Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जलवायु परिवर्तनको असर : घट्दो हिउँ र बढ्दो समुन्द्री सतह

विश्वको औसत तापक्रम सन् १८५० र सन् १९०० को बीचको अवधिको तुलनामा १.०९ डिग्री सेल्सियस बढी छ। रिपोर्टका अनुसार जमिनको सतहको तुलनामा समुन्द्री सतहको तापक्रममा कम वृद्धि भएको छ। सन् १८५० यता समुन्द्री सतहको तापक्रम जमिनको तुलनामा औसत ०.९ डिग्री कम भएको छ।

nepal_readers nepal_readers
भदौ ३, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राष्ट्र संघ (युएन)का तर्फबाट केही समय अघि जारी गरिएको एउटा रिपोर्टले तापमान वृद्धिका कारण ग्लेसियरहरू (हिमनदी) घट्दै गएको र समुन्द्रको सतह बढ्दै गएको चेतावनी दिएको छ। यस रिपोर्टले जलवायु परिवर्तनका लागि सबैभन्दा बढी कारक र जिम्मेवार मानिस जाति रहेको पनि बताएको छ। विश्वभरका नेताहरूले जुन जलवायू परिवर्तनको जुन सीमालाई रोक्न आह्वान गर्दै आएका थिए, विश्वको तापमानले त्यही सीमालाई नाघ्ने कुरा रिपोर्टमा उल्लेख छ। राष्ट्रसंघले यसलाई ‘मानवताका लागि कोड रेड’ को नाम दिएको छ।

    ‘अमेरिकाको वायुमण्डलीय अनुसन्धानका लागि राष्ट्रिय केन्द्र’का वरिष्ठ जलवायु वैज्ञानिक तथा यस रिपोर्टका सहलेखक लिन्डा मन्र्सले भनिन्, ‘अवस्था अझै बिग्रन गइरहेको कुराको ग्यारेन्टी छ। मैले यस्तो कुनै सुरक्षित ठाउँ देखिरहेको छैन। न भाग्ने ठाउँ छ न त लुक्ने नै।’

    यद्यपि कतिपय वैज्ञानिकहरू जलवायु परिवर्तनबाट हुने विनाशको आशंकालाई लिएर थोरै लचकता देखाउँछन्। जलवायु परिवर्तनमाथि अधिकार प्राप्त अन्तर सरकारी समिति (आईपीसीसी) को रिपोर्टले जलवायु परिवर्तनलाई पूर्णतः मानव निर्मित भनेको छ। पछिल्लो पटक सन् २०१३ मा जारी भएको रिपोर्टको तुलनामा यो रिपोर्ट २१ औं शताब्दीका लागि बढी वास्तविक छ भने यसले अगामी दिनमा पृथ्वीको तापमान अझै बढ्ने भविष्यवाणी गर्छ।

    आईपीसीसीको अहिलेसम्मको सबैभन्दा गम्भीर यस रिपोर्टका अनुसार पूर्व औद्योगिक समय (१८५०–१९००) पछि पृथ्वीको तापमान १.०९ डिग्री सेल्सियस बढिसकेको छ। रिपोर्टले समुन्द्रको सतहमा वृद्धि र ग्लेसियर पग्लिने जस्ता परिवर्तनहरू निरन्तर रहेको उल्लेख गरेको छ। मानव निर्मित यस जलवायु परिवर्तनबाट बच्न अब सम्भव नरहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ। जलवायु परिवर्तनले अहिले पृथ्वीका हरेक महाद्वीप, क्षेत्र तथा महासागर र मौसमको प्रत्येक स्वरुपलाई प्रभावित गरिरहेको छ।

    लामो समयदेखि प्रतिक्षित यस रिपोर्टका भविष्यवाणीहरू सन् १९८८ मा प्यानल गठन भए यताको छैटौँ आँकलन हो। यस रिपोर्टले आउँदो नोभेम्बरमा स्कटल्यान्डको ग्लासगोमा हुने महत्वपूर्ण अन्तराष्ट्रिय शिखर सम्मेलन भन्दा अघि नै विश्वका नेताहरूलाई जलवायु परिवर्तनका बारेमा सबैभन्दा सामयिक र सही जानकारी दिनेछ। राष्ट्र संघ र विश्व मौसम विज्ञान संगठनको शीर्ष जलवायु विज्ञान निकाय हो आईपीसीसी।

