Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेकपाको अगाडिको बाटो: समाजवादका निम्ति संघर्ष

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन २, २०७५
- विचार, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुँजीवाद असाध्यै अजंगको छ, असाध्यै बलियो छ । त्यससँग लड्न सक्यौँ भने जित्छौँ, जित्यौँ भने समाजवाद कायम हुन्छ, अन्यथा सत्यानाश हुन्छ ।

    मार्क्सवाद पूर्णता पाइसकेको दर्शन, सिद्धान्त वा विचार होइन । माक्र्र्सवादी बन्नु भनेको माक्र्सले जस्तै सोच्नु र तदनुसार व्यवहार गर्नु हो । नाम राखिदिनाले, साइनबोर्ड झुन्ड्याइदिनाले माक्र्र्सवादी हुने भन्ने पनि हुँदैन । जसले आफूलाई कम्युनिस्ट भन्छ, त्यो आफैँमा कति मार्क्सवादी हो रु सिद्धान्ततः हामी माक्र्र्सवादी हुने चेष्टामा छौँ । को कति मार्क्सववादी हो, माक्र्सवादी दृष्टिकोणबाट हेर्दा माक्र्स आफैँ कति मार्क्सवादी थिए भन्ने छलफलको विषय छ । अहिले यहाँ हामी कम्युनिस्ट भनिनेहरू सबै माक्र्सवादी हुने प्रयत्नमा छौँ । साम्यवाद वा समाजवाद कुनै सुन्दर ‘ब्लु प्रिन्ट’ होइन ।

    मार्क्सपूर्वका केही इमानदार र मानवताप्रति प्रतिबद्ध विचारकले समाजवादबारे बिछट्टै सुन्दर रूपमा कल्पना गर्नुभयो । हामी उहाँहरूलाई काल्पनिक समाजवादी भन्छौँ । माक्र्सले समाजलाई हेर्न, बुझ्न र फेर्न विज्ञान प्रयोग गर्नुभयो । खास गरेर उत्पादन सम्बन्ध र सामाजिक सम्बन्धको गहिरोसँग अध्ययन गर्नुभयो ।

    हामी संक्रमणकालीन भञ्ज्याङमा छौँ । यसअघिको यात्रामा पनि हामीले माक्र्सवादी बन्ने भगीरथ प्रयत्न गर्यौँ । कति माक्र्सवादी बन्यौँ, त्यसको समीक्षा हुनुपर्छ । नेकपा मात्र होइन, अरू कम्युनिस्ट पार्टीहरू र ती पार्टीले इतिहासमा जे–जस्तो भूमिका खेले त्यसको समीक्षा हुनुपर्छ । अहिले हामी नयाँ ठाउँमा आइपुगेका छौँ । अर्थात्, हामी भञ्ज्याङमा छौँ ।

    अब के गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुराका निम्ति फेरि माक्र्सवादी बन्नुपरेको छ । सबै कम्युनिस्ट पार्टी र नेतासँग अतीत छ । त्यो मसालसँग पनि छ, नेमकिपालगायतसँग पनि छ । अतीतका गौरवपूर्ण संस्मरण पनि छन् । तर, कतिपय टिप्पणीकारका अनुसार हामीले त्यो अतीतस“ग संगति राख्ने आचरण वर्तमानमा निर्वाह गरिराखेका छैनौँ ।

    नेपाली समाजको वर्गचरित्र

    अब नेपाली समाज सामन्तवादी रहेन भन्ने निष्कर्ष नेकपा एकीकरणको आधार बनेको छ । नेपाली समाज पुँजीवादी समाज भयो भन्ने कुरामा धेरै मतैक्य छ । तर, यो खाले पुँजीवादसँग हाम्रो पहिले कहिल्यै भेट भएको थिएन । माक्र्सले तुलनात्मक रूपले विकसित पुँजीवादी देशमा क्रान्ति सम्पन्न हुने अड्कल गरेका थिए । तर, लेनिन, ट्राटस्कीहरूको जम्काभेट तुलनात्मक रूपले पछौटे देशका अपेक्षाकृत कमजोर पुँजीवादीहरूसँग भयो ।

    माओको नेतृत्वमा भएको क्रान्ति पनि अर्धसामन्ती समाजलाई फेर्ने क्रान्ति थियो । मेरो रायमा समाजवादको यो अभियानमा हामी सामन्तवादलाई पछार्न सफल भएका छौँ, तर पुँजीवादलाई पछार्न सकेका छैनौँ । बरु उल्टै हामी पुँजीवादद्वारा प्रदूषित भएर नयाँ वर्गमा फेरिएका छौँ । अहिले नेपालमा वर्णशंकर पुँजीवादसँग हाम्रो पाला परेको छ ।

