Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
Monday, May 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनैको ज्वरो

“ब्राह्मणले लगाउने जनै कपासले बनेको, क्षेत्रीको जनै जुट (सनपाट,पटुवा, पाट)बाट बनेको र वैष्यको जनै भेडाको उन को डोरो बाट बनेको हुनुपर्छ ।”– मनु २ः२९

भोगेन्द्र कट्टेल भोगेन्द्र कट्टेल
भदौ ७, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जनैलाई यज्ञोपवित पनि भनिन्छ। यज्ञ +उपवित अर्थात् यज्ञोपवित, अर्थः यज्ञ द्वारा पवित्र गरिएको सुत्र। यज्ञोपवीत संस्कारलाई व्रतबन्ध, बर्तमन,उपनयन, बर्तुन आदि विभिन्न नामले पुकारिन्छ।

    वर्ण व्यवस्थामा यो संस्कार प्रथम तीन वर्णहरू ब्राह्मण, क्षत्रिय र वैश्य का लागि मात्र हो। सूद्र र स्त्रीका लागि व्रतबन्ध गर्ने र जनै लगाउने अनुमति छैन। उपनयन संस्कार वेद अध्ययनको पूर्वसर्त हो। अर्थात वेद अध्ययन गर्न सुरु गर्नुपूर्व उपनयन संस्कार गरिनु अनिवार्य मानिन्छ तर शुद्र र स्त्रीलाई वेद अध्ययन गर्ने अनुमति नभएकाले शूद्रको र स्त्रीको उपनयन हुने कुरा पनि भएन।

    मनुष्यको पहिलो जन्म आमाको गर्भबाट र दोस्रो जन्म उपनयन संस्कार बाट हुने मान्यता रहेकोले यज्ञोपवित सम्पन्न ब्राह्मण, क्षेत्री र वैश्यलाई द्विज भन्ने गरिन्छ। ब्रह्मोपनिषदले यज्ञोपवितलाई श्रेष्ठ र परम पवित्र भनेको छ। यज्ञोपवीत धारण गर्नाले आयु वृद्धि र उत्तम विचार तथा धर्मको बाटोमा हिन्ने उत्तम सन्तान प्राप्त हुन्छ भन्ने मान्यता पाइन्छ। यज्ञोपवीत (जनै)ले बल र तेज दुवै प्रदान गर्छ भनेर पण्डितहरूले जनैको महत्व को बखान गर्ने गरेको पनि पाइन्छ।

    त्यसैगरी, जनै लगाउनाले व्यक्तिमा शुद्ध चरित्र आउने, कर्तव्यपरायण बोध भई सत्कर्म सम्पन्न हुने आदि जस्ता गुण र महत्वको बखान गर्ने गरिएको पाइन्छ। उपनयनका तीन परम लक्ष्य बताइएको पाइन्छ :

    १. सत्य व्यवहारको आकांक्षा

    २. अग्नि समान तेजस्वीता

    ३. दिव्य गुणको पवित्रता

    साङ्ख्य स्मृतिले जनै लगाउने उमेर ब्राह्मणका लागि १६ वर्ष क्षेत्रीय को लागि २० वर्ष र वैष्यका लागि २४ वर्ष सम्म तोकेको छ। उक्त आयुभित्र जनै नलगाउने ब्यक्ति व्रात्य दोषका कारण धर्मकर्म रहित हुने र कतिसम्म पतित हुने रे भने ऊद्वारा गरिएको कुनै पनि धार्मिक कार्य सफल नै नहुने रे। त्यसैगरी, मनुस्मृति अनुसार ब्राह्मणको उपनयन गर्भबाट आठौं वर्ष, क्षेत्रीको एघारौ वर्ष तथा वैश्यको बाह्रौँ वर्षमा हुनुपर्छ।