    पृथ्वीको जलवायुको स्थिति र मानव गतिविधिहरूले पृथ्वीलाई कसरी प्रभािवत गर्छ भन्ने विषयमाथि सुझाव दिने वैश्विक प्राधिकरण हो यो। आईपीसीसी रिपोर्टका लेखकहरूले विश्वभरका हजारौं वैज्ञानिकहरूको अध्ययनबाट प्राप्त जानकारीका आधारमा यस मूल्यांकनलाई तयार पारेका हुन्। यो रिपोर्ट ३९ हजार पृष्ठ लामो छ।

    कठोर निर्णयको आवश्यकता

    गत १० अगस्टमा पर्यावरण विशेषज्ञहरूले यी असीमित घटनाहरूको बढ्दो प्रभावहरूको सामना गर्नका लागि तत्काल कदम उठाउँदै ग्रीन हाउस ग्यासको उत्सर्जनलाई कम गर्न र जलवायु अनुकूल परम्परागत ढाँचाको निर्माणमा ध्यान केन्द्रित गर्न भारत सरकारलाई समेत सुझावहरू दिइएको छ। यसो नगरिए जलवायु परिवर्तनको प्रभाव बलियोसँग जारी रहने यस रिपोर्टमा चेतावनी दिइएको छ।

    रिपोर्टका लेखकहरूमध्ये एक कृष्णअच्युत रावले कार्बन उत्सर्जन शुन्य नभएसम्म जलवायु परिवर्तनको प्रभाव मजबुत रूपमा जारी रहने बताए। उनले भने, ‘जलवायु परिवर्तनलाई रोक्नका लागि सबै देशहरूले समान रूपमा सुधारात्मक कदम चाल्न जरुरी छ। यसमा ग्रीन हाउस ग्याँस (जीएचजी) र खासगरी कार्बन डाइअक्साइडको उत्सर्जनलाई तीव्र रुपमा कम गर्न सकिन्छ। यसका लागि सम्बन्धित देशहरूले कठोर निर्णय लिनुपर्ने हुन्छ।’

    वल्र्डवाइड फन्ड फर नेचर (डब्ल्युडब्ल्यूएफ इन्डिया)को जलवायु परिवर्तन र उर्जा कार्यक्रमका निर्देशक टीएस पवारले विश्वव्यापी तापमान वृद्धिको सामना गर्न ढिलाई गर्नाले विश्वभर विनाशकारी परिणाम आउन सक्ने चेतावनी दिए।

    विश्वको औसत तापक्रम सन् १८५० र सन् १९०० को बीचको अवधिको तुलनामा १.०९ डिग्री सेल्सियस बढी छ। रिपोर्टका अनुसार जमिनको सतहको तुलनामा समुन्द्री सतहको तापक्रममा कम वृद्धि भएको छ। सन् १८५० यता समुन्द्री सतहको तापक्रम जमिनको तुलनामा औसत ०.९ डिग्री कम भएको छ।

    सबैभन्दा बढी कारक मानिस

    पहिलोपटक आईपीसीसीले आफ्नो रिपोर्टमा स्पष्ट रूपमा भनेको छ, ‘वातावरण, भूमि र महासागरहरूमा महशुस गरिएको तापमान वृद्धिका लागि मानिस नै जिम्मेवार छ।’ आईपीसीसीको रिपोर्टका अनुसार पृथ्वीको सतहको आम तापक्रम सन् १८५० – १९०० यताका पछिल्ला दशकमा १.०९ डिग्री सेल्सियस बढिसकेको छ। यो सन् २०१३ मा आएको यसअघिको रिपार्टेको तुलनामा ०.२९ डिग्री सेल्सियस बढी तापक्रम हो।

    १.०९ डिग्री सेल्सियस तापमान वृद्धि मध्ये १.०७ डिग्री सेल्सियसको तापमान भने मानवीय गतिविधिहरूसँग जोडिएको ग्रीनहाउस ग्यासका कारण बढिरहेको छ। अर्को शब्दमा भन्नुपर्दा लगभग सबै विश्वव्यापी तापमान वृद्धि मानिसकै कृयाकलपाका कारण बढिरहेको छ।

