Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Thursday, May 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीन र चीनियाँ कम्युनिष्ट पार्टीलाई कसरी बुझ्ने?

सहयोगीबाट सहयोगीबाट
असार २४, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्पादकीय नोट: के चीन आक्रामक रूपमा उदाइरहको छ? चीन र चीनको कम्युनिष्ट पार्टीलाई कसरी बुझ्ने? यिनै प्रश्नका वरपर रहेर, सीजीटीएनका पत्रकार च्यू यूइले ‘चीन इन्स्टिच्युट अफ इनोभेसन एण्ड डेभलपमेन्ट रणनीति’का अध्यक्ष चाङ्ग बिजियनसँग कुराकानी गरेका छन्। बिजियनले चिनियाँ कम्युनिष्ट पार्टीको १०० बर्षे यात्रा, चिनियाँ विशेषताहरू सहितको समाजवादको चालक शक्ति रहेको ठहर गरेका छन्। आधुनिक इतिहासको कठिनपूर्ण मेहनतको परिणाम नै आजको चीन बनेको उनको ठहर छ। आज, चीन नयाँ युगको शुरूआत गर्दैछ–त्यो भनेको जनताको युग हो। यो नयाँ युगमा जुमर पुस्ता (जेनेरेशसन जेड) चिनियाँ राष्ट्रको ठूलो कायाकल्पका लागि प्रेरणा शक्ति बन्न पुगेको उनले बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो १०० औँ स्थापना दिवस मनाइरहेका बेला वास्तवमा चिनियाँहरु कता गइरहेका छन् त?

    चाङ्ग बिजियनज्यू, साक्षात्कारका लागि समय दिनुभएकोमा धेरै धन्यवाद। अन्र्तर्राष्ट्रिय समुदायले विश्वमंचमा चीनको उदय र चीनको द्रुत विकासमा धेरै चासो राखेका छन्। केहि मानिसहरूलाई लाग्छ कि चीनले एकदम छिटो आर्थिक बृद्धि गर्दैछ। केहीले यो विकास दरलाई ‘आक्रामक भएको’ पनि ठान्छन्, तपाईँको विचार के छ?

    चाङ्ग बिजियनः तपाईँलाई त्यस्तो लाग्छ? चीनको उदय आक्रामक छ? तर यसलाई आक्रामक नै भन्न मिल्दैन। केही तथ्यहरूलाई हेरौं। मलाई लाग्छ, विगत ४० बर्षभित्रमा चीनमा भएको द्रुत विकासलाई बुझ्न अन्य विभिन्न पक्षहरूमा दृष्टि दिनु पर्छ। पहिलो, यो पश्चिमी दुनियाँजस्तो उपनिवेशवादमा संलग्न भएको छैन। दोस्रो, यसले संयुक्त राज्य अमेरिकाको प्रभुत्ववादलाई पच्छ्याएको छैन। तेस्रो, यसले सोभियत संघजस्तो कुनै ‘समाजवादी गठबन्धन’ निर्माण गर्ने कोसिस गरेको छैन। चौथो, यो नाटो र वार्सा सम्झौताजस्ता सैन्य गठबन्धनमा संलग्न भएको छैन। पाँचौं, यो पहिलो र दोस्रो विश्व युद्धमा केही देशहरुले राम्रो हैसियत प्राप्त गर्नका लागि लडेझेँ कुनै युद्ध लडेको छैन। यी सबै हालसम्मका तथ्यहरू हुन्। हामी यी कुनै पनि गतिविधिमा संलग्न भएका छैनौं। हामी आक्रामक भएर होइन कि हामीले शान्तिमय उदय र विकासको मार्ग अनुसरण गरेका छौँ।

    च्यू यूइः यो वर्ष चीनले आफ्नो कम्युनिष्ट पार्टीको स्थापनाको १००औं वार्षिकी मनायो, मनाउँदैछ। चीनको भविष्यका बारेमा तपाईँ के सोच्नुहुन्छ?

