Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वाङ्मय शताब्दी पुरुष सत्यमोहनलाई सम्मान, रथयात्रा र रातो कार्पेट

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ३१, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वसन्तपुरको खुला प्रांगणमा शुक्रबार दिउँसो साढे १ बजेतिर नेवारी समुदायमा प्रचलित धिमे बाजा बजाउँदै केही युवाहरू आए। नीहरूलाई पछ्याउँदै तालमा खी बाजाको सुर मिलाइरहेका थिए केही युवती र युवाहरू, जो सुन्दर नेवारी पहिरनमा सजिएका थिए। साथमा थिए महाकाली, रामचन्द्रलगायतका नाच नाच्ने युवा र बालबालिकाहरूका समूह।

    उनीहरूले अनुहार मुखुण्डोले छोपेका थिए भने शरीरमा परम्परागत पोसाक लगाएका थिए। छेउमा दुईओटा सेता घोडा भएको नेपाली सेनाको बग्गी खडा थियो। यी सबै हेरिरहेका वसन्तपुर घुम्न पुगेकाहरू एकआपसमा कुरा गर्दै थिए, ‘आज के जात्रा हो?’ संस्कृति र मन्दिरको धनी काठमाडौँमा दिनदिनै जात्रा हुन्छन् भने पाइलैपिच्छे मन्दिर भेटिन्छन्। ती जात्रामा र मन्दिरको पूजामा भेटिनेजस्तै बाजा र पहिरन देखेर वसन्तपुर घुम्न पुगेकाहरूले त्यस्तै अनुमान गरेका थिए। तर, शुक्रबार वसन्तपुरमा भएको जात्रामय भेलामा फरक के थियो भने त्यहाँ दुई सेता घोडा तयार भएको बग्गी थियो। उक्त बग्गीलाई सेनाले रोकिराखेको थियो कुनै विशिष्ट व्यक्तिका लागि। सत्यमोहन जोशी, जसलाई वसन्तपुरमा सेतो बग्गीले पर्खिरहेको थियो, जसका लागि जात्रा र मन्दिर पूजामा बजाइने पवित्र नेवारी सांस्कृतिक एवं परम्परागत बाजाको धून र साँस्कृतिक नाच चलिरहेको थियो। श्वेत अश्ववाला बग्गीमा सत्यमोहन कुन जात्रा हो र नाच्ने अनि बाजा बजाउने चलिरहेको छ? को विशिष्ट व्यक्ति आउँदै छ र यो सेतो घोडावाला बग्गी खडा भएको छ? यस्तै कुरा मनमा खेलाइरहेका उपस्थितहरूको खुल्दुली आधा घण्टाजतिको समयमा अन्त्य भयो, जसै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेपालका रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व सांसद एवं उद्योगी तथा नेवारी समुदायका अगुवा लक्ष्मीदास मानन्धरले बग्गीमा चढाए।

    गलामा फूलमाला र छेउछाउमा देशका रक्षामन्त्रीसमेत रहेका नेवार समुदायका अग्रज व्यक्तित्वका बीचमा रहेका उमेरले शताब्दी टेक्नै लागेका सत्यमोहनको अनुहारमा गाम्भीर्य थियो नकि बुढ्यौली। उनको अनुहारमा सम्मानले दिएको सन्तुष्टि थियो र मुस्कान पनि। सत्यमोहन जोशीलाई सयौँको भीडले बीचमा हाल्यो। अगाडि पछाडि बाजा र साँस्कृतिक नाच थिए। वसन्तपुर दरबार स्क्वायर हुँदै बग्गी असनतिर लाग्यो, जहाँ उनलाई बाटोमा मानिसहरू पर्खिरहेका थिए- पुष्प वर्षा गराउन र माला पहिर्‍याउन। ठाउँठाउँमा फ्लेक्स टाँगिएका थिए, जसमा जोशीको दीर्घायुको कामना गरिनुका साथै सम्मानका शब्दहरू रहेका थिए। बग्गीमा चढेका वृद्धलाई देखेर व्यापारीहरू ढोकामा आएका थिए भने बटुवाहरू पनि एकछिन रोकिएर सत्यमोहन जोशीबारे भनिरहेका थिए, ‘१०० वर्ष पुग्नुभएका सत्यमोहन जोशी भनेको उहाँ नै हो नानी/बाबू। ललितपुरदेखि काठमाडौँ हिँडेरै आउनुहुन्छ भन्ने सुनेको छु, गाडी चढ्नुहुन्न रे!’ रातो कार्पेटमा पुष्प वर्षा भोटाहिटी चोकबाट नेपाली सेनाको ब्याण्डले बाजा बजाएर मूल सडक प्रवेश गराएको थियो सत्यमोहन चढेको बग्गीलाई।

