Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Tuesday, June 23, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कुकुरहरुसमेत जातिवादी हुन्छन्

तीन वटा देशहरु (नाइजेरिया, दक्षिण अफ्रिका र क्यानाडा) का कुकुरहरुको सामाजिक जीवन विज्ञान माथि झर्रो विश्लेषण

साकिरु एडेबायो साकिरु एडेबायो
कार्तिक १४, २०७८
- यो हप्ता, समाज, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म भर्खरै कुकुर मन पराउनेहरुको एउटा सानो, क्यानडाली शहर केलौनाको यात्रामा थिएँ। यस शहरमा छिरेको पहिलो घरमा कुकुरहरुका लागि एक विशेष सोफा थियो। त्यहाँ रहेको केही दिनमा नै मैले थाहा पाएँ कि त्यहाँका मानिसहरुले आफ्ना कुकुरहरुलाई दिवा–केन्द्र (डेकेयर) मा लान्छन् र डाक्टरहरुबाट कुकुरको सेवा गराउँछन्। मृतक कुकुरहरुको अन्त्येष्टि कार्यक्रमहरु राख्नु, भूस्याहा कुकुरहरुलाई घरेलु बनाउनु वा हराएका कुकुर खोज्न पुरस्कार राख्नु केलौनामा सामान्य कुराहरु रहेछन्।  म शहर आइपुगेका दिन मलाई एक जोडी क्यानडाली साथीहरुले उनीहरुका कुकुरहरुलाई डोर्‍याउँदै भ्रमण गराए। यात्रा एक भद्दाखाले मजाकसँगै शुरू भयो किनकि म ती प्यारा, सिधासादा कुकुरहरुको घुराइले त्रसित भएँ। यसरी कुकुरहरुसँग डराएकोमा मेरा क्यानाडाली साथीहरु चकित भए। जे होस्, केलौना  (र क्यानाडाका धेरै ठाउँहरु) का कुकुरहरुसँग एकैछिनमा सहज हुन सकिने रहेछ किनकि कुकुरहरुमात्र होइन बिरालाहरुसमेत मानवको सबैभन्दा मिल्ने साथी हुन्।

    म त्यतिविंघ्न कुकुरहरुबाट असहज मान्ने व्यक्ति हैन। म वास्तवमा कुकुरहरुकै बथानबीच हुर्कें भन्दा पनि हुन्छ। मेरी हजुरआमाले धेरै कुकुरहरु पाल्ने गर्नु हुन्थ्यो। यति धेरै कि हाम्रो घरलाई अक्सर मजाकमा अंग्रेजीमा “कुकुरको घर” वा “कुकुरहरुको घर” भन्ने गरेको पनि सुनिन्थ्यो। आफुँलाई कुकुरआकृति झल्काउने सजावट गर्नेगर्दा कसैकसैले मेरी हजुरआमालाई बोक्सी भनेको पनि सुनिइन्थ्यो। एक बच्चाको रूपमा, मैले मेरो हजुरआमाबाट कुकुरहरुलाई माया गर्नुपर्छ भन्ने सिकें। यसरी नै कुकुरहरु मानिसबाट लाडप्यार गरेको र सुमसुम्याएको मन पराउँछन्। कुकुरहरुमा गन्ध वा वास्ना सम्झने असाध्यै तीक्ष्ण गुण छ। एकपटक सुँघेका भरले कुनै व्यक्तिलाई वर्षौंपछि पनि पहिचान वा सम्झन सक्छन्। यी कुराहरु मैले मेरो वाल्यकालमा नै थाहा पाइसकेको थिएँ। कुकुरहरु तिनीहरुका टाउकोमा बिस्तारै थपथपाएको र ढाडमा थप्पड मारेकोमा आनन्द मान्छन्। एउटा विशेष जातको कुकुरनी हामीसँगै बस्यो। हजुरआमाले राखेको यसको नाम मैले विर्सिएँ तर यसका मनमा “भगवान” र “प्रेम” बसेका थिए भन्न सकिन्थ्यो। म अहिले पनि त्यसलाई नुहाइदिएर काखमा राखेर सुम्सुम्याएको सम्झन्छु। त्यसले मलाई कसरी पछ्याउने गर्थ्यो। त्यो विरामी पर्दा कसरी छटपटाउँथ्यो। उ सँगको मेरो बन्धन हाम्रा हरेक छिमेकलाई समेत प्रष्ट थियो।

