Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ब्रिटिश साम्राज्यवादले कसरी गर्‍यो १० करोड भारतीयहरूको हत्या?

ब्रिटिश उपनिवेशवाद चरम स्तरमा हुँदा १० करोड मानिसको अल्पायू मै मृत्यु भएको कुरामा हामी प्रष्ट छौँ। यो मानव इतिहासमा सबैभन्दा बढी नीति प्रेरित मृत्युदर संकटहरू मध्ये एक हो।

डिलन सुलिभन र ज्यासन हिकेल डिलन सुलिभन र ज्यासन हिकेल
पुस ४, २०७९
- इतिहास, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्ला वर्षहरूमा ब्रिटिश साम्राज्यको उदासितामा पुनरुत्थानका कोशिस भइरहेका छन्। साम्राज्यवादका समर्थकहरू यसलाई सफल प्रमाणित गर्ने होडमा देखिन्छन्। हाइ प्रोफाइल किताबहरू जस्तैः नायल फरगुसनको ‘एम्पायरः हाउ ब्रिटेन मेड दि मोडर्न वर्ल्ड’ र ब्रुसी गिलेको ‘दि लास्ट इम्पेरियलिस्ट’ ले ब्रिटिश साम्राज्यले भारत लगायत अरु उपनिवेशहरूमा समृद्धि र विकास ल्याएको दाबी गरेका छन्। यू गभ पोलले दुई वर्षअघि गरेको एउटा सर्वेक्षणले बेलायतका ३२ प्रतिशत मानिसहरू आफ्नो देशको साम्राज्यवादी इतिहासमाथि गर्व गर्ने गरेको देखाएको थियो।

    बेलायतको उपनिवेशवादलाई लिएर चित्रण गरिएका यी ‘गुलाबी तस्बिरहरू’ ऐतिहासिक तथ्यहरू भन्दा विलकुल भिन्न छन्। आर्थिक इतिहासकार रोवर्ट सी एलेनले गरेको अध्ययन अनुसार बेलायती शासनको समयमा भारतमा अति गरिबी बढेको थियो। उनका अनुसार सन् १८१० मा भारतमा २३ प्रतिशत गरिबी रहेकोमा बिसौं शताब्दीको मध्यमा ५० प्रतिशत पुगेको थियो। ब्रिटिश औपनिवेशिक अवधिमा मजदुरहरूको वास्तविक ज्याला घटेको थियो। १९ औं शताब्दीमा अकालमा हुने मृत्युदर बढ्नुका साथै यो दर झनै घातक बन्दै गएको थियो। उपनिवेशवादले भारतीय मानिसलाई लाभ पुर्‍याएको कुरा त टाढाको कुरा भयो, यो एउटा मानवीय त्रासदी थियो भन्ने कुरा तथ्यहरूले देखाउँछन्।

    ब्रिटिश साम्राज्यको शक्ति उच्च रहेका बेला सन् १८८० देखि १९२० सम्मको अवधि भारतका लागि विशेष रुपले विनाशकारी रहेको जानकारहरू स्वीकार गर्छन्। औपनिवेशिक शासनले गरेको आम जनगणनाले यो अवधिमा मृत्युदर ठूलो मात्रामा बढेको देखाउँछ। सन् १८८० मा मृत्युदर ३७.२ प्रतिहजार रहेकोमा १९१० को दशकमा यो दर ४४.२ पुगेको थियो। यो अवधिमा भारतीयहरूको औसत आयु २६.७ बाट २१.९ मा झरेको थियो।

    वर्ल्ड डेभलपमेन्ट जर्नलको पछिल्लो एक अध्ययनपत्रमा ब्रिटिश उपनिवेशका चार दशकभरी त्यसले अपनाएको नीतिका कारण मारिएका मानिसहरूको संख्या अनुमान गर्नका लागि हामीले जनगणनाका आँकडाहरुलाई विश्लेषण गर्‍यौं। सन् १८८० भन्दा अघि मात्रै मृत्युदरको मजबुद आँकडा देखिन्छ। यदि यही आँकडालाई आधार बनाउने हो भने सन् १८९१ देखि १९२० सम्म ५ करोड मानिसको मृत्यु ब्रिटिश औपनिवेश मातहत भएको पाउँछौँ।

