Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाँच वर्षमा पौने ३४ खर्बको व्यापार घाटा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन १४, २०७४
- अर्थतन्त्र
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारी रणनीति सफल नहुँदा व्यापार घाटा बढेको बढ्यै

    नेपालमा पछिल्ला पाँच वर्षमा पाँच सरकार फेरिए । सबैजसो सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत व्यापार घाटा न्यूनीकरण गर्ने घोषणा गरे । तर, सरकारी घोषणा केवल ‘घोषणा’मै सीमित हुँदा नेपालको व्यापार घाटा झन् अकासिँदै गएको छ ।

    पछिल्ला पाँच वर्षमा मात्र नेपालले कुल ३३ खर्ब ८८ अर्ब ९७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । यस अवधिमा नेपालले कुल ३७ खर्ब ८२ अर्ब ८२ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ । तर, निर्यात भने ३ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँबराबरको मात्रै गर्न सकेको छ । पाँच वर्षमा नेपालले गरेको आयात सोही अवधिमा भएको निर्यातको तुलनामा करिब १० गुणाले बढी हो ।

    किन बढिरहेको छ व्यापार घाटा ?
    सरकार फेरिँदैपिच्छे प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र वाणिज्यमन्त्रीले व्यापार घाटा न्यूनीकरणलाई प्राथमिकतामा राख्ने बताउँछन् । तर, व्यापार घाटा घट्ने होइन, झन्–झन् बढेको बढ्यै छ । तुलनात्मक रूपमा उत्पादन नगर्ने, तर खपत भने बढाउँदै जाने प्रवृत्तिले नेपालको व्यापार घाटा हरेक वर्ष अकासिएको अर्थविद् डा. पोषराज पाण्डे बताउँछन् । ‘यसलाई सामान्य ढंगबाट भन्दा व्यापार घाटा न्यूनीकरणका लागि कि त उत्पादन बढाउनुपर्यो कि त खपत घटाउनुपर्यो,’ उनले भने, ‘अब खपत घटाउने कुरै आउँदैन, त्यसैले हाम्रो मुख्य जोड भनेको उत्पादन वृद्धिमै हुनुपर्छ ।’ सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर व्यापार घाटा न्यूनीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

    निर्यात १ खर्ब पनि पुगेन
    पछिल्ला पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालको निर्यात कुनै पनि वर्ष १ खर्ब पुग्न सकेको छैन । जबकि आयात भने प्रत्येक वर्ष ६ खर्बभन्दा माथि छ । आव ०७०-७१ मा सबैभन्दा बढी अर्थात् ९१ अर्ब ३६ करोड रुपैयाँबराबरको निर्यात भएको देखिन्छ । पछिल्लो पाँच वर्षमा नेपालको निर्यातको वृद्धिदर २० प्रतिशतसम्म पनि पुगेको छैन । दुईवटा आर्थिक वर्षमा त निर्यात १७ प्रतिशतसम्मले घटेको तथ्यांक छ । छिमेकी तथा मित्रराष्ट्र मुलुकहरूले निर्यातमा सहुलियत दिइरहेको तथा विश्व समुदायको सद्भाव भएका वेला पनि नेपालले निर्यात बढाउन नसक्नु दुःखद भएको सरोकारवाला बताउँछन् ।

    कसरी बढाउने निर्यात ?
    नेपालले लिएका परम्परागत व्यापार नीति, पुरानै संरचना र कमजोर आर्थिक कूटनीतिकै कारण निर्यात बढ्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनीषकुमार अग्रवाल बताउँछन् । ‘व्यापार घाटा न्यूनीकरणका लागि उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन र आयात विस्थापन गर्नुपर्छ,’ उनले भने । निर्यात वृद्धिका लागि उद्योगमा लगानी बढाउनुपर्ने, निर्यातयोग्य वस्तुको सूची समयानुकूल परिवर्तन गर्नुपर्ने, गैरभन्सार अवरोध हटाउनुपर्ने तथा भ्यालुएड हुने उद्योगलाई प्राथमिकतामा राखेर आयात विस्थापनको बाटो रोज्नुपर्ने उनको भनाइ छ । त्यस्तै, निर्यातमा दिने नगद अनुदानलाई पनि कम्तीमा १० प्रतिशत पुर्याइनुपर्ने उनको भनाइ छ ।

    निर्यातमा सुविधा छ, तर उपयोग भएन
    अमेरिकाले नेपालका ७७ वस्तुमा शून्य भन्सारको सुविधा दिएको छ । तर, पनि अमेरिकातर्फको निर्यात १० अर्ब नाघ्न सकेको छैन । आर्थिक वर्ष ०७३-७४ को ११ महिनामा अमेरिकातर्फको निर्यात २.९ प्रतिशतले घटेको छ । भारत र चीनले पनि शून्य भन्सारको सुविधा दिएका छन्, तर दुवै मुलुकसँग नेपालले ठूलो व्यापार घाटा बेहोर्दै आएका छन् । नेपालले अतिकमविकसित मुलुकका हैसियतमा विश्व बजारमा सहज पहुँच पाउँछ । तर, यस्ता कुनै पनि सुविधाको उपयोग हुन सकेको देखिँदैन ।

