Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एउटी ‘कुरूप’ आमा : जसले आफ्ना बच्चाका लागि कहालीलाग्दा अपमान सहिन्

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख १६, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    समाजले बनाएको सुन्दरताको परिभाषाको कहर खप्दै आफ्ना बालबच्चाको निम्ति लड्ने एक बहादुर आमाको कथा हो यो। उनको नाम थियो मेरी आन वेब्स्टर। बिहे गरेपछि उनको नाम भएको थियो, ‘मेरी आन बेभान।

    प्रारम्भमा मेरीको जीवन सामान्य थियो। उनी बेलायतको एक ठूलो र गरीब परिवारमा जन्मेकी थिइन्। त्यसैले, हातमुख जोर्नका लागि उनले सानै उमेरमा घरबाहिरका काम गर्नुपर्यो। उनले नर्स भएर अस्पतालमा समेत काम गरिन्। त्यतिखेर उनी एक सुन्दरी युवती थिइन् र उतिखेरका आम युवतीहरूको जस्तै उनको पनि सपना थियो : बिहे गर्ने र एउटो ठूलो परिवार बसाउने। उनले भनेजस्तै भयो पनि। २९ वर्षको उमेरमा उनले टमस बिभानसँग बिहे गरिन् र चार सन्तानलाई जन्म दिइन्।

    जब शरीर बिग्रँदै गयो

    तर केही समयपछि मेरीमा स्वास्थ्य समस्याहरू देखिन थाले : माइग्रेन(टाउको दुख्ने), मांशपेसीको दुखाई र जोर्नीको दुखाई। डाक्टरहरूले मेरीको शरीरमा के भइराखेको छ भन्ने कुरा पत्ता लगाउन सकेनन्। तर त्यही समयमा मेरीको परिवारले भने मेरीबाट माया, पर्याप्त ख्याल र खानाको माग गरिरहेको थियो। र, मेरीको परिवार काम नगरिकन बसेर खान सक्ने अवस्थाको थिएन। यस्तो अवस्थामा उनीसँग आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्ने समय र पैसा दुबै थिएन।

    उनमा रोगका लक्षणहरू अझै थपिँदै गए। उनको खोपडी झनै लामो र फराकिलो हुँदै गयो। उनको अनुहार बृद्ध पुरुषकोझैँ देखिन थाल्यो। उनका नरम हात र उनको शरीरमा भएका कतिपय स्त्रीजन्य गुणहरू विस्तारै हराउँदै गए। उनी एउटी सुन्दरी महिलाबाट विस्तारै ‘ कुरूप’ बन्दै गइन्। उनी कतैबाट पनि पहिलेजस्तो देखिइनन्।

    मेरीमा एक्रोमेगाली नामको रोग थियो। शरीर वृद्धिसम्बन्धी हर्मोनको धेरै विकाश भएका कारण उनको शरीर त्यस्तो देखिएको थियो। त्यस रोगले शरीरका अंग अस्वभाविक रूपमा ठूला हुन्छन्, हाड र शरीरका भित्री अंग र नरम मासुसमेत बढ्छन्। सोही कारण टाउको दुख्छ र मांसपेसी दुख्छ। यो रोग प्रायः वंशाणुगत हुनेगर्छ।

    आजका दिनमा विज्ञानलाई यो रोगको कसरी उपचार गर्नुपर्छ भन्ने थाहा छ। बिसौँ शताव्दिको प्रारम्भमा मेरीले चाहेर पनि सो रोगको उपचार गर्न सम्भव थिएन। प्रत्येक दिन आफ्नो शरीरमा भएको अस्वाभाविक वृद्धि हेर्दै दिक्क मानिरहन्थिन् मेरी।

    लोग्नेको मृत्युपछि झनै असहज जीवन

    यी समस्याका वावजुद पनि मेरीका लोग्ने मिस्टर बिभानले मेरीलाई माया गरि नै रहे। पर्याप्त सहयोग गरे र उनलाई छाड्नेबारे सोचेनन्। तर बिहे भएको एघार वर्षपछि बिभानको मृत्यु भयो। बिधवा हुँदा मेरीसँग चार बच्चा थिए तर जीवन जिउनका लागि कुनै आयको स्रोत थिएन।

