Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वान बेल्ट वान रोड र नेपाल श्रृङ्खला – ३

डा. सूर्यराज आचार्य डा. सूर्यराज आचार्य
साउन ६, २०७४
- रिडर्स डिस्कोर्स, विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    धेरै कुराहरु डक्टर पिताम्बर शर्माको प्रस्तुतिमा नै छ । त्यसवारे मैले दोहोर्‌याउनु आवश्यक ठान्दिन ।

    दोश्रो विश्व युध्दपछि चीन वा पूर्व एसियाको विकास मोडल फरक ढंगले आएको छ । त्यो सफल पनि भएको छ । तर हाम्रो साहित्य, पठनपाठन र विश्वविद्यालयका कितावहरुमा ती कुराहरु त्यति आउदैनन् । हाम्रा प्रायः कितावहरु युरोपियन वा अमेरिकन विद्धान वा प्रोफेसरहरुले नै लेखेका छन् । थपमा, हामी भारतीयहरुले लेखेको कितावहरु पढ्छौं । हामी चिनिया  “वान बेल्ट वान रोड” जुन अहिले छलफल गरिरहेका छौं यसका रणनीतिक कारणहरु जे होलान् तर मूल जिनेसिस पूर्वी एसियाको हार्ड वायर –(Hardware development) सँग जोडिएको छ । जापान, कोरिया, ताइवान, चीन लगायतका पूर्वी एसियाका देशहरुले प्राप्त गरेको सफलता नै हार्ड वायर विकाससँग जोडिएको छ । यसमा समान कन्फुसियस मूल्यमान्यतालाई पनि समेटेको छ ।

    जापानको १८६८ को मैजी क्रान्तिताका जापानी क्रान्तिकारीहरुको औषत उमेर २६ वर्ष मात्र थियो । नयाँ र पुरानो पुस्ताबीचको संघर्षमा पुरानो पुस्ता हार्‍यो। उनीहरुले पदका लागि कुनै छिर्के दाउ नखेली नयाँ पुस्तालाई पुरै जिम्मा सुम्पिए । सामुराई कल्चरमा हुने यो एउटा भद्र सहमति जस्तै थियो । औषत २६ वर्ष उमेरका काचा युवाका अगाडि देशलाई नयाँ कुरा दिनुपर्ने चुनौति आइलाग्यो । भनिन्छ कि जापानीहरु पर्खिदैनन् । विकास हासिल गर्न कहाँबाट सिक्ने भन्ने समस्या आइलाग्यो ? जापानी संस्कृति, अक्षर, भाषा र दर्शन आदि चीनबाट धेरै प्रभावित छ ।  बुढाहरुको सल्लाह चीनमा जाउ भन्ने थियो तर युवाले त्यसबेलाको चिनबाट कन्फुसियन दर्शन संस्कृतिको कुरा सिक्न सकिने भएपनि ठ्याक्कै गर्ने कुरा चाहीँ अमेरिका र युरोपबाट पाईन्छ भन्ने टुङ्गोमा पुगे ।
    सन् २००८ को आर्थिक संकट नभएको भए चीनको यो द्रुतगतिका रेल यसरी आउदैनथ्यो । जापान, जर्मनी, बेलायतको कम्पनीहरुमा आएको संकटले गर्दा त्यो अवसर (Window of Opportunity) चिनियाहरुले प्रविधि हस्तान्तरणमा प्रयोग गरे । अर्को कुरा चाही त्यो स्टील उत्पादन क्षमता होस् या ठेक्का वा परामर्श होस् चीनका निर्माण कम्पनीहरुले अतिरिक्त क्षमता बनाइसकेका छन् । यसरी हेर्दा ब्यापक पूजीं, निर्माण कम्पनीको अतिरिक्त क्षमता, प्रविधि निर्माण र सबै बाटोहरु चीन जोड्ने उद्देश्यको समष्टिगत रुप नै वान बेल्ट वान रोड हो ।