    यो विभेद किन? यस नियमले ब्राह्मणभन्दा अन्य वर्णका बालक व्रतबन्धका लागि ढीलो योग्य हुने कुरा मानेबाट ब्राह्मण श्रेष्ठ र अन्य वर्णन निच्च भन्ने मान्यता स्थापित गर्न खोजेको देखिन्छ, जुन विभेदकै रुप हो। मनुस्मृतिले अझ एक कदम अगाडि बढेर कुन वर्णका व्यक्तिले केबाट बनेको जनै लगाउनुपर्ने भन्ने फरक–फरक व्यवस्था गरेर विभेदलाई अझ मजबुत बनाएको देखिन्छ। “ब्राह्मणले लगाउने जनै कपासले बनेको, क्षेत्रीको जनै जुट (सनपाट,पटुवा, पाट)बाट बनेको र वैष्यको जनै भेडाको उन को डोरो बाट बनेको हुनुपर्छ।”– मनु २ः२९

    यो विभेद किन? यस प्रकारको विभेदको उद्देश्य पनि समाजमा ब्राह्मणणको श्रेष्ठता कायम राख्ने रहेको प्रष्ट हुन्छ। यसबाट उत्तम वस्तुको प्रयोगमा ब्राह्मणहरू एकलौटी हक कायम गर्न चाहन्थे भन्ने पनि प्रष्ट हुन्छ। किनभने ब्राह्मण पण्डितहरू यस पृथ्वीको मालिक नै आफूलाई ठान्दथे। “ब्राह्मण को उपनयन वसन्त ऋतुमा,क्षेत्री को ग्रीष्ममा र वैष्यको शरद ऋतुमा हुनुपर्छ !” यो व्यवस्थाले पनि वर्ण भित्रको चरम विभेदलाई प्रष्ट पार्दछ।

    यदि जनै लगाउँदा आयु बढ्ने, असल विचार पैदा हुने हो भने स्त्री र सूद्रलाई यस कार्यबाट किन वञ्चित गरियो? स्त्री र शुद्रको आयु बढ्नु हुँदैन ? स्त्री र सूद्रमा असल विचार र भाव पैदा हुनु हुँदैन? तर स्त्री र शुद्रलाई जनै लगाउन बाट बञ्चित गरियो किनभने स्त्री र शुद्रलाई निचजन्मा भनिएको थियो। तसर्थ, जनै स्त्री र शुद्र प्रतिको विभेद र अपमानको प्रतीक पनि हो।

    जनै लगाउँदैमा ज्ञान र दिव्य गुण पैदा हुने भए हाम्रो समाज पूर्ण रूपमा वैज्ञानिक,आविष्कारहरु,दार्शनिकहरु र असल मानिसहरूले भरिभराउ हुनुपर्ने तर हाम्रो समाज त त्यस्तो छैन। हाम्रो समाज त भ्रष्टाचार, अनैतिकता,खराब विचार, बेइमानी, अज्ञान, गरिबी आदि समस्याबाट ग्रसित छ।

    जनै लगाउँदा आयु बढ्ने भए जनै धारी हरु को आयु संसारमै सबैभन्दा बढी हुनुपर्ने तर हामी जनै धारी हरु को औसत आयु संसारका धेरै देशहरु को भन्दा कम छ। जनै नलगाउने जापानीहरूको औसत आयु ८० वर्षभन्दा बढी छ। आयु त उत्तम आहार र उपयुक्त शारीरिक क्रियाको आपसी सम्बन्धबाट बढ्ने हो। तसर्थ, जनै लगाएर ज्ञान–बुद्धि , तेज विवेक र आयु प्राप्त हुने कुरा कोरा कल्पना,आत्मरती र झूटो आलाप मात्र प्रतित हुन्छ।

    खासमा जनै एक खास वर्गको अहंको प्रतीक मात्र हो।

    – कट्टेलको फेसबुकबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      भोगेन्द्र कट्टेल

      भोगेन्द्र कट्टेल

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.