Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Tuesday, June 23, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भविष्य मिश्रित-नश्लको छ

भारतको धन-सम्पत्ति श्री बृद्धि भएको छ र मध्यमवर्गको संख्या बढ्दो छ। तर विश्वका गरिब मानिसहरुको ठूलो संख्या भारतमा नै छ।

डेभिड गुडहर्ट डेभिड गुडहर्ट
माघ २६, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रेमी अदेकोया ती व्यक्ति हुन् जसले यस मुलुकभित्रको ध्रुवीकृत तथा बहुलठ्ठी नश्लीय/जातीय विवादमा अलिअलि भएपनि पीडानाशक मल्हम लगाइदिन्छन्।

    पोलिश-नाइजेरियन नश्लका यी लेखक मानव पहिचानको गञ्जागोल खासगरी नश्लीय तथा जातीय पक्षहरु बारेमा शिष्टतापूर्वक र सम्वेदन भई लेख्छन्। उनको आफ्नै जीवनमा – एउटा खुट्टा गरीब मुलुकहरुमध्ये धनी देश (नाइजेरिया) मा र अर्को धनी मुलुकहरुको सबभन्दा गरीव देश (पोल्याण्ड) मा छ। जसले गर्दा उनलाई नश्लको बनावट, संकिर्णता र जटिलताहरूलाई अवलोकन गर्नसक्ने बिलकुलै भिन्नखाले आँखीझ्याल प्राप्त भएको छ।

    आधुनिक प्रजातन्त्रमा मुलुकभित्र र बाह्य दुवैका नागरिक भएर संसारलाई आह्वान गर्नसक्ने राजनीतिक वर्ग (आमरूपमा परिभाषित) का सदस्यहरूको संख्या बढ्दो छ। यी ४२ वर्षे अदेकोया पनि यस्तै एक मोडेल हुन् र यिनी विभिन्न प्रकारका विश्वबीचमा सामञ्जस्यता ल्याउन प्रयत्नशील देखिन्छन्।

    पोल्याण्डमा विशेषगरी आफ्नो युवाकालमा उनले नश्लीय दुर्व्यवहार भोगेका छन्। र वर्षौं त्यहाँको बासिन्दा भइसक्दा पनि पश्चिमा दुनियाँको विकासोन्मुख दुनियाँलाई हेर्ने परम्परागत विश्वदृष्टिकोणबाट अझैपनि उनी हेयभाव महशुस गर्छन्। यद्यपि उनी तीनवटा भिन्नभिन्न दुनियासँग राम्ररी संचार गर्नसक्ने पश्चिमी दुनियाकै एक नागरिक, एक कुशल पत्रकार र हाल बौद्धिकरुपमा चर्चित व्यक्ति हुन्।

    उनी अफ्रिकी मूल भएको कारण उनलाई नश्लबारे औपचारिक नभइकन र नचपाइकन बोल्न सजिलो हुन्छ, जब कि उदार पश्चिमी मुलुकका लागि हुँदैन। उनले स्वेत र अस्वेतका समूहभित्रको अभिरुची, नश्लवादसम्बन्धमा स्वेत तथा अश्वेतको मनोभाव र ती दुवैबाट व्यक्त हुने मनोवैज्ञानिक असर र प्रभावलाई जिम्मेवारीका साथ लेख्‍न सक्छन्, र उनी आफ्ना केटाकेटीले आफ्नो कुल वा धर्म परित्याग नगरुन् भन्ने बाबुआमाको सांस्कृतिक मोहलाई समेत राम्ररी बुझ्दछन्।

    त्यसोभए नश्लबारे मात्र नभई मिश्रित नश्लको बारेमा उपयोगी पुस्तक कसले लेख्‍ने ? यसैको जवाफ हुनसक्छ– द्वी–नश्लीय ब्रिटेन: नश्ललाई हेर्ने भिन्न दृष्टि  नामक पुस्तक। यो पुस्तक नश्लबारे समकालीन बहसमा आउने गरेका एकाङ्गी र खण्डित विचारविरुद्ध उपयोगी हुनसक्छ।

