Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Saturday, May 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इन्फोग्राफिक: विश्वभरमा अमेरिकी सैन्य उपस्थिति

अमेरिकाले विश्वभरमा कम से कम ८० मुलुकहरुका करीव ७५० स्थानहरुमा सैन्य शिविरहरु तैनाथ गरेको छ र यसले सुरक्षामा बढी खर्च गर्ने अरु १० मुलुकहरुको तुलनामा अधिक खर्च गर्छ।

मोहम्मद हुसैन र मोहम्मद हद्दादी मोहम्मद हुसैन र मोहम्मद हद्दादी
भदौ ३०, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ३१ अगस्तको एकाबिहानै, अमेरिकी सैनिकहरुको अन्तिम दल काबुल विमानस्थलबाट उड्यो। यसपछि अफगानिस्तानमा २० वर्षको युद्ध समाप्त भएको कुरा विश्वले आधिकारिकरुपमा बुझ्यो, जुन अमेरिकी इतिहासमा सबैभन्दा लामो युद्ध थियो।

    यस युद्धमा अमेरिकाले सबैभन्दा बढी सेनाहरु सन् २०११ मा नै पठाएको थियो। त्यसबेला  अमेरिकाका बगराम देखि कन्धाहारसम्म कम्तिमा १० सैन्य आधारहरु करीव १ सैनिक थिए। पेन्टागनका अनुसार कुल मिलाएर,  ८ लाख भन्दा बढी अधिक अमेरिकी सैनिकहरुले यस अफगानी युद्धमा लडेका थिए।

    हाल एक जना पनि अमेरिकी सेना अफगानिस्तानमा छैनन्। तथापी अमेरिकी राष्ट्रपति जो बिडेन भन्दैछन् – अब उनका सेनाहरुले “क्षितिज भन्दा माथि” बाट दुश्मनका शिविर विरुद्ध हवाई हमला गर्ने कामलाई जारी राख्नेछन् – त्यो त्यस क्षेत्रका चारैतिर रहेका अमेरिकी सैन्य शिविरको एक विशाल नेटवर्कबाट हवाई मिशन हुनसक्नेछ।

    विश्वभर ७५० भन्दा बढी छन् अमेरिकी सैन्य शिविर

    अमेरिकी सैन्य शिविरको एक विशाल नेटवर्क भनेको अमेरिकाको विश्वभर रहेको शैन्य शिविर हो। प्रोफेसर डेविड भाइनका अनुसार, जुलाई २०२१ सम्म अमेरिकाका कम्तिमा ८० मुलुकहरुमा  लगभग ७५० शिविर थिए। प्रो डेभिड वाशिंगटन, डीसीमा रहेको अमेरिकी विश्वविद्यालयका पोलटिकल एन्थ्रोपोलोजीका प्राध्यापक हुन्।

    वास्तविक संख्या यो भन्दा पनि बढी हुन सक्छ किनकि सबै सूचना पेन्टागनबाट प्रसारित हुने गर्दैन।

    अमेरिकी शिविरहरु जापानमा सबैभन्दा बढी १२० छन् र त्यसपछि जर्मनीमा ११९ र  दक्षिण कोरियामा ७३ छन्।

    अमेरिकी सैन्य शिविरलाई दुई मुख्य श्रेणीहरुमा विभाजित गरिन्छ:

    विशाल शिविर या “शिविर” (Large bases or “Bases”): यस्ता शिविर भन्नाले ४ हेक्टर (१० एकड) भन्दा धेरै क्षेत्रफलमा रहेका या १० मिलियन डलरभन्दा अधिक बजेटका सैन्य प्रतिष्ठानहरुका रुपमा परिभाषित गरिएका छन्। यी शिविरमा आमरुपमा २०० भन्दा बढी धेरै अमेरिकी सैनिकहरु हुन्छन्। श्रेणी यस्ता श्रेणीका शिविरहरु ४३९ या ६० प्रतिशत विदेशमा रहेका छन्।