    समयक्रममा, म अध्ययन गर्न इबादान शहर गएँ। त्यसै अवधिमा हजुरआमाको निधन भएको थियो। त्यसपछि हाम्रा घरका कुकुरहरू एकपछि अर्को गर्दै हराएका थिए। मेरा घरका कुकुरहरुलाई मानवप्रति स्नेहीभाव प्रकट गर्ने गरी हुर्काइएका थिए। तर सहरका कुकुरहरूका स्वभावहरु फरक रहेछन्। तिनीहरु आक्रामक र लडाकु थिए। तिनीहरूलाई अपरिचितहरूलाई घृणा गर्ने र घुसपैठ गर्नेहरूलाई झम्टने तालिम दिइएको थियो। शहरमा कुकुरहरुलाई दिनभर खोरमा थुनेर वा बाँधेर राख्ने र रातमा काँडेतारसहितको पर्खाल भएका घरमा फुकाएर राखिएका हुन्थे। मैले पहिलो पटक सहरमा मानिसहरूले कुकुर खाएको थाहा पाएँ। जब मैले शहरको एक भोकाएको युवकले भोक मार्न भूस्याहा कुकुर मारेर खाने गरेको समाचार पढें त्यसबेला म स्तब्ध भएँ। मैले शहरमा पुगेपछि कुकुरहरुले मान्छेको आलो दिशा खान्छन्, र अझ दुखलाग्दो तिनीहरुले मानिसहरुसमेत खान्छन् भन्ने सुनें।

    इबादानमा, एउटा कुकुरले त्यसकै मालिकलाई खाएको सुनें। मालिक कुनै कामविशेषले केही दिनका लागि घर बाहिर गएका थिए– कुकुरलाई खुवाउने बन्दोवस्त नगरी कुकुरलाई एक्लै छाडेर। मालिक घर फर्किदा, कुकुर यति भोकाएको र रिसाएको थियो कि त्यसले आफ्नो मालिकको हड्डी नै चपाएर खाइदियो। इबादानमा नै, कुकुरले टोक्छ भनेर मात्र होइन त्यसको टोकाइबाट रोग लाग्न सक्छ भनेर मानिसहरु कुकुरबाट टाढै रहने गरेको चाल पाएँ। त्यसैबेला मेरो एक जना साथीलाई रेबिजको उपचार गरियो किनकि उ कुकुर भएको घरमा थाहा नदिई पस्दा उसलाई टोकेको थियो। नाइजेरियाका धेरै सहरहरूमा अपराधको उच्च दर हुनुको कारणमा मानव-कुकुर सम्बन्ध पनि एक हो कि जस्तो लाग्छ। यहाँ घरपालुवा जनावरसँगको सम्बन्धलाई अन्धविश्वासले पनि हेर्ने गरिन्छ। कुकुर वा बिरालो खासगरी काला घरपालुवाका मालिकलाई अपशकुन निम्त्याउने वा टुनामुना खेलाउने बोक्साबोक्सी भएको सङ्का गरिन्छ।

    त्यसपछि म जोहानेसबर्ग, दक्षिण अफ्रिका गएँ। त्यहाँ मैले कालो मानिसलाई घृणा गर्न प्रशिक्षित कुकुरहरुको सामना गर्नु पर्‍यो। मैले इबादानमा नरभक्षी कुकुरहरूलाई झेल्न राम्ररी अभ्यस्त नभइसक्दा, मैले जोहानेसबर्गमा नस्लवादी कुकुरहरूको संसार देख्नु पर्‍यो। त्यसका लागि म तयार भइसकेको थिइन। म बसेको पहिलो डेरा अफ्रिकी गोराको घरसँगै रहेको एक कटेरोमा थियो। घरपतिले लेक्सी नामक एक बोअरबोएल कुकुर पालेका रहेछन्। लेक्सी एक डरलाग्दो देखिने र नसुहाउँदो गरी मांसपेशी लत्रेको कुकुर थियो। यसलाई पहिलो पटक देख्दा मेरो शरीरका सबै अङ्गहरु थरथरी कामे। लेक्सीले मलाई बेजोडसँग भुक्यो। मेरो अफ्रिकी घरपति आमैले लेक्सीले तपाईंलाई दुईचार दिनमा नै चिन्नेछ र भुक्न छाड्ने आश्वस्त दिलाउन खोजिन्। तर उनको अनुमान ठिक भएन। लेक्सीले मलाई भुक्न छोडेन तर खुशीको कुरा, घरपति बस्ने घर र मेरो कटेरोको बीचमा एक बार थियो। त्यसोभएर, लेक्सीले मलाई भुक्न मात्र सक्थ्यो, त्यसले बारलाई नाघेर मलाई आक्रमण गर्ने कुनै सम्भावना नै थिएन।