    यो मुख्यतः कसैले भनिरहेको नभई कसैलाई देखाइरहेको पुस्तक हो। यसभित्र दुई नश्लबाट जन्म भएका २५ व्यक्तिहरुसँगका विस्तृत अन्तर्वार्ताहरू छन्। अदेकोयाले ती मिस्रित नश्लका व्यक्तिहरुका अनुभवलाई टिप्पणी गर्दै व्यवस्थित गरेका छन् र त्यसमा धेरै पटक आफ्नै द्वीनश्लीय यात्राको कटुता झल्किएको देखिन्छ।

    यो कुनै बौद्धिक पुस्तक होइन। यसभित्र केही तथ्य र तथ्याङ्कहरू छन्। यसभित्र मानिसहरु आफ्ना कथाहरु बताइरहेका छन्। र, अदेकोयाले सबै सान्दर्भिक जातीय मिश्रण र समय अनुसारका सम्भव भएसम्म व्यापक दायराका अनुभव बताउन सक्ने अन्तर्वार्तादाताहरू चयन गरेका छन्।

    उनी संयुक्त राज्य (यूके) को कुरा गर्दैछन्। यस देशको जनसंख्या संरचना बुझ्न सजिलो छ। यूकेको जनसंख्यामा मिश्रित नश्लीय जातिको जनसंख्या करीव २.५% (लगभग १० लाख ६० हजार) छ र यो समूह सबैभन्दा द्रुतरुपमा बृद्धि भइरहेको छ। यसभित्र करीव ५०% स्वेत-अस्वेत, २५% स्वेत-एशियाली र २५% गैर-स्वेतभित्रका मिस्रित नश्लीय जाति छन्। अझ, भविष्य कल्पना नै गर्न नसकिने अवस्थामा छ। एरिक काउफम्यानले यस शताब्दीको अन्त्यसम्म यूकेमा ३०% मिश्रित नश्ल हुनेछ र सन् २१५० सम्ममा ७५%  हुने अनुमान गरेका छन्। एरिक काउफम्यान एक राजनैतिक जनसंख्याशास्त्रीका प्रख्यात प्राध्यापक हुन्।

    यूकेमा मिश्रित नश्लका सन्तानहरू (आमा वा बुवा मध्ये एक स्वेत भएकाहरू) सामान्यतया अरु नश्लका मिस्रित सन्तानहरु भन्दा बढी राम्ररी समायोजन भएकाछन्। तर तिनीहरूले अझै पनि आफ्नै विशिष्ट प्रकारका खुशी र दु:खको अनुभव गर्छन्। हालका दिनमा भिन्नभिन्न समूहको रूपमा यस्तो कथा भन्नसक्ने अतिआत्मविश्वास भएका व्यक्तिहरु देखा पर्न थालेका छन्।

    मिस्रित नश्लका युवाहरुसँगको अन्तर्वार्ताबाट के स्पष्ट भयो भने सन् १९५० को दशकमा “दुई भिन्न नश्ल” को जोडि प्रति वैरभाव वा अफशोस गरिन्थ्यो र सम्धी-सम्धिनाहरुबीच बोलचाल नै हुँदैनथ्यो। हाल यी कुराहरु हराएका छन्। तर दुविधा अझै बाँकी छ।

    उदाहरणका लागि, समाज र आफन्तहरुले कुनै न कुनै एक नश्लमा पहिचान हुनुपर्नेमा दवाव दिएको देखिन्छ। अदेकोयाले केहि काला जातिका सक्रियकर्मीहरुबाट कसरी अमेरिकाका दक्षिण पूर्वी राज्यहरुले लिएको “वन ड्रप” नीतिलाई अनुसरण गर्ने भनेका प्रशङ्गलाई वर्णन गरेका छन्। यस नीतिले कुनै मिस्रित नश्लका कुनै पुर्खा काला जातिका थिए भने काला जातिमा पहिचान गरिनु पर्ने कुरालाई मान्यता राख्छ।