    साना शिविर या “लिली प्याड” (Small bases or “Lily Pads”): यस्ता शिविरहरु ४ हेक्टर (१० एकड) भन्दा कम क्षेत्रफलमा स्थापित भएका हुन्छन् या यसको बजेट १० मिलियन डलर भन्दा कम हुन्छ। यसमा स्थायी शिविर र अस्थायी शिविरहरु पनि पर्दछन्। करीव ४० प्रतिशत अमेरिकी विदेशी शिविरहरु यस्तै श्रेणीका छन्।

    कन्फ्लिक्ट म्यानेजमेन्ट एण्ड पीस साइन्स जर्नलमा प्रकाशित एक आंकडा अनुसार,  सन् २०२० मा विश्वभर १५९ मुलुकहरुमा अमेरिकी सेना लगभग १ लाख ७३ हजार तैनाथी अवस्थामा थिए।  

    अमेरिकी शिविरहरु मध्ये, सबैभन्दा बढी अमेरिकी सैनिकहरु भएको देशहरु मध्ये जापानमा ५३ हजार ७००,  जर्मनीमा ३३ हजार ९०० र दक्षिण कोरियामा २६ हजार ४०० हुन्।

    मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति

    ब्राउन यूनिवर्सिटीको वाटसन इन्स्टिच्युटका अनुसार, 2001 से २००१ देखि हालसम्म १९ देखि ३० लाख अमेरिकी सेनाहरुले अफगानिस्तान र इराकमा लडे,  जसमध्ये ५० प्रतिशत एक पटक भन्दा बढी पटक तैनाथ गरिएका थिए।

    मध्य पूर्वमा गरिएको सबैभन्दा ठूलो अमेरिकी सैन्य अखाडा अल उदीद एयर बेस हो, जुन कतारको राजधानी दोहाको पश्चिममा छ। १९८६ मा स्थापित, यस अखाडामा करीव ११,००० अमेरिकी र यसका गठबन्धन सेनाहरु रहेका छन्। २४ हेक्टर (६० एकड) क्षेत्रफलमा विस्तारित यस शिविरमा करीव १०० विमानहरुका साथै ड्रोनहरु छन्।

    ट्वीन टावरमा ९/११ को हमलापछि ७ अक्टूबर २००१ मा, राष्ट्रपति जर्ज डब्ल्यू बुशको नेतृत्वमा अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्‍यो। यो आक्रमण ट्वीन टावर ध्वस्त गरेको जिम्मा लिने अल-कायदा नेता ओसामा बिन लादेनलाई अफगानिस्तानको सत्तारूढ तालिबान शासनले दिएको छ भन्ने आरोप लगाउँदै अमेरिका र यसका गठबन्धनले गरेको थियो।

    ब्राउन यूनिवर्सिटीले गरेको कस्ट अफ वार प्रोजेक्टको तथ्याङ्क अनुसार,  २००१ बाट युद्धको प्रत्यक्ष परिणामका रुपमा अनुमानित २ लाख ४१ हजार जना मारिएका थिए। यस बाहेक, विनाशकारी युद्धको कारण भोक, बीमारी र चोटपटकका कारण सैकडौं हजार वा सो भन्दा बढी जनहरुको मृत्यु भयो।

    लामो समयसम्म इराकी नेता सद्दाम हुसेनमाथि सामूहिक विनाशका हातहतियार राखेको आरोप लगाइयो र यसपछि सन् २००३ मा, अमेरिकाले इराकमा आक्रमण गर्‍यो – तर त्यहाँ कुनै त्यस्तो हातहतियार फेला परेन। २००७ को उत्कर्षमा, त्यहा अमेरिकाका अनुमानित १ लाख ७० हजार सैनिक तैनाथ थिए। इराकी सरकारसँग सुरक्षा समझौता भइसकेपछि पनि त्यहाँ करीब २५०० अमेरिकी सैनिक रहेका छन्।