    दक्षिण अफ्रिका बसेको केहि बर्षपछि, मलाई स्पष्ट भयो कि लेक्सीले मलाई मात्र होइन त्यस घरभित्र आउने सबै काला मानिसहरुलाई भुक्दो रहेछ। कुनै समय एक जना गोरा केटा मसँगैको कटेरोमा बस्न थाल्यो,  उसँग लेक्सीले आक्रामक व्यवहार देखाएन। जब गोरा मानिसहरु त्यस घरमा आउनेजाने गर्थे लेक्सीले तिनीहरुलाई भुक्दैनथ्यो। यसपछि मैले महसुस गरें कि दक्षिण अफ्रिकामा कुकुरहरू पनि जातिवादी छन् — वा, अझ राम्रोसँग भन्नुपर्दा, दक्षिण अफ्रिकाका कुकुरहरूलाई कालो विरोधी जातिवादमा सामाजिकृत गरिएको हुन्छ। त्यस समय बोरबुल्स जातको कुकुर मानिसहरुलाई आक्रामक हमला गर्नका लागि कुख्यात थिए। दक्षिण अफ्रिकामा कालो मानिस र कुकुरहरुबीचको वैरभाव बुझ्न गोराहरुको औपनिवेशिककालको रंगभेदविरोधी आन्दोलनहरु दिनहरुमा पुग्नु पर्ने हुन्छ। त्यसबेला पुलिस कुकुरहरुलाई विशेषगरी काला मानिसहरुलाई विशेषगरी रंगभेदको कडा विरोध गर्ने आन्दोलनकारीहरुलाई आक्रमण गर्नका लागि प्रशिक्षित गरिएको थियो।

    आजकाल, रंगभेद समाप्तभएपछि, गोरा मानिसहरूको स्वामित्वमा रहेका कुकुरहरूमा अझै पनि काला विरोधी स्वभावहरु देखिन्छन्।दक्षिण अफ्रिकामा गोराहरुको राज हुँदा, आमरूपमा भन्नुपर्दा, आफ्नो सम्पत्ति, विशेषाधिकार र शक्तिको रक्षा गर्ने तरिकाको रूपमा सुरक्षाका लागि पुलिसको सट्टा कुकुरहरूलाई प्रतिस्थापन गरिएको थियो जस्तो लाग्छ। दक्षिण अफ्रिकामा लगभग सबैजसो साना शहरका उच्च वर्गका घर (उर्फ गोराहरुको घरहरु) मा एउटा सुरक्षा कुकुर हुन्छ। कैयनले आगन्तुकलाई सावधान गराउन वा सम्भावित अपराधीहरुमा डर पैदा गर्न कुकुरको तस्वीरसहित सावधानी सूचना राखेका हुन्छन्। यस्ता डर देखाउने सूचनामा कालो कुकुरको तस्बीर नै हुन्छ। ऐतिहासिक रूपमा, दक्षिण अफ्रिकाको गोरा राजमा कालो मानिसहरुको भन्दा कुकुरहरुको बढी मूल्य हुने गर्दथ्यो। रंगभेदीकालमा, काला आन्दोलनकारीहरुले मारेका कुकुरहरुको सम्झनाका लागि दक्षिण अफ्रिकी पुलिसले स्मृतिदिवश मनाउने गर्दथ्यो।

    आजकाल, हामीले सुन्छौं कि गोरा परिवारहरुले आफ्ना पालुवा कुकुरहरुको चिकित्सा बीमा गरेका हुन्छन्, तर आफ्ना घरेलु कामदारहरुको गरेका हुँदैनन्। यसो भनेर मैले कुकुरप्रति दयालु हुनु हुँदैन भन्न खोजेको होइन तर  दक्षिण अफ्रिकाका अधिकांश गोराले आफ्नो मनोवृत्तिको कारण कालोहरूलाई समानुभूति राख्नु भन्दा आफ्ना कुकुरहरूलाई मर्यादापुर्वक राख्ने गर्छन्। यति कुरा मैले बुझेपछि किन सर्वसाधारण काला दक्षिण अफ्रीकीहरु (विशेषगरी पुरुषहरु) कुकुरहरुसँग अत्यधिक डराएका हुन् भन्नेमा कुनै आश्चर्य नै लागेन। संक्षेपमा, रंगभेद पछिको दक्षिण अफ्रिकामा, सुरक्षा कुकुरहरू जातीय शीतयुद्धको कम वा बढी नजानिदो हतियार हुन्; तिनीहरू गोरा मानिसहरूको सुसज्जित ढाल हुन् भने काला मानिसहरूका सबैभन्दा खतरनाक शत्रु हुन्। काला र गोरा दक्षिण अफ्रिकीहरु घुलमिल भएको एक दशकपछि पनि, कुकुर–भय (cynophobia) ले मलाई सताउन छाडेको छैन।