    चाङ्ग बिजियनः आज चीन नयाँ युगमा प्रवेश गर्दैछ र त्यसलाई हामी जनताको युग भन्छौँ। चिनियाँ राष्ट्रको महान कायाकल्पको ऐतिहासिक मिसनको सफलता नयाँ युगका हाम्रै जनतामा निर्भर गर्दछ। एकातिर, तपाईंसँग ‘जनताको नयाँ युग’ छ, र अर्कोतर्फ तपाईसँग ‘नयाँ युगका मानिसहरू’ छन्। सहस्राब्दी र जेनेरेसन जेड (खासगरी सन् १९९० देखि २०१० को कालखण्डमा जन्मेको नयाँ पुस्ता), जसलाई हामी सामान्य रूपमा स्वागत गर्दैछौं/बोलाउँदछौँ। उनीहरू नै यो नयाँ युगमा चिनियाँ राष्ट्रको ठूलो कायाकल्पका लागि प्रेरणा शक्ति बनिरहेको छ।

    ‘चीनलाई बुझ्ने’बारे कुरा गरिरहँदा, जून २१ मा महासचिव सी जिनपिङले पेकिङ् विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लेखेको पत्रमा आजको चीनलाई बुझ्नका लागि तपाईँले चीनको कम्युनिष्ट पार्टीलाई बुझ्नुपर्छ भनेका थिए। र, तपाईँले पनि बारम्बार भन्नुभएको छ कि चीनको भविष्यको रणनीति बुझ्न चीनको कम्युनिष्ट पार्टीलाई बुझ्नु आवश्यक छ। तर हामी चीनिँया कम्युनिष्ट पार्टीलाई बुझ्छौं? चीनको कम्युनिष्ट पार्टीलाई बुझ्नु किन आवश्यक छ?

    चिनियाँ विशेषताहरूसहितको समाजवादको चालक शक्ति बन्ने कुरा र चिनियाँ जनताको मुख्य केन्द्र हुने कुरा नै चिनियाँ कम्युनिष्ट पार्टीको १०० बर्षे यात्रा हो। यो आधुनिक इतिहासको कठिनपूर्ण मेहनतहरूको परिणाम हो। यो आधुनिक इतिहास भनेको सन् १८४० को अफिम युद्धदेखि सन् १९४९ यता जनगणतन्त्र चीनको स्थापना भएपछिका १०९ बर्षसमेतको इतिहास हो।

    धेरै पश्चिमीहरूले प्रायजसो जहिले पनि सोध्छन् कि चीनले बहुदलीय प्रणाली वा दुई–पार्टी प्रणाली किन अपनाउँदैन। चीनको इतिहासबाट धेरै अनभिज्ञ भएका कारण उनीहरूले यस्तो प्रश्न सोधेझैँ लाग्छ। वास्तवमा अफिम युद्वपछि चीनका सुधारवादीहरू बहुदलीय प्रतिस्पर्धासहित पश्चिमबाट उत्तम ज्ञान र अभ्यासहरू लिन चाहन्थे किनकि देश चलाउने सही तरिका नै त्यही हो भन्ने सोचाइ राख्दै आएका थिए उनीहरू। ख्याल राख्नुहोला, सन् १९१३ मा, गणतन्त्र चीनको शुरुआतमा ३०० भन्दा बढी ‘राजनीतिक दलहरू’ थिए र प्रतिक्रियावादी युआन सिकाइ ‘चुनिएका’ राष्ट्रपति थिए, जसले पछि ८३ दिनको अल्पकालीन शासनकालमै वंशानुगत राजतन्त्र बहाल गरे। नतिजा स्वरूप, चीनको बहु–पार्टी प्रणाली पूर्ण रूपमा असफल भयो।

