Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सवादको औचित्य समाप्त भएको हो?

उनीहरुलाई यो याद दिलाउनु आवश्यक छ कि मार्क्सवाद सत्तामा रहोस् या नरहोस् तर राजनीतिक विमर्शको केन्द्रमा भने अध्यावधिक छ, रहीरहने छ । अहिले पनि मार्क्सवादलाई बेवास्ता गरेर कुनै पनि राजनीतिक एजेन्डा पूरा हुने अवस्था छैन ।

nepal_readers nepal_readers
माघ ७, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -प्रियदर्शन –

    के मार्क्सवादको अन्त्य भइसकेको हो ? कार्ल मार्क्सको मृत्यु भएको दुई शताब्दी बितिसकेको अवस्थामा कतिपयले अब मार्क्सवादको औचित्य नरहेको भन्ने तर्कसमेत गर्न थालेका छन्।

    अहिले त्यो सोभियत रुसको अस्तित्व नै छैन, जहाँ मार्क्सवादको पहिलो प्रयोग भएको थियो। मार्क्सवादी शासन व्यवस्था अंगिकार गरेका पूर्वी युरोपका देश पनि अहिले अस्तित्वमा छैनन्। पूर्वी जर्मनी, युगोस्लाभिया तथा चेकोस्लोभाकिया जस्ता देश विश्व मानचित्रमा देखिन छाडेका छन् । हंगेरी पोल्यान्ड दुनियाँमा त छन्, तर तीनीहरुमा ठूलो परिवर्तन आइसकेको छ।

    त्यतिमात्र होइन कुनै समय अमेरिकालाई धूलो चटाएको भियतनाम अब भूमण्डलीकृत दुनियाको हिस्सा भएको छ। एसियामा चीनको मार्क्सवाद अब बजारवादसँग गला मिलाएर अघि बढीरहेको छ। भारतमा मार्क्सवादको गढ एकपछि अर्काे गरी टुट्दै गएको छ।

    कतिपयले अहिले मार्क्सवादको मजाक उडाइरहेका छन् । मार्क्सवादी राजनीतिभित्रै रहेको अन्तर्विरोधले यसका लागि आधारहरु पनि दिएको छ ।

    अन्तर्राष्ट्रिय राजनीतिमा स्टालिनदेखि लिएर चाउ चेस्कुसम्मले मार्क्सवादको नाममा लुटका यस्ता परियोजना चलाए कि जसको उल्लेख गर्दा वास्तविक मार्क्सवादीहरुको शीर झुक्ने गर्दछ। बजारको विराट आधुनिक परियोजनामा मार्क्सवादी विचार पछौटेपन या पुरातन दुनियाँको विचार भएको छ।

    यसका अलावा अहिले सत्ताले त्यस्ता व्यक्तिहरुलाई पुरस्कृत गरिरहेको छ, जो मार्क्सवादलाई ध्वस्त पार्न घोषित रुपमा लागेका छन्। मार्क्सवादको विरोध यति सजिलो, सुविधाजनक तथा पुरस्कृत हुने सम्भावनाले भरिएको अवस्थामा यसअघि कहिल्यै थिएन।

    तर मार्क्स तथा मार्क्सवादको तथाकथित शवको चारैतर्फ चलिरहेको पुँजीवादी कट्टरपन्थी प्रेतको नग्न नाच छिचोलेर अलि पर हेर्दा केही अन्य सत्यहरु पनि देखिन्छ। सिर्फ सत्ताकेन्द्रित विमर्शमा तल्लीन केही प्रतिक्रियावादीहरु मार्क्सवादको पनि मृत्यु भइसकेको भन्दै श्रद्धाञ्जली दिएर अघाइरहेका छैनन्। उनीहरुलाई यो याद दिलाउनु आवश्यक छ कि मार्क्सवाद सत्तामा रहोस् या नरहोस् तर राजनीतिक विमर्शको केन्द्रमा भने अध्यावधिक छ, रहीरहने छ। अहिले पनि मार्क्सवादलाई बेवास्ता गरेर कुनै पनि राजनीतिक एजेन्डा पूरा हुने अवस्था छैन।

