Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

न्युजविकमा मदन भण्डारी : भूमिपतिहरूबाट जमिन लिनेछौँ र जोताहाहरूलाई दिनेछौँ

nepal_readers nepal_readers
जेष्ठ ३, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाली राजनीतिका प्रभावशाली नेता मदन भण्डारीको २०५० जेठ ३ गते जीप दुर्घंटनामा परेर मृत्यु भएको थियो। दुर्घटनामा उनको स्वभाविक मृत्यु भएको हो या षड्यन्त्रमूलक हत्या गरिएको हो, अझै पत्ता लागिसेको छैन। तिक्ष्ण विचार र कुशल वक्तृताका कारण नेता भण्डारी आम जनता र नेपालको वाम लोकतान्त्रिक अन्दोलनमा स्मरणयोग्य नेताका रुपमा रहेका छन्। जननेता मदन भण्डारीको मृत्यु भएको आज २६ वर्ष पुगेको छ। सन् १९९१ मा प्रसिद्ध अमेरिकन पत्रिका ‘न्युजविक’ले ‘नेपालमा कार्ल माक्स जिवित छन्” भन्ने शिर्षककमा प्रकाशन गरेको थियो। यस सन्दर्भमा जननेता भण्डारीको सोही अन्तर्वार्ता साभार गरेका छौँ : (स.)

    अरु देशमा त कम्युनिष्टहरु असफल भइरहेका छन्। यस्तो परिस्थितिमा तपाईहरु सफल हुन्छौं भनेर कसरी सोच्नुहुन्छ ?

    कम्युनिज्मको मुल लक्ष्य समाजबाट शोषण, अन्याय, भ्रष्टचारजस्ता कुराहरुलाई निमूल गर्नु हो। यसका नीतिहरुलाई लागु गर्ने कुरामा विगतमा केही गल्तीहरु भए पनि यसको मतलब कम्युनिस्ट सिद्धान्तको लक्ष्य नै असफल भएको होइन। हाम्रो पार्टीको सन्र्दभमा प्रजातन्त्रको स्थापनाप्रति हामी प्रतिवद्ध छांै र जनादेश प्राप्त भएपछि मात्र सत्तामा जानेछौँ।

    तपाईसंग उत्तर कोरियाका नेता किम इल सुङका कितावहरु रहेको देखियो, किम इल सुङका बारेमा तपाईँको के धारणा छ ?

    उहां एउटा सफल कम्युनिष्ट नेता हुनुहुन्छ, जस्ले आफ्नो देशको क्रान्ति र विकासमा योगदान पुर्याउनु भएको छ। उहाँको विचारधारालाई पछ्याउनै पर्छ भन्ने छैन।

    माओका रचनाहरु बारे नि ?

    हाम्रो ग्रामीण युवाहरु चिनियाँ आन्दोलनको इतिहास पढ्दै हुनुहुन्छ र उहाँहरु त्यसैबाट सिक्दै हुनुहुन्छ।

    नेपालको कम्युनिष्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाका कम्युनिष्ट पार्टीहरुसंग कुन रुपमा तुलना गर्नुहुन्छ?

    ति सवै कम्युनिष्ट पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित नयाँ समाजको स्थापनामा संलग्न छन्। ती देशका कम्युष्निट आन्दोनलहरु विभिन्न ढंगले अगाडी बढेका छन्। चीनमा सशस्त्र संघर्षबाट नै उनीहरु मुक्त भए। तर नेपालमा यतिवेला हामी शान्तिपूण आन्दोलमा छौँ। चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र आक्रमण भोगेका थिए। हामी पनि विदेशी आक्रमण, साम्राज्यवाद र क्षेत्रिय प्रभुत्वको विरुद्ध आवाज उठाई रहेका छौँ।

    केही गैरकम्युनिष्टहरु भन्छन्, ‘तपाईँहरुले चीन र भारतका कम्युनिष्ट पार्टीहरुबाट आर्थिक सहयोग प्राप्त गर्नु भएको छ।’

    यो झुट हो। चीन होस् या उत्तर कोरिया, अथवा भारतका कम्युनिष्ट पार्टीहरु नै किन नहोस्, हामीले कसैसंग आर्थिक या भौतिक सहयोग मागेका पनि छैनौं र पाएका पनि छैनौँ। यस्तो आरोप हामीलाई हाम्रा तिनै विरोधीहरुले लगाएका छन्, जो चाहीं वास्तवमा विदेशी मुलुकबाट सहयोग पाइरहेका छ्रन्।

    जातियता र धार्मिक स्वतन्त्रताबारे तपाईँहरुको धारणा के छ ?

