Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संसद विघटनविरुद्धको संघर्ष युद्धजस्तै, हाम्रै जित हुनुपर्छ : प्रचण्ड

सहयोगीबाट सहयोगीबाट
फाल्गुन ११, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विरुद्धको युद्ध आफूहरुले जित्नुपर्ने बताएका छन्।

    प्रज्ञा प्रतिष्ठानमा आयोजित जनयुद्धको हस्ताक्षर पुस्तकको विमोचन कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले भइरहेको संघर्षलाई युद्ध कै संज्ञा दिँदै त्यसलाई जित्नुपर्ने बताएका हुन्।

    ‘अर्को पक्ष हतियारसहित युद्धमा छ। सेना प्रहरीसहित। हामी शन्तिपूर्ण युद्धमा छौं। तर अहिलेको युद्ध हामिले जित्नुपर्छ। अदालतप्रति विश्वास छ। अहिले यो युद्ध नै हो तर शान्तिपूर्ण। यो हामीले जित्नुपर्छ,’ उनले भने।

    प्रचण्डले पार्टी निकै ठूलो मेहनत गरेर एक गरेको भन्दै त्यसलाई फुटाउन ठूलो षड्यन्त्र भइरहेको दाबी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै विघटनको बाटोमा पुर्‍याएको समेत बताए।

    कार्यक्रममा उनले जनयुद्धमा संवेगको मात्रा धेरै माथि भएको भन्दै पुस्तकमा जनयुद्धको बेलाको आवेग उल्लेख भएको बताए। सामन्तवादको विरुद्ध बेलाबेलामा सशस्त्र संघर्ष भएको भन्दै जनयुद्ध अघि पनि हतियार उठाइएको उनको तर्क थियो।

    आफूलाई अरु देशमा भएका युद्धका आधारमा नेपालमा युद्ध गर्न सकिँदैन भन्ने लागेको भन्दै उनले भने, ‘जनताका भाषा शैलीलाई कसरी प्रयोग गरियो मेरो ध्यान गयो। पृथ्वीनारायण शाहको यद्धकलाका बारेमा बढी जानकारी लिएँ। नेपालमै कसरी युद्ध भयो भन्ने मेरो अध्ययन रह्यो,’ उनले भने।

    शाहले गरेको त्याग नेपाल निर्माण भएको र त्यसपछिको ठूलो युद्ध नै जनयुद्ध भएको उनको दावी थियो। उनले शान्ति प्रक्रियामा आफूहरु सहमति गरेको आएको समेत स्मरण गराए।

    ‘हामी शान्ति प्रक्रियामा पूरै विजयी भएर आएको होइन। सम्झौता गरेर आएको हो। कतिपयले यसलाई स्वीकार्न सक्दैनन्,’ उनले भने।

    अझै जनयुद्ध केही समय भएको भए नेपालको अवस्था पेरुको जस्तो हुने सम्भावना भएको उनको भनाइ थियो।

    ‘चुनावी बैठक नै अन्तिम भयो। त्यसपछि जाँदै गर्दा बाटोमै गिरिजाप्रसाद कोइराला र माधव नेपालसँग वार्ता भयो र युद्धविराम भयो। त्यसले राजतन्त्रलाई रक्षात्मक बनाइदियो,’ उनले भने।-philopost.com

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.