Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Friday, February 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

टुहुरे बिते तर बाँचिरहनेछन् उनका क्रान्तिकारी आवाजहरु

उनलाई सबभन्दा दुःख लाग्ने घटना मदन भण्डारीको मृत्यु हो । मदन भण्डारीको मृत्यु भएको दिन, अर्थात् ०५० साल जेठ ३ गते उनीहरूको टोली ‘मेची–काली सांस्कृतिक अभियान’ अन्तर्गत बर्दियाको मगरागढी भन्ने ठाउँमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै थियो

निरज आचार्य निरज आचार्य
भदौ १०, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जेबी टुहुरेका गीत सुनेर कम्युनिस्ट बन्ने धेरै छन् । उनकै गीतका प्रेरणाले नेता बनेकाहरू अहिले झन्डावाल कालो गाडीमा साइरन बजाउँदै सडकमा हुइँकिरहेका हुन्छन्। लामो समयदेखि जनताका गीत गाउँदै आएका उनी भने अहिले पनि पट्याक–पट्याक चप्पल बजाउँदै हिँडिरहेका भेटिन्छन् । ‘काठमाडौँका सडकमा बाटो काट्नै गाह्रो हुन्छ,’ अनामनगरमा भेटिएका उनले सुनाए।

    २००१ सालमा धरानको पुरानो बजारमा सामान्य परिवारमा जन्मिएका टुहुरेलाई उनका बुबा कृष्णबहादुर खड्गीले संगीतमा लाग्ने प्रेरणा दिए। सामान्य व्यापारी उनका बुबा राम्रा तबलावादक र रंगकर्मी पनि थिए। उसबेला धरानमा विभिन्न सांगीतिक कार्यक्रम भइरहन्थे। तर, टुहुरेले धरानको त्यस सांगीतिक माहोलमा रम्न पाएनन्। आर्थिक कठिनाइका कारण ०१२ सालमा खड्गी परिवार मोरङको मधुमल्लामा बसाइँ सर्‍यो । मधुमल्लामा उनका आमाबाले तरकारी व्यापार सुरु गरे । जीवन र संगीत दुःखसुख चलिरहेकै थियो । सत्र सालमा सीतादेवीसँग उनको बिहे भयो ।

    ०२१ सालमा उनका बाबुको मृत्युपछि श्रीमती, आमा र दुई भाइको जिम्मेवारी उनकै काँधमा आयो । बुबाको मृत्युपछि टुहुरो भएका जुठबहादुर खड्गीले आफ्नो नयाँ नाम राखे–जेबी टुहुरे । टुहुरेको कठिन र संघर्षशील जीवन सुरु भयो अब ।

    अनि कम्युनिष्ट बने टुहुरे

    गीत गाउन भने उनले २००९ सालबाटै सुरु गरिसकेका थिए । सुरुमा हिन्दी फिल्मका गीत गाए । ०२४ सालसम्म उनले बजारमा चलेका गीत गाए । सोही साल उनी कम्युनिस्ट पनि बने । दधिराम सुवेदी हुन् उनका राजनीतिक गुरु । मधुमल्लाको मनोहर जनता माध्यमिक विद्यालयका शिक्षक दधिराम पूर्वकोसी प्रान्तीय कमिटीको संगठन निर्माण गर्दै थिए । उनैले टुहुरेलाई कम्युनिस्ट दीक्षा दिए । त्यसपछि उनी वर्गसंघर्षबाट गरिबहरूको मुक्ति गर्ने सपना बोकेर हिँड्न थाले । उनलाई घरको आर्थिक समस्या सामान्य लाग्न थाल्यो । दुःख र अभावलाई जीवनका ऊर्जा ठानेर हिँड्न थाले, सर्वहाराको संसार निर्माण गर्ने लक्ष्य लिएर हिँड्न थाले, जनताका गीत गाउँदै हिँड्न थाले ।

    ०२९ सालमा गणेश उदास, एनबी राई, कृष्ण राई आदिसँग मिलेर ‘नयाँ लहर’ भन्ने सांस्कृतिक समूह बनाएर कम्युनिस्ट पार्टीको प्रचार मात्र के सुरु गरेका थिए, त्यही साल मोरङको कानेपोखरीमा एकजना पुलिसको हत्या भएपछि उनीमाथि वारेन्ट जारी भयो । त्यसपछि सुरु भयो टुहुरेको भूमिगत जीवन । तर, पछि ०३२ सालमा काठमाडाौं विशेष अदालतबाट यस काण्डको मुद्दा भने जिते ।

