Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पृथ्वीवासीका नाममा स्मरणपत्र: ‘तेस्रो विश्व’ अपमानजनक वाक्यांश हो!

मार्क सिल्भर मार्क सिल्भर
पुस २८, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत बुधवार गोरा आतङ्ककारीले अमेरिकी संसदमा आक्रमण गरेर भवनलाई कव्जामा लिँदा यस्तो घटना त “तेस्रो विश्व” का देशहरूमा हुन्छ भनेर धेरै अमेरिकीहरुले भनेको टिभी पत्रकार र पंडितहरूले प्रचार गरे।

    “मेरो विचारमा “तेस्रो विश्व” वाक्यांशले श्रेष्ठता र हीनता बुझाउँछ”।”यहाँ कुनै ‘तेस्रो विश्व’ छैन। यहाँ कि उत्पीडक छन् कि उत्पीडित”।

    उनीहरूले के भन्न खोजेका हुन् यसको मनाशय सबैलाई थाहा छ। उनीहरुले गरीव देशहरूलाई आरोप लगाइरहेका छन्, जहाँ स्वास्थ्य सेवा प्रणालीहरू कमजोर छन्, जहाँ प्रजातन्त्र राम्ररी स्थापित हुन सकेको छैन।

    तर ती अमेरिकीहरुको भनाइले “तेस्रो विश्व” एक समस्या हो भन्दै चित्रित गर्न चाहेको हो।

    “मेरो विचारमा यसले श्रेष्ठता र हीनता बुझाउँछ,” ओ’निल इन्स्टिच्युट, जर्जटाउन युनिभर्सिटीकी नाइजेरिया मूलकी अमेरिकी प्राज्ञ एनजोजी इरोन्डुले बताइन्। र, यस्तो सोचाइ दिनप्रतिदिन झाङ्गिदै गएको  बताउँदै उनी भन्छिन् ” यो ‘पहिलो विश्व’ भन्दा बाहिरका जनताहरु बेग्लै ग्रहका मान्छेहरु हुन्, तिनिहरु गरीवमात्रै छन्, उनीहरुको सुख नै एक छाक खान पाउनु हो भन्ने धारणामा आधारित छ। मानौं हामीसँग कुनै मानवीय मूल्य छैन।”

    उनी भन्छिन्: “मेरो विचारमा यो अत्यन्तै थोत्रो र आपत्तिजनक शब्द हो।”

    “यहाँ कुनै ‘तेस्रो विश्व’ छैन। यहाँ कि उत्पीडक छन् कि उत्पिडित”। भारतमा जन्मेका लस एन्जेलसमा हुर्केका र हार्वर्ड मेडिकल स्कूलमा कार्यरत डा. अबरार करणको थप आपत्ति छ।

    ती उत्पीडकहरुले उपनीवेश बनाएका मुलुकहरुबाट अधिकांश स्रोत दोहन गरे– उनी भन्छन्। त्यसकारण उनी सम्पत्तिवाला पश्चिमी मुलुकहरुसँग दाँजेर अन्य मुलुकहरुलाई “कम सम्पन्न” वाला भन्न रुचाउँदैनन्।

    यसै बुधवारको घटनामा अमेरिकीहरुले व्यक्त गरेका कुराले पनि “तेस्रो विश्व” लाई दरिद्र र समस्याग्रस्त सोच्ने चिन्तन पश्चिमा जनताको दिमागमा अटाइ–नअटाइ भरिएको पुष्टि हुन्छ।

    त्यस्तो चिन्तन कसरी उव्ज्यो?

