Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धर्मको नाममा धम्क्याएर खानु धर्म विरुद्ध – कुणाल कामरा

राष्ट्रवादको झण्डा र अर्कोतिर धर्मको फण्डा कुनै प्रकारले स्वाभाविक मान्न सकिदैन। स्वतः देखिन्छ हिन्दूवादी भाजपाको रणनीतिका मतियारहरु नेपाली राष्ट्रवादको झण्डा र फण्डा बोकेर उत्रिएका छन्। ती प्रत्यक्ष  वा अप्रत्यक्ष भाजपाका प्यादा हुन्।

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ २७, २०७९
- यो हप्ता, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कुणाल कामराको प्रदर्शनमाथि रोकः 
    भारतीय कमेडियन कुणाल कामराको हरियाणा गुडगाँवमा सेप्टेम्बर १७ मा हुन गइरहेको कमेडी शो रोक्न विश्व हिन्दु परिषदले प्रहरीमा उजुरी गरेपछि भारतमा अभिव्यक्ति स्वतन्त्रताको कुन हालतमा पुर्‍याइने छ भन्ने डरलाग्दो मानक खडा भइरहेको छ।

    भारतमा सबै प्रकारका सरकार विरोधी संघसंस्था, क्याम्पस, विश्वविद्यालय, मिडिया, वैचारिक तथा सांस्कृतिक समूहहरुलाई हिन्दु विरोधी बिल्ला भिराएर अनेकौं प्रकारका आक्रमण मात्रै हैन भौतिक आक्रमणलाई समेत तीब्रता दिइएको छ। जसको नेतृत्व समाजिक तहमा ‘विश्व हिन्दू परिषद’ले गरिरहेको छ भने राजनीतिक रुपमा ‘भारतीय जनता पार्टी’ले गरिरहेको छ।

    भारतीय जनता पार्टीको उदय नै विश्व हिन्दु परिषदको हिन्दु धर्म रक्षा अभियानको लागि बनाइएको राजनीतिक मोर्चाबाट भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाल उक्त अभियानको मुख्याधिकारी हुन् भने गृहमन्त्री अमित शाह यसको सांगठनिक तालुकदार हुन्। भलै भाजपा अध्यक्षमा जेपी नाड्डालाई तोकिएको छ। तर नाड्डा केवल मोदी–शाहका तामेलदार मात्रै हुन्। राजनीतिक वृत्तमा जसरी भाजपाको गुन्डागर्दी चलिरहेको छ, सामाजिक वृत्तमा त्यसरी नै विश्व हिन्दु परिषदको गुन्डागर्दी चल्नेगर्दछ। आफूसँग असहमत जुनसुकै पार्टी, समूह वा व्यक्तिलाई सिध्याउन अनेकौं हत्कण्डा प्रयोग गर्नु मोदी सरकार र उक्त हिन्दु परिषदको मुख्य कर्म हो।

    मोदी सरकार विरोधीको सफाया अभियानः
    प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्नेको सफाया गर्ने अनेकौ हत्कण्डा रचिदैं आइएको छ। यही कर्मको पछिल्लो कडी थियो, केजरीवाल सरकार विरुद्ध आयकर विभागको छापा। आफ्ना विरोधी पार्टी विरुद्ध राजनीतिक उद्देश्य प्रेरित भ्रष्टाचार मुद्धा चलाएर जेल पठाउनु वा कुनै त्यस्तो हत्कण्डा अपनाएर ती पार्टी वा व्यक्तिको सामाजिक हैसियत ध्वस्त गरिदिनु उनीहरुको सामान्य कर्म हो।

    पछिल्लो समय बलिउडमा ‘फिल्म बहिस्कार’ अभियान तिनै भाजपा र हिन्दु परिषदको हत्कण्डा उपज हुन्। उनीहरुको तारोको केन्द्र मूलतः गैरहिन्दु कलाकार पर्दछन्, वा ती व्यक्ति/समूह जो भाजपाको समर्थन गर्दैनन्। यसको शिकार, नसरुद्धीन शाह देखि दीपीका पादुकोण, आमिर खान सम्म भैसकेका छन्।