    मिश्रित नश्लका मानिसहरूसँग पुर्खाको कुनै एक नश्ल स्वीकार या अस्वीकार गर्ने विकल्पहरू छन्, र केही अन्तर्वार्तादाताहरूले घरमा कुनै एक जातीय समूहभित्र हुनैपर्ने भावना हुँदैन भन्ने स्वीकारेका छन्। धेरैले विभिन्न प्रकारका गोलमटोल जवाफ दिएका छन्। एक अन्तर्वार्तादाताले सानो छँदा बेपत्ता भएका अस्वेत बाबु फेला पर्दा हर्षतिरेक भएको बताएका छन्। त्यसभित्र आफूसँग वास्तविकरुपमा सम्बन्ध नै नहुने जातीयता “प्रदर्शन” गर्नुपर्ने कार्यलाई दबाब महसुस गर्ने व्यक्तिहरूका लेखोटहरु छन्। पैतृक घरको भ्रमण गर्दा र त्यहाँ स्वीकार्य नहुँदाका निराशा उल्लेख छन्। वंशीय गुणहरु फरक (कालो या सेतो, कपाल घुम्रिएको या कैलो) देखिँदा मिश्रित-नश्लका जुम्ल्याहाबीच नै मित्रता नभएका कुरा पनि छन्।

    अदेकोया भन्छन्– उनी पोल्याण्डमा भएका नश्लीय दुरव्यवहारलाई सामना गरेर नै अगाडि बढ्न सके किनभने नाइजेरियाली बुबाले उनलाई श्रेष्ठताको भावनाको गुण हस्तान्तरण गरेका रहेछन्। “नाइजेरियालीहरूमा दृढ विश्वास छ कि उनीहरू एक विशेष मानिस हुन् जो भविष्यमा महान बन्ने अद्वितीय बुद्धिमत्ता, जुझारु र रचनात्मकताले सम्पन्न हुन्छन्। यस्तै शुभवाणी सुनेर म हुर्केको हुँ र म दृढ विश्वासी भएँ।”

    तर यस्तो ढालले सबै काला जातिका मानिसहरूलाई सुरक्षा गर्दैन। वास्तवमा, तथाकथित “रङ्गवाद” सम्बन्धमा यो तर्क प्रायजसो विरोधाभास हुने उनको विचार छ। रङ्गवादको अभिशाप भनेको काला जातिका मानिसहरुमा गरीब मानिसहरु,अस्वेतहरु मध्ये हलुका रङ्गका छाला भएका मानिसहरूलाई सम्मान गर्ने झुकाव हुनु हो। यसो हुँदा मिश्रित नश्लका मानिसहरूमा दोषीभाव हुँदाहुँदै पनि तिनीहरुले सेता बाआमासँगबाट फाइदा लिने प्रवृत्ति छ।

    र, उनको यो उत्तर विवादित भएपनि व्यावहारिक छ। “बौद्धिक व्यक्तिहरूले रङ्गवाद खराव हो भनेर बुझाएर पनि रङ्गभेद उन्मूलन हुनेछैन। यो त्यसबेला उन्मूलन हुनेछ जब स्वेत दुनियामात्र अरु जातिका संसार भन्दा धेरै धनी र सबैभन्दा बढि सफल हुने क्रम रोकिन्छ। त्यसोभएमा कालो र खैरो दुनियामा स्वेतलाई उच्च ठान्ने प्रवृत्ति रोकिन्छ र आफ्ना नश्लप्रति गौरव गर्न थाल्छ। तर त्यस्तो अवस्था आउन आफ्ना देशहरू धनी र सफल हुनुपर्छ। म यो यस तरिकाले हुन्छ वा उस तरिकाले हुन्छ भन्न सक्दिन। जे होस्, धन र सफलताले नै आजको संसारलाई वशिभूत पार्दछ। मेरो विचारमा स्वेत श्रेष्ठताको अन्त्यको बाटो अर्थशास्त्रमा छ, न कि समाजशास्त्र, इतिहास वा भाषाविज्ञानमा।”