    जापान र दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति

    अमेरिका दोस्रो विश्व युद्ध (१९३९-१९४५) को समाप्तिपछि जापानमा र कोरियाली युद्ध (१९५०-१९५३) पछि दक्षिण कोरियामा उपस्थित छ।

    विदेशमा तैनाथ गरिएका सबै अमेरिकी सेनामध्ये करीव आधा संख्या, अर्थात् करीव ८० हजार १०० सेनामध्ये जापानमा ५३ हजार ७०० र दक्षिण कोरियामा २६ हजार ४०० तैनाथ छन्।

    दक्षिण कोरियाको राजधानी सियोलबाट लगभग ६५ किमी दक्षिणमा क्याम्प हम्फ्रीज़ शैन्य शिविर छ। त्यो नै विदेशीस्थित अमेरिकी सैन्य शिविर हो।

    १३९८ हेक्टर (३४५४ एकड) क्षेत्रफल भएको यो शिविर अरु ८० वटा शिविरहरु भन्दा विशाल शिविर हो। यो दक्षिण कोरिया र उत्तर कोरियाको सीमा–रेखाको व्यापक सुरक्षित विसैन्यीकृत क्षेत्रभन्दा १०० किमिको दुरीमा छ।

    यूरोपमा अमेरिकी सैन्य उपस्थिति

    यूरोप कम्तिमा ६० हजार अमेरिकी सैनिकहरुको घर हो। सबैभन्दा बढी करीव ३३ हजार ९०० अमेरिका सेनाहरु जर्मनीमा छन्। यो संख्या जापानपछि विश्वमा उपस्थित रहेको अमेरिकी सेनाको संख्या हो। यसपछि यूरोपमा अमेरिकी सेना इटालीमा १२ हजार ३०० र यूकेमा ९ हजार ३०० छन्। हुन त २००६ देखि २०२० सम्म आइपुग्दा जर्मनीमा तैनाथ गरिएका अमेरिकी सैनिकहरुको संख्या ७२ हजार ४०० घटाइएर ३३ हजार ९०० भइसकेका छन्।

    जर्मनीको रामस्टीन एयर बेस यूरोपमा अमेरिकी सैनिकहरु र सैन्य आपूर्तिको सबैभन्दा ठूलो केन्द्र हो। यसको नजिकै १,२०० हेक्टर (३,००० एकड) क्षेत्रफल भएको शिविरमा ल्याण्डस्टुहल क्षेत्रीय चिकित्सा केन्द्र छ, जुन अमेरिका बाहिर सबैभन्दा ठूलो अमेरिकी सैन्य अस्पताल हो। अफगानिस्तान र इराक युद्धहरुको अवधीमा यो अस्पताल व्यापक प्रयोगमा आयो र यसैमा हजारौं घाइते सैनिकहरुको उपचार गरिएको थियो।

    लगभग सबै अमेरिकी शिविरहरु जसरी नै, रामस्टीन शैन्य शिविर पनि अस्पताल, स्कूल, बिजुली स्टेशन, अपार्टमेन्ट परिसर र कैयन सुविधाहरुबाट सुसज्जित छ।

    दक्षिण अमेरिकामा अमेरिकी सैन्य उपस्थिति

    क्यूबाको पूर्वी छोरमा स्थित, ग्वान्तानामो बे नौसैनिक अड्डा अमेरिकको सबैभन्दा पुरानो विदेशी सैन्य अड्डा हो। ११६ वर्ग किमी क्षेत्रफलमा विस्तारित यो शिविर १९ औं सदीको अन्तदेखि  अमेरिकाको नियन्त्रणमा छ।

    यो शिविर अमेरिका र क्यूबाबीच एक अत्यन्तै पेचिलो मुद्दा हो। दशकौंदेखि, क्यूबाले कडिकडाउका साथ भन्दैछ कि यो किनारा अमेरिकाले १८९८ मा बलपूर्वक कब्जा गरेको थियो र त्यसपछि १९०३ मा स्थायी रूपमा यस क्षेत्रलाई भाडामा लिएको हो।

