Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्राकृतिक चिकित्सा : सेतो कोटमा नक्कली डाक्टर ?

डा‍‍. पिटर लिप्सन डा‍‍. पिटर लिप्सन
बैशाख ८, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आम मान्छेहरू ठान्दछन् कि समाजमा धेरै खालका चिकित्सा प्रणालीहरूको अभ्यास गरिन्छ र त्यो ठीक हो। हामी सुन्ने गर्छौं:  मूलधारको चिकित्सा प्रणाली, परम्परागत चिनियाँ चिकित्सा प्रणाली, चिरोप्राक्टिक, आयुर्वेदिक र नेचुरोपेथिक चिकित्सा प्रणाली आदी। आफ्नो स्वास्थ्यको ख्याल राख्ने मान्छेलाई भने एउटा मात्रै कुराको चिन्ता हुन्छः प्रणाली जे सुकै होस्, आफ्नो बिमारी निको होस्।

    धेरैजसो मान्छेले सोच्ने ‘मूलधारको चिकित्सा प्रणाली’ र अरुहरूले ठान्ने ‘विज्ञानद्वारा प्रमाणित’ चिकित्साबीच भने धेरै नै फरक छ। हामीले मान्ने चिकित्सा प्रणालीले वैज्ञानिक अध्ययनमा आधारित प्रमाणहरूमा रहेर आफ्नो उपचारीय अभ्यास गर्छ। आन्तरिक औषधीको विज्ञ भएका नाताले जब म कसैको रक्तचाप वा डाय्बिटिजका बारेमा कुनै सुझाव दिन्छु, दशकौँको वैज्ञानिक अध्ययनमा आधारित रहेर बिरामीलाई निको पार्ने मेरो प्रयास रहन्छ। म हचुवामा उपचार गर्दिनँ।

    कहिलेकाहिँ औषधी या उपचार भनेको सामान्य ‘कमन सेन्स’को कुरा हो–स्वस्थ्य भोजन खाने र शारिरीक अभ्यास गर्ने। ‘यति गरेपछि त रोगै लाग्दैन, मान्छे बिरामी नै पर्दैन।’ तर कहिलेकाहिँ विज्ञानले ‘कमन सेन्स’लाई आफ्नो जिम्मेवारी ठान्छ, आफ्नो टाउकोमा लिन्छ।

    लिडोकेइन्

    हृदयघात भएका बिरामीहरूलाई केही दशकअघि निश्चित समयको अन्तरालमा ‘लिडोकेइन’ नामक औषधी दिइन्थ्यो। त्यो औषधीले हृदयघात भएलगत्तै देखिने ‘हार्ट रिदम्’ लाई रोक्ने गर्थ्यो। त्यस औषधीले ‘घातक रिदम्’लाई प्रष्ट रूपमा तत्कालै रोक्थ्यो। मनिटरमा हेर्दा नै प्रष्ट देखिन्थ्यो त्यो। तर यस्तो चिकित्सा अभ्यासलाई कुनै अध्येताले पछि गहिराईमा गएर अध्ययन गर्नेबारे सोच्यो। र, अध्ययनले के देखियो भने लिडोकेइन् दिइएका भन्दा नदिएका बिरामीको हृदयघातको समस्या छिटो समाधान भयो। लिडोकेइन्ले अवस्थालाई झनै घातक बनाएको प्रमाणित भयो। चिकित्सा जगतले पछि यो अभ्यासलाई छाड्यो।

    आधुनिक चिकित्सा विज्ञानको मूल नै यही होः हामी आफ्ना अवधारणाहरूका बारेमा व्यवहारिक परिक्षण गर्छौँ र आफ्ना ‘कमन सेन्स’मा मात्रै निर्भर रहँदैनौँ। विश्वसनीयजस्तो देखियो भन्दैमा हामी जेसुकैलाई अभ्यासमा उर्तादैनौँ। त्यसकारण धेरैजसो डाक्टरहरू ठान्दछन् कि ‘वैकल्पिक भनिने’ चिकित्सा/औषधी/उपचार प्रणाली नै छैन। केवल ‘औषधी/उपचार’मात्रै छ। कुनै पनि वैज्ञानिक परिक्षण र पुनः प्रयोगका चरणहरू पास गरेर आउने ‘वैकल्पिक औषधी’ पछि गएर ‘औषधी’ बन्छ।

    यति हुँदाहुँदै पनि मान्छे प्याट्रन (ढाँचा) बुझ्ने एक खालको मेसिन नै हो। जेसुकै देख्दा वा महसुस गर्दा पनि त्यसको तार्किक व्याख्या खोज्ने प्राणी हो मान्छे। हजारौँ शतकसम्म मान्छेले बिरामी हुँदा कुन कुराले हामीलाई राम्रो गर्छ र कुन कुराले राम्रो गर्देन भन्ने कुरा अवलोकन र अनुभव गरे। कतिपय हाम्रा पुर्खाले विल्लो नामको रूखको काठको बोक्रा खाँदा दुखाई र ज्वरोमा काम गर्छ भन्ने थाहा पाए। कतिपयले पियोट नामक सिउँडी खानाले दृष्टि शक्ति राम्रो हुन्छ भन्ने थाहा पाए। प्रकृति गजबको छ, यो आफैँमा औषधीय गुणले भरिपूर्ण छ।

