Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो शरिया कानून? यसको प्रयोग सही छ?

केही देशहरूमा शरिया कानून लागु गर्ने माग भइरहेका बेला अफ्रिकी देश सुडान, जहाँ गत तीस बर्षसम्म इस्लामी शासन थियो, त्यहाँ शरिया कानूनको अन्त्य गरिएको छ । सुडान पुनः लोकतान्त्रिक देशका रूपमा स्थापित हुन प्रयासत छ। जबकि पहिले सुडानमा इस्लाम छोड्नेलाई इस्लामीक शरिया कानूनअनुसार मृत्युको सजायँ पनि दिइन्थ्यो।

तनवीर जाफर तनवीर जाफर
भदौ ९, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अफगानिस्तानको राजधानी काबुललाई अगस्ट १५ मा तालिबानले कब्जा गर्‍यो। कब्जासँगै उनीहरूले एकपटक फेरी अफगानिस्तानमा शरिया कानून लागू गर्ने घोषणा गरेका छ्न। सामान्यतः इस्लामी शरिया (नियम/कानून) को नीतिअनुसार चल्ने एक प्रणालीलाई शरिया कानूनलाई बुझिन्छ ।

    शरिया कानून इस्लामको त्यो कानूनी व्यवस्था हो, जसले इस्लामको सबैभन्दा प्रमुख पवित्र पुस्तक ‘कुरआन शरीफ’ वा इस्लामी विद्वानको फतवा, उनको निर्णय वा यी सबैको संयुक्त अंश मिलाएर तयार गरिन्छ।

    वर्तमान समयमा विश्वका मुसलमानको बाहुल्यता भएका देशहरूमा शरिया कानून पूर्ण या आंशिक रूपले लागू हुने गरेका छन्, जस्तैः इरान, पाकिस्तान, इजिप्ट, इण्डोनेसिया, इराक, साउदी अरब, यूनाइटेड अरब एमिरेट्स, कतार, मेलसिया, यमन, माउरिसेनिया, नाइजेरिया तथा अफगानिस्तानलगायतका देशहरू।

    सुडानमा शरिया कानून समाप्त
    केही देशहरूमा शरिया कानून लागु गर्ने माग भइरहेका बेला अफ्रिकी देश सुडान, जहाँ गत तीस बर्षसम्म इस्लामी शासन थियो, त्यहाँ शरिया कानूनको अन्त्य गरिएको छ । सुडान पुनः लोकतान्त्रिक देशका रूपमा स्थापित हुन प्रयासत छ। जबकि पहिले सुडानमा इस्लाम छोड्नेलाई इस्लामीक शरिया कानूनअनुसार मृत्युको सजायँ पनि दिइन्थ्यो।

    यद्यपि उदारवादी मुसलमान चिन्तकहरूमध्येका एक समूह यो पनि मान्छन् कि इस्लाम धर्म त्यागेकै कारण कसैलाई मृत्युदण्ड दिने कुरा स्वयं अल्लाहमै छोडिनिुपर्छ, किनभने इस्लाम धर्म त्याग्नाले इस्लाममाथि कुनै खतरा हुँदैन। जबकि कुरानी पद ’लुकुम दीनकुम वाले दिन’ मा सबै धर्महरूका सम्मान गर्ने अर्थमा एक सन्देश छ, ‘हामीलाई हाम्रो दिन मुबारक, तपाईंलाई तपाईंको दिन मुबारक।’ कुरान आफैँले पनि घोषणा गरेको छ कि धर्ममा ‘कुनै बाध्यता हुँदैन।’

    यसबीच तालिबानी लडाकूको रक्तरंजित कारबाही, उनीहरूको क्रुरता र बर्बरता, उनीहरूको विगतको मानवताविरोधी सोच, अफगानी राष्ट्रवादको आडमा शरिया कानूनको नाममा उनीहरूले आज हिंसा र अराजकता फैलाइरहेका छन्। तर के बेकसुर मानिसहरूको हत्या महिलालाई तेस्रो दर्जाको प्राणी सम्झँदै दिइने यातना र मृत्युदण्ड तथा विकास र आधुनिकताका विरोध गर्नु नै शरिया कानून हो त? वा शरियाको नाममा कट्टर मुल्लाहरूद्वारा बनाइएको आफ्नो पूर्वाग्रही कानून अफगानिस्तनमा थोपर्न चाहिरहेका छन् तालिबान?

    इस्लाममात्र नभइ अन्य धेरै धर्मका रुढीवादी मानिसहरू पनि पश्चिमी संस्कृति वा सभ्यताको विरोध गरिरेहको देखिन्छन्। त्यस्ता विरोध खासगरी पश्चिमी कपडा र भाषालाई लिएर हुने गरेको छ। यी रूढीवादी शक्तिहरू पश्चिमी खुल्लापन मन पराउँदैनन्।

    रुढिवादले पछि धकेल्यो
    यो पनि सत्य हो कि आज पश्चिमी देशहरूको प्रगतिको रहस्य त्यहाँको खुलापन र भाषा पनि हो, जसको उपयोग आज पुरै विश्वले गरिरहेको छ। यसै चित्रको दोस्रो पाटो यो पनि हो कि दुनियाँमा जुन देश जति धेरै धार्मिक रुढीवादले ग्रस्त छ, त्यो देश उति धेरै पिछडिएको छ।

    उदाहरणका लागि शरियाका अनुसार ब्याजदरमा आधारित व्यवसायलाई गलत मानिन्छ। धर्मको विरुद्ध ठानिन्छ। जनवरी २०१८ मा भारतको प्रमुख इस्लामी शिक्षण संस्थान दारुल उलूम, देववंदले आफ्नो ‘फतवे’(निर्देशन)मा बैंकको जागिरबाट जीवनयापन गरिरहेका परिवारहरूसँग विवाहको सम्बन्ध नजोड्नका लागि मुसलमानहरूलाई निर्देशन दिएका थिए। आजका सब बैंकहरू ब्याजदरमै आधारित हुन्छन्। के यही शरियाको उदेश्य हो त?