    मूल सडकमा बसका झ्याल र सडक, पर्खाल अनि आकाशे पुलबाट उक्त बग्गीयात्रा हेर्नेको घुइँचो थियो, जस्तो असनका भित्री गल्लीमा घरका झ्याल र पसलका ढोकामा आएर हेर्नेको भीड थियो। जोशीको सम्मानमा सहभागीको ठूलो लाइन जसै राष्ट्रिय सभागृह पुग्यो, त्यहाँ रातो कार्पेट बिछ्याउन थालियो। रातो कार्पेटको वरपर नेवारी पहिरनमा सजिएका महिलाहरू हातमा कलश समातेर उभिइरहेका थिए। पानीका फोहोरा छोडिएको थियो सभागृहमा। जसै बग्गीबाट रातो कार्पेटमा टेके सत्यमोहनले उनीमाथि पुष्प वर्षा भयो। हात जोड्दै उनी सभागृह प्रवेश गरे, जहाँ उनको राष्ट्रपति विद्यादेवी भण्डारीले अभिनन्दन गर्ने कार्यक्रम राखेएको थियो ‘वाङ्मय शताब्दी पुरुष हना’ले। सबैका साझा सत्यमोहन सत्यमोहन जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्र दिएर अभिन्दन गरेकी थिइन्। त्यहाँ बौद्ध र हिन्दू मन्त्र पढेर धार्मिक अभिन्नदन गरिनुका साथै टाउकोमा फेटा बाँधेर सम्मान गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले सत्यमोहन जस्तो नेपाली संस्कृति र साहित्यको धरोहरलाई वाङ्मय शताब्दी पुरुष घोषणा गरेकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘उहाँ नेपाल राष्ट्रको साझा अमूल्य निधि हुनुहुन्छ।’ उनले सत्यमोहन जोशी जीवित ज्ञानकोश भएको बताइन्।

    त्यस्तै नेपाल भाषा र नेपाली भाषामा साहित्य रचना गर्नुका साथै सम्वर्धनमा लागेर महान काम गरेको बताइन्। त्यस्तै, काठमाडौँ महानरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सत्यमोहन जोशी नेवारहरूको मात्रै हो भन्ने कतिपयलाई भ्रम भए पनि उनी नेपालको धरोहर रहेको बताए। ‘उहाँ नेवार मात्रै होइन, सिंगो नेपालको हो, उहाँ नेवार भएर जन्म भएकोमा गर्व लाग्छ।’ त्यस्तै ‘वाङ्मय सताब्दी पुरुष हना’का संयोजक लक्ष्मीदास मानन्धरले सत्यमोहन जोशीले आफ्नो जीवनकालमा नेपाल भाषा मात्रै होइन, नेपाली भाषा साहित्यको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। अक्षय कोषमा १५ लाख सत्यमोहन जोशीको नाममा ‘वाङ्मय शताब्दी पुरुष हना’ले आज अक्षयकोष घोषणा गरेको छ, जसमा पहिलो दिननै १५ लाख रुपैयाँ जम्मा भएको छ।

    उक्त अक्षयकोषमा काठमाडौँ महानगरपालिकाले ५ लाख रूपैयाँ जम्मा गरेको छ भने विभिन्न व्यापारीहरू र सम्मान कार्यक्रमको रकमबाट बचेको १० लाख रुपैयाँ पनि सोही कोषमा जम्मा गरिएको मानन्धरले जानकारी दिए। उनका अनुसार अक्षयकोषको रकम संस्कृति र साहित्य तथा सामाजिक क्षेत्रमा लगाउने लक्ष्य रहेको छ। सत्यमोहनको कृतज्ञता शताब्दी पुरुष सत्यमोहन जोशीले आफूलाई अभिनन्दन गरेकोमा खुसी प्रकट गरे। उनले नेपाली र नेपाल भाषा, संस्कृति एवं साहित्यमा आफूले जति काम गरेको भए पनि त्यसको जस आफूभन्दा पहिलेका श्रष्टालाई दिए। उनले भने, ‘नेपाली र नेपाल भाषा साहित्य संस्कृतिको विकासमा ज्ञात अज्ञात स्रष्टाहरूको धेरै मिहिनेत र परिश्रम रहेको छ, म ती स्रष्टाहरूप्रति नतमस्तक छु।’ उनले थपे, ‘आज जुन सम्मान पाएँ, त्यो मेरो मात्रै होइन, उहाँहरूको पनि हो।’ उनले आफू पहिलेका पुस्ता र नयाँ पुस्ताको पुल मात्र भएको बताए।

    त्यस्तै उनले आफ्नो नाममा खोलिएको अक्षयकोषले खुसी लागेको बताए। उनले भविष्यका पुस्तालाई साहित्य र संस्कृति संरक्षण एवं सम्बर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले भने, ‘मेरो नाममा अक्षयकोष खडा गरेर भोलिको पुस्ताको निम्ति ठूलो काम भएको छ, यो भाषा, साहित्य र संस्कृति उत्थानका निमित्त ठूलो काम भएको छ।’ जोशीले नेपाल भाषा र नेवारी संस्कृतिको विषयमा धेरै अध्ययन अनुसन्धानात्मक पुस्तक लेखेका छन्। नेपाली भाषामा पनि मदन पुरस्कार जित्ने कृतिहरू लेखेका छन्। उनले नेपाली साहित्यको सम्मानित पुरस्कार मदन पुरस्कार तीन पटक प्राप्त गर्नुका साथै १८ ओटा पुरस्कारद्वारा सम्मानित भएका छन्।

    उनलाई पद्मश्री साधना सम्मानलगायतका छ उत्कृष्ट सम्मान प्राप्त छन् भने उनका नेपाल भाषामा ३८ र नेपाली भाषामा २४ कृति प्रकाशित छन्। उनले विभिन्न देशका सम्मान पनि प्राप्त गरेका छन्। थाहाखबर डटकमबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.