    अनि उनीहरुले कतिसम्म गरे भने ५ वर्षकी बच्चीलाई क्यालिफोर्नियाको स्कूलमा भर्ना गरे । विश्वविद्यालयसम्म पढेर आईसकेपछि सार्वजनिक शिक्षा राम्रो बनाउन उसैलाई जिम्मा लगाइदिए । आज जापानको शिक्षा विकसित देशहरुको संगठन अर्गनाइजेसन फर इकोनोमि को अपरेसन एन्ड डेभ्लोप्मेन्ट( ओइसिडि) देशहरुमा सबैभन्दा राम्रो मानिन्छ । भौतिक विकासका लागि रेलमार्गको मह्त्व बुझे, तर पूँजी र प्रविधि शुन्य थियो । सबै बेलायतबाट आयात गरे । रेलको शुरुका एक दुईवटा आयोजनाको निर्माणको सिलसिलामा नै सबै प्रविधि हस्तातरण गरे । अहिले जापान रेल प्रविधिमा संसार मै अग्रस्थानमा छ। जापानका मैजी नेताहरुले पश्चिमी देशबाट सिकेको कुरा आफ्नो सन्दर्भमा ढालेर लागू गरे।

    सिक्ने सर्न्दभमै हामी हाम्रो विकासका लागि चीनको यो विकास अनुभवबाट कहाँ सिक्नसक्छौ भनेर हेर्दा हाम्रो सोचाई धेरै जड प्रकारको छ। अर्को तर्फ हामी बढि प्रतिक्रियात्मक र सिधा असर पर्ने गरी कुरा गर्दछौं । तर जापानी, कोरियाली वा चिनियाँहरुको के छ भने कन्फुसियस मूल्य मान्यताका कारण पनि कुनै विकास नीतिलाई हाम्रो जस्तो सतही तरिकाले हेर्दैनन् । उनी प्रणालीगत रुपले विकासलाई हेर्दछन् । हामीले धेरै कुरा पश्चिमी रेसनालिटी जो आफैमा जडखालको पनि छ त्यसबाट बढी भर परेका छौं । तर जापानिजहरुले ६०-७० को दशकमा व्यवस्थापन र प्रविधिमा जे उपलब्धि हासिल गरे त्यसलाई कतिपय पश्चिमा विद्धानहरुले आलोचना गरेपनि अहिले ती मोडलका धेरै कुराहरु स्थापित भइसकेका छन् ।

    हामीले पनि धेरै विकासको सफ्ट मोडलमा ध्यान दियौं । हाम्रो विकाश बहसमा समाजशास्त्र, दर्शन, इतिहास, राजनीतिवाद आदि सफ्ट सेक्टरमा जोड दिइयो । हुदै जाँदा हामीले हाम्रो विविधतालाई पनि विश्रृंखलित बनायौं । मधेश पहाडको उठेको समस्या पनि यस्तै सिकाईका कारणले हो । ठाउँ विशेषको अर्थतन्त्र (Spatial economy) मानवीय वा प्राकृतिक विविधताले (Diversity) निकै ठूलो महत्व राख्दछ । तर हामीले त्यसलाई समस्याका रुपमा बुझ्ने गरेका छौं  । विविधता वास्तवमै हाम्रो लागि अवसर हो ।