    मदन भण्डारी/आमा दिदी बहिनी हो

    गाउँदै हिँड्ने क्रममा ०३२ सालमा पुष्पलाल समूहबाट फुटेर आएको मुक्तिमोर्चातिर लागे उनी । मुक्तिमोर्चामा मदन भण्डारी, जीवराज आश्रित आदि थिए । ०३३ सालमा विराटनगरमा लव प्रधानको घरमा मदन भण्डारीसँग जेबी टुहुरेको भेट भयो । मदन भण्डारीसँगको भेटपछि उनको राजनीतिक सक्रियता ह्वात्तै बढ्यो । टुहुरेका अनुसार मदन भण्डारी आफैँ पनि राम्रो गीत गाउँथे रे । ‘मदन भण्डारी रातमा निद्रा भगाउन रमाइलो कथा भन्नुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो, व्यायाम गर्न लगाउनुहुन्थ्यो,’ उनले मदन भण्डारीसँग बिताएको समयको सम्झना गर्दै भने । उनलाई मदन भण्डारी बाँचेको भए नेपाली कम्युनिस्ट आन्दोलनको रूप अहिले अर्कै हुन्थ्यो भन्ने लाग्दो रहेछ ।

    जेबी टुहुरेले मुक्तिमोर्चामा मदन भण्डारीसँग डुल्दाडुल्दै ०३३ सालमा ‘आमा दिदी बहिनी हो’ गाएका थिए । एकदेव ज्ञवालीले लेखेको यो गीत पहिलोपल्ट टुहुरेले धरानको सैनिक हलमा गाएका थिए । यो गीत त्यतिबेलै चर्चित भएको थियो । अहिले पनि उनको नामसँग जोडिएर आउँछ यो गीत । ‘आमा, दिदी, बहिनी हो’ गीत सुरुमा गाउँदा यसगीतको अन्तिम अन्तरा यस्तो थियो–

    ‘लाली पाउडर धस्न पाई
    टेलरिङको झिल्के सारी लाउन पाई
    बुद्धि सबै नष्ट पारी
    मख्ख परी पुरुषको खेलौना भई
    जीवनलाई व्यर्थ फाल्छौ
    भोगविलासको साधन बनेर
    आमा, दिदी, बहिनी हो कति बस्छौ दासी भई
    सुखको सधैं प्यासी बनेर

    यस गीतले चर्चा त पायो तर १ वर्षसम्म गीत गाइसकेपछि बम देवान, लब प्रधानलगायतका संस्कृतिकर्मीहरू बसेर समीक्षा गर्दा यो गीतले महिलाको समस्या र दुःखको मात्रै उठान गरेको तर समाधान भने नदिएको र महिलालाई होच्याएको निष्कर्ष निस्कियो । त्यसपछि थप एउटा भाग थप्ने निर्णय भयो र बम देवानले यसरी थप दिए–

    सामन्तीको कुचाल यो भ्रष्ट रीति पुँजीको
    बुझी सब ब्युँझ अब
    ध्वस्त पार्न नारी बन्धन, दुःख अनि जीवनको
    युगले आज भन्दछ, नारी पनि मान्छे हो
    जाग उठ नारी हो, सिर्जनाको घाम बनेर

    यो भाग थपेपछि महिलाका समस्या र ती समस्याका समाधान दुवै भएको सबैले निष्कर्ष निकाले । त्यसपछि यो गीत झनै लोकप्रिय बन्यो । टुहुरेलाई अहिलेसम्म गाइएका गीतहरूमध्ये यो गीत सबैभन्दा राम्रो लाग्दो रहेछ । उनलाई नेपाली कम्युनिष्ट आन्दोलनमा यस गीतको भूमिका एउटा क्रान्तिकारी पार्टीको भन्दा कम छैन भन्ने लाग्छ। ‘यो गीतले धेरै महिलालाई सचेत गरायो र कम्युनिस्ट पनि बनायो,’ उनले दाबी गरे । टुहुरेले यसअघि नै बसाइँ हिँड्नेको ताँतीले जस्ता दर्जनभन्दा बढी क्रान्तिकारी गीत गाइसकेका थिए।

    राल्फालीहरू विभाजित भएपछि ०३४ सालतिर टुहुरे, रामेश, मञ्जुल र कुन्ता शर्माहरू मिलेर ‘संकल्प’ नामक सांस्कृतिक अभियान सुरु गरे । कुन्ता शर्मा सम्पादक रहेको ‘संकल्प’ साहित्यिक पत्रिका मातहतमा रहेर देशव्यापी सांस्कृतिक अभियान चलाए । उनीहरूका गीत सुनेर धेरै सर्वसाधारण मान्छेहरू कम्युनिस्ट पार्टीमा लागे । ‘जुनीभरि मुटु पोल्ने अन्याय सहेर’, ‘छोराहरू हो’, ‘अनिकाल लाग्यो’जस्ता गीतहरू कम्युनिस्ट पार्टी निर्माणको मियो बनेका थिए ।

