Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

nepal_readers nepal_readers
कार्तिक १४, २०७५
- इतिहास
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “ईश्वरका अनुग्रहले आज हाम्रो मुलुक्को विजुलिको कार्खाना प्रकाशगर्न पाउने भयो । नेपालमा एस किसिमको काम्मा यो पहिला कार्खाना हो । एस्तो यो कारखानासंग म संग राखनपाउनाको (मोसर) मलाइ मिलेको हुनाले लागेका अहेशानको यथार्थ बयान ञाहागर्न सकिन्न ।

    यो कारखाना हाम्रा श्री ५ सर्कार का बाहुलिबाट ऐल्हे खोलि बक्सने छ । एसबाट हाम्रा मुलुक्को उद्योग उतसाहमा नञा युग हुनगया झै उन्नतिगराउने होला भनन्या आशा छ । ठूला ठूलाकामहरु पैल्हे उठानगर्दा नविग्रि भरसक राम्रोगरि चलने हिसावले गर्नुपर्ने हुनाले यो विजुलिको धेरै (…..)पनि हाललाइ खाली हाम्रो राजधानि शहरमा वत्ति राखना निमित्त मात्र काम लिन सकेका छौं । सडक्को वत्तिको काम् वाहेक यो विजुलि विना धुवा गन्धले कोठा गरम् गराउने काममा ल्याउ भनेपनि हुनछ । नेपाल खाल्डामा सहजसंग प्रसस्त दाउरा गोल पाइदैन । विजुलिले गोल दाउराको काम दिने भयाकोले तेसबाट पनि सुविस्ता हुनछ । उद्योगको काम्मा उन्नति गर्ने ठाउँ हिसाव छैन । तेस्तो उद्योगका कामहरुमा यत्नसाथ एकनाशसंग मन लगाइ काम गरेदेखि वलियो दिलसायको दृढउतसाहले पार्लागन (पार लगाउन) नसकने काम केहि छैन ।

    ईश्वरवाट दया भयाको आफ्ना मुलुकमा पाइनेवस्तु बाटै मिलन सक्ने फाइदा हामिले उठाउन सकेनौ भने तेसभन्दा अपसोचको कुरा के छ रु एतिका खर्च र मेहनत लगाइ यो विजुलिको कारखाना तयार भयाको छ एसैवाट ल्याइयाको विजुलिका जोडवाट काम लि हामिले फाइदा उठाउन योग्य छ । अनी मिस्टर प्याएटेले खुलसा वयानगरे झै यो विजुलिको जोडलगाइ चिजबस्तु वनाउने काम कारखाना र यस उद्योगमा लाउन कोसिस गर्दै गर्‌या हाम्रा मानिसवाट पनि यस वाट भयाको काम हुननसकने केहि छैन । ऐल्हे यो उतसवको वखतको जोष्मा मात्र यो कुरा हामिले मन्मा लिने होइन ।

    एस्मा यौटा कुरा के छ भने सवै तरहवाट उन्नति हुने कुराको विचार गर्दा हाम्रो शहर सफाइ तर्फमा अरु धेरै गै काम् वाकि रहेको देखिन्छ। उन्नतिको मुख (मुख्य) कुरा यौटा सफाइको काम पनि हो । अपसोचछकि हाम्रा राजधानि शहर ठाउ ठाउमा साह्रै मैला फोहर छ । हाम्रो ञाहा पानिको कल राखि पानि ल्यायादेखि पानिवाट उत्पन्न हुने किसिमको रोगहरु विशेस गरि हट्तै गयाको छ । तापनि सफाइतर्फको उन्नतितर्फ हामिले सदा सर्वदा वहुतै ध्यान दिनुपर्दछ । एस्मा सरकारलाइ दुनिञाहरुवाट हारग्वाहार हुनु अवश्य पर्दछ । सरकारवाट दुनिञालाइ शहर सफाइको कामलाइ केहि दस्तुर लगायाको छैन । तेसो हुनाले मुलुक्को वढिया हुने काम्मा सरकारलाइ हारग्वाहार गर्नुपर्छ भनि दुनिञाले अघि नसरि यो काम राम्रो गरि हुनसक्ने देखिदैन ।