    यस्तो चिन्तनको उद्भव भएको समय खोज्दै जाँदा सन् १९५० मा शुरु भएको शितयुद्धतिर पुगिन्छ। यो काल पश्चिमी पूंजीवाद बनाम सोभियत समाजवाद थियो। तर त्यसबेला ती दुई विश्वभन्दा भिन्न अर्कै समूहमा कैयन मुलुकहरु देखिए। ती मध्ये अधिकांश भरखर भरखरै औपनिवेशिक अवस्थाबाट मुक्त भएका थिए। यसो हुँदा तिनीहरूलाई पश्चिमी वा सोभियत शिविर समकक्षीका रुपमा दाँजिएन। यसरी तीन समूहहरू देखा परे। यसैलाई दृष्टिमा राखेर फ्रान्सेली डेमोग्राफर अल्फ्रेड सउवीले १९५२ मा फ्रान्सेली अखबार ल‘ ओबर्सेवर मा ” एक ग्रहमा तीन विश्व” शिर्षक दिएर एक लेख प्रकासित गरे।

    “पहिलो विश्व” मा अमेरिका, पश्चिमी यूरोप र उनीहरूका सहयोगीहरू थिए। “दोस्रो विश्व” कथित कम्युनिष्ट समूह थियो: सोवियत संघ, चीन, क्युवा र अन्य। र यी दुईसमूहमा पक्तिबद्ध नभएका अन्य मुलुकहरुलाई “तेस्रो विश्व” मा राखे।

    “तेस्रो विश्व” के हो, यो बारे सधैं नै स्पष्ट हुन सकेन। इतिहासकार बि आर टम्लिसनले सन् २००३ मा जर्नल अफ कन्टेम्पररी हिस्ट्रीमा प्रकाशित आफ्नो लेख “के थियो तेस्रो विश्व”, मा लेखेका छन्–  “यो वाक्यांशको अत्यधिक प्रयोग भएको छ। तापनि विश्लेषण गर्दा स्पष्ट बर्ग/दर्जा बुझाउन वा २० औं शताब्दीको पछिल्लो कालखण्डमा केही देशहरुको अस्पष्ट समुहलाई र उनीहरुले सामना गरिरहेका केही साझा समस्याहरुलाई अस्पष्टतासाथ इङ्गित गर्न यसको प्रयोग भएको हो वा होइन भनेर स्पष्ट छैन”।

     यो विसौं शताव्दीको “तेस्रो विश्व” शब्दलाई २१ औं शताब्दीमा इतिहासको रद्धिटोकरीमा हाल्न खोज्दैछन्।

    तेस्रो विश्वका धेरै देशहरू गरिब भएकाले यो शब्द ती देशहरूलाई बुझाउन प्रयोग गरियो। नभन्दै ती देशहरुमा गरीबी व्याप्त छ, जहाँ स्वास्थ्य सेवा अपर्याप्त छ र जहाँ लोकतन्त्र विकास हुन समस्या छ।

    धेरै विद्वानहरू (र तेस्रो विश्वका बनाइएका नागरिकहरू) यो विसौं शताव्दीको शब्दलाई २१ औं शताब्दीमा इतिहासको रद्धिटोकरीमा हाल्न खोज्दैछन्। तिनीहरू यस्तो पहिलो, दोस्रो र तेस्रो दर्जामा विभाजन गर्ने कुरालाई म्याद गुज्रेको, अपमानजनक र भ्रामक भएको ठान्छन्। पृथ्वीको कुन भाग “पहिलो” हो भनेर कसले भन्न सक्छ? र अब त सोभियत संघ पनि छैन।

    र यो कथित “पहिलो विश्व” हरहालतमा सर्वोत्तम दुनिया जस्तो नभएको दिनहुँ प्रष्ट हुँदैछ। त्यहाँ कहालीलाग्दो शहरी र ग्रामीण गरीबी जनसंख्या छ– हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक पॉल फार्मर भन्छन्। उनी भन्छन्– “त्यो ‘चौथो विश्व’ हो”। यसो भन्दा उनले संयुक्त राज्य अमेरिका र अन्य धनी राष्ट्रहरूमा स्वास्थ्य र आर्थिक समस्याहरूले ग्रस्त कैयन स्थानहरुको सन्दर्भ दिएका छन्।

    “तेस्रो विश्व” भन्नु भन्दा “विकासोन्मुख मुलुकहरू” भनेको राम्रो लाग्न सक्छ। यस वर्गमा राखिएका मुलुकले स्वास्थ्य, शिक्षा, पानी र बिजुलीमा जनताको थप पहुँच पुर्‍याउनसक्ने प्रणाली र संरचना विकास गर्नुपर्ने आवश्यकता हुन्छ।

    यसलाई बुझाउन अरु वाक्यांशहरु खोज्नु जरुरी छ?