    वास्तवमा मार्क्समात्र होइनन्, उन्नाइसौँ शताब्दीमा तीन जना यस्ता विचारक आए जसले दुनियाको सोच्ने र चिन्तन गर्ने तरिकालाई नयाँ स्वरुप दिए।

    कार्ल मार्क्सले शोषण र उत्पीडनको कुरा गरे। उनले सम्झाए कि– जो उत्पादन गरिरहेको छ उ सर्वहारा बनिरहेको छ। यो पनि पुँजीको एक मानवविरोधी स्वभाव हो र दुनियाका मजदूरहरु एक हुनु आवश्यक छ। किसानहरुले आफ्नो उत्पादनमा स्वामित्व हासिल गर्नुपर्छ।

    मार्क्सवादसँग मुकाबिला गर्नका लागि निरंकुश पुँजीवादले आफ्नो स्वरुप परिवर्तन गर्याे (चोला बदल्यो) । मार्क्सकै दबाबमा कल्याणकारी राज्यको अवधारणाको विकास भयो । र राजनीतिका ती चिजहरु पनि परिवर्तन भए जसको आधारमा सत्ता हासिल हुन्थ्यो या सत्ता गुम्थ्यो।

    मार्क्स ५ मे १८१८ मा जन्मेका थिए भने, मार्क्स जन्मेको ३८ वर्षपछि सिग्मन्ड फ्रायड ६ मेमा जन्मेका थिए । फ्रायड ती दोस्रा चिन्तक हुन् जसले आउने शताब्दीऔँसम्मको चिन्तनमा निकै गहिरो असर छाडेका छन् । फ्रायडले भने– हाम्रो अवचेतनसँग बाहिरी दुनियाँको गहिरो सम्बन्ध छ । त्यसैले यो दुनियाको गुत्थीबारे प्रष्ट हुनका लागि आफ्नो मनको पनि अध्ययन गर्नु आवश्यक रहेको कुरा फ्रायडले सम्झाए।

    मार्क्स र फ्रायडभन्दा वर्षौंपहिले चार्ल्स डार्विनको जन्म भएको थियो । डार्विनले बताए– मानिस न ब्रह्माको मुखबाट निस्केको हो, न कुनै कपालबाट नै प्रकट भएको हो । सरलबाट जटिल हुँदै मानिसको विकास भएको र मानिसको सबैभन्दा नजिकको पुर्खा बाँदर भएको पनि डार्विनले सविस्तार व्याख्या गरे। डार्विनको विकासवादी सिद्धान्तले पनि दुनियाँको चिन्तन परिवर्तन गर्न अहम् भूमिका खेल्यो।

    मार्क्सवादमै फर्किऔँ। यो पनि सत्य हो कि डार्विन या फ्रायडको जस्तै मार्क्सको पनि कयौँ अनुमानका सीमाहरु पछि खुल्दै गए । उनका अन्तर्विरोध पनि बाहिर आए। मार्क्सका राजनीतिक अनुयायीका बर्बरताले धेरै मार्क्सवादीलाई शीर झुक्ने स्थितिमा पुर्‍यायो। मार्क्सवादको नाममा हुने गरेका चुक (गल्ति) ले मार्क्सवादलाई नै उपहास गरिरहेको छ । तर, सबैभन्दा ठूलो सत्य यो हो कि मार्क्सले दुनियाँको राजनीतिक एजेन्डा परिवर्तन गरिदिएका छन्।

    औद्योगिक क्रान्तिपछि मार्क्सले मजदूरहरुलाई एकताबद्ध हुन आह्वान गरेका थिएनन्, या भनौँ उनले आफ्नो विचार प्रस्तुत गरेका थिएनन् भने सम्भवतः पुँजी यति उदार र मानवीय हुने नै थिएन। मार्क्सवादको दबाबमा पुँजीवादले आफूलाई केही हदसम्म मानवीय बनाउने कोसिस गर्याे। मजदूरीको घन्टा, अवकासका योजना, सामाजिक सुरक्षाको प्रश्न जस्ता कुराहरु मजदूरले त्यसपछि मात्र प्राप्त गरेका हुन्। यो अनायास भइरहेको छैन। मार्क्सवादको तथाकथित पतनपछि पुँजी अचानक निरंकुश हुँदै जान थालेको छ, मजदूरहरुको दुनियाँ अलि बढी निरिह र असुरक्षित हुँदै गइरहेको छ।