    हामी इन्जिनियरिङको भाषामा पूर्वाधार र कनेक्टिभिटीले भूगोललाई परिवर्तन गर्दछ भन्ने ठान्दछौं । भूगोल अपरिवर्तनीय कुरा होइन । जस्तै एअरपोर्टको सुविधाका कारण विराटनगर रसुवा भन्दा नजिक छ  र हामी विहान गएर मिटिङ सकेर फर्किन सक्दछौं ।
    चीनको हालको ५ वर्षीय योजनामा औद्योगिकरण, विकास र पूर्वाधारमा लगानी पश्चिमी भागमा केन्द्रीत गरिएको छ । हामी पूर्वाधारको सञ्जालमा हिमालय सीमापार जोडिनसक्दा ब्यापारको कुरा मात्र होइन विश्वब्यापी मूल्य श्रृखलामा अभिन्नरुपले जोडिन पुग्नेछौं । चीन अब सस्तो उत्पादन मात्र होइन उच्च र सघन उत्पादनतर्फ पनि जाँदैछ । नेपाल त्यो मूल्य श्रृंखलामा जोडिन सक्छ । हाम्रा लागि भारतसँगको मूल्य श्रृंखलामा जोडिनु भन्दा चीनसँगको मूल्य श्रृंखलामा जोडिनु बढी फाइदाजनक छ ।

    डाक्टर शर्माले पनि उल्लेख गर्नु भएको छ कि विश्व इतिहासमा यति छोटो समयमा चीनले जस्तो अर्थतन्त्र, प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा कसैले पनि प्रगति गरेको छैन । वास्तवमा वान रोड वान् बेल्ट चिनियाहरुको सबै बाटोहरु रोम जान्छन् (All roads leads to Rome)भन्ने उखानको पूनरावृत्ति हो । उनीहरु सबै बाटोघाटो र प्रविधि विकास चीनसँग जोडियोस भन्ने चाहन्छन् । सिल्क रोड वा वान बेल्ट वान रोड पनि यही नै हो । चिनियाहरुसँग अहिले ३.५ ट्रिलियन (३ हजार ५ सय अर्ब) डलरको वैदेशिक मुद्रा संचिती रहेको छ । भारतको विदेशी मुद्रा संचिती तुलना गर्दा चीनको दश भागको एक भाग हो । चीनसँग रहेको त्यो पुँजी र पूर्वाधारमा हाल विकास गरेको प्रविधिको बलमा यो काम गर्न खोजिरहेको छ । एक इन्जिनियरिङको विद्यार्थीको दृष्टिबाट हेर्दा चीनले हाई स्पिड रेलमा गरेको प्रविधिले आश्चर्यमा पारेको छ । सन् १९९५ —९६ तिर  चिनियाहरुले द्रुतगतिको रेल बनाउने कुरा चल्दा उडाउने गरिन्थ्यो । जापानमा त्यो आउन ६० वर्ष लाग्यो भनेर भनिन्थ्यो । के पनि भनिन्छ भने सन् २००८ को आर्थिक संकट नभएको भए चीनको यो द्रुतगतिका रेल यसरी आउदैनथ्यो । जापान, जर्मनी, बेलायतको कम्पनीहरुमा आएको संकटले गर्दा त्यो अवसर (Window of Opportunity) चिनियाहरुले प्रविधि हस्तान्तरणमा प्रयोग गरे । अर्को कुरा चाही त्यो स्टील उत्पादन क्षमता होस् या ठेक्का वा परामर्श होस्  चीनका निर्माण कम्पनीहरुले अतिरिक्त क्षमता बनाइसकेका छन् । यसरी हेर्दा ब्यापक पूजीं, निर्माण कम्पनीको अतिरिक्त क्षमता, प्रविधि निर्माण र सबै बाटोहरु चीन जोड्ने उद्देश्यको समष्टिगत रुप नै वान बेल्ट वान रोड हो।