    यसकारण बढिरहेको छ व्यापार घाटा
    – खपत बढेको बढ्यै छ । तर, उत्पादनको वृद्धि निराशाजनक छ ।
    – लागत उच्च हुँदा नेपालको उत्पादन प्रतिस्पर्धा हुन सकेको छैन ।
    – निर्यातमा २ प्रतिशत मात्रै नगद प्रोत्साहन दिइँदै आएको छ । यो अन्य देशको तुलनामा अत्यन्त थोरै हो ।
    – गैरभन्सार अवरोध धेरै छन् । खासगरी भारतले नेपालका विभिन्न कृषि वस्तुलाई वेला–वेला रोक्ने गरेको छ ।
    – अमेरिकाले ७७ वस्तुमा दिएको शून्य भन्सारको सुविधा उपयोग हुन सकेको छैन । अमेरिकातर्फको निर्यात झन् खस्केको छ ।
    – सबैभन्दा ठूलो व्यापार हिस्सा ओगटेका भारत र चीनसँगै नेपालको घाटा उच्च रहेको छ । ती देशसँगको घाटाको वृद्धिदर पनि उच्च छ ।
    – पहुँच सडक, ऊर्जा, अन्तर्राष्ट्रियस्तरको ल्याब, चिस्यान केन्द्र, भण्डारण केन्द्रलगायत पूर्वाधारको अभाव रहेको छ ।
    – थुप्रै उत्पादन तथा वस्तुको सामूहिक व्यापार चिह्न (कलेक्टिभ टे«डमार्क) दर्ता हुन सकेको छैन ।
    – प्रचारप्रसार कमजोर छ । विदेशस्थित कूटनीतिक नियोगले निर्यात प्रवद्र्धनमा भूमिका खेलेको देखिँदैन ।
    – निर्यातमूलक उद्योगमा जनशक्तिको चर्को अभाव रहेको छ ।
    यो समाचार कृष्ण रिजालले अाजकाे नयाँ पत्रिकामा लेख्नुभएकाे छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलविद्युतको आन्तरिक खपत र निर्यातको सवाल

      जलविद्युतको आन्तरिक खपत र निर्यातको सवाल

      रामराज रेग्मी
      फाल्गुन २६, २०८०

      नेपालको उत्तरमा बाह्रै महिना हिउँले ढाकिएका हिमशिखरहरू भएकाले तिनबाट अविरल रूपमा दक्षिणतर्फ बग्ने विशाल नदीहरू उत्पत्ति भएका छन्। ती नदीहरु...

      भारतले बिथोलेको नेपालको बिजुली सपना

      भारतले बिथोलेको नेपालको बिजुली सपना

      रोहेज खतिवडा
      पुस १८, २०८०

      ७५ वर्ष अघिको कुरा हो, जतिबेला भारत भर्खरै ब्रिटिस राजबाट मुक्त भएर प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको थियो, नेपालमा अन्तिम राणा...

      भूमिसुधारको बहस: कति सान्दर्भिक छ भूमिसुधार?

      भूमिसुधारको बहस: कति सान्दर्भिक छ भूमिसुधार?

      झलक सुवेदी
      कार्तिक १३, २०८०

      “नेपालमा भू–स्वामित्वको अवस्थाले अझै पनि परिवार र व्यक्तिको आर्थिक सम्पन्नता, सामाजिक हैसियत र राजनीतिक शक्तिलाई निर्धारण गर्छ। इतिहासको लामो कालखण्डदेखि...

      दुई सयभन्दा धेरै प्रसिद्ध अर्थशास्त्रीको पत्रः विश्वमा असाधारण आर्थिक असमानता छ

      दुई सयभन्दा धेरै प्रसिद्ध अर्थशास्त्रीको पत्रः विश्वमा असाधारण आर्थिक असमानता छ

      नेपाल रिडर्स
      साउन ५, २०८०

      विश्व प्रसिद्ध २ सयभन्दा धेरै अर्थशास्त्रीहरूले संयुक्त राष्ट्र संघ र विश्व बैंकलाई पत्र लेख्दै बढ्दो असमानता कम गर्न तत्काल प्रभावकारी...

      चीनको आर्थिक कायापलट कसरी भयो?

      चीनको आर्थिक कायापलट कसरी भयो?

      नेपाल रिडर्स
      बैशाख २१, २०८०

      विश्व बैंकका अनुसार सन् १९९० मा भारत र चीनको जीडीपी झण्डै उस्तै थियो। तर आज चीनको जीडीपी बढेर १८ ट्रिलियन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.