    सन् १९५० पछि अमेरिकी सेनाको तैनाथी  

    गत ७० वर्ष यता, अमेरिकी सेनालाई २०० भन्दा बढि मुलुक र क्षेत्रहरुमा तैनाथ गरिएको छ।

    तल दिइएको सूचनाचित्रले दोस्रो विश्व युद्धपछि अमेरिकाले आफ्नो सेनाहरु कहाँकहाँ तैनाथ गर्‍यो र साथै कहाँकहाँ युद्ध गर्‍यो भन्ने एउटा सानो झझल्को दिन्छ।

    सन् १९५०-१९५३

    दोस्रो विश्व युद्धको समाप्ती सँगै सहयोगी राष्ट्रहरु समक्ष जापानीहरुले आत्मसमर्पण गरेपछि, अमेरिका र सोभियत संघले कोरियालाई विभाजित गरे। त्यसबेलासम्म कोरिया जापानी शासनको  अधीनमा थियो। यस कोरिया प्रायद्वीपलाई बराबरी जसो  38 औं समानांतर (38th parallel)  रेखाबाट विभाजित गरिएको थियो।

    २५ जून, १९५० मा, चीन र सोभियत संघको समर्थनबाट उत्तर कोरियाली सेनाले दक्षिण तर्फ आक्रमण गरी कोरियाली युद्धको शुरुआत गर्‍यो। दक्षिण कोरियाको साथमा रहेको अमेरिकाले तीन वर्ष लामो युद्ध भर करीव १.७८ मिलियन सैनिकहरुलाई तैनाथ गरेको थियो।

    यस्तो अनुमान छ कि युद्धको दौरान २ देखि ३ लाख नागरिक मारिए। अमेरिकी रक्षा विभाग अनुसार, युद्धमा अमेरिकाका ३३ हजार ७३९ जना मृत्यु भए।  हालसम्म कुनैपनि औपचारिक शान्ति सन्धीमा हस्ताक्षर गरिएको छैन।

    १९५५-१९७५

    १९५० देखि १९६० को दशक भर नै दक्षिण पूर्व एशियामा अमेरिका र सोभियत संघ बीच तनाव जारी रह्यो। तर मुख्य संघर्ष भियतनाम युद्धमा नै केन्द्रीत रह्यो। त्यसबेला उत्तरी भियतनामका विरुद्ध दक्षिण भियतनाम र उसको सहयोगी अमेरिका युद्धरत रहे।

    करीव ३.४ लाख भन्दा बढी अमेरिकी सैनिकों को दक्षिण पूर्व एशियामा तैनाथ गरिएका थिए; युद्धमा ५८ हजार अमेरिकीहरु सहित करीव ३ लाख भन्दा बढी व्यक्तिहरु मारिएका थिए।

    २९ मार्च, १९७३ को अंतिममा अमेरिकी लड़ाकू सैनिकहरुले भियतनाम छोडे। दुई वर्षपछि ३० अप्रिल, १९७५ मा, हो चिमिन्हको नेतृत्वमा दक्षिण भियतनाम जितेर युद्ध समाप्त भयो।

    ट्यान सन न्हुट एयर बेसमा अमेरिकी सेनाको एक जेटबाट अमेरिकी सैनिक उत्रिएपछि भियतकंग र उत्तरी भियतनामी अधिकारी भियतनामको साइगोन नजिकै लिइएको तस्वीर। २७ मार्च, १९७५ (गेटी इमेजेज)

     

    १९९०–१९९१

    २ अगस्त १९९० मा, इराकी सेनाले त्यसको दक्षिणमा अवस्थित एउटा सानो तेल समृद्ध राष्ट्र कुवेतमा आक्रमण गर्‍यो। त्यसको एक हप्तापछि,  ९ अगस्तका दिन, अमेरिकाले अपरेशन डेजर्ट शील्ड शुरू गर्‍यो र सऊदी अरबमा हजारौं सैनिकहरुलाई तैनाथ गर्‍यो।