    पछिल्लो २ हजार वर्षमा कुनैपनि ५० वर्षको अवधिको तुलनामा सन् १९७० यताको पछिल्लो ५० वर्षमा पृथ्वीको सतहको तापक्रम तीव्र गतिमा बढेको देखिन्छ। साथमा समुन्द्रको २ हजार मिटरभन्दा बढी गहिराईसम्म तापक्रम पुगिरहेको छ। आईपीसीसीका अनुसार मानवीय गतिविधिहरूले वैश्विक वर्षा (वर्षा र हिमपात) लाई पनि प्रभावित गरेको छ। सन् १९५० यता कुल विश्वव्यापी वर्षामा वृद्धि भएको छ। तर कुनै क्षेत्र बढी रसिलो र कुनै क्षेत्र बढी सुख्खा हुने गरेको छ।

    अधिकांश भू–क्षेत्रहरूमा भारी वर्षाको आवृत्ति र तिव्रतामा वृद्धि भएको छ। बढी तातो वातावरणले अधिक ओस धारण गर्न सक्षम भएकाले यस्तो भएको हो। प्रत्येक अतिरिक्त तापमानले लगभग ७ प्रतिशत बढी वर्षा गराउँछ।

    कार्बनडाइअक्साइडको उच्च वृद्धि

    वायुमण्डलीय कार्बनडाइअक्साइड (सिओ२) को वर्तमान वैश्विक सान्द्रता (कन्सन्ट्रेसन) अधिक छ। र, यो कम्तिमा पछिल्लो २० लाख वर्षमा यसअघिका कुनैपनि समयको तुलनामा तीव्रताका साथ बढीरहेको छ। औद्योगिक क्रान्ति(सन् १७५०) देखि जुन गतिमा वायुमण्डलीय कार्बनडाइअक्साइड वृद्धि भएको छ, यो पछिल्लो ८ लाख वर्षको दौरानमा कुनैपनि समयको तुलनामा कम्तिमा दस गुणा बढी तेज छ। र, पछिल्लो ५ करोड ६० लाख वर्षको तुलनामा चार देखि पाँच गुणा बढी तेज छ।

    करीब ८५ प्रतिशत कार्बनडाइअक्साइड जीवाश्म इन्धन (फसिल फ्युल; पेट्रो, डिजेललगायतका इन्धन)को जलनबाट उत्सर्जन हुन्छ। बाँकी १५ प्रतिशत भूमि उपयोग परिवर्तनः जस्तैः वन कटान र पृथ्वीको क्षयीकरणबाट उत्पन्न हुन्छ। अन्य ग्रीनहाउस ग्यासको सान्द्रताले पनि जलवायु परिवर्तनमा असर गरेको छ। मिथेन र नाइट्रस अक्साइड, कार्बडाइअक्साइडपछि बढ्दो तापमानका लागि दोस्रो र तेस्रो जिम्मेवार छन्। मिथेन र नाइट्रस अक्साइड पनि तीव्र गतिमा बढिरहेका छन्।

    मानव गतिविधिहरूबाट हुने मीथेन उत्सर्जन ठूलो मापनमा पशुउद्योग र जीवाश्म इन्धन उद्योगबाट आउँछ। नाइट्रस अक्साइडको उत्सर्जन मुख्य रूपबाट फसलमाथि नाइट्रोजन उर्वरको उपयोगबाट हुन्छ।

    अत्याधिक गर्मी र भारी वर्षा

    सन् १९५० पछि अधिकांश भूमि क्षेत्रमा अत्यधिक गर्मी, हीटवेभ र भारी वर्षा लगातार रूपमा तीव्र भएको छ। पछिल्ला वर्षमा तापक्रम चरम सीमामा पुगेको कुरा रिपोर्टमा प्रकाश पारिएको छ। जस्तैः २०१२–२०१३ को अस्ट्रेलियाको गर्मी, जुन जलवायुमाथि मानवले पारेको असरबिना एकदम असम्भव छ।

    यस्ता जटिल घटनाहरूमा पहिलो पटक मानवबाट परेको प्रभाव पनि पत्ता लागेको छ। उदाहरणका लागिः एकै समयमा हीटवेब, सुख्खापन र आगो लाग्ने घटनाहरू धेरै पटक हुने गर्छ। यी मिश्रित घटनाहरू अस्ट्रेलिया, दक्षिणी युरोप, उत्तर युरेसिया र अमेकिारका केही भाग र अफ्रिकी उष्ण कटिबंधीय (ट्रपिकल) जंगलमा देखियो।