    अहिलेको संविधानले समाजवादमा जाने भन्ने कल्पना गरेको छ । तर, संविधानले समाजवादलाई परिभाषित गरेको छैन । स्वयं माक्र्सले त समाजवादी व्यवस्थाको चर्चा गरेका छैनन् । समाजवाद भन्ने पदको प्रयोग सबैभन्दा धेरै लेनिनले गरे । माक्र्सले साम्यवादको पहिलो शैशव अवस्थामा पुँजीवादको गर्भबाट भर्खरै आएका गर्भाशयका चिह्नहरू रहने चर्चा गरेका छन् । यसो भनेर माक्र्सले पुँजीवादी सोच, संस्कृति, रीति र चलनतर्फ संकेत गरेका हुन् ।

    सततः क्रान्तिलाई जारी राखेर साम्यवादमा पुगेपछि मान्छे स्वतन्त्र हुन्छ, स्वतन्त्र मान्छेको इतिहास त्यसरी सुरु हुन्छ भनेर माक्र्सले कल्पना गरेका थिए । त्यही साम्यवादको प्रारम्भिक कालको संक्रमणकालीन अवस्थालाई लेनिनले समाजवाद भनेका हुन् । अगाडि नै चर्चा भइसक्यो, समाजवादको ढाँचाबारे कुनै पूर्वकल्पना हुन सक्दैन । क्रान्तिकारी कर्मले नै समाजवादको स्वरूपलाई निर्धारण गर्दै जान्छ ।

    त्यो पट्याएको वस्तु बिस्तारै खुलेजस्तै खुल्दै जाने हो । हाम्रो लक्ष्य निश्चित हुनुपर्योे । हामीले सिकेको आधारभूत कुरा समाजवाद भनेको वर्गसंघर्ष हो । समाजवाद भनेको वर्गीय उत्पीडनबाट मुक्ति हो । वर्गीय उत्पीडनको विस्तार नै जातीय, क्षेत्रीय, लिंगीय उत्पीडन हुन् । यी सबैबाट मुक्ति पाउनुपर्छ भन्ने हो ।

    चाहे रुसमा होस्, चाहे चीनमा वा अल्बानियामा, कम्युनिस्ट आन्दोलनले सामन्तवादलाई पछारे, सामन्तलाई घोडाबाट खसाले । त्यसपछि पुँजीवादसँग लडाइँ सुरु भयो । यो लडाइँमा संसारभर पुँजीवादले नै जितिरहेको छ । पुँजीवाद केवल आर्थिक प्रणाली मात्र होइन । यो सोच, मूल्य, मान्यता, संस्कृति सबै थोक हो ।

    विषमता, मुठ्ठीभरको बिलासपूर्ण जीवनका निम्ति यो प्रणालीले जन्माएको बेरोजगारी, अभाव, अन्याय, उत्पीडन, हिंसा, युद्ध, शोषण पुँजीवादका अभिन्न अंग हुन् । यसको जीवनमैत्री, मानवमैत्री विकल्प केवल माक्र्सवादले दिएको छ । हामीमा पुँजीवादसँगको लडाइँमा जित्न सकिन्छ भन्ने विश्वास छ । तर, यो विश्वासविपरीत पुँजीवादी सोच, संस्कृति हामीभित्र बिस्तारै हाबी हुँदै गएको छ । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीको सामन्तवादसँग लडेको गौरवपूर्ण इतिहास छ । अब त लडाइँ पुँजीवादसँग हो । नेपालको पुँजीवाद रुसको जस्तो पनि छैन, चीनको जस्तो पनि छैन । यो पुँजीवादको विषयमा माओले केही चर्चा गरेका छन् । उनले भनेको नोकरशाही पुँजीवादसँग यो मिल्दोजुल्दो छ ।

    सोभियत संघले समाजवादी बाटो त्यागेपछि माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले रुसमा स्थापित नयाँखाले पुँजीवादी स्वरूपका विषयमा अध्ययन गरेका थिए । युरोपमा स्थापित भएकोजस्तो शास्त्रीय किसिमको पुँजीवाद नेपालमा छैन ।