    छोटो अवधीको युद्धमा, लगभग ६ लाख ९४ हजार ५५० अमेरिकी सैनिकहरुलाई यस क्षेत्रमा तैनाथ गरिएको थियो। २८ फेव्रुअरी,१९९१का दिन, अमेरिकी राष्ट्रपति जर्ज एचडब्ल्यू बुशले युद्धविरामको घोषणा गरे, र यसै वर्षको ३ अप्रिलका दिन, संयुक्त राष्ट्र संघले औपचारिक रूपमा नै युद्ध समाप्त गर्नका लागि एक प्रस्ताव पारित गर्‍यो।

    २००१-२०२१

    ९/११ को हमला पछिको अवधीमा र २००१ मा अफगानिस्तान र २००३ मा इराक दुवैमा युद्धको घोषणाले विदेशमा सैनिक उपस्थिति ज्यादै बढेको देखिन्छ। गएका २० वर्षहरुमा कम से कम ८ लाख अमेरिकीहरुले अफगानिस्तानमा र १५ हजार भन्दा बढीले इराकमा लडे।

    युद्धको मानवीय क्षतिको अनुमान गरिएको छ– जसअनुसार ९ लाख भन्दा बढीको ज्यान गयो त्यसमा अधिकांश नागरिक थिए।

    १६ अगस्त, २०२१ का दिन काबुल, अफगानिस्तानमा अन्तर्राष्ट्रीय विमानस्थल क्षेत्रमा एक अमेरिकी वायु सेना सी -17 वरपर भेला भएका सैकडौं व्यक्तिहरु। (एपी फोटो / शकीब रहमानी)

    सन् १९५० देखिको अमेरिकी सैन्य खर्च

    स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूट (SIPRI) के अनुसार, २०२० मा, अमेरिकाले उसको  सेनामा ७७८ विलियन डलर खर्च गर्‍यो। यो खर्च विश्वमा सबैभन्दा बढी सैनिक खर्च गर्ने अन्य १० मुलुकहरुको कुल खर्चभन्दा बढी हो।  

    चीनले २५२ अरब डलर खर्च गरेपनि दोस्रो सैनिक–खर्च गर्ने मुलुक हो । यसपछि भारत ७३ अरब डलर, रूस ६२ अरब डलर र ब्रिटेन ५९ अरब डलर खर्च गर्नेमा पर्छन्।

    ब्राउन यूनिभर्सिटीको कस्ट अफ वार प्रोजेक्टका अनुसार, गएका २० वर्षहरुमा अमेरिका एक्लैले  उसको तथाकथित “आतंकको खिलाफ वैश्विक युद्ध” मा ८ ट्रिलियन डलर खर्च गरेको छ।  अफगानिस्तानको युद्धमा उसले २.३ ट्रिलियन डलर खर्च गर्‍यो। ब्राउन यूनिभर्सिटीका शोधकर्ताहरुका अनुसार, २० वर्षको अवधिमा त्यसले प्रति दिन ३०० मिलियन डलर भन्दा बढी  $ खर्च गरेको थियो।

    इराक र सीरियाको युद्धहरुमा २.१ ट्रिलियन डलर खर्च गरेको थियो, र  ३५५ बिलियन डलर अन्य युद्धहरुमा भएका थिए। बाँकी धनराशि तिर्न बाँकी नै छ, त्यसको ब्याज भुगतान १ विलियन डलर भन्दा बढी नै छ र साथै युद्धका भेटरेनहरुलाई अबका ३० वर्षसम्म दिनु पर्ने हुन्छ।  यसको मतलब यो हो कि अमेरिकाले अफगानिस्तान  छाडेपछि पनि त्यसले अबका वर्षहरुमा पनि युद्धको खर्च चुक्ता गरिरहनै पर्छ।

    साभारः १० सेप्टेम्बर २०२१ को अल जजिराबाट।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मोहम्मद हुसैन र मोहम्मद हद्दादी

      मोहम्मद हुसैन र मोहम्मद हद्दादी

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.