    दक्षिण एसियामा भारतको सन्दर्भमा कुरा गर्दा त्यहाँ मार्क्सवादका केही विडम्बनाहरु छन्। दुई दशकभन्दा बढी समय बंगालमा राज गरेको वाममोर्चा यसरी पराजित भयो कि उसले त्यसलाई तत्काल उल्ट्याउने सम्भावना देखिएको छैन। तर स्मरणीय कुरा के पनि हो भने वाम मोर्चा तब पराजित भयो जब उसले वाम मुद्धा छाड्यो। र, ममता बेनर्जी यसकारण जितिन् कि उनले वामको विरोध गरेर पनि त्यही मुद्दा उठाइन् जो वाम राजनीतिमा केन्द्रित हुने गर्दछ।

    यो राजनीतिक पराजयका अतिरिक्त वाम विचारधारा अहिले आफ्नो माओवादी धाराको कारण पनि लोकतन्त्रमा विश्वास गर्ने मार्क्सवादीका लागि द्वीविधाको विषय बनेको छ। यो स्पष्ट भइसकेको छ कि यस्ता हिंसात्मक र मूलतः अलोकतान्त्रिक आन्दोलनले आफ्नो नैतिक आभा गुमाइसकेको छ। र, यो रणनीतिक रपमा विफल हुन अभिशप्त छ। यस्ता हिंसात्मक आन्दोलनका कारण राज्यहिंसालाई पनि वैधता मिलेको छ। साथसाथै कयौँ मानिसलाई यसको सिकार हुनु परेको छ। यसका अलावा आन्दोलनको भूमिगत चरित्रका कारण यसमा थुप्रै आपराधिक तत्वको पनि घुसपैठ भएको छ, जसका लागि माओवाद कमाउधन्दा चलाउने आधार बनेको छ।

    यसका बावजुद माओवादीको प्रभाव बढीरहेको छ। सत्य के हो भने मजदूर, किसान, आदिवासी तथा दलितको उपेक्षा बढीरहेकाले माओवादीको प्रभाब बढीरहेको छ। मजदूर, किसान आदिवासी तथा दलितहरुमा असन्तुष्टि बढीरहेको छ, त्यहाँका संसाधनको लुट पनि बढीरहेको छ।

    पुँजीको लगभग एकाधिकारवादी तथा निरंकुश हुँदै गएको चरित्र र लोकतान्त्रिक संस्थानमाथि उसको अभेध्य हुँदै गएको कब्जाका कारण सीमान्तकृत समुदायमा तिनीहरुमाथि मोहभंग भएको छ। उनीहरु यसबाट बाहिर निक्लने मार्ग खोजीरहेका छन्। त्यसका लागि ती सीमान्तकृत समुदायलाई माओवादीले एक मार्ग देखाएको छ, माओवादी स्वयंले चाहिँ मार्क्सवादको वैचारिकी खुराकबाट प्राप्त गरेको छ।

    प्रश्न स्वाभाविक रुपमा उठ्छ– के मार्क्सवाद वैचारिक औजार मात्र बनिरहन्छ? या बिसौं शताब्दीमा जस्तो सत्तामा मार्क्सवादको ठोस रुपमा आगमन हुन्छ?, यसको कुनै निश्चित जबाफ दिन सकिँदैन।

