Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

के कम्युनिष्ट पार्टीका नोकरशाहहरुले पश्चिमी स्वतन्त्र विचारकहरु माथि विजय प्राप्त गर्लान्?

जेकोब ड्रेयर जेकोब ड्रेयर
असार २७, २०८१
- यो हप्ता, विचार, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले उत्कृष्ट वैज्ञानिक खोजहरु गरिरहेका थिए: बारूद, कम्पास, कागज़ र छपाइ, आदि। हाल, चीन आफ्नो त्यो स्वर्णिम युग फर्काउन पुनः एक पटक विज्ञान र प्रविधिमा केन्द्रीत भएको देखिन्छ।

    केही समय यता, चीनले अफ्नो इलेक्ट्रिक वाहन (इभि) हरुको निरन्तर आपूर्ति गरेर अमेरिकी र यूरोपीय नीति निर्माताहरुलाई हायलकायल पारिरहेको छ। तर इभिको बजारमा चाँडै नै उछाल आउने लक्षण छ, र बेजिङ् इलेक्ट्रिक विमानहरु र औषधिको क्षेत्रमा यसरी नै क्रान्ति ल्याउने योजना बुन्न व्यस्त छ।

    त्यसो भए के विज्ञानको भविष्य चीनको हातमा छ हो ? हो, यो एक्लै काफी छ। हाल कलेजमा लगभग ५ करोड जेहन्दार चीनिया विद्यार्थी अध्ययनरत छन्। सन् २०२५ मा, चीनका विश्वविद्यालयहरुबाट ७७,००० जनाले विद्यावारिधी गर्नेछन्। यिनीहरु मध्ये अधिकाङ्श स्नातकहरुले चीनका अनुसन्धान संस्थानहरुमा राज्यको लगानीमा शोधकार्य गर्नेछन्। तिनीहरुलाई वैज्ञानिक खोज गर्न आवश्यक सम्पूर्ण सुविधा उपलव्ध गराइनेछ।

    तर खोज गर्नुमात्र सबै कुरा होइन। चिनिया समृद्धि र सभ्यतालाई अघि बढाउने प्रविधिको अग्रगमन १५०० ई. मा नै रोकिइसकेको छ, जसबारे क्याम्ब्रिजका बहुविषयविद् जोसेफ निधमले प्रश्न गरेका थिए: “प्रविधिको प्रगतिका लागि आधुनिक विज्ञानसँग … अनेकन गुणहरु हुँदाहुँदै पनि चीनिया सभ्यतामा विज्ञान किन विकसित हुन सकेन” जबकि विगतका शताब्दिहरुमा, व्यावहारिक आवश्यकता पूर्ति गर्न प्राकृतिक ज्ञानलाई लागू गर्ने मामलामा चिनियाहरु “अत्यन्तै कुशल” थिए।

    चीनमा, यस्तो प्रश्नमाथि बहस गर्नु कुनै चिया पसलमा हुने गफ जस्तै हो। केहीले तर्क गर्छन् कि छापखानामा छाप्न अफ्ठ्यारो हुने चिनिया लिपीको कारण त्यहाँको शैक्षिक जागरणमा वाधा पुग्यो। अरु केहीले तर्क गर्छन् कि चीनको शिक्षा प्रणालीका कारणले हो, जुन ज्ञात विषय पढाउन अति नै उत्कृष्ट छ, तर जसमा अज्ञात विषयको खोजका लागि पर्याप्त स्थान छैन। अझ केहीको धारणा यस्तो छ कि चीनका महानतम वैज्ञानिक मष्तिष्कले प्रयास गर्न नै छोडिदिए किनकि तिनीहरुलाइ यस्तो लाग्यो कि कहाँ अघि बढ्ने हो कुनै स्थान निश्चित गरिएको छैन ।