    महासागरमा अम्लीकरण

    महासागरले ९१ प्रतिशत उर्जा वायुण्डलमा भएको ग्रीनहाउस ग्याँसमा भएको वृद्धिबाट प्राप्त गर्छ। ग्रीनहाउस ग्याँसमा भएको वृद्धिले समुन्द्रको तापक्रमलाई बढाएको छ र यसले अधिक समुन्द्री हीटवेभलाई जन्म दिएको छ। खासगरी पछिल्लो १५ वर्षमा यो घटना बढेको छ।

    समुन्द्री तापमानको वृद्धिका कारण सामुन्द्रिक जीवनको सामूहिक मृत्यु हुन सक्ने खतरा उत्तिकै छ। उदाहरणका लागिः कोरल ब्लीचिङको घटना। बढ्दो तापमानका कारण लेउ बढ्ने र विभिन्न प्रजातीहरूको संरचनामा व्यापक परिवर्तन पनि हुनसक्छ। पेरिस सम्झौता अनुसार विश्वको तापमान १.५–२.० सम्ममै सीमित राख्न सकेको अवस्थामा पनि शताब्दीको अन्त्यसम्ममा हीटवेब चार गुणा बढी हुन जान्छ।

    बरफको सतह र हिमनदी पग्लिने क्रम र बढ्दो तापमानका कारण समुन्द्रको पानी फैलिंदै गएको छ। रिपोर्टका अनुसार सन् १९०१ देखि २०१८ को बीचमा औसत रूपमा समुन्द्रको स्तरमा ०.२ मीटरको वृद्धि भएको छ। समुन्द्रको स्तर बढ्ने दर सन् १९०१ – १९७१ सम्म १.३ मिलीमिटर प्रति वर्ष, सन् १९७१–२००६ को दौरान प्रतिववर्ष १.९ मिलीमिटर र २००६ –२०१८ को दौरान प्रतिवर्ष ३.७ मिलीमिटर रहेको छ।

    कार्बनडाइअक्साइड बढेका कारण सबै महासागरमा अम्लीकरण भइरहेको छ। दक्षिणी महासागर र उत्तरी अटलान्टिकमा २ हजार मीटर भन्दा बढी गहिराईसम अम्लीकरण भइरहेको छ।

    केही परिवर्तन अपरिवर्तनीय छन्

    आईपीसीसीका अनुसार यदि हामीले जलवायु परिवर्तनलाई छिट्टै स्थिर गरिदियौँ भन्ने पनि जलवायु परिवर्तनका कारण भएका क्षतिलाई शताब्दीऔं वा सहस्राब्दिऔंसम्म पनि सच्याउन सकिँदैन। उदाहरणका लागि यस शताब्दीमा २ डिग्री सेल्सियसको तापमान वृद्धिबाट २ हजार वर्षमा औसत वैश्विक समुन्द्रस्तरमा २ देखि ६ मीटरको वृद्धि हुनेछ। यो भन्दा बढी उत्सर्जन भयो भने समुन्द्रको स्तर झनै बढ्नेछ।

    विश्वस्तरमा सन् १९५० देखि लगातार ग्लेसियर घटिररहेको छ र वैश्विक तापमान स्थिर भएपनि यो क्रम दशकौंसम्म चलिरहने छ। यसैगरी कार्बनडाईअक्साइड उत्सर्जन बन्द भएपनि समुन्द्रको अम्लीकरण हजारौं वर्षसम्म रहिरहनेछ। आईपीसीसीले हरेक सात वर्षमा जलवायुको स्थितिमा रिपोर्ट जारी गर्ने गरेको छ। यो रिपोर्ट जलवायु परिवर्तनको विज्ञान, यसको प्रभाव र यससँग जोडिएका तमाम स्वरुपहरूमाथि सबैभन्दा अपडेटेट र सहकर्मी –समीक्षित शोधहरूको सारांश हो।