    एक दुर्घटनामा मान्छे मरिरहेको थियो, पुलिसलाई भनियो यसको समाधान गर, तर पुलिसले जवाफ दियो– पहिला गौहत्या गर्नेलाई समाउनुपर्नेछ। नसरुदीनले ट्वीट गरे– यो कस्तो देश बन्दैछ? जहाँ सरकारलाई मान्छे मरेकोमा कुनै चिन्ता छैन, गाइ मरेकोमा धेरै चिन्ता छ। त्यसपछि शुरुभयो नसरुद्धीन विरुद्धको अभियान, जुन ज्यानमार्ने धम्कीसम्म पुग्यो। कन्हैया कुमारको नेतृत्वमा जेएनयुको विद्यार्थीले मोदी सरकारको विरुद्धमा गरेको आन्दोलनमाथि जुन ज्यादती भएको थियो, त्यसमा दिपीका पादुकोणले विश्वविद्यालयमा आएर ऐक्यबद्धता जनाएपछि दिपीका विरुद्ध अभियान चलाइएको थियो। आमिर खानले कुनै कार्यक्रममा देशको बारेमा सोधिएको प्रश्नमा भनेका थिए– मलाई त खासै देशको बारेमा सोच्ने फुर्सद हुदैन तर मेरी श्रीमतीले भन्दै थिइन् कि, आजकल देशमा असहिष्णुता बढिरहेको छ, यस्तोमा छोराछोरीको सुरक्षालाई लिएर मलाई चिन्ता हुनेगर्दछ। त्यसपछि शुरुभएको आमिर खान विरुद्धको अभियान पछिल्लो फिल्म ‘लालसिंह चड्डा’ले बहिष्कारको ठूलो मूल्य चुकाउनुपर्‍यो।

    भारतीय मिडिया लगभग सबै मोदी सरकारको भजन मण्डलीमा रुपान्तरित गरिसकिएको छ। यदि कोही भजन मण्डली बन्न तयार नभएमा बर्खास्तीको कडा मूल्य चुकाउनु पर्ने हुन्छ। जस्तो कि, पुन्य प्रसुन बाजपेयी, अभिसार शर्मा जस्ता उच्चकोटिका पत्रकारहरुले जब मोदी सरकारलाई प्रश्न गर्नथाले तब उनीहरुलाई ‘आजतक’ च्यानलबाट बर्खास्त गरियो। त्यसमा बाँकी थियो एउटा टिभी ‘एनडिटिभी’। जसका मुख्य पत्रकार थिए रविश कुमार। रविश कुमारलाई बर्खास्त गर्न टिभी सञ्चालक प्रसन्न रोय, राधिका रोयमाथि ठूलो दबाब दिइएको थियो। तर प्रसन्न, राधिकाले मानेनन्। पछिल्लो समय के भयो भने, त्यही टिभी च्यानलको २९.१ प्रतिशत सेयर टिभी सञ्चालक प्रसन्न–राधिकाले थाहै नपाउने गरी मोदी–शाहको आर्थिक व्यवस्थापक व्यापारी गौतम अडानीले किनेको समाचार आयो। जब सरकारको आलोचना गर्ने पत्रकारलाई निकाल्न दिइएको दबाब टिभी सञ्चालकले स्वीकारेनन् तब टिभी नै ‘ओभरटेक’ गरेर कब्जा गर्ने स्तरको हत्कण्डा अपनाइयो।

    यतिमात्र हैन, कर्नाटककी वामपन्थी पत्रकार गौरी लंकेशलाई ५ सेप्टेम्बर २०१७ मा दिन दहाडै गोली हानी मारियो भने धारवाडमा प्राध्यापक तथा बुद्धिजीवी एमएम कलवुर्गीलाई ३० अगस्ट २०१५ का दिन निवास मै गोली हानी मारियो । किनकि, उनीहरु मोदी सरकारको असहिष्णुता र गरिबमारा नीतिको आलोचक थिए। आजसम्म उनीहरुका हत्याराको न पक्राउ परेको छ, न खोजी नै गरिएको छ। किनकि, त्यो सरकार संरक्षित हत्याकाण्ड थियो।

    स्थानीय स्तरमा, भाजपा र हिन्दु विरोधीको नाममा वा मुसलमान भएर गाइको मासु खाएको नाममा गरिएका कत्लेआमको, सरकारको गलत नीतिको विरोध गरे वापत हिन्दु विरोधीको बिल्ला भिराएर गरिएका आक्रमण र हत्याको लेखाजोखा सायद असम्भवप्राय बन्दै गइरहेको छ।

