Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सुनको सनसनी : यस कारण भत्कदैन सेटिङ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २२, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सोमबार काठमाडौंको प्रहरीले ८८ किलो सुन फेला परेको समाचार सार्वजनिक भएसँगै अहिले सुनकै सनसनी छ जताततै । यस अगाडि विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पर्दा समेत यस्तै सनसनी थियो ।

    दुबईबाट विमानस्थलको भन्सार र प्रहरी समेतको संलग्नतामा भइरहेको तस्करी सार्वजनिक भएपछि अब चै सुन तस्करी गरेर मोटाएका प्रतिष्ठितहरु नाङिने धेरैको आशा थियो । तर मुल नाइकेको रुपमा दुबईतिर काम गरिरहेकाहरुको नाम आउँदा धेरैले पत्याउन सकेनन् । तर प्रहरीको विवरणमा कामदार भएर दुबई पुगेकाहरुको इतिबृत्ती भने थियो ।

    काठमाडौंभित्रिएको सुन मोटोमुनी पुरिने हैन । केही नेपाली बजारमै भिज्छन् व्यवसायी मार्फत । केही सेटिङमा भारत पुग्छन् । नेपाली बजारमा तस्करीको सुन फैलाउन संलग्न नभएका सुन व्यवसायी कमै होलान् । भारत पू¥याउन अर्कै गिरोह सक्रिय हुन्छन् नै ।

    तस्करीमा केही व्यवसायी नपोलिएका हैनन । पक्राउ नपरेका पनि हैनन् । तर जो जति पक्राउ परेका छन् ती पनि कामदार तहकै नै बढी छन् । केही घटनामा दोस्रो तहका कारोबारीसम्म प्रहरी पुगे पनि पहिलो तहसम्म प्रहरी पुगेको छैन ।

    जसले गर्दा सुन भित्र्याउने गिरोहका नाइकेहरु मस्तिमै छन् भने केही कमिसनको लोभमा सुन बोक्न तयार हुने घुनवालाहरु कारागार पुग्ने गरेका छन् । चीनबाट नेपालमा सुन पठाउने, नेपालमा भण्डारण र वितरण गर्ने र भारतमा सुन लिने यो तीन तहमा रहेकाहरु एक दशकदेखि सुरक्षित नै छन् ।

    जो पक्राउ पर्छन् ती सहयोगी हुन्छन् । ठुलो परिमाणको सुन फेला परेको केही समय तस्करमा संलग्न मौन बस्छन् । यो विचमा नयाँ सहयोगी फेला परिहाल्छन् र फेरी शुरु हुन्छ सुन तस्करी ।

    ८८ किलो सुनको प्रारम्भिक अनुसन्धान पनि घुनमै समेटिएको छ । गाडि लिन गएका केही चालक फन्दामा परेका छन् । व्यवसायीको आवरणमा काठमाडौंमा बसेका केही चिनिया नागरिकको नाम तस्करीमा तानिएको छ ।

    तर तस्करीको सञ्जाल र जालो, बजारमा वितरण र भारत पू¥याउने शैलीले ८८ किलोको अनुसन्धान अधिकतम सफल भए उही नेपालसम्म भित्र्याउनेमै समेटिने देखिन्छ ।

    महिनामा आउँछ ४ सय ५० किलो

    व्यवसायीहरुकै दावी अनुसार काठमाडौंमा मात्रै दैनिक ४५ किलोसम्म सुन खपत हुन्छ । यो सामान्य अवस्थाको माग हो । तिहार र विवाहको सिजनमा माग दोब्बर हुन्छ । आधिकारीक रुपमा नेपालमा सुन ल्याएर विक्री गर्ने अनुमती पाएका बाणिज्य बैंकहरुले दैनिक १५ किलो मात्रै उपलब्ध गराउँछन् । बजार फर्कने पुरानो सुन त्यस्तै १५ किलो हुनेगर्छ ।

    यो आंकडाले दैनिक १५ किलो सुन अभाव हुने देखिए पनि नेपालको कुनै बजारमा सुनको अभाव देखिन्न । यो आंकडाले बजारमा दैनिक १५ किलोको माग तस्करीको सुनले धानेको प्रष्टै देखिन्छ । भारत पुग्ने सुनको परिमाण नगन्ने हो भने पनि यो तथ्यांक अनुसार महिनामा ४ सय ५० किलो सुन तस्करीबाटै आउने गरेको देखिन्छ ।

    तस्करको दशा विग्रियो या सेटिङ भत्कियो भने फाट्टफुट्ट फेला पर्ने गर्छ सुन । साढे ३३ किलो फेला परेको ७ महिनापछि भदौंमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले १५ र महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो फेला पार्यो । सुनको माग हेर्दा यो विचमा ३ हजार एक सय ५० किलो त बजारमै पुग्यो । यो विचमा फेला पर्यो एक सय ३ किलो । तै पनि आम्मा मा ८८ किलो भनेर हामी जिब्रो टोकिरहेका छौं ।

    किन भत्कदैन जालो

    कानुन कार्यान्वयन गर्ने सरकारी निकायका अधिकारीको संरक्षण नभई कुनै पनि प्रकृतीको अपराधले संगठित स्वरुप लिन सक्दैन । अपराधमा मुख्यत सुरक्षा निकाय, कानुनी निकाय, र गृहको प्रशासनिक निकायमा आवद्ध ब्यक्तिको संरक्षणविना सुन होस् या नुन तस्करी त्यसले संगठित आकार लिन सक्दैन ।

    अनुसन्धानमा संलग्न अधिकांशको डायरीमा को सुन तस्करीमा संलग्न छन्, को डलर तस्करी गर्छन् अनी को हुण्डीतिर लागेका छन् तीनका लामै लिष्ट हुन्छ । तस्कर समूहले आफु अनुकुल काम गराउन प्रभाव पार्नसक्ने जिल्लाको सुरक्षा प्रमुख देखि प्रशासन प्रमुखसम्म आफु अनुकुलको लैजाने ल्याकत राख्छन् । कोही बाउँठिए सरुवाको विकल्प छैन ।

    यो अनुसार तस्करलाई प्रशासन, सुरक्षा संगठन र व्यापारीको आवरणमा रहेका सुन कारोवारी तीनै तहकाले संरक्षण गरेको प्रष्टै देखिन्छ ।
    ३३ किलो सुनमा प्रहरी र भन्सार कर्मचारीको पोल खुल्यो । यो भन्दा अगाडि विमानस्थलमा विदेशी मुद्राको तस्करीमा एसएसपी रविराज श्रेष्ठको पोल खुलेको थियो ।

    यिनलाई दशा लागेर तस्करीको संरक्षणमा संलग्न केही प्रहरी अधिकारी र भन्सारका कर्मचारीको पोल खुलेको हो । साढे ३३ किलो तस्करीमा संलग्नको अभियोगमा पक्राउ परेका अधिकांश धरौटीमा छुटे । यो मात्रै हैन अधिकांश सुन तस्करीमा पक्राउ परेकाहरु कमै मात्रै जेलसम्म पुग्छन् । यसले कानुनको कार्यान्वयनको पाटो देखाउँछ नै ।

    उनीहरुमाथी पनि संरक्षक नहुने कुरै भएन । तर ती सबै जोगिदै आएका छन् । जवसम्म संरक्षित सेटिङ भत्कन्न तवसम्म जोगिने र जोगाउने यो खेल जारी नै रहनेछ । हजार किलोको संख्यामा सुन आइरहन्छ । सयको संख्यामा पक्राउको सूचनाले सनसनी ल्याइरहन्छ। मेराे सहर डटकमबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.