    केहि व्यक्तिहरु यो तथाकथित “विकासोन्मुख मुलुक” वाक्यांशलाई उपयुक्त  ठान्छन्। “हामी निश्चित रूपमा विकासोन्मूख मुलुकहरु भन्दा बाहिरका होइनौं,” भारतमा सामाजिक र आर्थिक असमानताका सवालबारे वकालत गरिरहेकी एक अर्थशास्त्री र अनुसन्धानकर्ता दीपा सिन्हा भन्छिन्।

    यो वाक्यांशप्रति पंजाब नेशनल बैंकका म्यानेजर वैभव बोझको पनि आपत्ति छैन। उनी भन्छन्, ” ‘विकासोन्मूख मुलुक’ भनेर चिनिनुले हामीलाई सुधार गर्ने अवसर दिन्छ।” उनी आशा गर्छन्– हाम्रो भारत कुनै दिन “विकसित देशहरु” सरहकै अवस्थामा पुग्नेछ”।

    यो प्रयोग गर्नसकिने सुविधाजनक दर्जा हो। यस वाक्यांशले सबैलाई हामी के बारे कुरा गर्दैछौं भन्ने थाहा हुन्छ। एसोसिएटेड प्रेस स्टाइलबुकले यस वाक्यांश प्रयोग गर्ने सुझाव दिन्छ: एपीका अनुसार: “अफ्रिका, एशिया र ल्याटिन अमेरिकाका आर्थिक रूपमा विकासोन्मूख राष्ट्रहरूको उल्लेख गर्दा तिनीहरुलाई [तेस्रो विश्व भन्नु भन्दा] विकासोन्मूख राष्ट्रहरू भन्नु अति नै उपयुक्त छ। ‘ असंलग्न’ भनेर अब झुक्किनु हुँदैन किनकि यो राजनीतिक शब्द हो- र अब त यो ऐतिहासिक शब्द नै भइसक्यो।”

    त्यसो भए “विकासोन्मुख विश्व” भन्नु उचित निर्णय जस्तो लाग्छ। तर यस “विकासोन्मुख” वाक्यांशलाई मन नपराउने धेरै व्यक्तिहरू छन्।

    “मलाई ‘विकासोन्मुख विश्व’ भन्ने शब्द मनपर्दैन किनकि यसले पनि मुलुकहरु बिच दर्जा देखाउँछ।” केप टाउन विश्वविद्यालयका एक मनोवज्ञानिक शोस केसीले केही वर्षअघि मलाई ईमेलमा लेखेका थिए। उनले लेखेका थिए– “यसले पश्चिमी समाजको आदर्शलाई चित्रण गर्दछ तर ती समाजमा नै हाम्रो समाजका भन्दा धेरै सामाजिक समस्याहरू छन्। यसले कथित ‘विकासोन्मुख विश्व’ का जनतालाई पिछुडवा, अल्छी, अज्ञानी, गैरजिम्मेवारपूर्ण व्यक्तिहरू ठान्ने कट्टरपन्थी मनोआग्रहलाई झन् पुठ दिन्छ।”

    संक्षेपमा भन्नुपर्दा, “विकासोन्मूख विश्व” वाक्यांशमा अर्थदिन सक्ने कुरा केहि छैन। “मेरो विचारमा, विकसित-विकासोन्मुख सम्बन्धले धेरै तरिकामा उपनिवेश-औपनिवेशिक सम्बन्धलाई बुझाउन सक्दछ। विकाससम्बन्धी विचार नै धनी देशहरूले गरिबलाई नियन्त्रण र शोषण गर्ने उपाय हो। यो कुरा बुझ्न हामीले विकास उद्योगलाई उदाहरणका रुपमा हेरौं। यस्तो उद्योगमा अरबौं डलरको खर्च हुन्छ तर अति नै कम उपलव्धी हासिल हुन्छ। अब यस कुरालाई सोच्नुहोस्, वास्तवमा, म किन यो शब्दलाई घृणा गर्दछु!”

