प्रतिगमन तथा बलात्कारविरुद्ध गत माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी महिला अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ले भर्त्सना गरेको छ।
बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गरी भनेको छ, ‘आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्ष्य गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको छ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुर्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्नेछ।’
यस्ता अपराधमा संलग्नबारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन बृहत् नागरिक आन्दोलनले माग गरेको छ।-नेपालखबर
Discussion about this post