Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026
Friday, August 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गोर्बाचेवका कारण हामीले के के गुमायौं…

नोबेल विभूषित लेखक सोलजेनिस्तीनले देखे– रूस बदलिएछ, उसको भाषा बदलिएछ। जे खोज्न विदेशिएका थिए– त्यहाँ उनलाई मिलेन। फगत एक उदास-एक्ला व्यक्ति भौतारी रहे-भौतारी रहे।

प्रियदर्शन प्रियदर्शन
भदौ १८, २०७९
- विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् १९८५ को कुरा हो। म आइ.ए. मा पढ्थें। मलाई त्यसबेला ३० रुपैंयामा ७ वटा रुसी पुस्तकहरु किनेको याद छ, ती चेखवका कथा संग्रह, मेक्सिम गोर्कीका- ‘मेरा बचपन’, ‘मेरे विश्वविद्यालय’ र ‘जीवन की राहों में’, तुर्गनेवको ‘पिता और पुत्र’, ओस्त्रोव्स्कीको ‘अग्निदीक्षा’, र टाल्स्टोयको ‘पुनरुत्थान’ थिए।

    तीस रुपैंयामा यतिका पुस्तक अहिले कल्पना गर्न सकिदैन। यो नै रूसी साहित्यमा मेरो पहिलो साक्षात्कार थियो। रूसको कठाङ्ग्रिने रातमा ओभरकोट लगाएका व्यक्तिहरु, बग्गीहरुमा शयर गरिरहेका युवतिहरु, लौरो लिएका बृध्दहरु, फलैचाँमा बसेका महिलाहरु- महिनादिनमा नै मस्को, लेनिनग्राद, स्टालिनग्राद सबै शहर परिचित हुँदैगए। त्यसपछिका वर्षहरुमा पुस्तकहरु थपिदैं गए– मेक्सिम गोर्कीको ‘आमा’, टोल्स्टायको ‘अन्ना क्यारेनिना’,  दोस्तोएव्स्कीको ‘अपराध और दंड’, र ‘बौड़म’, जान रीडको ‘जब दस दिनमे दुनिया हिल उठी’, शोलोखोवको ‘धीरे बहे दोन रे’, मारिया प्रिलेयाजेवाले लेखेको लेनिन की जीवनी, ‘द्वन्द्वात्मक भौतिकवाद’ लेनिनको ‘क्या करें’ र यस्तै–यस्तै धेरै पुस्तकहरु।

    तिनीहरुले नै हामीलाई कम्युनिस्ट, केही समझदारी, केही प्रगतिशील र केही साहित्यिक बनाइरहे। पुस्तक पढ्ने बानी र परिवर्तन प्रतिको चाहानाले हामीलाई चलायमान बनाइरह्यो। यदि सोभियत संघले आफ्ना स्रोतहरु यता नपठाएको भए शायद हामीहरु धेरैले बहुमूल्य साहित्यसँग कमै मात्र परिचित हुन्थ्यौं होला।

    मैले पुस्तक किन्न थालेकै सन् १९८५ सालमा मिखाइल सर्गेयेविच गोर्बाचेव सोभियत संघको राष्ट्रपति बने। त्यसअघि सोभियत संघले आफ्ना दुई राष्ट्रपतिहरुलाई छोटो–छोटो समयमा गुमाउनु परेको थियो। केही महिना चेरनेन्को भएका थिए, जसको नाम सम्झिन मलाई नै केही बेर लाग्यो र दुई वर्ष यूरी आन्द्रोपोव थिए। ती दुईभन्दा अघि ब्रेझनेव युग थियो।