    ३० वर्षमा ५ करोड मानिसको मृत्यु भनेको एउटा मुटु हल्लाउने खालको तथ्य हो। यद्यपि यो एउटा अनुमान मात्र हो। औपनिवेशिक भारतमा मजदुरको ज्याला घट्नुले उनीहरूको जीवनस्तर विगतको तुलनामा नाटकीय रुपले खस्कदो अवस्थामा रहेको थियो भन्ने जनाउँछ। एलेन तथा अरु विद्वानहरूका अनुसार ब्रिटिश उपनिवेश हुनु भन्दा पहिले भारतीय जीवन स्तर पश्चिमी युरोपियन देशका विकसशील देशसँग लगभग समान हुनुपर्दछ। यद्यपि पूर्व औपनिवेशिक भारतमा मृत्यु दरको अवस्था कस्तो थियो भन्नेमा हामी निश्चित छैनौँ, तर बेलायतमा १६ औँ र १७ शताब्दीमा कायम रहेको मृत्युदर (२७.१८ प्रतिहजार) लाई आधार मानेर भारतको अवस्थाका बारेमा केही अनुमान गर्न सकिन्छ। यसरी हेर्दा हामी सन् १८८१ देखि १९२० को अवधिमा १६ करोड ५० लाख मानिसको मृत्यु भएको पाउँछौँ।

    मृत्युको वास्तविक संख्या हामीले मृत्युदरलाई आधार मानेर गरेको अनुमान भन्दा बढी संवेदनशील छ। ब्रिटिश उपनिवेशवाद चरम स्तरमा हुँदा १० करोड मानिसको अल्पायू मै मृत्यु भएको कुरामा हामी प्रष्ट छौँ। यो मानव इतिहासमा सबैभन्दा बढी नीति प्रेरित मृत्युदर संकटहरू मध्ये एक हो।

    ब्रिटिश शासन कसरी यो भयानक जीवन क्षतिको कारक बन्यो? यस प्रश्नलाई केलाउने हो भने अनेकन उत्तरहरू भेटिन्छन्। बेलायतले भारतको उत्पादन क्षेत्रलाई नराम्ररी नष्ट गरेको थियो। बेलायतको उपनिवेश हुनु अघि भारत विश्वकै ठूला औद्योगिक उत्पादकहरू मध्ये एक थियो। भारतले विश्वका सबै कुनामा उच्च स्तरका कपडाहरू निर्यात गर्ने गर्दथ्यो। इंग्ल्यान्डमा उत्पादन हुने रेशादार कपडाहरू सामान्यत पुर्ण हुँदैन थिए। तर जब ब्रिटिश इन्डिया कम्पनीले १७५७ मा बंगाललाई आफ्नो नियन्त्रणमा लियो, तब इंग्ल्यान्डका कपडाहरू परिवर्तन हुन सुरु भए।

    इतिहासकार मधुश्री मुखर्जीका अनुसार ब्रिटिश शासनले यस्तो नीति बनायो, जसका कारण भारतीयहरू आफ्नै देशभित्र आफ्ना उत्पादनहरू बेच्न पाउँदैन थिए। बरु यसले घरेलु बजारमा बेलायती वस्तुहरूलाई ठाउँ दिन्थ्यो भने भारतीय उत्पादनहरू निर्यात गर्न मात्रै पाइने अवस्था थियो।

    यो असमान व्यपारिक नीतिले भारतीय उत्पादनहरूलाई दबाएको थियो र पूरै भारतलाई ‘डी इन्डस्ट्रिलाइज’ (अऔद्यौगिकी) गरेको थियो। सन् १८४० मा इस्ट इन्डिया तथा चाइना एशोसिएसनका तत्कालिन प्रमुखले ब्रिटिश संसदमा गर्वका साथ दाबी गरेका थिए, ‘कम्पनी भारतलाई एउटा उत्पादनमुलक देशबाट कच्चा पदार्थ निर्यात गर्ने देशमा रुपान्तरण गर्न सफल भइरहेको छ।’ एकातर्फ अंग्रेज उत्पादकहरू फाइदा लिइरहेका थिए भने अर्कोतर्फ भारत गरिबी तथा भोकमरीको चपेटामा थियो।