    यो एक शक्तिशाली अन्तरदृष्टि हो र यदि बितेको दशकमा अफ्रिकाले हासिल गरेको आर्थिक सफलतालाई अर्को पाँच वर्षमा कायम राख्‍न सकियो भने हाम्रो अनुमान सही सावित हुन सक्नेछ। तर नाइजेरिया ५० बर्षमा डेनमार्क जत्तिकै धनी र सफल भएन भने के हुन्छ, जब कि नाइजेरिया पृथ्वीको सबैभन्दा बढी जनसंख्या भएको देश हुँदैछ? के विश्व र उत्तर अमेरिका तथा युरोपमा रहेका सबै काला जातिहरुको सामूहिक हीनतावोधको लड़ाईलाई निन्दा गरिनेछ?

    यो पक्कै पनि ज्यादै निराशावादी छ, कम्तिमा अमेरिका र युरोपमा रहेका काला अल्पसंख्यकहरूका लागि। मेरो जीवनकाल भरीमा बेलायतमा दुई नश्लका परम्परावादीहरु नाटकीय रुपमा परिवर्तन भएका छन्। ती हुन्-आइरिस र भारतीयहरु। आइरिस परिवर्तन हुनुमा अदेकोयाको तर्कसँग मेल खान्छ: जसै आयरल्यान्ड, गरीब, न्यून शैक्षिक स्तर भएको ग्रामीण देशबाट उच्च शिक्षित, उत्तर-औद्योगिक, ब्रिटेन भन्दा धनी देशमा रुपान्तरित भयो, पुरानो मन्द बुद्धिको आइरिस परम्परालाई अधिनमा राख्‍न असम्भव भयो ।

    भारतीय रुढीवादितामा पनि नाटकीय रूपले परिवर्तन भएको छ, किनकि लाखौं ब्रिटिश–इन्डियन व्यवशायीहरु मध्यम वर्गमा उक्लेका छन्, तथापी भारतको अवस्थfमा त्यति धेरै परिवर्तन भएको छैन। भारतको धन-सम्पत्ति श्री बृद्धि भएको छ र मध्यमवर्गको संख्या बढ्दो छ। तर विश्वका गरिब मानिसहरुको ठूलो संख्या भारतमा नै छ। प्रवासी भारतीयको सफलताले भारतीयहरुको छवि परिवर्तन गरेको छ, भारतीय अर्थतन्त्रको उदय भएर होइन।

    निश्चित रूपले त्यस्तै सफलतालाई धनी देशहरूका काला अल्पसंख्यकहरूले पनि दोहोर्‍याउन सक्छन्। धेरै स्थानहरूमा काला जातिका सफल व्यवशायीहरुको आलोचनात्मक समूह देखा नै परिसकेका छन् र त्यो नै आमरुपमा काला जातिको आत्मविश्वास जगाउने मूल मार्ग हुने देखिन्छ। यो मार्ग द्रूत आर्थिक विकास, कल्याणकारी राज्य र आणविक हतियारहरूसहितको सुशासित नाइजेरिया भएको भन्दा बढी राम्रो हुनसक्छ।

    यस मामलामा आशावादी हुने मध्ये एक व्यक्ति सुन्दर कटवाला हुन्। जो आधा भारतीय / आधा-आयरिश हुन् र ब्रिटिश फ्यूचर थिंक ट्यांकका प्रमुख पनि हुन्। उनी भन्छन् “वर्ग भन्दा ब्रिटेनले नश्लमा धेरै राम्रो गरिरहेको छ”। तर यो त्यति राम्रोसँग स्पष्ट देखिँदैन। किनकि “हाल बौद्धिक, मिडिया तथा राजनीतिक वातावरण र अन्य देशका अनुभवको बीचमा मतैक्यता छैन … समस्या के छ भने नश्लसम्वन्धी बहस नै दिनरात यसैमा बिताउने मानिसबाट प्रताडित छ। हामी त्यस्तो व्यक्तिहरूबाट पर्याप्त कुरा सुन्न सक्दैनौं जुन केवल आफ्नो दैनिक जीवनमा अघि बढ्छन् र जातिद्वारा परिभाषित हुँदैनन्।”