    र यदि तपाईंले कुनै “विकसित मुलुक” को केही क्षेत्रमा विकसित भएको देख्नु भयो भने अरु क्षेत्रमा समस्या देख्नु हुन्छ। ती मुलुकहरुमा व्यावहारिकरुपमा कल्याणकारी संरचना नहुने कुरा औंल्याउँदै सेन्टर फर ग्लोवल डेभलपमेन्टका प्राध्यापक मेड ओभर भन्छन्– “जनताहरुले शोक सन्तप्त परिवारलाई मृतकको अन्त्येष्टि गर्न वा आपतकालको बेलामा उपचार खर्च तिर्न छिमेकीबाट चन्दा लिन्छन्।” हामी पश्चिमाहरु अक्सर गरेर कल्याणकारी संरचनाहरुलाई वेवास्ता गर्दछौं “र त्यस्ता संरचनाहरु अब सखापै भइसकेका छन् – उनी भन्छन्।

    यस्ता असमानताहरू महामारीमा गरिनुपर्ने राहतले पनि देखायो। नेशनल पव्लिक रेडियोले यस वर्ष गर्मी याममा “कोभिड–१९ नियन्त्रण गर्न रूवाण्डाले अमेरिकाको ओहायो नगरले भन्दा किन राम्ररी काम गर्‍यो” भन्ने एक रिपोर्ट गरेको थियो। जुलाईमा अमेरिकामा कोरोनाभाइरसको मामला १२ लाख हुँदा रुवाण्डामा १५०० मामलाहरु भन्दा केही बढी थिए भने, रुवाण्डा जत्तिकै जनसंख्या भएको ओहायो नगरमा प्रतिदिन १२०० मामलाहरु रेकर्ड भइरहेका थिए।

    नाइजेरियाका मानिसहरूले आफूलाई ‘दक्षिणी विश्व ‘ भनेर चिनाउँदैनन्। उनीहरुको सोचाइमा यो परायाले दिएको नाम हो।“

    हाम्रा संवाददाता, जेसन बाउबियनले त्यसबेला लेखेका थिए कि: “विश्व बैंकले कम आय भएको मुलुकमा राखेको भएपनि र मुलुकको सीमित स्रोतहरूको बाबजुद पनि रुवाण्डाले कोरोनाभाइरसका हरेक मामलालाई पहिचान गर्ने वाचा गरेको छ। पोजिटिभ देखिएकालाई कोभिड–१९को उपचार सेवा दिने क्लिनिकमा राखिएको छ र संसर्गमा परेका उच्च जोखिमकालाई परिक्षण नगरुञ्जेलसम्मका लागि कि घरमा वा कि क्लिनिकमा क्वारन्टिनमा राखिएको छ।”

    अतः यदि “विकासोन्मुख” ले आफ्नै खालका समस्याहरु लिएर आउँछ भनेर केहीले भौगोलिक गोलार्द्धमा पनि विभाजन गरेका छन्। तर त्यो पनि कम अर्थपुर्ण हुनसक्छ। दक्षिणी गोलार्धमा गरिब देशहरुको संख्या धेरै छ। जसलाई “दक्षिणी विश्व” पनि भन्ने सुनिएको छ। तर गरिबीले आक्रान्त हाइटी “उत्तरी विश्वमा” पर्दछ। र कैयौं धनी देशहरु दक्षिणी गोलार्धमा छन्: केहीको नाम लिनुपर्दा अष्ट्रेलिया, न्युजिल्यान्ड, अर्जेन्टिना, चिली आदि।

    अफ्रिकी मुलुकमा स्वास्थ्य सेवामा कार्यरत एक स्वयंसेवी एरोन्डुले यो वाक्याङ्श प्रयोग गर्न छाडेकी छिन्। किन? “किनभने नाइजेरियाका मानिसहरूले आफूलाई ‘दक्षिणी विश्व’ भनेर चिनाउन चाहँदैनन्। उनीहरुको सोचाइमा यो परायाले दिएको नाम हो।”