    माओले जुन नोकरशाही पुँजीवादको चर्चा गरेका थिए, त्यसमा भ्रष्ट राजनीतिज्ञ र नोकरशाह तथा दलाल पुँजीपतिहरू मिलेर पूरा अर्थतन्त्र चलाउँछन् । केही अध्येताका अनुसार अब नेपालमा पनि विकृत पुँजीवाद कायम भएको छ । आसेपासेलाई पोसेर आर्थिक उपार्जन गर्ने खालको पुँजीवाद भयो भन्ने गरिन्छ ।

    उदाहरणका लागि कुनै मन्त्री वा मन्त्रालयका सचिवको छोरो कुनै कम्पनीको सिइओ भइरहेको छ । ऊ आफ्नो योग्यता, क्षमता, प्रतिस्पर्धाले भन्दा पनि मन्त्री वा सचिवको छोरो भएकाले नै सिइओ भएको छ । प्रतिस्पर्धाका आधारमा नभएर जन्मको आधारमा वा शासकसँग सम्बन्ध भएका आधारमा पुँजीपति बन्ने अवस्था कायम हुनु क्रोनी क्यापिटालिज्ममा मात्र सम्भव छ ।

    नेपालमा कस्तो रणनीति, कार्यक्रम र कार्यनीति बनाएर पुँजीवादसँग लड्ने हो रु यो पुँजीवाद नचिनिएको पुँजीवाद हो । त्यसले नै शासन गरिरहेको छ । तर, यसको माक्र्सवादी दृष्टिकोणअनुसार अध्ययन तथा विश्लेषण हुन बाँकी छ । यो महत्वपूर्ण कार्यभार हाम्रो काँधमा आइपरेको छ ।

    पुँजीवादको ग्रहण समाजवादमा कसरी पर्छ भन्ने उदाहरण इतिहासमा बग्रेल्ती पाइन्छ । जब चिनिया“, भियतनामी केटाकेटीहरू हलिउडको नायक–नायिकाको जस्तो नक्कल गर्न थाल्छन्, अमेरिका जाने सपना बुन्न थाल्छन्, अमेरिकालाई आफ्नो आदर्श ठाउँ मान्न थाल्छन्, यसरी पुँजीवादले समाजवादमा ग्रहण लगाउँदै छ । पुँजीवादसँग लड्दा त्यसले नै हामीलाई बदल्न सक्छ ।

    हाम्रो कमजोरी के छ भने हामी इमानदारीपूर्ण रूपमा सत्य कुरा भन्न सक्दैनाँै, ढाँट्छौँ । हामीसँग समाजवादसम्म पुग्ने स्पष्ट बाटो छ, हामीले सबै पत्ता लगाइसकेका छौँ भनेर ढोंग गर्छौं । युवा पुस्तालाई स्पष्ट भन्नुपर्छ– ‘राजतन्त्रलाई हटायौँ, पुँजीवादलाई हटाउन सकेनौँ । हाम्रो सारा जीवन, जवानी त्यसमा खर्च गरियो । तिमीहरू सक्छौ लड, हामी त पुराना भइसक्यौ“ । हाम्रो अनुभव तिमीहरूको तागतस“ग संयोजित गर ।’ तर, सकिरहेका छैनौँ ।

    नेपालमा कस्तो समाजवाद ?

    संविधानमा देशको शक्ति सन्तुलन प्रतिबिम्बित भएको छ । त्यसैले निजी क्षेत्रलाई संरक्षण गर्दै समाजवाद ल्याउने उल्लेख गरिएको हो । त्यो संविधान एउटा यस्तो गतिशील ऐना हो, जहाँ समाज परिवर्तन भएपछि शक्ति सन्तुलनमा हेरफेर भएको देखिनुपर्ने हुन्छ । यदि देखिएन भने समाज र संविधानको अन्तर्विरोध बढेर जान्छ । त्यसैले कसरी समाजवादको यात्रा अगाडि बढ्छ भन्ने विषयमा भविष्यवाणी गर्न सकिँदैन । भावी पिँढीको सोच र कर्मले त्यसको फैसला गर्छ ।

    आउने पुस्ताले यो संविधानको पूजा गरेर बस्छ कि हेरेफेर गरेर परिवर्तन ल्याउँछ, हेर्नुपर्छ । हाम्रो त यात्रा समाजवादको हो । हिजो सशस्त्र संघर्ष गर्नु ठूलो कुरा थियो । बगिरहेको नदीको उल्टो धारमा हिँड्नु जस्तै । अहिले नयाँ पिँढी कम्युनिस्ट आन्दोलनमा किन आउँदैन ? हाम्रो बाटोलाई, आदर्शलाई किन उपेक्षा गर्छ रु हाम्रो भनाइ र गराइको अन्तरविरोध अनि यथार्थमा हाम्रो आत्मनिर्वासन देखेर हो कि?