    यद्यपि यो कुनै उत्तर–नश्लवादी देश बनेको उत्सव मनाउने आत्मतुष्टिको पुस्तक होइन, बरु यो जातीय अल्पसंख्यक बेलायतीहरु आधाजसोले आफ्नो छालाको रङ्गका कारण अघि बढ्न नसकिएको ठान्ने र आधाजसोले त्यसो नभएको ठान्ने गञ्जागोलपुर्ण वास्तविकताको प्रतिबिम्ब हो।

    नश्लीय तथा जातीयता कम हुँदै गइरहेको विश्वमा, प्रत्येक मिश्रित जातिको बच्चा एक प्रकारको जुवाको खेल हो। र बेलायतको मिश्रित जातिको कथा पनि पन्छाउनै नमिल्ने गरी अन्तर जातीय समझदारीपूर्ण सम्बन्ध र विवाहको कथा हो। अदेकोया सम्वेदनारहित सान्त्वनाका साथ आफ्नै आमाबाबुले भोगेको कठिनाईको स्मरण गर्दछन् तर यो त्यस्तो क्षेत्र हो जसबारे केही थप तथ्थ र तथ्यांकले मद्दत पुर्‍याउन सक्छ। म जान्न चाहन्थें– के जातीय सीमा बाहिरका समझदारीपूर्ण सम्बन्ध र विवाहहरु जातीय सीमा भित्रका भन्दा नाजुक हुन्छन्? यदि हुन्छन् भने समाज थप सहिष्णु बन्दै जाँदा तिनिहरु (समझदारीपूर्ण सम्बन्ध र विवाह) बलिया बन्दै जान्छन्?

    अदेकोयासँग सबै उत्तरहरू छैनन् तर अबका दिनमा, उनले मिश्रित जातिलाई कम प्रतिरक्षात्मक र दबाब महसुस नगरीकन बहु–पहिचानहरुबाट कुनै एकको छनौट गर्न बढी स्वतन्त्र भएको देख्छन्। उनी यो पनि सोच्छन् कि मिश्रित जातिका मानिसहरुसँग आजको बढ्दो जातीय ध्रुवीकृत वातावरणमा केही मूल्यवान प्रस्ताव छन्।

    “मिश्रित जातिको हुर्काइबढाइ नै जीवनको अनुभव हो। यस्तो अनुभवले अरुहरुप्रति समावेशी हुन खुला हृदयको दृष्टिकोण बनाउन आधारभूमि तयार गर्छ .‍.. हाम्रो मिश्रित विरासत र हुर्काइबढाइको परिस्थितिले अरुका दृष्टिकोणहरु खोजविन गर्न हाम्रा लागि स्वाभाविक बन्न जान्छ किनभने हामी हुर्कने-बढ्ने दौरानमा अरुसँग मिल्न हामीले त्यस्तै खोजविन गर्नु पर्दथ्यो।”

    अदेकोया भन्छन्, आफ्नो द्वीनश्लीय जीवनका अनुभवका कारण बाराक ओबामाको आफ्ना वरिपरि रहेका विभिन्न किसिमका मानिसहरुलाई सहज अनुभव गराउन सक्ने विशेष प्रतिभा थियो। त्यहि तथ्यका आधारमा रहेर अदेकोयाले बेलायतको कहिल्यै नसकिने जातिसम्बन्धी वार्तालापमा सबैभन्दा महत्वपूर्ण र सूक्ष्म प्रभावकारी नयाँ आवाज बन्नसक्ने जस्तो देखेका छन्।

    साभारः ४ फेव्रुअरी २०२१ मा Unherd.com  मा प्रसारित।

    डेभिड गुडहर्ट Head, Hand, Heart: The Struggle for Dignity and Status in the 21st Century. नामक पुस्तकका लेखक हुन्। उनी थिंक ट्याङ्क पोलिसी एक्सचेन्ज यू. के.का डेमोग्राफी इकाईका प्रमुख हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डेभिड गुडहर्ट

      डेभिड गुडहर्ट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.