद्यममा ल्याउनुपर्छ । आजको समाजवादले राष्ट्रिय पूँजीपति वर्गलाई नियन्त्रण पनि गर्छ, सहयोग पनि गर्छ । सीमा नाघ्न खोज्दा ब्रेक लगाउँछ, नत्र सघाउँछ । अर्को मध्यम वर्ग छ, यो आफू पनि काम गर्छ । अरुलाई पनि काममा लगाउँछ । सानोतिनो उद्यम, कलकारखाना वा केही छ । यसरी आफ्नो ज्यान पाल्छ । यसले अलिकति नाफा गर्छ । अलिकति आफ्नो श्रममा, अलिकति अरुको श्रममा बाँच्छ । ४० लाख जति जनसंख्या श्रमिक, जो काम गर्छ । श्रमजीवी वर्ग हो । धेरै मुस्किलले बाँच्छ ।

    उसको जीवनको अवस्था जहिले पनि अप्ठेरोमा हुन्छ । राम्रो पढ्न पाउँदैन । छोराछोरी पढाउन पाउँदैन । कहिले उसले राम्रोसँग खान पनि पाउँदैन । अरु मनोरञ्जनका कुरा त कुरै छोडिदिनुस् खाने बाँच्ने कुरैमा चिन्ता छ ।अरु मानिसहरू संगठित क्षेत्रमा काम पनि छैन, उद्यमसँग जोडिएको पनि छैन, जसलाई बजार थाम्ने कुनै आम्दानी पनि छैन । आफ्नो उत्पादन, सम्पत्ति पनि छैन । यहीभित्र सबैभन्दा तराई मधेशका दलित, गरीबहरू, कर्णालीका मान्छेहरू, पूर्वी पहाडका जनजातिहरू पर्छन् ।

    यसरी त्यो ठाउँमा पुगेपछि पहाडी, मधेशी, खस–आर्य, दलित, पूर्व वा पश्चिमका जाति वा जनजातिहरू एउटा ठाउँमा आउँछन् । उनीहरूलाई सीमान्त श्रमजीवी भन्ने गरेको छु । तिनीहरूसँग केही सीप छैन । केवल श्रम बेच्ने गर्छन् ।तर, त्यो ठाउँ पनि निश्चित छैन । सबभन्दा कमजोर छन्, रोगी छन्, जीवनस्तर कमजोर छ । औसत आयु सबैभन्दा कम छ । सबैभन्दा पछाडि छन् । समाजवादी राज्यले यहींबाट हेर्नुपर्छ ।

    दलाल पूँजीवादमाथि जकडिएको गठबन्धनलाई तोड्ने हो । त्यसलाई तोडेर गर्न खोजेको के हो भने त्यो सीमान्त श्रमजीवी भूमिमा टाँसिएको छ तर त्यसले खान दिँदैन, त्यहाँबाट उखेलिएर विदेश पलायन भएको छ । दौडधूपमा छ जिन्दगी, यसलाई मुक्त गर्ने हो ।त्यसका लागि त्यहाँ उद्यम पुर्‍याउनुपर्छ । त्यसका लागि राज्यले कति निजी क्षेत्रले कति पुर्‍याउन सक्छ हिसाब गर्ने हो । राज्य र निजी क्षेत्र राष्ट्रिय पूँजीपतिलाई त्यहाँ पुर्‍याउनुपर्छ । त्यहाँको जनसंख्यालाई उद्यमसँग जोडौं । समाजवादी राज्यले अहिले गर्ने प्रमुख काम यही हो । राज्यको दलाल चरित्रलाई राजनीतिमार्फत् हस्तक्षेप गर्ने हो ।

    जापान र कोरियाबाट सारी र गाडी ल्याएर यहाँ बेचेर खाने पूँजीपतिलाई कर्णाली पठाऊँ । त्यहाँ बस्ने नाफा दिनुभएन भने त्यो छोडेर भागिहाल्छ । भएको पूँजी पनि लैजान्छ । हाम्रो राज्यलाई, राज्यको कानून र संविधानलाई यसरी तयार गरौं कि त्यो दलाल पूँजीपतिको पूँजीलाई कसरी उद्यममा लगाउन सकिन्छ । दलाल पूँजीपतिलाई त्यो चंगुलबाट निकाल्दा राष्ट्रिय पूँजीपति वर्ग फैलन्छ । यसले रोजगारीका धेरै अवसर सिर्जना गर्छ । यसलाई राज्यले त्यसै छाडा छोड्दैन, रेगुलेट गर्छ । त्यसले गर्न नसकेको ठाउँमा राज्यले लगानी गर्छ । सबैभन्दा धेरै कृषिमा टाँसिएको अनुत्पादक श्रमलाई मुक्त गर्ने बाहेक समाजवादी आर्थिक कार्यक्रमको अर्को कुनै उद्देश्य हुँदैन ।

    हामी जाने बाटो यो हो । सीमान्त श्रमजीवी वर्गलाई मुक्त गर्ने र रोजगारीका अवसर जुटाउने हो । समाजवादका महान चिन्तक कार्ल मार्क्स के भन्छन् भने राजनीति कसरी बन्छ रु राज्य कसरी चल्छ?मान्नुस्, वीरगञ्जको एउटा टोल त्यहाँका सबै मानिसले भोट दिएको एउटा कमिटी हुन्छ, त्यो कम्युन हुन्छ, वीरगञ्जमा समान कम्युनहरू हुन्छन् । ती कम्युनहरूले आफ्नो डेलिगेट चुनेर पठाउनेछन् । प्रतिनिधि होइन, प्रतिनिधि त हामी हौं ।तपाईंहरूले भोट हाल्नुभयो, अब तपाईंहरूको जिम्मा मैले लिएँ । मैले जे बोल्छु, तपाईंहरूको नाममा बोल्छु । तपाईंहरूसँग कुनै सम्बन्ध नभएका, बरु तपाईंहरूकै विरुद्धमा पनि बोलिदिन्छु । तपाईंको नाममा जे गरेपनि हुन्छ । यो प्रतिनिधि हुँदो रहेछ ।मार्क्सले भनेको डेलिगेट्वारेसले उसले भनेको काम नगरे वारेसनामा खारेज गरिन्छ । यसरी कम्युनबाट चुनिएका मानिसहरूले जे गर्ने भनेर आदेश दिएर पठाइन्छ त्यही गर्छन् । जुन दिन त्यसरी काम गर्दैनन्, उनीहरूलाई तुरुन्त फिर्ता गरिन्छ । यस्तो लोकतन्त्र हुन्छ ।