    यद्यपी सोभियत रुसका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभले आफ्नो किताब ‘पेरेस्त्रोइका’मा एक चाखलाख्दो कुरा लेखेका छन्। गोर्बाचोभले सम्झाएका छन् कि दुनियामा कुनै पनि क्रान्ति एक चरणमा पूरा भएको छैन। उनी बताउँछन्– सन् १७८९ मा भएको फ्रान्सेली क्रान्ति कयौँ परिवर्तनको सामना गर्दै अन्ततः पाचौँ गणतन्त्रसम्म पुगेर पूरा भएको थियो। त्यस समयको अमेरिकी क्रान्तिमा अमेरिकी गृहयुद्ध देखियो, लिंकनको हत्या भयो, विस्तार–विस्तार सफल हुँदै गयो। ब्रिटेनमा भएको सन् १६८८ को गौरवशाली क्रान्तिमा पनि कयौँ चरणहरु देखिए। १८३२ को संसदीय सुधार देखियो। फेरि एक मोडमा पुगेको थियो। गोर्बाचोभका अनुसार रुसी क्रान्ति पनि एक चरणमा पूरा हुन सक्दैन। त्यसमा पनि अलग–अलग चरणहरु आउँछन्।

    गोर्बाचोभको यो भविष्यवाणी आफ्नो ठाउँमा छ। तर सत्य यो हो कि सोभियत संघ र पूर्वी यूरोपेली देशमा साम्यवादको पतनपछि दुनियाँ उन्नत भएको छ भन्ने ठोस सबुत मिल्दैन। बरु उल्टै पश्चिम एसियामा बितेको दशकमा जे भयो त्यसले राजनीतिक मात्र नभई एक यस्तो सांस्कृतिक संकट पैदा गरिदियो जसको छाया पूरा विश्वमा परेको छ। तालिबान, अल कायदा तथा आईएस जस्ता संगठनको जन्म अमेरिकी एकध्रुवीयताको महत्वाकांक्षा, उसको अहंकार र छलको परिणामले भयो।

    विश्व कयौँ प्रकारका धार्मिक तथा प्रादेशिक टकरावले जकडिएको छ। संस्कृति तथा समुदायमा आपसी घृणा तथा कट्टरता बढी छ। आर्थिक मोर्चामा पनि स्थिति राम्रो छैन। अर्थव्यवस्था ठूला र खगोलीय उद्यमीको मुठ्ठीमा छ र निसास्सिएको देखिन्छ। दुनियाभरमा बेरोजगारी यसरी बढीरहेको छ कि कतिपय देशले विदेशी नागरिकका लागि आफ्नो देशमा रोजगारीको ढोका बन्द गरिरहेका छन्। यति मात्र होइन यो पुँजीवादी तन्त्रले विस्तार–विस्तार वास्तविक लोकतन्त्रको अपहरण गरी जनादेशलाई बन्धक बनाउँदै गएको देख्न थालिएको छ।

    यस आधारमा हेर्दा मार्क्सवादको यूटोपिया चाहे जतिसुकै ठूलो किन नहोस्, दुनियामा मार्क्सवादको जरुरत पनि उति नै बढी छ। सारा समस्याको समाधान मार्क्सवादभित्र छ भन्न सकिन्न। तर, पुँजीवादको यो अनिश्चितताले जुन विकल्पतर्फ ध्यान खिच्दछ त्यसमध्येको सबैभन्दा ठूलो विकल्प मार्क्सवाद हो भन्ने कुरामा कुनै सन्देह छैन। समानता तथा स्वतन्त्रताको संघर्षका जति पनि स्वरुपहरु छन्, तिनको सम्बन्ध कहीँ न कहीँ मार्क्सको सिद्धान्तसँग छ।

    मार्क्सवादको मौजुदा विफलता उसको स्थायी अन्त्य होइन। दुनियाँभरमा पुँजीको विराट परियोजनामा उदाहरणीय बन्दै गएका जुन साना तर महत्वपूर्ण अभियान छन्, साम्प्रदायिकता, उग्र राष्ट्रवाद तथा नश्लवादविरुद्ध भइरहेका जुन छापामार संघर्षहरु हुन्, समानताका लागि चलेका जुन आन्दोलनहरु छन्, तिनीहरु सबैले यो कुरा प्रमाणित गर्छन् कि मार्क्सवाद जिउँदै छ। र यो भरोसा पनि दिलाउँछ कि एक दिन दुनिया साच्चै उन्नत हुनेछ र सबैका लागि समान हुनेछ ।- सत्याग्रह

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.