    शुरुवात्‌मा म कुकुरहरुसँग त्राहीमाम भएपनि, केलौनाको बसाइले कुकुरहरूप्रतिको स्नेह गर्ने मेरो बाल्यकाल पुनर्जीवित भएको छ र म अब एउटा कुकुर पाल्ने सोचमा छु। तर यसै समय, क्यानाडा (र पश्चिमी संसारका धेरै मुलुक) मा कुकुरहरुप्रति माया जगाउनुको मतलव कुकुरलाई एक विक्री–वस्तु बनाइरहेको पनि मैले बुझ्दैछु। टोरन्टोको सडकमा कुकुरको आकृति झल्काउने ह्यान्डब्याग वा खेलौनाहरू लिएर हिंडिरहेका मानिसहरू देख्नु सामान्य नै हो। यसैगरी चिया–कपमा अट्ने टी कप कुकुरहरू पाल्ने चलनले    पश्चिमी उपभोक्तावादको तस्वीर अझ देख्न सकिन्छ । एकातिर टि–कप कुकुरको आहाराको माग बढ्दैछ अर्कातिर व्यावसायिक रूपमा प्रजनन कुकुरहरूको बजार विस्तार सिर्जना गर्दैछ। टिकप कुकुरको कुरा गर्दा यसबारे यदाकदा प्रश्न उठेपनि यसलाई कुकुरहरुको अनैतिक प्रजननसँग जोड्न मिल्दैन। किनकि टिकपको प्रजननमा कुकुरको आकारप्रकार नै बदलिनेगरी आनुवंशिक परिवर्तन गरिएको हुँदैन। यस कुरालाई समेत ध्यानमा राख्दै, क्यानाडाले कुकुरको दयनीय अवस्थामा प्रजनन गरी बेच्ने “पप्पी मिल” समस्याहरूका विरुद्ध अभियान पनि जारी राखेको छ।

    क्यानाडा (र पश्चिमी संसारका धेरै) मा कुकुरप्रतिको प्रेममा एउटा अँध्यारो  पक्ष पनि छ। कैयन पटक कुकुरप्रतिको प्रेम (सायनोफिलिया) कुकुरसँगको यौनतृप्ति  (साइनोसेक्सुअल) मा  प्रकट हुनेगरी देखिएका छन्।  क्यानाडामा पशुकरणी गैरकानुनी भए पनि, सन् २०११ र २०१६ बीचमा पशु करणीका १०३ मामलाहरु रिपोर्ट गरिएका थिए। र, रिपोर्टले औंल्याए जसरी,  क्यानाडा वा अन्य कुनै स्थानमा पशुकरणीका धेरैजसो घटनाहरू रिपोर्ट गरिँदैनन् किनभने, स्पष्टै छ, जनावरहरू रिपोर्ट गर्न असक्षम छन्। त्यसमाथि, क्यानाडामा मानव- पशुबीचको यौन उत्पीडन तथा दुर्व्यवहारका बारेमा बनाइएका कानूनमा धेरै छिद्र–प्वालहरू छन्। उदाहरणका लागि,  सन् २०१३ मा, एक क्यानाडाली मानिसलाई पशुकरणीको अभियोग लगाइएको थियो तर उसले  आफ्नो अपीलमा कानूनमा “पशुयोनीमा लिङ्ग प्रवेश” बारे केही नभएको भन्ने आधारमा मुद्धा खारेज भयो। साथै, २०११ देखि २०१६ बीचमा रिपोर्ट गरिएका पशुपन्छीका १०३ मामिलाहरू मध्ये ४७ मा मात्रै मानिसहरूलाई अभियोग लगाइएको थियो। २०१९ मा मात्र क्यानाडाको कानूनले “पशुहरूसँगका सबै यौनकार्यहरू” अवैध ठहर हुने आधार ल्याएको थियो।

    तीन वटा देशहरुका (नाइजेरिया, दक्षिण अफ्रिका र क्यानाडा) कुकुरहरुको सामाजिक जीवन विज्ञान माथि मेरो झर्रो प्रयासले कुनै नौलो निष्कर्ष निकालेको होइन। यदि कुकुरहरुले जङ्गली र जातिवादी व्यवहार देखाउछन् भने मानिसले तिनलाई त्यस्ता बनाएका हुन्। मेरो निष्कर्ष के हो भने विश्वभरिमै कुकुर सम्बन्धी विषयहरु चपाइएका, राजनीतिकरण गरिएका, हतियार बनाईएका र दुर्व्यवहार गरिएका छन्।

    साभारः africasacountry.com बाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      साकिरु एडेबायो

      साकिरु एडेबायो

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.