    गोर्वाचेवको युग यस्तो थियो– जुनबेला कैयन घागडान– घागडान राष्ट्र प्रमुखहरु आफ्आफ्ना देशका सत्ता सम्हाली रहेका थिए। अमेरिकाका रोनाल्ड रेगनले बदलाव ल्याइरहेका थिए र ब्रिटेनमा थिइन् लौह महिला मार्गरेट थैचर। पश्चिम जर्मनीमा हेलमुट कोल थिए। तर यिनीहरुबीच गोर्वाचेवको स्ट्रेचर (हैसियत) सबैभन्दा उचाइमा थियो। केही सोभियत संघको विराट हैसियतका कारणबाट र केही आफ्नै निजी व्यक्तित्वका कारण। निश्चय नै उनी भिन्नै खालका नेता थिए। उनी सोभियत सत्ताको सिंढीमा ५४ वर्षको कम उमेरमा पुगेका थिए। उनका कैयौं सपना र कैयौं लक्ष्य थिए। उनलाई राम्ररी थाहा थियो कि देशमा असन्तुष्टि बढिरहेको छ र विश्वमा तनाव। उनी पश्चिमसँग असल सम्बन्ध राख्न चाहन्थे। कुनैपनि हालतमा तेस्रो विश्वयुद्ध रोक्न चाहन्थे।  चालीस वर्षदेखि फुसफुस गर्दै बढिरहेको शीतयुध्दलाई खतम गर्न चाहेका थिए। यसैका लागि उन्ले ग्लास्तनोस्त र पेरेस्त्रोइका शुरू गरे – अर्थात् खुलापन र परिवर्तन।

    यस अवधिमा रूसी प्रकाशन किन्ने सिलसिला जारी नै थियो। सोभियत संघ यसरी नै शीखरमा रहिरहन्छ र अटुट रहनेछ भन्ने मेरो विश्वास अझ प्रवल बन्दै गयो। अध्ययन कम थियो। जेजति पढिएका थिए ती बाट कुनै व्यक्तिले यो कल्पना गर्न सक्दैनथ्यो कि आगामी पाँच वर्षमा नै सोभियत संघ टुक्रनेछ। मैले यसैबेला गोर्बाचेवले लेखेको पुस्तक ‘पेरेस्त्रोइका’ किनेको थिएँ। पेरेस्त्रोइकामा उल्लेख आर्थिक बयान त मेरा दिमागमा केही केही मात्र घुसेका थिए तर  गोर्बाचेवको एक तर्क ज्यादै प्रष्टरुपमा घुसेको थियो। गोर्बाचेवले लेखेका थिए–  विश्वको कुनै पनि क्रान्ति एकै पटकमा सफल भएका छैनन्। उनले अमेरिकी क्रान्ति, बेलायतको संसदीय प्रणालीको सुधार र फ्रान्सीसी क्रान्तिको उदाहरण दिएका छन्। भनेका छन् कि सोभियत क्रान्ति पनि एकै पटकमा पुर्ण भएको मान्नु हुँदैन। यसैले क्रान्तिलाई निरन्तरता हामीले दिइरहनु पर्ने हुन्छ।

    तर उनको यो स्वप्नदर्शिता चकनाचुर भयो। उनी सोभियत संघको झ्यालहरुमात्र खोल्न चाहन्थे ताकि केही हावा ओहरदोहर हुन पाओस् तर आँधीबेहरी नै आयो जसले घरको छत नै उडाइदियो। परिणाम सोभियत संघको विघटन भयो। इतिहास खासगरी दुई विश्वयुध्दहरुमा भएका क्षतिको पुनर्निर्माणका लागि भएको हतारोमा बनेको नोकरशाही राज्ययन्त्र र पार्टीतन्त्रको विरासत नै सोभियत संघ विभाजनको कारण बन्यो।

    यो घटनाले धेरै कुराको अन्त भएको घोषणा भयो। हाम्रो अघि दुनिया स्तव्ध थियो। जर्मनको पर्खाल ढल्यो। सोभियत संघ टुक्राटुक्रा भयो। युगोस्लाविया-चेकोस्लोवाकिया आफ्ना नक्शाहरु बदली रहेका थिए र जातीय अस्मिताका लागि चलेका त्यहाँका गृह युद्धहरु आधुनिक समयको बर्बर युद्धहरुमा परिवर्तन भएका थिए।  सोभियत संघविरुध्द पश्चिमाले चलाएको शीत-युद्धको अन्त भयो, पश्चिमाहरुले अर्को शीत-युद्धको थाल्दै गर्दै इतिहासको अन्त भनियो, विचारधाराको पनि अन्त भयो, धेरै सपनाहरुको पनि अन्त भयो।