    ब्ल्याक माम्बा सर्प र मोर्फिन

    तर यी प्राकृतिक खजानाहरू पनि हृदयघातमा पहिले प्रयोग गरिएको लिडोकेइन औषधीजस्तै हुन्, त्यसले प्रभाव देखाउनेवित्तिकै तिनको प्रयोग गर्न हुँदैन। तिनीहरूको परिक्षण गर्नुपर्छ, प्रसोधन गर्नुपर्छ। तिनीहरूलाई राम्रोसँग बुझ्नुपर्छ र तिनको सचेततापूर्वक प्रयोग गर्नुपर्छ। निश्चय नै, ‘ब्ल्याक माम्बा’ नामक सर्पको बीषमा मोर्फिनजत्तिकै शक्तिशाली प्राकृतिक पेनकिलर होला। तर त्यसो हुँदैमा म टाउको दुखेको बेलामा ब्ल्याक माम्बा सर्प लगाएर आफूलाई टोकाउन सक्दिनँ। त्यसो गर्दा मेरो ज्यानै जान सक्छ।

    कुरो त्यहीँ गएर जोडिन्छ: लोकप्रिय ‘वैकल्पिक औषधी प्रणालीः प्राकृतिक चिकित्सा।’ लेखको शीर्षकबाटै तपाईँहरूले मेरो पूर्वाग्रह थाहा पाउनुभयो होला: ‘प्राकृतिक चिकित्सा’ औषधी वा विज्ञान होइन, बरु धर्मजस्तै विश्वासको विषय हो। अमेरिकाका कतिपय राज्यमा काम गर्ने प्राकृतिक चिकित्सकहरूले सर्टिफिकेट लिएर आफूलाई ‘प्राकृतिक चिकित्सक’ वा ‘डाक्टर’ भन्न पाउँछन्। र, उनीहरू गम्भीर समस्याहरूको निदान गर्ने अधिकार पनि आफुलाई होेस् भन्ठान्छन्क। अर्को अर्थमा उनीहरू आफूलाई वास्तविक डाक्टरझैँ ठान्छन्।

    प्राकृतिक चिकित्सिमा लामो समयदेखि गलत ठहरिएको होमियोप्याथी, हाइड्ररोथेरापी र इलेक्ट्रोम्याग्नेटिक थेरापी पनि पर्छन्। जबकि यी कुनैको पनि संगतयुक्त परिभाषा छैन। यिनीहरूले कुनै विज्ञानसम्मत् अर्थ राख्दैनन्, यिनको परिक्षण गरिएको छैन। बरु स्वास्थ्यका लागि यिनलाई अर्थहिन र खतरापूर्ण ठानिएको छ।

    खास समस्या के हो भने प्राकृति चिकित्सकहरू वास्तविक चिकित्सक नै होइनन्। एक हदसम्म यिनीहरू एक सुसंगत ‘विश्वास प्रणाली’ मा चल्छन्। जबकि मचाहिँ त्यो ‘विश्वास प्रणाली’मै विश्वास गर्न सक्दिनँ। मानव स्वास्थ्यका बारे मिति गुज्रेको धारणामा आधारित छ प्राकृतिक चिकित्सा। उनीहरूका आधिकारिक धारणाहरूमा उल्लेख हुन्छ कि उनीहरू ‘आम चिकित्सकहरू भन्दा बढी प्राकृतिक तरिकाले उपचार’ गर्छन्। उनीहरूले भन्ने गरेको ‘प्राकृतिक’को अर्थ के हो कुन्नि?

    अमेरिकाका ‘प्राकृतिक चिकित्सक’हरूको संस्था ‘अमेरिकन एसोसिएसन अफ नेचुरोपेथिक फिजिसियन’मा उनीहरू के हुन् भन्नेबारे उनीहरूले नै दिएको सरल र दिक्कलाग्दो परिभाषा यस्तो छ: प्राकृतिक चिकित्सा प्राथमिक स्वास्थ्य सेवाको त्यो विशिष्ट क्षेत्र हो, जसले चिकित्सा विधान र अनेक पदार्थहरू प्रयोग गरेर रोग निराकरण, उपचार र सर्वोत्तम स्वास्थ्यका लागि काम गर्दछ। हाम्रो चिकित्साले व्यक्तिमा निहित स्व–उपचारलाई प्रोत्साहन गर्दछ। प्राकृतिक चिकित्सामा आधुनिक, परम्परागत, वैज्ञानिक र अनुभवजन्य तरिकाहरू पर्दछन्।