    त्यस्तो होइन कि चीनले कहिले पनि बहुदलीय प्रणाली अभ्यास गरेकै छैन। वास्तवमा चीनले धेरै अघि नै त्यस्तो प्रणाली अपनायो, जसलाई अन्तमा एक सम्राटले ‘फालिदियो’। चिनियाँ कम्युनिष्ट पार्टीको प्रारम्भिक पुस्तालगायत चीनमा प्रगतिशील सोच भएका धेरै मानिसहरू एक समय प्रजातान्त्रिक थिए, जसले साँचो रूपमा पश्चिमी प्रजातन्त्रको अभिलाषा गरेका थिए। तर पछि यो महसुस भयो कि यो एउटा मृत अवस्था हो। योभन्दा पनि नराम्रो कुरा, यसले चीनलाई पश्चिमी साम्राज्यवादको प्रहारका लागि सहज बनायो। त्यसमा जापानी साम्राज्यवादीहरू पनि थिए, जसले चीनमाथि आक्रमण गर्न र शासन गर्न खोजेका थिए। अध्यक्ष माओत्सेतुङले एक पटक प्रसिद्ध आफ्नो ‘जनवादी अधिनायकत्व’ नामक लेखमा भनेका थिए, ‘चिनियाँहरूले पश्चिमी देशहरूबाट सिक्ने कल्पनालाई साम्राज्यवादी आक्रमणहरूले चकनाचुर पारेको छ। यो एकदम अनौठो कुरा हो–किन शिक्षकहरू आफ्ना विद्यार्थीहरूविरूद्व सधैँ आक्रमण गर्छन्? चिनियाँहरूले पश्चिमबाट धेरै कुरा सिकेका छन्।, तर यसले काम गर्दैन, र त्यो आदर्श कहिल्यै साकार हुन सक्दैन।’

    निश्चितै रूपमा, पश्चिमी लोकतन्त्रको भ्रमपूर्ण मार्ग नै चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको मूल कारण हो। वास्तवमा, वर्षौँको अनुभवमा, हामीले मध्यपूर्वमा तथाकथित ‘जस्मिन क्रान्ति’ र अन्यत्र पश्चिमी ‘लोकतान्त्रिक चुनाव’लाई नक्कल गर्ने त्यस्ता प्रयासहरू देख्यौं, तर ती केबल भ्रम थिए अन्ततः पश्चिमी षडयन्त्रमा परिणत भए। सत्य भन्नुपर्दा, चिनियाँहरूले १०० वर्ष पहिले नै त्यस्ता अभ्यासहरूको अनुभव गरिसकेका थिए।

    आजको चीनमा हामी कुन मार्ग अनुसरण गर्दैछौं भनेर पनि हामी प्रष्ट हुनुपर्दछ। वास्तवमा हामी प्रजातन्त्रको मार्ग अनुसरण गरिरहेका छौं, तर पश्चिमी देशहरूको भन्दा भिन्न प्रकारको प्रजातन्त्र हो यो। जसलाई हामी ‘जनताको प्रजातन्त्र’ भन्छौं। सीपीसीले राज्य शक्ति प्रयोग गर्छ, र चीनमा आठ अन्य दलहरूले राज्य मामिलाको प्रशासनमा पूर्ण रूपले अहिले पनि भाग लिन्छन। चीनमा पनि द्रुत रूपमा विकसित, परिष्कृत चुनाव र परामर्श प्रणाली रहेको छ। यी दुई समानान्तर लोकतान्त्रिक प्रणालीले ‘पश्चिमी चुनावी लोकतन्त्र’भन्दा अझै उन्नत लोकतन्त्रको अभ्यास गर्ने गरेको छ। हामीसँग ‘चुनावी प्रजातन्त्र’मात्र नभई चुनावपछि ‘परामर्श प्रजातन्त्र’ पनि छ। चीनको यो प्रक्रियाले लोकतन्त्रका सम्पूर्ण प्रक्रियालाई समेट्छ, जन्म दिन्छ। यसबाहेक, चीनियाँ प्रजातन्त्र र कानूनी शासनको संयोजन ‘चिनियाँ विशेषतासहितको समाजवादी प्रजातन्त्र’को उत्तम अभ्यास हो।

    सिसिटिएनबाट महेश पाण्डेयको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.