    मेरो पुस्तक किन्ने बानीको पनि अन्त भयो। पीपुल्स बुक हाउसका र्‍याकहरु रित्तो हुँदै गए। त्यो पसलमा आउनेहरुको संख्या घट्दै गयो। पसलमा बहस हुन छाडे र त्यहाँ सन्नाटा छाउन थाल्यो। रादुगा र प्रगति प्रकाशन अब स्मृतिहरुमा मात्र रहन गए। सबै अन्त भए।

    केही वर्षपछि रूसी विद्वान वरयाम सिंहको आग्रहमा मैले रूसी कविताहरुलाई अनुवाद गरें, रूसी कविताको परम्परामाथि केही काम गरें। त्यसबेला मैले पुश्किन, त्यूतचेव, लेर्मेंतेव, मायाकोव्स्की, ब्लोक, अख्मातोवा, त्स्वेतायेवा, येव्तुशेन्को र वोज्नेसेंस्कीहरु जस्ता कविहरुलाई नयाँ सिराबाट पढें। फेरि मभित्रको स्मृतिहरुले टाउको उठायो– आहा ती दिनहरु! सोभियत कविहरुसँग मेरो एक स्वार्थ मिल्थ्यो– मेरो पनि उनीहरुका जस्तै सपना थियो– त्यो थियो कुनै स्वर्गको खोजी।

     यो पनि पढ्नुहोस् – मिखाइल गोर्बाचोभको लेगेसी

    त्यस्तै स्वर्गको खोजमा विदेशिएका थिए नोबेल विभूषित लेखक सोलजेनिस्तीन। तर बीस वर्षपछि उनी टुक्राटुक्रा भएको सोभियत संघ र बचेखुचेको रूसमा फर्किए। उनले देखे– रूस बदलिएछ, उसको भाषा बदलिएछ। जे खोज्न विदेशिएका थिए– त्यहाँ उनलाई मिलेन। फगत एक उदास-एक्ला व्यक्ति भौतारी रहे– भौतारी रहे। म पनि यसरी नै भौतारी रहेको छु।

    हुन त, सोभियत संघ ढल्यो र शीतयुद्ध खतम भयो। तर के यसपछि शीत शान्ति आयो? के मानवीय युग आयो ? के विचारधाराहरुको पुरानो संघर्ष समाप्त भयो? के सभ्यताहरुको टकराहट बन्द भयो? स्टारवारहरु जस्ता कार्यक्रम बन्द भए, अमेरिका-रूसबीचको परमाणु होड कम भयो होला, तर अमेरिकी नेतृत्वमा बनेको एकध्रुवीय विश्वले सबैकुरा बदलेर गर्नु–नगर्नु गर्‍यो। पश्चिमी प्रभुत्वादको आक्रामक रवैयाले दक्षिण एशियादेखि पश्चिम एशियासम्म धार्मिक कट्टरतालाई उक्स्यायो र त्यहाँका सत्ताको विरुद्ध खडा गर्‍यो। अमेरिकी रणनीतिले कहीं तालिबान पैदा गर्‍यो, कहीं अल कायदा बनायो। परिणाम पुराना छापामार युद्धहरु आतंकवादी हमलामा बदलिए। त्यसैले अमेरिकाको ट्वीन टावर ध्वस्त गर्‍यो। कैयन देशहरु गृहयुध्दमा फसे/फसाइए, प्रगतिशील मूल्य पछि पर्दै गए, धार्मिक कट्टरताहरु दक्षिणपन्थी राजनीतिका लागि शक्ति बने।

    विश्वनै प्रविधि र यन्त्रमा आधारित संस्कृतिशून्य बजार व्यवस्थाको क़ब्ज़ामा पर्न गए। यस सम्पूर्ण प्रक्रियामा प्रविधिको पनि ठूलो योगदान रह्यो। आज स्थिति यो बनेको छ कि विश्वभर नै बजार र ठूला औद्योगिक घरानाले सत्ताको स्वरूप तय गरिरहेका छन्। भारतको लोकतन्त्र एकातिरबाट धार्मिक र जातीय जकडनहरुबाट कसिएको छ, अर्कातिरबाट दलाल पूँजीको बन्धनमा परेको छ। कम्युनिस्ट आन्दोलन उपहास र उपेक्षाको विषय बन्दैछ।