    लोग्ने मरेपछि उनले जस्तासुकै काम गरेर भएपनि बच्चाहरूलाई खुवाउनेबारे उनले सोचिन्। तर आफ्नो अनुहारकै कारण उनले सहजै काम पाइनन्। बाटातिर हिँड्दा उनलाई मान्छेहरूले अचम्म मानेर हेर्थे। कतिपयले उनलाई अपमानित नै गर्थे। कतिपय उनलाई देखेर हाँस्थे। घरबाहिर निस्कनु नै उनका लागि मरेतुल्य थियो।

    घरको आर्थिक अवस्था जर्जर भइरहेको थियो। बच्चाहरूलाई खुवाउन कठीन हुँदै गइरहेको थियो। यत्तिकैमा उनले बेलायतमा ‘एकदमै कुरुप महिला’हरूको प्रतियोगिता हुन गइरहेको कुरा थाहा पाइन्। उनले त्यस्तो प्रतिस्पर्धामा भाग लिएर त्यसको सबैभन्दा ठूलो राशीको पुरस्कार जित्नेबारे सोचिन्। किनभने उनी आफ्ना समस्याहरूका कारण जेसुकै गर्न पनि तयार थिइन्। हुन पनि उनले सोचेजस्तै भयो। उनी प्रतियोगितामा विजयी भइन्। तर त्यतिखेरका पत्रपत्रिकामा उनका बारेमा अपमानजनक शब्दहरू प्रयोग गरेर लेख र समाचार छापिए। ती परपीडक लेख र समाचार पढ्नका लागि संवदेनशील मान्छेहरूका लागि सहज थिएन।

    त्यस समयमा मेरीले सबै सकस र तिरस्कारहरू सहिन्। कठिनसाध्य कामहरू गरिन्। आफ्नो अपमानलाई नाफामा बदलिन्। त्यसो गर्नु भावनात्मक रूपमा उनलाई धेरै कठिन थियो। किनभने उनको शारिरीक अवस्थालाई दुनियाँले उडाउँथे र मनोरन्जन लिन्थे। ख्याल राख्नुपर्ने यो छ कि यस्तै खालको प्रतियोगिता अहिले पनि बेलायतमा हुने गर्छ तर अहिलेचाहिँ मुख या अनुहारको हाउभाउ बिगारेर मानिसहरूलाई हँसाउने कुरा प्रमुख हुन्छ, यस्ता कार्यक्रममा।

    सर्कसहरूमा मेरी

    सन् १९२० मा मेरीलाई अमेरिकाको सर्कस र एम्युजमेन्ट पार्कमा काम गर्न बोलाइयो। कोनि टापुको ‘ड्रिमल्याण्ड’ भनिने ठाउँमा काम गर्न उनलाई बोलाइएको थियो। उनले त्यहाँ भएका अनेकौँ मानव–प्रदर्शनीहरूमा भाग लिएर आफ्नो अनौठो रूपको प्रदर्शन गरिन्। उनलाई काममा लगाउनेहरूले मेरीलाई एकदमै सेता र चमकदार पहिरन लगाउन लगाउँथे। त्यसो गर्दा उनको अनौठो, पुरुषजस्तो र कुरुप भनिने शरीर झनै प्रष्ट रूपमा दुनियाँले देख्न सक्थे। मेरीको उपयोपगिता उनीहरूका लागि केबल ‘देखाउने’ न थियो।

    यस्ता प्रदर्शनीहरूले उनीजस्ता अस्वभाविक शरीर भएका अन्य मान्छेहरूलाई पनि जागिरमा लिएका हुन्थे । देख्दा डरलाग्दा मान्छे, दारी भएका महिला, होचापुड्का मान्छे, एकदमै भद्धा र ठूला शरीर भएका मान्छे तथा शरीर जोडिएका जुम्ल्याहाहरूलाई पनि यस्ता कार्यक्रमहरूमा प्रदर्शन गरिन्थ्यो। यी सबै खालका मान्छेहरू सर्वसाधारणका मनोरन्जनका लागि सार्वजनिक रूपमा प्रदर्शन गरिन्थ्यो र त्यसो गरेवापत सर्वसाधारणहरूबाट पैसा उठाइन्थ्यो।