    आज, चीनको वैज्ञानिक जगत महाशक्तिका रूपमा देखापर्नासाथ, निधमको प्रश्नमाथि नै पुनः प्रश्न उठेको छ। फेरि पनि, जुनबेला चीनको प्रविधि क्षेत्रको सफलताहरुको आधारमा नै व्यापक मात्रामा नयाँ–नयाँ उद्योग स्थापित भइरहेका छन् – उदाहरणका लागि ब्याटरी या दूरसञ्चार प्रविधिमा – तैपनि पश्चिमका केही व्यक्तिहरु अझै दावा गरिरहेका छन् कि चीन आफ्नो सामाजिक संरचनाको चरित्रका कारण नवीन खोज गर्न सक्दैन। यो कुरा हालको चीनको वैज्ञानिक अनुसन्धानको अनुभवजन्य वास्तविकताहरुका साथसाथै चिनिया वास्तविकतासँग असङ्गत लाग्छ – कैयन मानेमा, जस्तो कि परिवहन देखि वित्तीय कारोवारसम्मका प्रविधिमा चिनिया समाज अधिकांश G7 देशहरुको तुलनामा धेरै नै अभ्यस्त छ। चीनका अधिकांश शहरिया बासिन्दाहरु यस्ता शहरहरुमा रहेका छन् कि जहाँको प्रविधिको आकार र सुविधा लण्डन या न्यूयोर्कको बराबर त छ नै या त्यो भन्दा गुणस्तरीय छ। यस्तो लाग्छ कि पहिले देखि नै चीनको राज्य-निर्देशित दृष्टिकोणले काम गरिरहेको छ। उदाहरणका लागि, यसले चीनको इलेक्ट्रिक वाहन उद्योगलाई व्यापक विकास गर्नमा अत्यधिक सफल भइरहेको छ। नत्र यूरोपीय यूनियन चीनिया इभिलाई ३८% भन्सार लगाउने धम्कि किन दिन्थ्यो र? तर बेजिङ्‌को रणनीति सधै काम लाग्दैन: यो भौतिक र इन्जिनियरिङ् विज्ञानको तुलनामा AI र जीवनसम्बन्धी विज्ञान जस्ता क्षेत्रहरुमा अति कम प्रभावदायी छ।

    यस्तो स्पष्ट असंगतिले के बुझाउँछ? आउनुहोस्, हामी एकक्षण चिनिया नोकरशाह र यिनीहरुका समकक्षी अंग्रेजी अभिजातलाई स्मरण गरौं। विश्वको अग्रणी वैज्ञानिक पत्रिका नेचरका संस्थापकहरु र त्यही कालका अन्य प्रतिष्ठित विक्टोरियन जसले औद्योगिक क्रान्तिलाई अघि बढाउन धेरै कार्य गरेका थिए– तिनीहरु एक मानवतावादी र सर्वव्यापी बौद्धिक दुनियामा हुर्केबढेका थिए तर ती आजको विज्ञानको तुलनामा धेरै कम विशेषज्ञ थिए। पश्चिमी विज्ञान २०औं सदीसम्म तीक्ष्ण शौखिन (गैरपेशेवर) व्यक्तिहरुले विकसित गर्दै ल्याएका थिए। विगतमा हेर्ने हो भने, जेम्स वाटसन र फ्रान्सिस क्रिकले १९५३ मा उधुम मचाएको डबल हेलिक्स पेपर दिउँसोको मदिरा पार्टीमा गरिएको कुराकानीपछि लेखिएको विज्ञप्ति जस्तो लाग्छ, जसमा हामीले गोजीमा राखिने न्यापकिनको उदाहरण छ। आजका दिनमा भए निश्चित रूपमा प्रकाशित हुन सक्दैनथ्यो। किनकि (तिनीहरुले डिएनए मोल्यूकल त्रियाआयामिक जनैजसरी बेरिएको डोरा हुन्छ भन्नका लागि कुनै आधार प्रस्तुत गरेका थिएनन्–अनु) त्यसबेलासम्म यसको निष्कर्षलाई कुनै सहकर्मी समीक्षा (Peer–review) समेत गरिएको थिएन। ती दिनहरु त्यस्ता थिए जुनबेलासम्म विज्ञान निष्कपट भलाद्मीको हातमा थियो र त्यसले विस्तारै–विस्तारै दुनियाको पहेली सुल्झाईरहेका थियो।

    जोन मिल्टनको लूसिफर पात्रको खोज देखि चार्ल्स डार्विनसम्म र आजका सिलिकन भ्यालीको प्रविधिका दिग्गजसम्मका, अंग्रेजी भाषी वैज्ञानिकको मानसिक दुनिया, राज्यको नीतिले होइन ज्ञानको भोकले प्रेरित छ। यही कारण मिल्टनको प्याराडाइज लस्टको पात्र लूसिफर धूर्त नायक हो; ज्ञानको खोजलाई सबैभन्दा माथि राखिएको छ। अंग्रेजी राजनीतिक विचारकहरुले समाजलाई एक प्राधिकारको अगुवाइमा सामुहिक प्रयाशको रुपमा हेर्नु भन्दा एक अर्काका विरुद्ध लडिरहेको देख्नु स्वाभाविक नै हो।

