Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाल भारत शान्ति तथा मैत्री सन्धि, १९५०

nepal_readers nepal_readers
माघ १४, २०७२
- दस्तावेज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (सन् १९५० जुलाई ३१)

    नेपाल र भारत सरकार शताव्दियौँदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्धप्रति  प्रतिबध्द रहँदै उक्त सम्बन्धलाई अरु विकसित र सुदृढ पारी दुई मुलुकको निरन्तरता दिने उद्देश्यले –

    परस्पर शान्ति तथा मैत्रीसन्धि गर्ने निश्चय गरी यो सन्धि गर्न निम्नलिखित व्यक्तिहरुलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ । जसमा नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वोच्च सेनापति मोहन शम्शेर जंगबहादुर राणा र भारतका तर्फबाट नेपालमा भारतका महामहिम राजदूत चन्द्रेश्वरप्रसाद सिंहले एकअर्काको अधिकार-पत्र जाँच्दा ठीक र रीतपूर्वकको ठहर्याईएकोले देहायका प्रवन्धहरुलाई स्वीकारेका छन् ।

    धारा १

    नेपाल र भारत सरकार का बीच अटल शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एक अर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति स्वीकार र सम्मान गर्न मन्जुर गर्छन् ।

    धारा २

    दुवै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट या विवाद उत्पन्न भएमा एक अर्कालाई जानकारी दिन प्रतिबध्द छन् ।

    धारा ३

    धारा १ मा उल्लेखभएअनुसार सम्बन्ध स्थापना गर्न र त्यसलाई कायम गर्नका लागि दुवै सरकार आवश्यक कामकाजको सुसञ्चालनका लागि आवश्यक कर्मचारी र आफ्ना प्रतिनिधिहरुद्धारा एकअर्कासँग कूटनीतिक सम्बन्ध राख्न राजी छन् ।

    ती प्रतिनिधिहरु र तोकिएका कर्मचारीहरुले पारस्परिक आधारमा प्रचलित व्यवस्था अन्तर्गत अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेका सबै कुटनीतिक विशेषाधिकार र उन्मुक्तिहरुलाई उपभोग गर्नेछन् । यी अधिकारहरु दुवैमध्ये एक मुलुकको कुटनीतिक सम्बन्ध भएको कुनै अर्को मुलुकका समानस्तरका व्यक्तिहरुलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुने छैनन् ।

    धारा ४

    दुवै सरकारहरु एक-अर्को मुलुकका तोकिएका शहर, बन्दरगाह र अन्य स्थानहरुमा बस्ने महावाणिज्यदूत, वाणिज्यदूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्न मञ्जुर छन् ।

    महावाणिज्यदूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरुलाई उनीहरुको पदाधिकारमा  नियुक्तिको वैधानिक प्रमाणपत्र प्रदान गरिनेछ । ती पदाधिकारी या नियुक्तिको प्रमाणपत्रलाई सो प्रदान गर्ने मुलुकले आवश्यक ठानेमा फिर्ता लिन सक्नेछ । सम्भव भएमा त्यसरी फिर्ता लिइनुको कारणको जनाउ दिन सकिनेछ ।

    माथि उल्लेखित व्यक्तिहरुले पारस्परिक आधारमा ती सबै हक, विशेषाधिकार र उन्मुक्तिहरुको उपभोग गर्नेछन् जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरुलाई प्रदान गरिएकोछ ।

    धारा ५

    नेपाल सरकारलाई आफ्नो सुरक्षाको निमित्त चाहिने हातहतियार, विष्फोटक सामग्री या गोलीगट्ठा, कल-पूर्जा, आदि  स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र सो राज्य क्षेत्रको बाटो गरी पैठारी गर्ने अधिकार रहनेछ । यो प्रबन्धलाई कार्यरुप दिन दुवै सरकारले परस्परमा सल्लाह गरी एउटा कार्यप्रणाली तय गर्नेछन् ।

    धारा  ६

    दुवै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मैत्रीभावको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकाससँगसम्बन्धित मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँगसम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्कापट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् ।

    धारा ७

    नेपाल र भारत दुवै देशका सरकारहरु समान आधारमा एक अर्को मुलुकका नागरिकहरुलाई आआफ्नो भूभागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र त्यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृति प्रदान गर्दछन् ।

    धारा ८

    जहासम्म यहाँ  उल्लेख गरिएका कुराहरुको सवाल छ, ती सबैमा यो सन्धिले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सबै सन्धिहरु, सम्झौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको छ ।

    धारा ९

    यो सन्धि दुवै सरकारले हस्ताक्षर गरिएकै मितिदेखि लागू हुनेछ ।

    धारा १०

    यो सन्धि कुनै एक मुलुकले १ वर्षको सूचना दिई खारेज नगरेसम्म अस्तित्वमा रहिरहनेछ ।

     

    काठमाडौँमा वि सं २००७ साल साउन १६ गते तदनुसार ईश्वी सम्वत १९५० जुलाई महिनको ३१ तारिखका दिन यो सन्धिको दुवै प्रतिमा हस्ताक्षार भयो ।

    हस्ताक्षार

    चन्द्रेश्वरप्रसाद सिंह

    भारत सरकारको निमित्त

    मोहन शमशेर जङ्ग बहादुर राणा

    नेपाल सरकारको निमित्त

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता

      लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता

      टंक कार्की
      बैशाख १७, २०८१

      लेनिनलाई म रुसका एक विख्यात राजनीतिक सिद्धान्तकार, क्रान्तिकारी र सच्चा मार्क्सवादीका रूपमा सम्झन्छु। लेनिन र लेनिनवादको महत्ता र सान्दर्भिकता अहिले...

      आजको वामपन्थ-२ राष्ट्रिय गोष्ठीद्वारा पारित प्रस्ताव

      आजको वामपन्थ-२ राष्ट्रिय गोष्ठीद्वारा पारित प्रस्ताव

      नेपाल रिडर्स
      पुस १९, २०८०

      नेपाल अध्ययन केन्द्रद्वारा आयोजित आजको वामपन्थ–२ (पुस १८–१९) राष्ट्रिय गोष्ठीमा उपस्थित हामी सहभागीहरु गत वर्ष सम्पन्न आजको वामपन्थ–१ बाट पारित...

      नेपाल विश्वको मित्र हो: एन्टोनियो गुटेरेस (संसद् बैठक सम्बोधनको पूर्णपाठ)

      नेपाल विश्वको मित्र हो: एन्टोनियो गुटेरेस (संसद् बैठक सम्बोधनको पूर्णपाठ)

      नेपाल रिडर्स
      कार्तिक १५, २०८०

      संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका...

      संयुक्त राष्ट्र संघका महासचिवलाई द्वन्द्वपीडितहरुको ज्ञापन पत्र

      संयुक्त राष्ट्र संघका महासचिवलाई द्वन्द्वपीडितहरुको ज्ञापन पत्र

      नेपाल रिडर्स
      कार्तिक ८, २०८०

      नेपालमा नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट ससस्त्र संघर्ष सुरु गर्‍यो। वैधानिक राजतन्त्र सहितको संसदीय प्रणाली अन्त्य गर्दै जनवादी...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      दस्तावेज: पार्टीमा यसरी हुन्थ्यो जनवादी अभ्यास

      दस्तावेज: पार्टीमा यसरी हुन्थ्यो जनवादी अभ्यास

      केशव बडाल
      अशोज ६, २०८०

      नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल विगत पचास वर्षभन्दा पहिलेदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन्। २०३७ सालमा तत्कालिन नेकपा मालेमा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.