    हुनसक्छ,  कुन वाक्यांश प्रयोग गर्ने भनेर टुङ्गोमा पुग्न हामीले तथ्याङ्कमा आधारित रहेर वर्गीकरण गर्नुपर्ला। यसैको आधारमा विश्व स्वास्थ्य संगठनले देशहरूलाई वर्गीकृत गरेकोछ। यसले “कम र कम-मध्यम-आय-देशहरू””(low- and lower-middle-income countries) वा छोटकरीमा एलएमआइसी (LMIC) शब्द प्रयोग गर्दछ। यो एक्रोनिमलाई दुई भागमा विभाजित गरेर पनि प्रयोगमा ल्याइएको छ  जस्तैः एलआइसीएस (LICs) र एमआइसीएस (MICs)। यसलाई उच्चारण गर्दा  लिक्स, (licks) र मिक्स (micks) भन्ने गरिन्छ। यी एक्रोनिमहरु कति मिठो जुलफी जस्तो लाग्दछन्। एलएमआइसी वर्ग विश्व बैंकको तथ्याङ्कमा आधारित छ, जसले कुल गार्हस्थ्य उत्पादनको आधारमा मुलुकहरूलाई एक वर्गमा उल्लेख गर्दछ: जस्तै कम आय, निम्न-मध्यम आय, मध्यम आय र उच्च आय।

    झट्ट हेर्दा, तथ्याङ्कले नै विश्वलाई विभाजन गरेको जस्तो लाग्छ। तर तथ्याङ्कले पुरा कथा वर्णन गर्न सक्दैन। गरीब देशहरुमा पनि अत्यन्त धनी मानिसहरु छन्, उदाहरण केन्यालाई नै लिन सकिन्छ। त्यहाँको शहर र वरपरका वस्तिहरुका घर जग्गाको मूल्यले अरु मुलुकसँग प्रतिस्पर्धा गर्न सक्छन्। यो विश्वव्यापी आय असमानताको बृद्धि भइरहेको एक टडकारो उदाहरण हो।

    त्यसैले आय स्तरले हामीलाई केहि कुरामात्र बताउँछ – सबै कुरा बताउँदैन। यसभन्दा बढी बुझ्न आय र समानताको संयोजनमा आधारित वर्गीकरणहरूलाई हेर्नु पर्छ।

    केही व्यक्तिले “बहुसंख्यक विश्व” भन्ने शव्द प्रयोग गर्छन्। यसको आशय पश्चिमाहरुलाई तिमीहरु अत्यधिक अल्पसंख्यक हौ भनेर स्मरण गराउनका लागि हो। विश्व बैंकको तथ्यांक अनुसार, आधा मानव जातिको आधा जनसंख्या प्रतिदिन ३०० वा सो भन्दा कम रुपैयाँमा जीवन चलाउछन्।

    सत्य कुरा आमरुपमा गरिने समूह-विभाजनबाट कहिल्यै सम्पुर्ण स्थिति पहिल्याउन सकिदैन। त्यसैकारण “विशिष्टता तर्फ ध्यान दिनुहोस्” भन्ने कुरालाई बुझाउन, यौन हिंसाविरुद्ध कार्यरत रेड डट फाउन्डेसनका संस्थापक र सीईओ एल्जा डि सिल्वा भन्छिन्– यदि तपाईं सुदृढ स्वास्थ्य सेवा प्रणाली नभएको कुनै राष्ट्रको बारेमा लेख्दै हुनुहुन्छ, यही  ठाडठाडै लेख्नु होस्,- सुदृढ स्वास्थ्य सेवा प्रणाली नभएको राष्ट्र।

    डि सिल्वाले अर्को कुरा खुलस्त पारेकी छिन्। उनले एक पटक स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटमा विश्व स्वास्थ्यका प्राध्यापक स्वर्गीय हंस रोजलिंगको प्रवचन सुनेकी थिइन्। त्यो प्रवचन उच्च आय नभएका मुलुकहरुका बारे थियो। त्यसमा रोजलिङले ती मुलुकहरुलाई “तिनीहरू बाँकी विश्व हुन्” भने। र उनी भन्छिन्, किन पश्चिमा विद्वानहरु मुलुकको नामहरु उच्चारण गर्दैनन्।

    साभारः एनपीआरमा २०२१ जनवरी ८ मा प्रसारित।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मार्क सिल्भर

      मार्क सिल्भर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.