    ती अंग्रेजहरु निसन्देह नै स्वतन्त्र विचारक थिए। तिनीहरु सबैजसो जमिन्दार भएकाले तिनलाई दुनियाभरी घुमेर सोधपुछ गर्न पर्याप्त समय र संसाधन थियो। सोधपुछ गरिने प्रश्नहरु स्वतन्त्र हुन्थे र त्यसको परिणाम सर्वथा अन्तर्ज्ञानसहितको वैज्ञानिक सफलताहरु हुन्थे। आज, यस प्रकारका सफलताहरु– विश्व किन यसरी संगठित भएको छ भनेर आधारभूत प्रश्नहरुबारे सोध्न– अमेरिकी र केही हदसम्म अंग्रेज वैज्ञानिक शोधकर्ताहरु सक्ने स्थितमा छन् चाहे ती अनुसन्धानकर्ताहरु शैक्षिक अनुसन्धानात्मक संस्थानहरुको सट्टा नियमितरुपमा OpenAI जस्ता स्टार्टअपमा काम गरिरहेका किन नहुन्। सन् २०२४ मा, स्ट्याननफोर्ड यूनिवर्सिटी नेचर इन्डेक्सको शीर्ष १० संस्था (जसभित्र ७ वटा चिनिया संस्थाहरु छन्) हरु भन्दा मुनी झर्‍यो। यसको अर्थ यो होइन कि सिलिकन भ्यालीका अनुसन्धानकर्ताहरु आफ्ना सम्पर्कबाट टाढिएका होइनन्– ती सबैका विरुद्ध या पूंजीवादी प्रतिस्पर्धाको युद्धमा विजयी हुन चाहन्छन्। तिनीहरु अब नेचरसँग काम गरिराख्ने झ्याउलो उठाउदैनन्– ती सोझै स्याण्ड हिल रोडका भेञ्चर क्यापिटल अफिसहरुमा जान मन पराउछन्।

    तर पैसा मात्रै उनीहरुको उत्प्रेरणाको कारण होइन। एलेन मस्क आफ्नो भाग्यप्रति उदासीन पक्कै छैनन् तर मुनाफाले मात्र उनको प्रमुथियस (प्रकृतिलाई जित्न आगो चोर्ने) जस्तो उनको महत्वाकांक्षालाई शान्त गर्न सक्दैन। उनको महत्वकाङ्छाले अमेरिकी कमजोर सरकारको प्राधिकारलाई चुनौति दिने गरेको छ। यस्तो देख्दा नै, सिलिकन भ्यालीका कैयन व्यक्तिहरुले डोनाल्ड ट्रम्पलाई समर्थन गरेकोमा कुनै आश्चर्य मान्नु पर्दैन। तपाईंहरु केवल AI क्षेत्रलाई मात्र विस्तार गर्न चाहनु हुन्छ भने ट्रम्प आकर्षक उम्मेदवार लाग्न सक्छ। किनिक बाइडेनको तुलनामा ट्रम्पले नियम माथि विनियमका लहरहरु ल्याउने कम सम्भावना छ। कुनै पनि कारणबाट, क्यालिफोर्नियाको प्रविधि–क्षेत्र राज्यको शक्तिसँग भयभीत छैन।  सरकार नै सम्प्रभु भएको चीन भन्दा विपरीत अमेरिकाको असली सरकार पूंजीवाद हो। विश्वका पीटर थिएल, एलोन मस्क र बालाजी श्रीनिवासन व्हाइट हाउसलाई अप्रासंगिक र अप्रभावकारी ठान्छन् भने तिनीहरुलाई कसले दोषी करार गर्न सक्छन्?

    यी उदारवादी अधिकाङ्स मात्रामा अनियंत्रित सोचविहिन व्यक्तिहरु, राज्यद्वारा संचालित विशाल चिनिया विज्ञानका विरोधमा छन्। सूक्ष्म–व्यवस्थापकीय उद्योगहरुमा प्रतिभाशालीमा पनि योग्य भर्ति गर्ने चिनिया केजू प्रणालीको हजार वर्षदेखिको परम्परा हो। यो प्रणालीले कसले नियम–विनियमहरुलाई दुरुस्तै सम्झन सक्छ भन्ने योग्यताका आधारमा शासक वर्गलाई छान्दछ। कुनै आश्चर्य छैन, यिनै शासक वर्गले कानून लागू गर्थे र त्यसको आनन्द लिन्थे। तिनीहरुका लागि योजना नै सबकुछ थियो; राज्यबाट बाहिरिनु जीवनबाट नै बाहिरिनु थियो। (कु युआन देखि लि बाई र सु डोंगपो सम्म, अधिकांश प्रसिद्ध चिनिया कविहरुलाई मन्त्रिहरुबाट हटाइपछि तिनीहरु कवितामा नै रमाए, यिनीहरु नै अंग्रेज–भलाद्मीसँग तुलना गर्न लायक हुन्।)