    हचुवाको उपचार

    मचाहिँ आन्तरिक औषधीमा विशेषज्ञता हासिल गरेको मेडिकल डाक्टर हुँ। त्यसको मतलव वयस्कहरूको रोग रोकथाम र उपचारमा म केन्द्रित हुन्छु। म पनि उनीहरूजस्तै ‘व्यक्तिमा निहित स्व–उपचारलाई प्रोत्साहन गर्ने गरी चिकित्सा विधान र अनेक पदार्थहरू’ प्रयोग गर्दछु। तर म उनीहरूभन्दा यस अर्थमा फरक छु कि म वास्तविकता र वैज्ञानिक रूपमा प्रमाणित काम मात्र गर्छु। म पनि सम्भावित हदृयरोगको बिरामीहरूलाई खानपान बदल्न र शारीरिक अभ्यास गर्न आग्रह गर्छु।

    यदि उनीहरूलाई हृदयाघात भइहाल्यो भने मैले उनीहरूलाई दिने औषधी हो–एस इन्हिभिटर। यो औषधीले मुटुलाई पुनः निर्माण र आफैं सही रूपमा निको हुन सहयोग गर्दछ। कुनै हावादारी र अव्यवस्थित तरिकाले होइन कि मुटुलाई अझै नबिगारीकनै। तर ‘प्राकृतिक चिकित्सा’ले त्यसो गर्दैन। उनीहरूलाई यस्तो तालिम दिइएको हुँदैन।

    प्राकृतिक चिकित्साले जुन कुरा दावी गर्छ, ठ्याक्कै त्यही काम म गरिरहेको छु– तर एउटा अववादबााहेक। मैले जे गरिरहेको छु, त्यो एक सय वर्षभन्दा बढी परिपक्व विज्ञानमा आधारित छ। जबकि उनीहरूको अभ्यासचाहिँ कल्पनामा आधारित छ। उनीहरूसँग ‘औषधी/उपचार’ भनिने चीजको अभ्यासको कुनै उचित शिक्षा र अनुभव छैन। न्यायपूर्ण संसारमा यिनीहरूलाई प्रमाणपत्र दिइने थिएन, बरु अरुको शरीरमाथि हिंंसा गरेको आरोपमा मुद्धा हालिन्थ्यो ।

    मलाई लाग्छ, हामीले त्यस्तो औषधी/उपचार प्रणाली बनाउन पाए हुन्थ्यो, जसले जादुझैँ काम गरिदियोस्। र, त्यस उपचारका कुनै साइड इफेक्टहरू समेत नहोस्। तर त्यसो गर्न हामी सक्दैनौँ। प्रकृति उति सहज छैन, प्रकृतिमा गडबडी छ। र, हामीले टेक्ने एउटै हाँगो छ: विज्ञान। तपाईँ आफैँलाई पोलियोको समस्या भएको याद छ ? छैन होइन? धेरै राम्रो। पोलियोको भ्याक्सिन बनाएकोमा वास्तविक वैज्ञानिक र डाक्टरलाई धन्यावाद दिनुहोस्। एपिग्लोटीस भन्ने रोगका कारण श्वास प्रश्वासमा छेदन भएको छ तपाईँका बच्चाहरूलाई? छैन होइन? जनस्वास्थ्य अधिकारीले तथ्य र विज्ञानलाई आधार मानेर तपाईँलाई आफनो बच्चालाई एचआइबी भ्याक्सिन लगाउन सल्लाह दिएकोमा धन्यवाद दिनुहोस्।

    निचोड

    प्राकृतिक चिकित्सकहरू आफ्नो आत्ममहिमा गाउने त्यस्ता झाँक्रीहरू हुन्, जो काल्पनिक कथाहरूमा वैज्ञानिक लेप लगाउँछन्। र, वर्वादीको कुरो, कानुन बनाउने विधायकहरू समेत यिनीहरूका कुरा पत्याउँछन्।

    प्राकृतिक औषधी/चिकित्साजस्ता झुट उपचार प्रणालीहरू मेरो आर्थिक उपार्जनका लागि कुनै चुनौती होइनन्। म अति व्यस्त छु र रहनेछु। तर आफूलाई प्राकृतिक चिकित्सक भन्नेहरू चाहिँ जनस्वास्थ्यका चुनौती हुन्। यसर्थ, कमसेकम केही सेन्स प्रयोग गरौँ र मेरो लागि थप व्यापार र नाफा बढाउने काममा उनीहरूलाई सहयोग नगरौँ। किनभने तिनीहरूले मान्छेहरूलाई दिएको पीडाको सफाई त आखिर मैले नै गर्नुपर्नेछ।

    (आन्तरिक मेडिसनमा एमडि गरेका डाक्टर पिटर लिप्सनको यो लेख चार वर्षअघि फोब्र्स डटकममा छापिएको थियो। अनुवादः प्रकाश अजात।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा‍‍. पिटर लिप्सन

      डा‍‍. पिटर लिप्सन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.