    भातभन्दा मुक्ति ठूलो

    यता टुहुरे लोकप्रियता कमाइरहेका थिए, उता उनको आर्थिक अवस्था भने जर्जर बन्दै गइरहेको थियो । तर, त्यसले उनलाई विचलित बनाएन । ‘घरमा एक छाक खाने नहुँदा पनि जनताको मुक्तिभन्दा अरू ठूलो केही छैन भन्ने दृढविश्वासले हामी अगाडि बढिरह्यौँ,’ उनले विगत सम्झिए । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउन खोज्दै पञ्चहरूले उनलाई धेरै प्रलोभन दिए ।

    ‘पञ्चहरूले लाखौँ रुपैयाँ र घरजग्गाको प्रलोभन देखाएका थिए,’ उनले भने, ‘तर हामी यस्ता प्रलोभनमा फसेनौँ ।’ घरको आर्थिक अवस्था सुधार्न ०३९ सालमा मधुमल्ला छोडेर विराटनगर आए उनी र त्यहाँ शीतल होटल एन्ड लज खोले । तर, उनको होटलले व्यापारभन्दा बढी नेताहरूलाई सेल्टर दिने काम गर्‍यो ।

    रामेश र मञ्जुलहरूसँग टुहुरेले लामो समय काम गरे । तर, ०३९ सालमा रातो झन्डा, मुक्तिमोर्चा र कोअर्डिनेसन केन्द्र मिलेर माले बनेपछि पार्टीभित्र दुई लाइनको संघर्ष तीव्र भयो । त्यहीबेला रामेश, मञ्जुलहरूले पार्टी छोडेर ‘आस्था’ समूह बनाए तर टुहुरे भने निरन्तर पार्टीमै रहे । टुहुरे लामो समय मदन भण्डारीहरूसँग पूर्वमा संगठन निर्माण अभियानमा जुटे । त्यसबेला टुहुरेको गीत र मदन भण्डारीको भाषण भनेपछि जनता हुरुक्कै हुन्थे । ‘मेरो गायन र मदन भण्डारीको वाक कलाले धेरै मान्छे कम्युनिस्ट बने,’ उनले भने ।

    ०४४ सालमा मोदनाथ प्रश्रितको अध्यक्षतामा राष्ट्रिय जनसांस्कृतिक मञ्च स्थापना हुँदा टुहुरे संस्थापकमध्येका एक थिए ।
    सांस्कृतिक अभियानका क्रममा चारपल्ट जेल परे । पटक–पटक यातनाको सिकार भए । ०४६ चैत २६ गते प्रजातन्त्र बहाली हँुदा उनी विराटनगर जेलमा कैद थिए । २७ गते उनलाई मुक्त गरिएको थियो । ०४७ सालमा मनमोहन अधिकारीको माक्र्सवादी र मदन भण्डारीको माले मिलेर एमाले बन्यो । उनी त्यही एमालेभित्रको सांस्कृतिक मोर्चामा रहेर मेची–काली सांस्कृतिक अभियानमा लागे ।

    ‘सबैभन्दा ठूलो दुःख भण्डारीको मृत्यु’

    उनलाई सबभन्दा दुःख लाग्ने घटना मदन भण्डारीको मृत्यु हो । मदन भण्डारीको मृत्यु भएको दिन, अर्थात् ०५० साल जेठ ३ गते उनीहरूको टोली ‘मेची–काली सांस्कृतिक अभियान’ अन्तर्गत बर्दियाको मगरागढी भन्ने ठाउँमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै थियो । ‘करिब १२ हजार दर्शकका बीचमा सांस्कृतिक कार्यक्रममा गीत गाउँदै गर्दा मदन भण्डारी र जीवराज आश्रति त्रिशूली नदीमा बेपत्ता भएको खबर आयो,’ टुहुरेले सम्झिए, ‘सुरुमा त विश्वास नै लागेन, तर रेडियोले भनेपछि हामी कार्यक्रम स्थगित गरेर काठमाडौं फर्कियौँ ।’

    टुहुरे एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक मञ्चको ०५४ देखि २०६२ सम्म अध्यक्ष थिए । उनी यसबीचमा दुईपल्ट सांस्कृतिक संस्थानको अध्यक्ष पनि भए । ०६२/६३ को जनआन्दोलनमा पनि उत्तिकै सक्रिय टुहुरेले संविधानसभाको चुनावमा एमालेका नेताहरूका लागि भोट माग्दै हिँडे ।