    भारतको अवस्थालाई झनै खराब बनाउनका लागि ब्रिटिश उपनिवेशीहरूले वैधानिक लुटको एउटा प्रणाली नै स्थापना गरेका थिए, जसलाई ‘ड्रेन अफ वेल्थ’ भनेर चिनिन्छ। बेलायतले भारतीय जनताबाट कर उठाउँथ्यो र त्यो राजश्व भारतीय उत्पादनहरू (जस्तैः अन्न, कपास र अफिम) किन्नका लागि प्रयोग गर्दथ्यो। यसको अर्थ बेलायतले यी वस्तुहरू भारतबाट निःशुल्क पाएको थियो। यी वस्तुहरू कि त बेलायतमा प्रयोग हुन्थ्यो कि विदेशमा निर्यात गरिन्थ्यो। यसबाट प्राप्त राजश्वबाट बेलायत तथा उसका अरु उपनिवेशहरूमा औद्योगिक विकासका लागि खर्च गरिन्थ्यो।

    बेलायतको यो नीतिले भारतबाट आजको मूल्य अनुसार खर्बौं बराबरको वस्तु निर्यात गरिदियो। सुख्खापन तथा बाढीका कारण स्थानीय खाद्य सुरक्षामा खतरा हुनुका बावजूद बेलायतले भारतलाई खाद्य वस्तु निर्यात गर्नका लागि बाध्य बनाएको थियो। यस्ता नीतिहरूले गर्दा करोडौँ भारतीयहरूको भोकमरीका कारण मृत्यु भएको थियो। भारतका संसाधनहरू बेलायत तथा उसका अन्य उपनिवेशहरूमा पठाइने गरेकाले भारतीयहरू भोकमरीकै कारण ज्यान गुमाउन बाध्य थिए।

    औपनिवेशिक प्रशासकहरू आफ्नो नीतिको परिणामहरूका बारेमा जानकार थिए। तिनीहरूले लाखौं मानिस भोकमरीको चपेटामा परेको देखेका थिए, यद्यपि उनीहरूले नीति परिवर्तन गरेनन्। बाँच्नका लागि अत्यावश्यक संसाधनहरूका बारेमा अवगत भएरपनि उनीहरूले भारतीयहरूलाई यसबाट बञ्चित गराइरहेका थिए। त्यसकारण भिक्टोरियन कालको अन्त्यतिर भएका असाधारण मृत्युहरू कुनै दुर्घटना थिएनन्। इतिहासकार माइक डेभिस तर्क गर्छन् ‘बेलायती साम्राज्यका नीतिहरू १८ हजार फिट माथिबाट बम खसाले बराबर थिए।’

    सन् १८८१ देखि १९२० सम्म बेलायतको शोषणकारी नीतिहरूका कारण १०० मिलियन अर्थात् १० करोड मृत्यु भएको हाम्रो अनुसन्धानले पत्ता लगाएको छ। यो क्षतिपूर्ति भराउनुपर्ने खालको मामला हो। अन्तराष्ट्रिय कानुनमा यस्ता खालका नजिरहरू छन्। दोस्रो विश्वयुद्ध पछि जर्मनीले होलोकस्टका पीडितहरूलाई क्षतिपूर्ति दिनुपर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो र हालै सन् १९०० को दशकको सुरुवातमा नामीबियामा भएको औपनिवेशिक अपराधका लागि क्षतिपूर्ति भुक्तान गर्न सहमत भयो। यस्तै रंगभेदको विषयलाई लिएर दक्षिण अफ्रिकाले श्वेत अल्पसंख्यक सरकारद्वारा अतंकित गरिएका मानिसलाई क्षतिपूर्ति भुक्तान गरेको थियो। इतिहासलाई परिवर्तन गर्न सकिँदैन र ब्रिटिश साम्राज्यको अपराध मेट्न सकिँदैन। तर क्षतिपूर्तिले कम्तिमा साम्राज्यवादका कारण उत्पन्न भएका अभाव र असमानताको विरासतलाई सम्बोधन गर्न सहयोग गर्छ। यो न्याय र उपचारको दिशामा एक महत्वपूर्ण कदम हो।

    (अलजजिरा डटकमबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डिलन सुलिभन र ज्यासन हिकेल

      डिलन सुलिभन र ज्यासन हिकेल

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा

      कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा

      विश्वबन्धु भण्डारी
      फाल्गुन १९, २०८०

      विश्वबन्धु भण्डारी तनहुँ मात्र नभएर गण्डकीका पुराना कम्युनिष्ट नेता हुन्। सरकारी कर्मचारी, शिक्षक र पत्रकार हुँदै राजनीतिमा लागेका भण्डारी तत्कालिन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.