    कर्पोरेशन बैंकको आधार
    शरियाको निर्देशनका बारेमा विरोधाभास पैदा गर्ने अर्को सबैभन्दा ठूलो उदाहरण हेरौँ। जुन समय भारतलाई गुलामको दासताबा मुक्त गर्नका लागि स्वदेशी आन्दोलन शुरु गरियो, उसै समय देशले आफ्नै बैंकको जरुरत महशुस गर्‍यो। त्यस समय प्रखर राष्ट्रवादी हाजी अब्दुल्लाह कासिम साहब बहादुरले १२ मार्च १९०६ मा कर्पोरेशन बैंकको जग बसाले।

    जस्तोकि नामबाटै स्पष्ट छ कि हाजी अब्दुल्लाह कासिम साहब। उनी हाजी पनि थिए र उनको व्यवसायबाट यो पनि प्रष्ट छ कि उनी पूर्ण रूपमा शिक्षित थिए। विश्वमा कतिपय ठाउँ, जहाँ कर्पोरेशन बैंकका शाखाहरु छन, त्यहाँका कर्पोरेशन बैंकका कर्मचारीहरू हाजी अब्दुल्लाह कासिम साहब बहादुरको चित्रमा माल्यार्पण गर्छन् र उनका सामु श्रद्वाले नत मस्तक पनि हुन्छन्। माथिको यो सम्पूर्ण मामलामा शरिया सही छ वा हाजी अब्दुल्ला कासिम साहब बहादुरले स्थापना गरेको बैंक? विश्वमा मुसलमानद्वारा स्थापना गरिएका अन्य पनि धेरै बैंक छन्। के आज अफगानिस्तान वा कुनै शरिया कानूनले बाँधिएका देशले आफ्नो शर्तमा विश्व बैंक वा आईएमएफसँग कारोबार र लेनदेन गर्न सक्छ? बिना कुनै ब्याज, के यो सम्भव छ?

    आज विशेष गरी तेल उत्पादक देशहरूका कतिपय स्वघोषित परोपकारीहरूको पैसा पश्चिमी देशका धेरै बैंकहरुमा छ र उनीहरू आफ्नो ब्याजको पैसाबाट ऐस आराम गरिरहेइरहेका छन्। र, उनीहरू प्रायः सबै मुसलमानहरू नै छन्।यसरी हेर्दा अफगानी तालिबानको आत्मनिहित शरिया कानून धेरै तरिकाले गैरसरिया वा गैरइस्लामी मात्रै नभइ गैरमानवीय पनि छ। किनकी यसमा त्यो असहिष्णुता वा बर्बरता छ, जसको शरिया वा इस्लाममा कुनै उल्लेख नै छैन।

    तालिबानी शरियाको उदाहरण
    महिलामाथि हुने दमन, विद्यालय ध्वस्त गर्ने र आगलागी गर्ने, कलिला र निर्दोष छात्रछात्राको हत्या गर्ने, निर्दोष मानिसहरूको हत्या गर्ने, देशको सम्पत्तिमा हानी पुर्‍याउने, अफिमको कारोबारमा सहभागि हुने, शिक्षाबाट जनतालाई टाढा राख्ने या अज्ञानलाई अंगाल्ने,अन्य धर्म÷समुदायका मानिसहरुको हत्या गर्ने र अन्य समुदायका धर्मस्थलाई तोडफोड गर्नु, धार्मिक वा सामाजिक स्वतन्त्रता सिध्याउनु आदी सबै तालिबानी शरियाका उदाहरणहरु हुन् ।

    हजारा/शिया पुरुषहरुको हत्या
    मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलका अनुसार अफगानिस्तानको गजनी प्रान्तमा ठूलो संख्यामा हजारा समुदायका मानिसहरूलाई तालिबानले मारेको छ। यो घट्ना मालिस्तानमा गत ४ देखि ६ जुलाईमा भएको हो, जसमा दर्जनौं हजारा÷शिया पुरुषहरूको हत्या गरियो। अहिले पनि त्यहाँ आफ्ना राजनैतिक वा वैचारिक विरोधीका घरमा खोजतलास गरी तिनका परिवारका सदस्यहरूलाई तालिबानले मार्दैछ।

    बितेको हप्तामा मात्रै तालिबानले कैयौँ विदेशी नागरिकहरूको हत्या गरिसकेको छ। निःसन्देह तालिबानी व्यवस्थामा आजको समयमा पनि कुनै शान्तिप्रिय, प्रगतिशील वा उदार समाज स्वीकार्य छैन। यसैबीच, तालिबानद्वारा थोपरिने शरिया कानूनको पनि वर्तमान समयमा कुनै प्रासंगिकता देखिँदैन।

    सत्य हिन्दी डटकमबाट महेश पाण्डेयको अनुवाद

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      तनवीर जाफर

      तनवीर जाफर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.