    अव यो विजुलिको विषयको कुरामा म यो पनि भन्दछु कि, यो उठान भयाको काम राम्रो गरि तय भयेको हुनाले हामिलाइ आनन्द गरायो। कोनैकाममा पनि उठानको काम राम्रा गरि तय हुनालाइ उकालो पर्ने हुन्छ । उठानमा परिआउनले कठिन एकपल्ट नाघिसकेपछि तेष्किसिमको काम आफसे आफ वढ्दै जाने गर्छ । विशेषगरि आफ्नै मुलुकका मानिसहरुका मेहनतले तयार भयाको यो विजुलिको कारखाना पूर्वदीपतर्फ रहेका यस यै जत्रो कल कारखाना भन्दा केहि कुरामा घटिछैन भनन्या कुरा मन्मा विचारगरिहेर्दा मन्मा वहुतै आनन्द लागि आउछ ।

    राम्रो गरि दस्तुरमाफिक काम भै यो कारखाना चलायादेखि तेसबाट हुने आम्दानिले खर्च ढाकि दिन् परदिन् हाम्रा उद्योगका काम कारखानाहरु वढ्दैजाने देखिनाले लागेको भन्दा बढि सन्तोष अरु के होला रु यो काम्मा वहुतै मेहनत गरि काम गर्ने युरोपियन हिन्दुस्थानि र नेपालिहरु सवैले यो कारखाना कोनै सुरतले पनि चलाइ छाडोला भनन्या हिकमत लि काम गरेका हुनाले तिनिहरुलाइ धन्यवाद छ । विच विचमा गाह्रो र दैवीपरि आयेथ्यो तापनि आफ्नु अभिभाराको काम् तय गर्नालाइ मेहनत गर्न वाकि नराखि काम गर्ने मुख्य इलेक्ट्रिक्याल ईन्जिनियर मिष्टर वार्नाउ प्याउटे (Barnau Puwante) लाइ खुसिसाथ अन्तष्कर्ण देखि म धन्यवाद गर्छु । इनको ठूलो मेहनत र एकनासको भावना साथको काम गराइ तारिफ लायेकको छ । ठुला नामि जनरल इलेक्ट्रिक कम्पनीका मिस्टर लिंजले  (Mr Linzale) पनि बहुतै उमदा तवरसंग काम गरेका छन् इनलाइ पनि मेरो धन्यवाद छ । यो काममा रहेका अफिसर र अन्य मानिसहरुले पनि तन्मनदि काम् गरेको सुन्दा मलाइ वहुतै सन्तोष लाग्यो । तिनिहरुको कामदेखि म खुसि छु । जो इन्जिनियरले तिनिहरुको लोसि फारम गरे तेस्को विचार तिनिहरुका आफ्ना आफ्ना अड्डाखानाद्वारा गरिने छ । तिनिहरुकै सगोल मेहनतले आज यो काम् सफल भयो ।

    यो काम् सफल भयाकोमा जनरल पद्मसमसेर जंगवहादुर राणा लाइ म धन्यवाद दिन्छु । तिनिमाथि मैले जस्तो भर्परि काम लायाको थिञा सो बमोजिम सवै काम पुरा हिसाब संग पार लाया । यो काम शुरु देखिनै भाइ कम्यान्डर इनचीफले गरेका मदतको मैले वहुतै कदरमानेको छु । उनिलाइ पनि मेरो अन्तस्कर्ण देखिको वहुतै वहुत धन्यवाद छ । यो इस्पीच खतम गर्नु अगाडि यो विजुलिको को कामले हामिलाइ हो शिक्षा दिन्छ तेसवारेमा म केहि भन्न चाहन्छु । हिक्मतको कामहरु प्रचार भैरहेको आजकाल को जमानामा सो हिक्मतको महिमाको शिरोमणि झै भयाका विजुलिले हालको सभ्यताको वाटो राम्रो बनाइ चाडो उन्नति गराउदै लगेको छ। विजुलिका प्रकाश नहुदैका वखतको र सो प्रकाश भयापछिका बखतको विचमा काहासम्मको अन्धाधुन्धको फरक देखिन्छ। नेपाल्ले पनि अब विजुलि आफ्ना दुनियामा प्रकाश भयाको देखि उन्नतिको यस्तो मुख्यकारण हो भनन्या शिक्षा विर्सने छैन भनन्या आशा लागेको छ।