    हामी विभिन्न जातीहरुमाझ रहेको सामाजिक विभेदलाई अन्त्य गर्न चाहन्छौँ। तर विभिन्न जातीको संस्कृति, परम्परा र धर्मको हामी सम्मान गर्छौँ। केही बुढापाकाहरुमा अझै पनि जातपातबारे चर्को भावना रहेको पाईन्छ। त्यस्का विरुद्ध पनि हामी शक्ति प्रयोग गर्न चाहँदैनौँ। उनिहरुको अन्तस्करणमा रहेको जातिय विभेदको भावनालाई हटाउन उनिहरुलाई शिक्षा दिक्षा दिने प्रयत्न गर्नेछौँ। ‘तल्लो जात’कालाई अपमानित गर्ने अधिकार कसैलाई हुनुहुन्न भने ‘माथिल्लो जात’को अगाडी कोही निउरिनै पर्छै भन्ने पनि छैन। हामी चाहान्छौ राज्य धर्म निरपेक्ष होस्। जहाँ प्रत्येकले आफ्नो धर्म अंगाल्न सक्ने छन्। राष्ट्र सवै धर्मप्रति तटस्थ रहने छ।

    देशका भूमिपतिहरुप्रति तपाईँको ब्यवहार कस्तो रहने छ ?

    हामी भूमिपतिहरुबाट जमिन लिनेछौं र जोताहहरुलाई दिनेछौं। यो काम हामी शान्तिपूर्ण तरिकाले गछौं। र विना मुआब्जा जमीन खोस्दैनौँ। यदि भूमिपतिहरुले यसलाई स्वीकार नगरेमा उनिहरुप्रति शक्ति प्रयोग गर्न बाध्य हुनेछौँ।

    मुआब्जाको रकम कहाँबाट ल्याउनु हुन्छ ?

    जमिनको स्वामित्व लिन चाहने किसानहरुबाटै हामी त्यो रकम जम्मा गर्छौं। ( आवश्यक भएमा) सरकारी राजश्व र सरकारी स्वामित्वका उद्योग धन्दाहरुको शेयरबाट पूर्ति गरिने छ। नगदको कमीलाई हटाउन मुआब्जा किस्ताबन्दीमा भुक्तानी गरिने छ।

    सामुहिकरणको पक्षमा हुनुहुन्छ ?

    यो विचारलाई लागु गर्दा शक्ति प्रयोग गरिने छैन तर जनताको सेवाका लागि नमुना सहकारीहरुको स्थापनार्थ प्रोत्साहित गरिनेछ।

    कम्युनिष्टहरुले बहुमत पाएको अवस्थामा नेपालका लागि विदेशी सहयोग बन्द हुन सक्ने कुराबाट चिन्तित हुनुहुन्छ कि ?

    कम्युनिष्ट सरकार आउने वित्तिकै विदेशी सहयोग बन्द गरिनुपर्ने कुनै कारण छैन। यद्यपि हामी हाम्रो देशको स्वाधिनता, स्वतन्तत्रा गरिमा र सार्वभौकिताको मूल्यमा विदेशी सहयोग माग्ने पक्षमा छैनौँ। हाम्रा लागि यि कुराहरु विदेशी सहयोग भन्दा धेरै महत्वपूर्ण छन्।

    भारतको सवालमा तपाई कस्तो विदेश नीतिको वकालत गर्नुहुन्छ ?

    विगत भारतसंग केही असमान र अपमानजनक सन्धीहरु भए। हामी ति सन्धीहरुको संसोधन गर्नेछौँ। र, नविकरण गर्ने प्रयात्न गर्नेछौँ। हामी चीन र भारत दुवैसंग उत्तिकै राम्रो सम्वन्ध राख्न चाहन्छौँ। हामी चीनमुखि पनि हुन चाहँदैनौँ। भारतमूखि पनि हुन चाहँदैनौँ।

    जुनवेला नेपाली जनता राजतन्त्रविरुद्ध अघि बढिरहेका थिए त्यहि वेला अन्य धेरै मुलकका जनता त्यहांका कम्युनिष्ट शासकहरुका विरुद्ध उठिरहेका थिए, यदि यहाँ त्यस्तो भयो भने के गर्नुहुन्छ ?

    हामी सत्तामा जब हुन्छौं, त्यसवेला त्यस्ता विरोध प्रर्दशनहरु हुने छैनन् तरपनि त्यसबेला असामाजिक तत्वहरुले समाजमा अस्थिरता फैलाउन प्रत्यन गर्ने छन्। त्यस्तोमा हामी राज्य शक्ति प्रयोग गर्ने छैनौँ। जनतालाई नै परिचालित गर्नेछौँ। यदि असामाजिक तत्वहरुले हामी विरुद्ध प्रर्दशन गरेमा हामी पनि हाम्रो पक्षमा प्रर्दशन गर्न जनतालाई आह्वान गर्नेछौँ। तर प्रहरी शक्तिको प्रयोग गर्नेछैनौँ।

    (अमेरिकी प्रसिद्ध प्रत्रिका न्यूजविकको मे २७, १९९१ को अंकमा उक्त अन्तरवार्ता प्रकाशित भयो । सम्भवत : न्यूजविकमा अन्तवार्ता प्रकाशित हुने उहाँ पहिलो नेपाली राजनीतिज्ञ हुनुहुन्छ । न्यूजविकका मिकेल लिट्विनले कमरेड भण्डारीसंग लिएको उक्त अन्तवार्तालाई नेपालीमा अनुवाद शार्दूल भटट्राईले गर्नु भएको हो, ‘मदन भण्डारी संकलित रचनाहरु –६’ बाट लिएको हो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.