    यो रिपोर्टको उद्देश्य सबैलाई, खासगरी सरकारी विभागहरूलाई जलवायु परिवर्तनका सम्बन्धमा महत्वपूर्ण निर्णय लिनका लागि आवश्यक जानकारी प्रदान गर्नु हो। आईपीसीसीले सरकारको जलवायु परिवर्तको विज्ञान, जोखिम र सामाजिक एंव आर्थिक घटकहरूका बारेमा प्रकाशित हजारौँ पात्रका समग्र संस्करण अनिवार्य रूपमा प्रदान गर्छ।

    आईपीसीसीले विभिन्न देशका सरकारहरूको कर्तव्यका बारेमा सम्झाउने गर्छ। यसको लक्ष्य जलवायु परिवर्तन, यसले पार्ने भविष्यको जोखिम र तापमानको दरलाई कम गर्र्नुको विकल्पमाथि नवीनतम ज्ञान प्रदान गर्नु हो।

    आईपीसीसीले आफैँ अनुसन्धान गरेर रिपोर्ट बनाउँदैन। यसले अरु कुनै प्रतिवेदनहरूको सारांश प्रस्तुत गर्छ। पछिल्लो रिपोर्ट विश्वभरका आईपीसीसी सदस्य सरकारले छानेका २ सय ३४ वैज्ञानिकहरूद्वारा लेखिएको हो। यी वैज्ञानिकहरू पृथ्वी र जलवायु विज्ञान विशेषज्ञहरू हुन्। यिनले यस रिपोर्टका लागि १४ हजार भन्दा बढी शोधपत्रको अध्ययन गरेका थिए।

    सीमाभन्दा पर तापमान पुग्ने चेतावनी

    पेरिस जलवायु सम्झौतामाथि सन् २०१५ मा करीब २०० देशहरूले हस्ताक्षर गरेका थिए। यसमा हस्ताक्षरकर्ता देशहरूबीच वैश्विक तापमानलाई दुई डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) भन्दा कम राख्ने र यो पूर्व औद्योगिक समयको तुलनामा शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेल्सिय (२.७ फारेनहाइट) भन्दा बढी नबनाउने सहमति भएको छ।

    यद्यपि, कुनै पनि हालतमा विश्वमा सन् २०३० को दशकमा १ं५ डिग्री सेल्सियस ताममानको आँकडालाई पार गर्ने आईपीसीसीको रिपोर्टमा उल्लेख छ। यो मिति पूराना रिपोर्टहरूमा उल्लेख गरिएभन्दा अगाडिको समय हो। यस आँकडाले पछिल्ला वर्षहरूमा तापमान धेरै बढेको देखाउँछ।

    अमेरिकाको राष्ट्रिय सामुन्द्रिक एंव वायुमण्डलीय प्रशासनका वरिष्ठ जलवायु सल्लाहकार र आईपीसीसीका उपाध्यक्ष को बेर्रेटले भने, ‘रिपोर्टले हामीलाई जवलायुमा हालको समयमा भएको बदलाव व्यापक, तीव्र, गहन र हजारौँ वर्षमा अभूतपूर्व रहेको देखाएको छ। हामी जुन परिवर्तनहरूको अनुभव गरिहेका छौँ, तापमानको साथ अझै यो बढ्नेछ।’

    रिपोर्टमा तापमानका कारण समुन्द्रको स्तर बढिरहेको र बरफको दायरा खुम्चिदै गएको उल्लेख छ, साथमा हीटवेव, सुख्खा, बाढी र तुफानका घटनाहरू बढीरहेको बताइएको छ।

    उष्णकटिबन्धीय चक्रवात अझै बलियो र वर्षासहितको बन्दै गइरहेको छ। जबकि आर्कटिक समुन्द्रमा तापका कारण बरफ पग्लिरहेको छ र यस क्षेत्रमा सधैं जमीरहने गरेको बरफको मात्रा घट्दै गइरहेको छ। यी सबै घटना हेर्दा जलवायु परिवर्तनका कारण विश्वको स्थिति झनै खराब हुँदै गइरहेको छ।

    रिपोर्टका अनुसार यसअघि प्रत्येक ५० वर्षमा आउने गरेको हीटवेभ (लु) हाल प्रत्येक दशकमा आइरहेको छ। साथै, यदि विश्वको तापमान प्रत्येक सात वर्षमा एक डिग्री (१.८ फरेनहाइट) बढ्दै जान थाल्यो भने १–१ वर्षमा लु आउनेछ।

    द वायर हिन्दीबाट मेनुका बस्नेतको अनुवाद ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.