    आज, चिनिया प्रणाली अति नै व्यापक र काविल प्रतिस्पर्धी हो। तथापि जसले चीनिया विज्ञानको तुलना सोवियत संघको विज्ञानसँग गर्दछन्, तिनीहरु गलतमा छन्: चिनियाको शक्ति नितान्त विपरीत हो।  सोवियत संघले व्लादिमीर वर्नाडस्की र निकोलाई फेडोरोवजस्ता सिर्जनशील व्यक्तलाई आश्रय मात्र दिएको थियो, जसले आफ्ना कामहरुका लागि सहयोग पुर्‍याउने कुनै संरचना या प्रणाली पाएका थिएनन्। उदाहरणका लागि, वास्तवमा सोवियतले इंटरनेटको आविष्कार गर्‍यो तर यसले व्यापकमात्रामा विस्तार गरेन। यसलाई अमेरिकाको विशाल उपभोक्ता बजारले अवसर दियो। यसको विपरित, चीनियाहरुले ईभी कार, सोलार प्यानल या डिजिटल भुक्तानी प्रणालीको आविष्कार गरेका होइनन्; तर चिनियाहरुले व्यापकस्तरमा प्रयोगमा ल्याए।

    आजकाल, चीनको सीपहरु अरुद्वारा आविष्कृत प्रविधिको गुणस्तरमा सुधार ल्याउन र तिनका मूल्यमा कमी गराउनमा केन्द्रीत छन्– ताकि यी कामहरुले वैश्विक क्रान्तिलाई जन्म दिन सकोस्। यसको तुलना जर्मन भौतिक शास्त्रभित्रको अन्तरद्वन्द्वसँग गर्न सकिन्छ, जुन आफ्नो चरम उन्नत अवस्थामा उपनगरीय क्यालिफोर्निया, प्रिंसटन र न्यू मेक्सिकोको मरुभूमिमा पुगेको थियो। चिनियाहरु शून्यबाट एकमा जादैनन्, तिनीहरु एकबाट सयमा जान्छन् ।

    यसैले, चिनिया अनुसन्धान संस्थानले यसको वर्तमान स्वरूपमा कहिल्यैपनि सिलिकन भ्यालीलाई विस्थापित गर्ला भनेर सुझाव दिनु गलत हुन्छ। सिलिकन भ्याली, ब्रिटेनको डीपमाइन्ड र बोस्टन तथा न्यूयोर्क शहरका आसपास भएका बायोटेक क्लस्टरहरुले वास्तवमा चिनिया विज्ञान प्रतिष्ठानसँग प्रतिस्पर्धा गरिरहेका छैनन्। बरु, यहाँका दूरदर्शी व्यक्तिहरु व्यावसायिक एप्लिकेशनहरु बनाउने स्वार्थ नराखी शानदार प्रविधि सिर्जना गर्न बढी मात्रामा उद्यम पूंजीको उपयोग गरिरहेका छन्। चिनिया वैज्ञानिकहरु खाली आफ्ना होमवर्क पूरा गर्दैछन्, पश्चिमी सिर्जनालाई उपयोग गरेर चीनिया जनसंख्याका सामू आउनसक्ने समस्याहरुलाई समाधान गर्दैछन् – चाहे ती स्वास्थ्य सेवा, सस्तो ऊर्जा र भोजन, या जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि अनुकूल हुने क्षेत्रमा होउन्। औपचारिक शब्दमा, एक आधारभूत विज्ञान हो, अर्को प्रयोगात्मक विज्ञान।

    परिणामतः, धमिराले कुनै घरमा हमला गरेझैं, अमेरिकी शेयर बजार च्याम्पियनका उत्पादनलाई त्यो भन्दा सस्तो र उच्च गुणस्तरमा बदल्ने चिनिया क्षमताले पूंजीवादी प्रणालीको पूंजी उत्पन्न गर्ने र प्रसारित गर्ने क्षमतालाई कमजोर बनाइदिनेछ। जब चीनले आफ्नो उपयोगका लागि उत्पादन विकसित गर्ला, र त्यस उत्पादनको निर्यात गर्ला, त्यसबेला बायोटेक, उच्च– तयारी माल, कम्प्युटरीकरण र अरु धेरै मालहरुमाथि पश्चिमको भइरहेको एकाधिकारलाई समाप्त गर्न सक्नेछ।

    ४ जुलाई, २०२४मा Unherd अनलाइनमा प्रसारितबाट भावानुवाद। 

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जेकोब ड्रेयर

      जेकोब ड्रेयर

      जेकब ड्रेयर शांघाइस्थीत एक लेखक र संपादक हुन् । उनी न्यूयोर्क टाइम्स, नोएमा, नेचर, साउथ चाइना मर्निङ् पोस्ट र अन्यका लागि लेख्ने गर्छन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.