Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘लोकतान्त्रिक गठबन्धन’का लागि कार्यदल गठन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २४, २०७४
- अर्थतन्त्र
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्थानीय निर्वाचनमा झैं आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने मनसाय बनाएको सत्तारुढ नेपाली कांग्रेसले आफ्नो चुनावी रणनीति फेर्ने गृहकार्य अन्तर्गत दिनभर जसो आन्तरिक र लोकतान्त्रिक खेमाका भनिने तथा तराईकेन्द्रित दलहरुसँग पनि पालैपालो बैठक गरेको छ।

    त्यसका अलावा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको संवैधानिक हैसियतबारेमा पनि बुधबार नै कानूनविदहरुसँग परामर्श पनि गरेका छन्।

    बैठकले आसन्न निर्वाचनमा प्रजातान्त्रिक शक्तिबीच तालमेलका लागि गृहकार्य गर्न सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ।

    प्रस्ताव

    पहिला पार्टीको कार्यसम्पादन समितिको बैठक र त्यसलगत्तै लोकतान्त्रिक धार बोकेका भनिएका दलका नेताहरुसँग नयाँ गठबन्धनको प्रस्ताव अघि सारेको हो।

    नयाँ बन्ने लोकतान्त्रिक गठबन्धनबारे नेपाली कांग्रेसका एक नेता प्रकाशशरण महतले भने, ”अब हामी लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील दल र शक्तिहरुसँग सहकार्य गरेर निर्वाचनमा जान्छौं। जहाँजहाँ सम्भव हुन्छ तालमेल गर्ने हाम्रो कोसिस हुन्छ। यस्तो वामपन्थी गठबन्धनवाट हामीहरु कत्तिपनि विचलित वा निरुत्साहित भएका छैनौं।”

    अप्रत्याशित रुपमा उक्त वाम गठबन्धन भएको भन्दै नेपाली कांग्रेसले त्यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बताएको छ।

    लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै त्यस्तो गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनमा समेत गम्भीर चुनौती थप्ने नेपाली कांग्रेसको कार्यसम्पादन समितिको ठहर छ।

    लोकतान्त्रिक गठबन्धनको आह्वान गरिएको भएपनि त्यसको विस्तृत खाका तथा चुनावी तालमेलको मापदण्डबारे थप गृहकार्य गर्न बिहीवार बिहानका लागि पुन: कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

    नैतिकता

    माओवादीले नयाँ गठबन्धन बनाएपछि वर्तमान सत्ता समीकरणबारे प्रश्न उठ्दै गर्दा प्रधानमन्त्री देउवाकै नेतृत्वमा चुनावमा जाने नेपाली कांग्रेसकै अर्का नेता अर्जुननरसिंह केसीले बताए।

    तर माओवादीप्रति भने नैतिकताको प्रश्न उठाउँदै उनले भने, ”स्थानीय निर्वाचन माआवादी केन्द्रको नेतृत्वमा गर्ने, संघीय र प्रदेशको निर्वाचन कांग्रेसको नेतृत्वमा गर्ने भन्ने सहमति भएपनि त्यो तोडिएको छ भने अर्कोतिर सरकारमा बस्ने र प्रतिपक्षीसँग गठबन्धन गर्ने नैतिक दृष्टिकोणले उपयुक्त होइन। हामीले केही भन्नु भन्दापनि माओवादी केन्द्रले नैतिकताको आधारमा तत्काल राजीनामा गर्नुपर्ने हो।”

    प्रधानमन्त्री देउवाले साँझ अबेरसम्म तराई केन्द्रित राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायत दलका नेताहरुसँग ‘लोकतान्त्रिक गठबन्धन’ गर्ने बारेमा छलफल गरेका थिए।

    चुनावका लागि करिब डेढ महिना मात्र समय बाँकी रहेको अवस्थामा नेपाली कांग्रेसलाई पार्टीको आन्तरिक सन्तुलन मिलाउन र सत्ता साझेदार माओवादी केन्द्र विनाको नयाँ गठबन्धनबीचको चुनावी भागवण्डा मिलाउन असहज हुने कतिपय विश्लेषकहरुले बताएका छन्।बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलविद्युतको आन्तरिक खपत र निर्यातको सवाल

      जलविद्युतको आन्तरिक खपत र निर्यातको सवाल

      रामराज रेग्मी
      फाल्गुन २६, २०८०

      नेपालको उत्तरमा बाह्रै महिना हिउँले ढाकिएका हिमशिखरहरू भएकाले तिनबाट अविरल रूपमा दक्षिणतर्फ बग्ने विशाल नदीहरू उत्पत्ति भएका छन्। ती नदीहरु...

      भारतले बिथोलेको नेपालको बिजुली सपना

      भारतले बिथोलेको नेपालको बिजुली सपना

      रोहेज खतिवडा
      पुस १८, २०८०

      ७५ वर्ष अघिको कुरा हो, जतिबेला भारत भर्खरै ब्रिटिस राजबाट मुक्त भएर प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको थियो, नेपालमा अन्तिम राणा...

      भूमिसुधारको बहस: कति सान्दर्भिक छ भूमिसुधार?

      भूमिसुधारको बहस: कति सान्दर्भिक छ भूमिसुधार?

      झलक सुवेदी
      कार्तिक १३, २०८०

      “नेपालमा भू–स्वामित्वको अवस्थाले अझै पनि परिवार र व्यक्तिको आर्थिक सम्पन्नता, सामाजिक हैसियत र राजनीतिक शक्तिलाई निर्धारण गर्छ। इतिहासको लामो कालखण्डदेखि...

      दुई सयभन्दा धेरै प्रसिद्ध अर्थशास्त्रीको पत्रः विश्वमा असाधारण आर्थिक असमानता छ

      दुई सयभन्दा धेरै प्रसिद्ध अर्थशास्त्रीको पत्रः विश्वमा असाधारण आर्थिक असमानता छ

      नेपाल रिडर्स
      साउन ५, २०८०

      विश्व प्रसिद्ध २ सयभन्दा धेरै अर्थशास्त्रीहरूले संयुक्त राष्ट्र संघ र विश्व बैंकलाई पत्र लेख्दै बढ्दो असमानता कम गर्न तत्काल प्रभावकारी...

      चीनको आर्थिक कायापलट कसरी भयो?

      चीनको आर्थिक कायापलट कसरी भयो?

      नेपाल रिडर्स
      बैशाख २१, २०८०

      विश्व बैंकका अनुसार सन् १९९० मा भारत र चीनको जीडीपी झण्डै उस्तै थियो। तर आज चीनको जीडीपी बढेर १८ ट्रिलियन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.