    एमालेको आठौँ महाधिवेशनबाट एक हजार ९६ भोट ल्याएर एमालेको केन्द्रीय अनुशासन विभाग सदस्य निर्वाचित भएका थिए उनी । ‘अब जेबी टुहुरे गायनबाहेक राजनीतिमा पनि उत्तिकै सक्रिय हुनेछन्’ भन्ने धेरैको अनुमान थियो । तर, उनकै पार्टीका वरिष्ठ नेता प्रचण्ड बसेको कुर्सी (प्रधानमन्त्री)मा विराजमान भएको दुई साता बित्न नपाउँदै ०६६ जेठ ३१ गते उनी एकीकृत नेकपा माओवादीमा प्रवेश गरे।

    यसरी जीवनको उत्तरार्द्धमा किन एमाले छोडेका होलान् उनले ? ‘एमाले पनि जीवनको उत्तरार्द्धमा छ, अब डुब्नमात्रै बाँकी छ,’ उनले भने, ‘जहाँ रस हुन्छ त्यहीँ भ्रमरा जान्छ । एमाले प्लास्टिकको फूल हो जसमा कुनै रस अर्थात् विचार छैन।’ एमालेले कलाकारहरूको अवमूल्यन गरेको तथा यसका नेता जनतालाई भुलेर कमाउनतिर लागेका आदिआदि गुनासा छन् उनका ।

    एकीकृत नेकपा माओवादीमा प्रवेश गर्दा एमालेका धेरै नेता तथा कार्यकर्ताले रुँदै फोन गरेको र एकीकृत नेकपा माओवादीका नेता तथा कार्यकर्ताले खुसीको आँसु बगाएको घटना टुहुरेलाई जीवनका मीठा र नमीठा घटना लाग्दा रहेछन् ।
    बसाइँ हिँड्नेका ताँतीले…

    छोराछोरीको आँसु देख्दा छाती पोलेर आउँदछ
    साहूको ऋण सम्झिँदा मनमा डढेलो लाग्दछ
    बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ
    लाखौंका लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ

    बसाइँ हिँड्नेका ताँतीका गीत गाउने यी गायक अचेल भने आफैँ बसाइँ हिँड्ने अवस्थामा पुगेका छन् । धेरै अनुरोध गरेपछि उनले आफ्नो आर्थिक संकटका बारेमा कुरा गर्न माने । उनले भने, ‘हिजोसम्म कपास र बासको समस्या थिएन । अब बासकै समस्या हुने दिन आउँदै छ ।’

    जिन्दगीभर अभाव खेपेर जनताको पक्षमा गीत गाउँदै हिँडेको जनगायकको मनमा यतिखेर साहूको ऋण सम्झिँदा डढेलो लाग्छ । गाउँदै हिँड्दा उनले कमाउन त सकेनन् नै, उनका छोरा भ्रमणकुमार खड्गीले ८ वर्ष दुबईमा बसेर कमाएको पैसाले काठमाडौंको कलंकीस्थित रानागाउँमा बनाएको दुईतले घर पनि बेचेर बसाइँ हिँड्नुपर्ने बाध्यताको संघारमा आइपुगेका छन् उनी। अब टुहुरे कृषि विकास बैंकको १४ लाख, एभरेस्ट बैंकको ४ लाख ऋण तिर्न र श्रीमती सीता खड्गीको मुटुको उपचारका लागि घर बेचेर बसाइँ हिँड्न खोजिरहेका छन्।

    उनकी श्रीमती अहिले गंगालाल हृदयरोग केन्द्रमा मुटुको उपचार गराइरहेकी छिन्। टुहुरेका ४ छोरी र १ छोरा छन् । अहिलेसम्म एकतलाको कोठाको भाडा र छोरीहरूको सहयोगले जीवन धानेका टुहुरे घर बेचेपछि कसरी बाँच्लान् त? ‘घरबारविहीन लाखौं नेपाली जनता जसरी बाँचेका छन्, त्यसरी नै बाँच्छु,’ टुहुरेको सहज उत्तर छ। रोगी श्रीमतीलाई छोडेर अहिले पनि उनी जनताका बीचमा गइरहेका छन् । तर, उनको गीतले भनिएझैँ छोराछोरीको आँसु देख्दा भने उनको छाती पोलेर आउँछ रे ।

    (सन् २००९ मा Shilauti.Wordpress.Com मा राखिएको सामग्री। तस्बिर : जेबी टुहुरे फाउण्डेसन)

    नोट : टुहुरेका श्रीमती, एक छोरा, चार छोरी छन्। उनी माओवादी केन्द्रका सल्लाहकार थिए।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      निरज आचार्य

      निरज आचार्य

      आचार्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.