    यस्ता अनेकौं हत्कण्डाको सिलसिला हो कमेडियन कुणाल कामरा माथिको रोक र ज्यादति।

    को हुन् कुणाल कामरा?
    कुणाल कामरा भारतीय युवा स्टान्डअप कमेडियन हुन्। उनी ‘जय हिन्द कलेज’ महाराष्ट्रका विद्यार्थी थिए। पछिल्लो समय जेएनयुमा उनको स्टान्डअप कमेडीलाई धेरै विद्यार्थीहरुले रुचाएका थिए। उनले मूलतः मोदी सरकारको राष्ट्रवाद र सरकार सञ्चालन नीतिप्रति कडा व्यंग्य गर्दै आएका थिए। उनले ‘सटअप कुणाल’ युट्युब च्यानल संवादका साथै विभिन्न कमेडी कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्। उनको उनी कुनै पार्टी सम्बद्ध सदस्य होइनन् तर उनी प्रगतिशील विचारधाराप्रति प्रतिबद्ध युवा हुन्।

    उनले विभिन्न स्थानमा स्थानीयको माग, आयोजना र व्यवस्थापनमा कमेडी शोहरु गर्दै आएका थिए। त्यसैको सिलसिला अनुरुप स्थानीयको आयोजनामा १७ सेप्टेम्बरमा हरियाणाको गुरडगाँवमा कार्यक्रमको तय भएको थियो। तर उनलाई हिन्दु विरोधी आरोप लगाउँदै विश्व हिन्दु परिषदले कार्यक्रम रोक्न प्रशासनमाथि दबाब दिएको छ। यसलाई भाजपाका नेताहरुले प्रचार गरिरहेका छन्।
    यसमा कुणालले प्रष्टिकरण दिएका छन्– मैले हिन्दुको विरोधमा बोलेको कुनै प्रमाण, भिडियो क्लिप भए देखाइदिनू। मैले हिन्दुको नभएर सरकारको आलोचना मात्रै गरेको हुँ । सरकारको आलोचनालाई हिन्दु विरोधी ठान्दछौ भने त्यो तिमीहरुको समस्या हो। म ठान्दछु कि, सरकारको विरोध गर्नु हिन्दुको विरोध हैन।

    विश्व हिन्दु परिषदले उनको कार्यक्रममा रोक लगाएपछि उनले त्यसको प्रष्टिकरणमा एक पत्र जारी गरेकाछन् । जसमा उनले लेखेकाछन्–

    तथाकथित
    कमेडियन

    कुणाल कामरा

    आदरणीय हिन्दु परिषद,  
    मैले यो संस्थाको नामको साथ ‘विश्व’ शब्द यसकारण प्रयोग गरेको छैन किनकि, मलाई लाग्छ, विश्वभरिको हिन्दुहरुले आफ्नो धर्मको ठेकेदारी तिमीलाई सुम्पेको छैन। यदि यो आफैंले आफूलाई तोकेको हो भनेपनि कुनै कुरा भएन।

    हाम्रो गुडगाँवमा हुनलागेको मेरो शो देखाउने क्लबको मालिकलाई धम्की दिएर शो बन्द गराइयो। त्यो बिचराको के दोष दिऊँ, उसको बिजनेस गर्नु मात्रै थियो, गुन्डाहरुसँग कसरी भिडोस्। न पुलिस कहाँ जाओस्। पुलिस कहाँ गए भनेपनि पुलिस तिमीहरुकैमा अनुरोध गर्न आउनेछन्। कुल मिलाएर राज्य व्यवस्था अब तिमीहरुकै भएको छ। तर जुन हिन्दु संस्कृतिको अपमानको तिमी कुरा गरिरहेको छौ, त्यो मैले कहिले गरें ? कुनै क्लिप या कुनै यस्तो कार्यक्रम छ भने मलाई पनि देखाइदेऊ। मैले त केवल सरकारमाथि व्यंग्य गरेको हुँ। यदि तिमी सरकारी पाल्तु हौ भने त फेरि तिमीलाई नराम्रो लाग्नसक्छ। यसमा हिन्दुको कुरा कहाँबाट आयो?