    जानुपर्ने प्रत्यक्ष लोकतन्त्रतर्फ नै हो । सोझै जनतासँग जोडिएको जनताको जे आवश्यकता हो, जे विचार हो । त्यसलाई प्रतिनिधित्व गर्ने डेलिगेट्स वा वारेस हुनुपर्ने हो । अहिले यस्तो छैन । यस्तो चुनावको व्यवस्थालाई, यस्तो चुनावबाट बन्ने राज्य, कानून, अदालत यो व्यवस्थालाई टिकाउने पार्टीहरूको संयन्त्र अहिले समाजवाद टिकाउने खालको छैन भन्ने निष्कर्ष हो ।

    पार्टीका महाधिवेशनहरूमा उठ्ने केन्द्रीय सदस्यलाई सार्वजनिक सुनुवाइ गर्ने हो भने धेरै कुरा शुरु हुन्थ्यो । ल म नेकपाको केन्द्रीय कमिटीको सदस्य हुँ भनेपछि सार्वजनिक सुनुवाइ होस् । त्यहाँ मेरो सम्पत्तिको बारेमा, काम कारबाहीको बारेमा, मेरो इतिहासका बारेमा प्रश्न उठाइयोस् ।मेरो सम्पत्तिको विवरण त्यहाँ सार्वजनिक गर्नु परोस् । त्यसको जस्टिफिकेशन दिनुपरोस् । यति मात्रै गर्ने हो भने धेरै कुरा समाधान हुन्छ । माथि किन पुग्ने ? पैसा कमाउन । पैसा कमाएपछि के हुन्छ रु त्यो भन्दा माथिल्लो पदमा जान्छ । त्यसमा के हुन्छ रु अझै धेरै पैसा कमाइन्छ ।

    माथिल्लो पदमा जाने अनि पैसा कमाउने । पैसा कमाउने अनि माथिल्लो पदमा जाने । अन्ततः दलाल पूँजीवादलाई नै संस्थागत गर्ने हुन्छ । यस्ता सांसदहहरूको तरिका, आम रूपमा भन्दा यी पार्टीहरूको तरिकाबाट समाजवाद आउँदैन ।कमरेड पुष्पलालले संगठित रूपमा श्रमजीवी वर्गको हितमा समाजवाद ल्याउने भनेर यात्रा शुरु गरेका थिए । पार्टीमा समाजवादका कुरा गर्ने मान्छेहरू, आदर्शले प्रेरित भएका मानिसहरू छन् । गरीब दुःखी, पछाडि परेका्पारिएका तमाम जनगण पनि छन् ।त्यही पार्टीभित्र उत्तिकै दलाल पूँजीपति वर्गहरू पनि पसेका छन् । उनीहरूसँग समाजवादीहरूको द्वन्द्व सबै पार्टीमा छ । दलाल पूँजीवादमै टाँसिएर यसलाई विस्तार गर्ने कि त्यसबाट छुट्टिने मुख्य लडाइँ हो ।

    नेकपाको दुई तिहाइ सरकारले गर्छ भन्ने छ रु गर्न त यसले गर्छ । दलाल पूँजीवादलाई अझै बलियो बनाउँछ वा त्यसलाई कमजोर पार्ने बाटो लिन्छ । स्पष्टताका साथ समाजवादीहरू, प्रतिबद्धता र स्पष्टताका साथ लड्न सके समाजवादीको बाटो बनाउँछ ।नेकपा बिग्रिए पनि कांग्रेस बनोस् भन्छु म त । कुनै पार्टीका नेता बिग्रन्छ । जुनसुकै पार्टीको नेता दलाल पूँजीवादको कारिन्दा बन्छ । हाम्रो जतिसुकै ठूलो नेता यदि, एनसेलबाट घुस खाएको छ भने त्यो दलाल पूँजीवादकै कारिन्दा हो ।

    कोही अध्यक्ष, सभापति अथवा महामन्त्री वा महासचिव होला । दलाल पूँजीवादको कारिन्दा, तिनका कारिन्दाको पनि कारिन्दा कार्यकर्ता, तिनका कारिन्दाको पनि कारिन्दाको भोटर जनतालाई बनाउने व्यवस्थाबाट मुक्त गर्न पार्टीलाई राम्रो बनाउनुपर्छ । जुनसुकै पार्टीलाई दुत्कार्ने नागरिक समाज आवश्यक छ । जुनसुकै पार्टीका भएपनि समाजवादी र इमानदार नेताको समर्थन गर्नुपर्छ ।

    हेर्नुहाेस् भिडियाेः

     

    (पाठशाला नामक संस्थाले १२ साउनमा वीरगञ्जमा आयोजना गरेको ‘नेपालमा समाजवाद: एक विमर्श’ कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालद्वारा व्यक्त गरेको विचारको सम्पादित अंश) प्रस्तुति : सुरेश बिडारी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.