Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालको विकास : अबको बाटो

नेपाल रिडर्स नेपाल रिडर्स
साउन २०, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    काठमाडौं, २० साउन ।  नेपालमा ‘समाजवाद उन्मुख’ संविधान कार्यान्वयन भइरहेको सन्दर्भमा विकासको रणनीतिको रुपमा हामीले अख्तियार गरिरहेको ‘तीन खम्बे अर्थनीति’का खम्बाहरु सरकारी, सहकारी र निजी मध्ये कुन पक्षको भूमिका र सीमा कस्तो हुनुपर्छ ? ।सबै पक्षको भूमिका र सीमा बराबर हुनुपर्छ वा ती मध्ये कुनै बढी प्रभावी र कुनै कम प्रभावी हुन्छ/हुनुपर्छ/गरिनुपर्छ ? वा पर्दैन ? । हाम्रो जस्तो मुलुकमा पुँजीको संकलन (Accumulation) कसरी सम्भव हुन्छ ? र नेपालको विकास मोडल कस्तो हुन सक्छ ? । नेपालको विकासको बाटोका बारेमा छलफल गर्न बिहीबार राजधानीमा आयोजित ‘नेपालको विकास : कुन बाटो ?’ विषयक विचारगोष्ठीमा सहभागी बुद्धिजिवीहरुका बीच यस विषयमा विभिन्न मत–अभिमत भए ।

    नेपाल अध्ययन केन्द्र आयोजक रहेको उक्त गोष्ठीमा डा.खगेन्द्र प्रसाईंले ‘नेपालको विकासको बाटो’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले ‘समाजवाद उन्मुख लोकतान्त्रिक राज्य’ र ‘अनियन्त्रित निजी क्षेत्र’ एकैसाथ कुनैपनि हालत सम्भव नहुने बताउनुभयो । अहिलेका विकसित मुलुकहरुले पुँजीको संकलन (Accumulation) रक्तपातपूर्ण तरिकाले गरेको उदाहरण पनि दिनुभयो । उहाँले विशिष्ठ अवस्थामा विकास गरेका दक्षिण कोरिया, सिंगापुर र ताइवानको विकास मोडल नेपालमा सम्भव नभएको दाबी पनि गर्नुभयो ।

    नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व उपप्रधान मन्त्री तथा अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी, एमाले नेता घनश्याम भूसाल, विश्लेषक हरि शर्मा, टंक कार्की, डा.गोविन्दबहादुर थापा, तुलानारायण साह, नेत्र तिम्सेना, सुदिप श्रेष्ठ, दिनेश पौडेल लगायतले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो।

    नेता खनालले सबै मुलुकका विकासका आ–आफ्नै मोडल हुने बताउँदै हामीले पनि आफ्नै विकासको मोडल बनाउनुपर्ने बताउनुभयो । अर्थतन्त्रको तीन खम्बा मध्ये सरकारी र सहकारीलाई विस्तार गर्दै निजी क्षेत्रलाई राज्यले व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

    डा.लोहनीले सोभियत मोडलको विकासले सोभियत संघमा उद्यमशीलताको सिर्जना गर्न नसकेको उदाहरण दिनुभयो । प्रतिस्पर्धात्मक अवस्था नहुँदा उक्त मोडल असफल भएको उहाँको तर्क थियो । संसारभरी पुँजीको संकलन रक्तपातपूर्ण तरिकाले मात्र नभएको र स्थान विशेषको आन्तरिक अनुकूलता पनि रहेको बताउनुभयो।

    विश्लेषक शर्माले यस छलफलबाट विकासको मोडल खोज्न हतारिएको भान भएको बताउनुभयो । संविधानको ‘समाजवाद उन्मुख’ शब्द वामपन्थी र गैरवामपन्थी दुबै धारले आफ्नो अनुकूलतामा प्रयोग गरिरहेको र यो एउटा माहोलमा आएको कुरा गर्नुभयो । यस्ता छलफलले समाजवादी अवधारणालाई व्यवहारिक बनाउन सहयोग हुने बताउनुभयो ।

    नेता भूसालले विकासको कुरा गर्दा हामीले संविधानको ‘समाजवाद उन्मुख’ चरित्र र उत्तर तथा दक्षिण दुबै छिमेकमा भइरहेका विकासले हामीलाई पार्ने प्रभावलाई हाम्रो सन्दर्भमा राखेर हेर्नुपर्ने बताउनुभयो ।

    अध्येता तुलानारायण साहले विकास भनेको भौतिक पूर्वाधारमात्र होइन रहेछ भन्दै गृह जिल्ला सप्तरीको उदाहरण दिनुभयो । उहाँले सबैभन्दा ठूलो राजमार्ग, नेपालको पहिलो नहर र पर्याप्त शैक्षिक संस्थाहरु भएर पनि हाल सप्तरी अति कम विकसित १० जिल्लामा परेको अवस्था समेतलाई उक्त महत्वपूर्ण विकास बहसमा स्थान दिन आग्रह गर्नुभयो ।

    अडियो सुन्नुहोस्ः-

    डा.खगेन्द्र प्रसाईं(भाग १)

    https://nepalreaders.com/wp-content/uploads/2017/08/khagendra1.mp3

     

    डा.खगेन्द्र प्रसाईं(भाग २)

    https://nepalreaders.com/wp-content/uploads/2017/08/khagendra2.mp3

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.