    आजकाल नभैनहुने जरुरि समझियाको हिकमतको विद्या जाननुपर्छ भनन्या तिर पनि मन बढ्दै जाला भनन्या हामिले आशा गर्नु होइनसक्ने कुरा केहि छैन । यो विजुलिवत्तिको राम्रो उज्यालोमुनि बसीरहदा जस्तो त्यो बलिरहेको वत्ति निर्मल सफा छ उस्तै आफ्नु चालचलन पनि वेदागको गराउनुपर्छ भनन्या र जुन जोरवाट सो वत्ति बलेको छ त्यो जोरलाइ होइसकेसम्म काम्माल्याइ फाइदा उठाउनुपर्छ भनन्या दृढउत्साह पनि मानिसहरुले लिनन् भनन्या आशा पनि लागेको छ । रातको अन्धकार दुरभै जानाले हाम्रो मन्को अन्धकार पनि दुर भैगै नञा ज्ञान पैदा भै अज्ञानसबै पन्छाइ हामिले गरे कतिसम्म हुनसक्ने रहेछ, कति कुरा हामिले गर्नुपर्छ भनन्या अन्तष्कर्णले देखदै जानेछन् भनन्या पनि आशा छ ।

    अव म कर्णेल म्यानर्सइसमिय साहेव र अनलेडि भलादमिहरुले यसमौकामा मेहरमानि साथ आइ शोभायमानगर्नु भयाको हुनाले म अन्तष्कर्ण देखि सुकर्म जारि गर्दछु । सावधानसाथ यो मैले वोलेका कुराहरु एकचित्तले सुनिबक्स्याको मा श्री ५ सर्कार महाराहाधिराज का खिदमत्मा मेरो आदाव छ । अरु सबैलाइ पनि मेरो धन्यवाद छ । ईश्वर संग मेरो यहि प्रार्थना छ कि, यो हाम्रो काम्लाइ कल्ल्याण गरुन।“

    याे लेख गोर्खापत्र साप्ताहिक (हाल गोर्खापत्र दैनिक) ले बि.स. १९६८ साल जेठ २३ प्रकाशित गरेको यो मन्तब्य ई बिर सिंह धामीको फेसबुकबाट लिएका हौं ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा

      कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा

      विश्वबन्धु भण्डारी
      फाल्गुन १९, २०८०

      विश्वबन्धु भण्डारी तनहुँ मात्र नभएर गण्डकीका पुराना कम्युनिष्ट नेता हुन्। सरकारी कर्मचारी, शिक्षक र पत्रकार हुँदै राजनीतिमा लागेका भण्डारी तत्कालिन...

      प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना

      प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना

      रोहेज खतिवडा
      मंसिर १, २०८०

      दोस्रो विश्वयुद्धको अन्तयपछि प्यालेस्टिनी भूमिमा यहुदी राज्यका रूपमा इजरायलको स्थापना भयो। त्यसयता यो भूमिमा लगातार युद्ध र रक्तपात भइरहेको छ।...

      १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा

      १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा

      रोहेज खतिवडा
      कार्तिक २४, २०८०

      अघिल्लो भागमा हामीले जेरूसलेम सहित सम्पूर्ण प्यालेस्टाइनमा कसरी इस्लामहरूको नियन्त्रण स्थापित भयो भन्ने बिस्तारमा चर्चा गरेका थियौं। यसपछि दुई लगभग...

      तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

      तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

      रोहेज खतिवडा
      कार्तिक २१, २०८०

      जेरूसलेम नजिकैको गाउँ एन करेममा जिसस क्राइस्टको जन्म हुँदा जेरूसलेम र सम्पूर्ण प्यालेस्टाइन युद्ध र हिंसाले त्राहिमाम थियो। विभिन्न साम्राज्यहरूको...

      इजरायल-प्यालेस्टाइन युद्ध – १

      इजरायल-प्यालेस्टाइन युद्ध – १

      रोहेज खतिवडा
      कार्तिक १७, २०८०

      सम्पूर्ण इजरायल यहुदीहरूको धार्मिक पर्व सुक्कोतमा रमाइरहेको थियो। विभिन्न स्थानमा सांगितिक उत्सव (म्युजिक फेस्टिवल) चलिरहेका थिए। अचानक आकाशबाट विष्फोटक रकेटहरूको...

      ब्रिटिश साम्राज्यवादले कसरी गर्‍यो १० करोड भारतीयहरूको हत्या?

      ब्रिटिश साम्राज्यवादले कसरी गर्‍यो १० करोड भारतीयहरूको हत्या?

      डिलन सुलिभन र ज्यासन हिकेल
      पुस ४, २०७९

      पछिल्ला वर्षहरूमा ब्रिटिश साम्राज्यको उदासितामा पुनरुत्थानका कोशिस भइरहेका छन्। साम्राज्यवादका समर्थकहरू यसलाई सफल प्रमाणित गर्ने होडमा देखिन्छन्। हाइ प्रोफाइल किताबहरू...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.