    गोर्बाचेव सन् १९९१ पछि कहाँ थिए थाहा छैन। एकपटक येल्तसिनका विरुद्ध चुनावमा लडेका सुनेको थिएँ, तर १% भोट पनि पाएनन्। रूसी जनताले उनलाई नकार दिएका थिए। किन नकार्नु? आखिर उनकै कारणा दुनियाको सबैभन्दा शक्तिशाली मुलुकले आफ्नो शान र हैसियत गुमाउनु परेको थियो।

    हाम्रा लागि त गोर्बाचेव मरिसकेका नै थिए।  ९१ वर्षमा उनी मरेको सुनेर अहिले किन आश्चर्य गर्ने? आश्चर्य त के छ भने उनी अझै जिउँदै थिए! हामीहरुलाई जस्तै विश्वका उत्पीडित र उपेक्षित व्यक्ति र समुदायका लागि  सोभियत संघको विघटन हुनु खाली बस एक मुलुकको, विश्वको एक व्यवस्थाको, समाप्ति भए जस्तो होइन, हाम्रा लागि त हाम्रा सारा सपनाहरु चकनाचुर भए।

    एक क्षण सोचौं त! यदि त्यहाँ अक्टोबर क्रान्ति नभई दिएको भए आजका दिनमा भोकानाङ्गा जनतामा राजनीति आइपुग्थ्यो र? तेस्रो विश्वका मुलुकहरुले पश्चिमाहरुसँग आँखा आँखा मिलाउन सक्थे र? त्यस्ता मुलुकहरुमा  सोभियत संघ विकासका सहयोग गर्न नपुगोस् भनेर तिनीहरु सहयोगका थैलीहरु पुर्‍याउन आउँथे र? यी त ठूला कुराहरु भए। सानो तर म जस्तो एक लघु मानवको कुरो गरौं। यदि त्यो सोभियत संघ थिएन भने हामीले नाजीविरोधी चेक पत्रकार जूलियस फ्यूचिकको “झुण्ड्याउँदा झुण्ड्याउँदै” जस्तो रौं कपाउँने पुस्तक पढ्न पाउँथ्यौ, के हिन्दी भाषीले अभर भाषामा लेखिएको रसुल हमजातोवको ‘मेरा दागिस्तान’ पढ्न पाउथ्यौं? के दोस्तोएव्स्कीका कार्मोजोव भाइहरुसँग हाम्रो चिनाजानी हुन्थ्यो? के चेखवको ‘तीन दिदीबहिनीहरु (थ्री सिस्टर्स)’ लाई दिल्लीको ड्रामा सेन्टरमा हेर्न सक्थ्यौं? चेखवको कथामा झैं कसैले छेपाराले रङ्ग फेर्दा हास्ने मात्र होइन, यस दुनिया र सभ्यतामा कति मूल्यवान वस्तुहरु छन् र कति पछिका पुस्ता लागि छाड्न पर्ने हो? यो हामीहरुले त्यहाँकै साहित्य र विज्ञानबाट पनि थाहा पायौं। यसरी नै हाम्रै सभ्यता र संस्कृति मिल्दो सपना देख्न पनि सिक्यौं र न्याय तथा समानतालाई अपरिहार्य मूल्य मान्न पनि।

    जे भयो ठीकै भयो होला। सबै कुरा नष्ट हुनका लागि बनेका हुन्। सभ्यताहरु बन्न र छिन्नभिन्न हुनका लागि अभिशप्त हुन्छन्। यो एक दार्शनिक प्रश्वासमात्र होइन, एक ठोस सच्चाइ हो जो हाम्रो अगाडि नै घट्यो। यो उसैको कारण घटेको थियो, करीव त्यो दुर्घटनाका घाउहरुका खतहरु बसी सकेका थिए र बिर्सी सकेका थियौं। उसको मृत्युको समाचारले पुनः उनलाई सम्झ्यौं। बस।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रियदर्शन

      प्रियदर्शन

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.