    सबै बाटाहरु रोम जान्छन् भन्ने सूत्र मान्ने हो भने पनि नेपालको सन्दर्भमा चीनसँग हामी पूर्वाधारले जोडिन पुग्दा भारत भन्दा पनि हामी बढी लाभमा हुन्छौं । अर्को ध्यान दिनु पर्ने कुरा के हो भने चीनको हालको ५ वर्षीय योजनामा औद्योगिकरण, विकास र पूर्वाधारमा लगानी पश्चिमी भागमा केन्द्रीत गरिएको छ । हामी पूर्वाधारको सञ्जालमा हिमालय सीमापार जोडिनसक्दा ब्यापारको कुरा मात्र होइन विश्वब्यापी मूल्य श्रृखलामा अभिन्नरुपले जोडिन पुग्नेछौं । जस्तैः आइफोन। अमेरिकन कम्पनी आइफोनको ८० प्रतिशत भन्दा बढि सामान चीनमा बन्दछ । चीन अब सस्तो उत्पादनमात्र होइन उच्च र सघन उत्पादनतर्फ पनि जाँदैछ । नेपाल त्यो मूल्य श्रृंखलामा जोडिन सक्छ । हाम्रा लागि भारतसँगको मूल्य श्रृंखलामा जोडिनु भन्दा चीनसँगको मूल्य श्रृंखलामा जोडिनु बढी फाइदाजनक छ । तर यो विषय हामी कहाँ कमै छलफल भएको छ । जस्तै उदाहरणका लागि ईलेक्ट्रोनिक र सेमिकन्डक्टर उद्योगहरुका लागि प्रदुषणमुक्त वातावरण हुनु पर्दछ । युरोप अमेरिकामा यस्तो उद्योगहरु दुरदराज जंगलको छेउछाउ नजीक हुने गर्दछन् । यातायात र उर्जा सञ्जाल हुनसक्दा हाम्रो हिमालय आसपासका क्षेत्रमा भएको स्वच्छ वातावरणका कारण यस्ता उद्योगहरु स्थापना गर्न सजिलो हुनेछ ।  तर हामीले औद्योगिकरणको यो अन्तरसम्बन्ध देख्नै सकेका छैनौं ।  त्यसलै हाम्रो पूर्वाधार विकासका लागि र औद्योगिकरणका लागि यो निकै ठूलो अवसर हो ।

    दुई तीन वर्ष यता यो विषय छलफलमा आए पनि हाम्रो सरकारी निकायले यसको बारेमा न गहिरो अध्ययन भएको छ न त प्रर्याप्त वहस भएको छ । सरकारी तहमा पनि यस विषयमा अध्ययन अनुसन्धान हुन जरुरी छ । राजनीतिक नेतृत्व र संसदहरु समेत संलग्न भई यस विषयमा अलि गहिरो अध्ययन अनुसन्धान आवश्यक छ ।

    बान वेल्ट वान रोडसँग सम्बन्धित विचारहरु

    वान बेल्ट, वान रोड र नेपाल- प्रा. पीताम्बर शर्मा

    वान बेल्ट वान रोड र नेपाल – २ रविन्द्र अधिकारी, झविन्द्र अर्याल र हरि रोका

    एउटा पाटो, एउटा बाटो – (विषय प्रवेश)

    सिल्क रोड आर्थिक विकास र नेपाल- योगेन्द्र शाही

    सिल्क रोड र अन्तर्राष्ट्रिय आयामहरु – योगेन्द्र शाही

    चिनिया समस्या – एल्लीन आयरलेण्ड

    चिनिया मोडलको निर्यात-फ्रान्सिस फुकुयामा

    – See more at: https://nepalreaders.com/2016/08/14/1740#sthash.cbmjRNkS.dpuf

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: डा. सूर्यराज आचार्यपीताम्बर शर्मारविन्द्र अधिकारीवान बेल्ट वान राेडहरि रोका
      डा. सूर्यराज आचार्य

      डा. सूर्यराज आचार्य

      टोकियो विश्वविद्यालयबाट पूर्वाधार तथा क्षेत्रीय विकासमा विद्यावारिधी गरेका आचार्य सार्वजनिक नीतिको बारेमा विशेष चासो राख्दछन्। इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा अध्यापन गराउँदै आएका आचार्यको पूर्वाधार विकास बारेमा दर्जनौं लेखहरु प्रकाशित छन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.