    त्यो समयको अमेरिकी चेतना विचित्रको थियो। मान्छेहरू यस्ता क्रुर मनोरन्जनमा समेत रमाउँथे र ताली पिट्थे। मनोरन्जन दिने समूहकी सबैभन्दा लोकप्रिय कलाकार थिइन् मेरी। कल्पना गर्दा पनि पीडा हुन्छ कि कुनै बेला सामान्य र सुन्दर युवतीका रूपमा रहेकी मेरीका लागि त्यसरी आत्मसम्मान बेच्दै, अपमान, ठट्टा र उपहासको विषय बन्दै पैसा लागि सम्झौता गर्दा गर्नु कति कष्टकर भयो होला। तर उनले आफ्ना बच्चा र परिवारका लागि समाजका सबै खालका अपमानहरू सहिन्।

    इन्टरनेटमा हामी उनको एउटा पारिवारिक तस्वीर पनि भेट्टाउन सक्छौँँ:

    तस्वीरमा उनका सबैभन्दा जेठा छोरा जहाज चालकको पहिरनमा देखिन्छन् भने कान्छा छोराले सुट लगाएका छन्। दुई छोरीहरू भने छोरीहरू भने स्वेटर र स्कर्टमा देखिन्छन्। त्यस समयमा फोटो खिच्ने फोटो खिच्ने विषय आफैँमा महंगो थियो। र, कतिपय परिवारले आफ्नो जीवनकालमा केही गोटा तस्वीरमात्र खिच्ने गर्थे। तस्वीरबाटै पनि हामी अनुमान गर्न सक्छौँ कि उनी परिवारको चाहनाको कदर गर्ने दयालु आमा थिइन्। यति हुँदाहुँदै पनि त्यस समाजले उनलाई ‘सन्की र पागल आइमाइ’को उपमा दिइएको थियो।

    बाँकी जीवनभर मेरीले अमेरिकन सर्कसमै काम गरिन्। आफ्नो जीवनकालमा उनी एक पटक मात्र युरोप फर्किन सकिन्। सन् १९२५ मा उनी फ्रान्सको पेरिस पुगेकि थिएन्। ‘एक्स्पोजिसन युनिभर्सल्ले’को त्यस प्रदर्शनीमा उनले आफूलाई प्रदर्शन गर्नुपर्थ्यो।
    एक्रोमेगाली रोग लागेका मान्छेहरू बिरलै आफ्नो पूरा आयु व्यतित गर्छन्। मेरी पनि ५९ वर्षको उमेरमा सन् १९३३ मा बितिन्। उनले आफ्ना सन्तानहरूसँग आफ्नो मृत शरीरलाई जन्मथलो बेलायतमा लगेर गाड्न भनेकी थिइन्। र, पछि त्यसै गरियो।

    परपीडनविरुद्ध

    आफ्ना सारा असहजताका बाबजुद पनि आफ्ना बालबच्चा पाल्न र हुर्काउन मेरीले गरेको संघर्षले के प्रमाणित गर्छ भने आफ्ना बच्चाका लागि जस्तासुकै दुःख र कष्ट खेप्न तयार हुन्छन् आमाहरू। संसारकै कुरुप महिलाको उपमाको अपमान सहेर भएपनि, त्यही अपमानलाई नै आफ्नो कमाईको स्रोत बनाएर मेरीले आफ्नो बच्चा र परिवारका लागि गरेको संघर्ष स्तुत्य छ।

    यसो भन्दाभन्दै, आजका दिनमा पनि होचापुड्का र अनौठा रूप भएका व्यक्तिहरूबाट मनोरन्जन लिने परपीडक चलन समाजमा छँदैछ। मेरीले आफ्ना दिनहरूमा त्यस्तो परपीडक समाजविरुद्ध लड्न र लेख्न सम्भव थिएन। बाँच्ने कुरा नै उनका लागि प्रमुख थियो। बच्चाहरूलाई हुर्काउनु उनका प्राथमिकता थिए।

    मनोरन्जनका लागि पशुपञ्छीको प्रयोगलाई समेत अनुचित मान्दै खबरदारी गरिने यो युगमा मान्छेका शारिरीक अवस्थालाई लिएर मनोरन्ज लिने अघिल्लो शताव्दिको तुच्छ चेतनालाई पनि हामी सबैले खबरदारी गरौँ। एक शताव्दिअघि भएको मेरीको अपमान सम्झेर यस युगमा संसारका सबै क्षेत्र, तह, लिंग, वर्ग र जातका मानवको आत्मसम्मानका लागि निरन्तर बोलौँ, लडौँ।

    (न्युजडटकम [newz.com]को सहयोगमा प्रकाश अजातको अनुवाद/पुर्नलेखन)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.