Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डरकै कारण कोभिड जाँच र भ्याक्सिनदेखि टाढा छन् गाउँका बासिन्दा

बिरामीलाई घरमै राखेर उपचार गराउने गरिएको छ। कोही त पूजापाठ गरेर समेत निको हुने कोशिस गरिरहेका छन्। त्यहाँका बासिन्दामा रहेको यस खालको भ्रम एकदमै खतरनाक छ। यसलाई कुनैपनि हालतमा तोड्नुपर्ने हुन्छ। जब बिरामीको स्थिति धेरै गम्भिर हुन थाल्छ, तब मात्रै अस्पताल पु-याउन उनीहरू बाध्य हुन्छन्। तर त्यतिबेलासम्म धेरै ढिला भइसकेको हुन्छ।

nepal_readers nepal_readers
जेष्ठ ४, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -रुवी सरकार-

    भारत, मध्यप्रदेशको एउटा गाउँमा सन्नाटा छाएको छ। गाउँका मानिसहरू चिसो, रुघा, खोकी ज्वरोबाट ग्रसित छन्। यसो हुँदाहुँदै पनि उनीहरू अस्पताल नजाने, जाँच नगर्ने र भ्याक्सिनसमेत नलिने अडानमा छन्, जसका कारण मृत्युको मुखमा धकेलिँदै छन्। आफन्त गुमाएकाहरूका आँखा रसिला छन्, तर उनीहरू कोरोना संक्रमणबाट हुने मृत्युका विषयमा कुरा गर्न तयार छैनन्। बिरामीको जाँच नभएका कारण अधिकांश मानिस मृत्युलाई सामान्य मान्छन्। तर गाउँमा मृत्यु हुनेको संख्या लगातार बढीरहेको छ।

    भ्याक्सिनपछि मृत्यु हुने भ्रम

    मध्य प्रदेशको पन्ना जिल्लाको पवई विकासखण्डको १८ गाउँमा मात्र पछिल्लो एक हप्तामा १७ जनाको मृत्यु भएको छ। यसैगरी शहडोल जिल्लाको ब्यौहारी विकासखण्डमा ८७, बैतूल जिल्लाको एकमात्र गाउँ बोगाउँमा २१, यहाँसम्म कि प्रदेशको स्वास्थ्यमन्त्रीको विधानसभा क्षेत्रमा पर्ने टिकोदा गाउँमा २० दिनमा १० जनाको ज्वरो आएपछि मृत्यु भएको छ। त्यति नै संख्यामा मानिसहरू उपचारका लागि अर्को शहर गएका छन्। टिकोदाको कुल जनसंख्या ३ सय ५० रहेकोमा आधा मानिस ज्वरो तथा खोकीबाट पीडित छन्।

    मध्यप्रदेशको एक गाउँ।

    मानिसहरूको ज्वरोका कारण मृत्यु भइरहेको छ। तरपनि उनीहरू जाँच गर्न तयार छैनन्। उनीहरू बताउँछन् कि कतिपलाई भ्याक्सिन लगाएपछि ज्वरो आएको छ र ज्वरो आएकाहरू धेरै दिनसम्म ठिक भएनन् र उनीहरूमध्ये केही मरे। गाउँलेहरूभित्रको डर कतिसम्म छ कि अस्पतालमा जाँच गराउन जाँदा कोभिडको लक्षण बताएर अस्पतालमै भर्ना गरिदिन्छन्। उनीहरू बताउँछन्, ‘त्यसो हुँदा मर्ने बेलामा समेत त्यहाँबाट घर आउन समेत पाइन्न।’ छिंदवालामा स्वास्थ्य विभागको टिम जाँचका लागि सहजपुरी गाउँ पुग्दा गउँलेहरूले विरोध गरेर त्यसै फर्काइदिए।

    स्वास्थ्य विभागले भने भ्याक्सिन लगाएपछि मृत्यु भएको भन्ने कुरालाई नकारेको छ। तर यो पनि साँचो हो कि सरकारी तथ्यांकमा गाउँमा कोरोना वा ज्वरोका कारण भएको मृत्युकाबारेका सही आँकडा आएका छैनन। यसप्रकार कोभिडबाट हुने मृत्युको सही तथ्यांक कहिल्यै हामी सामु आउनेछैन। त्यसकारण आज भ्याक्सिनबाट मृत्युको डरलाई अन्त्य गर्ने कुरा नै सरकार तथा समाजका लागि सबैभन्दा ठूलो चुनौती छ।