    मेरो र भगवानको सम्बन्धबारे यहाँ कुनै परिक्षा दिन जरुरी ठान्दिन। तरपनि, एक परिक्षा दिएर तिम्रोपनि म परिक्षा लिन्छु। म ठूलो स्वरमा गर्वका साथ ‘जय श्री सीता–राम’ र ‘जय राधा–कृष्ण’ भन्नेछु। तर, यदि तिमी साच्चै भारतको सन्तान हौ भने ‘गोड्से मुर्दावाद’ लेखेर पठाऊ। हैनभने म सम्झिनेछु कि तिमी हिन्दुहरु हिन्दु विरोधी र आतंकको समर्थक हौ। कतै तिमीहरु गोड्सेलाई नै भगवान त मान्दैनौ? यदि मान्छौ भने त यसपछि पनि मेरो कार्यक्रम रद्ध गरिरहनू। मलाई  यही कुरामा  मात्र खुशी लाग्नेछ, कि तिमी भन्दा बढी हिन्दु हुने कुराको परिक्षामा मैले तिमीहरुलाई जितिसकें।

    म जे गर्नेछु, आफ्नो परिश्रमक  रोटी खानेछु किनकि, तिमीहरु भन्दा  म बढी हिन्दु हुनुको नाताले  मलाई लाग्छ कि, कसैको डराएर, धम्क्याएर  रोटीको टुक्रा खानु पाप हो।

    कुणाल कामरा दस्तखत
    तिम्रो अनाज्ञाकारी

    नेपालमा हिन्दूवादी भाजपाको रणनीति 

    पछिल्लो समय नेपाली समाजमा समेत हिन्दु धर्म संरक्षण वा उत्थानको नाममा विभिन्न  भडकाउ गतिविधिहरु भइरहेका देखिन्छन्। ती हरेक गतिविधिहरुको नसा समाउँदै जाने हो भने भारतीय जोगीहरु हुँदै हिन्दूवादी भारतीय जनता पार्टीको ठूलो नसामा पुग्छ।  हिन्दू धर्मलाई नेपालका  सबै पार्टीले भोट बैंक बनाउन अनेकन नौटङ्की र कसरत गर्दैछन्। यसबारे निरपेक्ष रहेका समूह वा व्यक्तिलाई  पश्चिमा, क्रिश्चियन मिसनरी, नास्तिक, धर्म विरोधी कम्युनिस्टहरु…. इत्यादि  भनिएको पनि सुनिन्छ। आश्चर्य यो छ कि कम्युनिष्टको सबभन्दा ठूलो पार्टी भनिएको एमालेले समेत हिन्दू धर्मलाई भोट बैंकका रुपमा प्रयोग गर्न “राम अवतार” गराइसकेको छ। सबैलाई थाहा छ कि अबको आधुनिक समयमा कुनै धर्म सापेक्ष राज्यको उदय सम्भव छैन खासगरी हाम्रा जस्ता साना र विकासोन्मुख मुलुकमा। तर रहस्यमय छ कि एकातिर राष्ट्रवादको झण्डा र अर्कोतिर धर्मको फण्डा कसरी  उछालिएको छ। स्वतः देखिन्छ हिन्दूवादी भाजपाको रणनीतिका मतियारहरु नेपाली राष्ट्रवादको झण्डा र फण्डा बोकेर उत्रिएका छन्। ती प्रत्यक्ष  वा अप्रत्यक्ष भाजपाका प्यादा हुन्।  ती प्यादाहरुका हरेक गतिविधि र ठाठबाँठ भारतका आरएसएस, शीव सेना, भाजपाका नेताहरुसँग नाटीकुटी मिल्छ। तिनीहरु भाजपा नेताहरुले जस्तै गरीव निमुखाका आवश्यकताबारे सिन्को भाच्दैनन् र चुइँक्क बोल्दैनन्। जसरी भारतमा भाजपाले जनताका मागहरुलाई ओझेलमा पार्न धर्म र राष्ट्रवादका चर्का नारा लगाइरहेको छ त्यसरी नै तिनका नेपाली प्यादाहरु पनि  नेपालमा प्रयाशरत छन्। नेपालका इमान्दार हिन्दुवादीहरुले बुझ्नु पर्छ- यी प्यादाहरुको मुख्य उद्धेश्य भनेको हिन्दु धर्मका रक्षा गर्नु नभएर हिन्दूवादी भाजपालाई रिझाएर सत्ताको दोहन गर्न मात्रै हो। र, यो पनि बुझ्नु पर्छ- प्यादाहरुले अरुलाई प्यादा बनाउन रोइलो मच्चाइरहेका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.