    अन्तिम अवस्थामा मात्रै अस्पताल

    मध्यप्रदेशकै अर्को जिल्ला बैतुलमा रहेकी रेखा गुजरे भीमपुर विकासखण्डको १५५ गाउँमा काम गर्छिन्। यहाँका बासिन्दा कोभिड संक्रमणको जाँचका लागि विलकुलै तयार नरहेको रेखा बताउँछिन्। दोस्रोतर्फ मानिसहरू यति डराएका छन् कि उनीहरू भ्याक्सिनका कारण ज्यान जानसक्ने बताउँछन। उनीहरू भन्छन्–“खोप लगाएपछि चक्कर लाग्ने र ज्वरो आउने गर्छ। त्यसपछि उनीहरूलाई अस्पताल भर्ना गराइन्छ र जहाँ बिरामीको मृत्यु निश्चित छ।”

    बिरामीलाई घरमै राखेर उपचार गराउने गरिएको छ। कोही त पूजापाठ गरेर समेत निको हुने कोशिस गरिरहेका छन्। त्यहाँका बासिन्दामा रहेको यस खालको भ्रम एकदमै खतरनाक छ। यसलाई कुनैपनि हालतमा तोड्नुपर्ने हुन्छ। जब बिरामीको स्थिति धेरै गम्भिर हुन थाल्छ, तब मात्रै अस्पताल पु-याउन उनीहरू बाध्य हुन्छन्। तर त्यतिबेलासम्म धेरै ढिला भइसकेको हुन्छ।

    रेखाका अनुसार भीमपुर विकासखण्डको १५५ गाउँमा तीन प्रतिशत भन्दा कम मानिसमा मात्रै खोप लगाइएको छ। गाउँलेले भ्याक्सिनलाई नकारेका कारण प्रशासन तथा स्वाथ्यकर्मीहरू समेत चिन्तित भएका छन्। उनीहरूको भ्रम तोड्न र उनीहरूलाई जागरुक बनाउनका लागि सरकारले कुनै अलग तरिका सोच्नुपर्ने रेखा बताउँछिन्।

    उनका अनुसार उनी आवद्ध संस्थाले स्थानीयबासीलाई लगातार जागरुक गर्ने काम गरिरहेको छ। उनले बोरगाउँको बारेमा उल्लेख गर्दै भनिन् कि यहाँ एक हप्तामा सालाखाला २१ जनाको ज्वरोका कारण मृत्यु भएको छ। चिकित्सकहरूका अनुसार बिरामीहरूमा कोभिडकै लक्षण थियो। तरपनि त्यस गाउँका मानिसहरू मृत्युलाई सामान्य मान्छन्।

    रेखाले भनिन्– “संस्थाले आफ्नो तर्फबाट गाउँलेलाई अक्सिमिटर, थर्मोमिटर, स्टिम मेसिन आदि दिइरहेको छ। स्थानीयबासीलाई बिरामीको अक्सिजनको लेभल जाँच गरिरहन र अक्सिजनको लेभल कम भएपछि तुरुन्त अस्पताल लिएर जान सम्झाइरहेका छौँ।” तर यो काम संस्थाको प्रयासबाट धेरै कम गाउँमा हुन पाइरहेको छ। यसको दायरा बढाउन जरुरी छ।

    स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्

    यसैगरी पन्ना जिल्लाका समाजिक कार्यकर्ता रामनिवास खरे कोभिड संक्रमणको विषयलाई लिएर स्थानीयबासीमा भ्रमको स्थिति रहेको बताउँछन्। उनका अनुसार बिरामी भएर अस्पताल गएमा त्यहाँ कोभिड संक्रमण भएको बताएर कोभिड केयर केन्द्रमा पठाउने र त्यहाँबाट फर्केर मान्छे नआउने भ्रम स्थानीयबासीमा रहेको छ।

    कोरोना देखिएको छ कि छैन भनेर जाँच गर्नका लागि स्वाब संकलन गरिँदै।

    रामनिवास आफ्ना दाई जीतेन्द्र खरे बिरामी भएपछि पन्नाबाट छतरपुर लिएर गएको अनुभव सुनाउँदै भन्छन्–“पन्नामा उपचारको सुविधा पाइएन, त्यसैले छतरपुर लग्यौँ। त्यहाँ कोभिडको जाँच गरियो, रिपोर्ट आउन्जेलसम्म दाईलाई जनरल वार्डमा राखिएको थियो, रिपोर्टमा कोभिड संक्रमण आएपछि कोभिड वार्ड पठाउने तयारी हुँदै गर्दा कोभिडको नाम सुन्ने बित्तिकै दाईलाई हृदयाघात भयो।”

    वास्तवमा ग्रामीण क्षेत्रका मानिसहरू समुदायमा मिलेर बस्छन्। कोभिड वार्डमा उनीहरूलाई एक्लै रहनुपर्ने हुन्छ। यही सोचाईका कारण पनि उनीहरू अस्पताल जान डराउँछन्। स्थानीयबासीले पन्नाको चिकित्सा सुविधालाई उल्लेख गर्दे पवई विकासखण्डका आदिवासी प्राथमिक स्वास्थ्य केन्द्र जस्तैः मोहन्द्रा, मिरिया र हदुवा खमरियामा पछिल्लो एक वर्षदेखि डाक्टर नरहेको बताए।

    यहाँ कोही बिरामी भएमा ‘झोलाछाप’ डाक्टर नै उनीहरूको उपचार गर्छन्। कोरोना संक्रमणको जाँच वपई सामुदायिक केन्द्रमा मात्रै भइरहेको हुन्छ, जुन केन्द्र गाउँबाट लगभग ५५ किलोमिटर टाढा छ। त्यसकारण पनि त्यहाँका बासिन्दा जाँच गराउन तयार छैनन्।

    जागरुक गराउन जरुरी छ

    मध्यप्रदेशको ग्रामिण जीवन।

    मण्डलाकी अनीता संगोत्राका अनुसार यस जिल्लाभित्रका गाउँमा २२ अप्रिलदेखि महिला एवं बाल विकास विभागको टिम घर–घर गएर गाउँलेहरूको जाँच गरिरहेका छन्। उनीहरूलाई ज्वरो तथा खोकीको औषधी दिइरहेका छन्। गाउँलेहरूलाई कोरोना संक्रमणका बारेमा रहेको भ्रम तोड्न र यसबाट बचाउनका लागि जागरुक गराइरहेका छन्। अनीता बताउँछिन्, ‘कोरोनाको दोस्रो लहर पहिलेको जस्तो छैन, यद्यपि मास्क र सामाजिक दूरी कायम गरेर यसबाट बच्न सकिन्छ।’

    यहाँ बढी ज्वरो आएका मानिसलाई तुरुन्त कोभिड केयर सेन्टरमा पठाइएको छ। मवई विकासखण्डको १५ गाउँमा दुई गाउँमा संक्रमितहरू पाइएका छन्, जसमा चन्दा गाउँका मुखिया तथा उनकी श्रीमतीको कोरोनाकै कारण निधन भयो। यसको अलवा यहाँका विधायककै भाईको कोरोनाबाटै मृत्यु भयो। तर पनि धेरै मानिस भ्याक्सिनलाई लिएर भ्रमित छन्।

    उनीहरू ज्वरो आएमा आफैँ गएर जाँच गर्दैनन्। यस भ्रमलाई तोड्नका लागि कोरोना संक्रमित र संक्रमित भएर निको भएकाहरूको अनुभवलाई उनीहरूमाझ पु¥याउनु अत्यन्त जरुरी छ। यद्यपि आँगनबडी तथा स्वास्थ्य केन्द्रमा पल्स अक्सिमिटरबाट गाउँलेहरूको जाँच भइरहेको छ। तर भ्याक्सिनका बारेमा चर्चा गर्दा गाउँले वास्ता गर्दैनन्। मुखियाको मृत्यु पनि भ्याक्सिन लगाएपछि भएको दाबी उनीहरू गर्छन्।

    वास्तवमा जाँच भएर बिराम पहिचान गर्न, यसलाई स्विकार गर्न र उपचार सुरु गर्न ढिलाई भएका कारण र लक्षणका बावजुद जाँच रिपोर्टलाई पर्खिनुपर्ने कारणहरूले गर्दा गाउँमा मृत्युको संख्या बढ्नमा भूमिका खेलिरहेका छन्। यहाँको स्थिति भयावह हुनुअघि नै राज्य सरकारदेखि स्थानीय प्रशासनले सतर्क भएर काम गर्ने र बढी भन्दा बढी जारुकता अभियान चलाउनुपर्ने देखिन्छ।

    (नेपाल रिडर्सका लागि ‘सबलोगडटआइएन’बाट मेनुका बस्नेतको अनुवाद।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.