    पुँजीवाद असाध्यै अजंगको छ, असाध्यै बलियो छ । त्यो पुँजीवादसँग लड्न सक्यौ भने जित्छौै । जित्यौ भने समाजवाद कायम हुन्छ, अन्यथा सत्यानाश हुन्छ । युवा पिँढीले त हो चीनमा त्यति ठूलो युद्ध लड्यो, तातु नदी पार गर्यो । हजारौँ हजार माइलको यात्रा गर्यो । आज त्यही चीनमा एउटा आइप्याडका निम्ति एउटा युवाले आत्महत्या गर्यो । पिँढी त युवा पिँढी नै हो । नेपालका युवा पिँढीलाई यो परिस्थिति बताउनुपर्यो ।

    हामीले नयाँ पिँढीलाई भन्नुपर्यो– पुँजीवाद असाध्यै अजंगको छ, असाध्यै बलियो छ । त्यो पुँजीवादसँग लड्न सक्यौ भने जित्छौै । जित्यौ भने समाजवाद कायम हुन्छ, अन्यथा सत्यानाश हुन्छ । युवा पिँढीले त हो चीनमा त्यति ठूलो युद्ध लड्यो, तातु नदी पार गर्यो । हजारौँ हजार माइलको यात्रा गर्यो । आज त्यही चीनमा एउटा आइप्याडका निम्ति एउटा युवाले आत्महत्या गर्यो । पिँढी त युवा पिँढी नै हो । नेपालका युवा पिँढीलाई यो परिस्थिति बताउनुपर्यो ।

    नेकपाको अगाडिको बाटो

    पानी त प्रशस्त जम्मा भयो, यसलाई कसरी शक्तिमा फेर्ने हो रु नदीले ओछ्यान पाउनपर्यो । पानीलाई ओछ्यान दिनुभएन भने जथाभावी बग्न थाल्छ । बाँधेर लैजाँदा ऊर्जा पैदा गर्छ । अहिले दुई कम्युनिस्ट पार्टीबीच भावनात्मक रूपमा मात्र एकता भएको छ । विगत दुवैको राम्रो थियो ।

    अहिले समाजवादी क्रान्तिमा दुवै अलमलिएका छौँ । त्यसैले एक ठाउँमा संगठित बनौँ भनेर जम्मा भएका हौँ । बल गरेरै समाजवादमा पुगिन्छ भनेर कतै पनि जान सकिँदैन । पुँजीवादको व्यूहलाई तोड्न जानिएन भने अगाडि बढ्न सकिँदैन ।

    पुँजीवादको व्यूह छेद्न सक्ने सैद्धान्तिक, राजनीतिक आधार तयार गर्नुपर्छ । आजको चुनौती त्यहाँ छ । देशमा लाखौँ समर्थक, नेता तथा कार्यकर्ता छन् । सबैलाई महत्वपूर्ण बहसमा सहभागी गराउनुपर्छ । उपाय कुनै एकजना मान्छेको दिमागबाट फुत्त निस्कने भन्ने हुँदैन । साम्यवाद माक्र्सको दिमागबाट अचानक निस्केको होइन । उनले आफूभन्दा अगाडिका प्राकृतिक तथा सामाजिक ज्ञानको गहन अध्ययन गरेर तथा प्रत्यक्ष रूपमा आन्दोलनमा सहभागी भएर माक्र्सवादलाई अगाडि बढाएका थिए ।

    सबैभन्दा पहिला नीतिनिर्माण गर्ने समाजवादी काइदा अपनाउनुपर्यो । इतिहासको निर्माता जनता हुन् भन्ने सत्यलाई आत्मसाथ गर्नुपर्यो । कुनै नेता वा विज्ञविशेषले ज्ञान र जुक्तिको खोलो बगाउँछन् भन्ने पुरानो मान्यता त्याग्नुपर्यो । उदाहरणका निम्ति शिक्षा क्षेत्रमा रहेका समस्या अहिले उजागर हु“दै छन् । यी विषयमा विद्यार्थी, शिक्षक, अभिभावकलाई छलफलमा सहभागी गराउनुपर्छ । महान् बहसबाट संग्रह भएका मत र सुझाबलाई परिष्कृत गर्न विज्ञहरूको सहायता लिनुपर्छ ।

    यो क्रममा जनताबाट हामीले अनुमान नै नगरेका नयाँ जुक्ति र काइदा प्राप्त हुनेछन् । त्यसका आधारमा शिक्षासम्बन्धी सोच, प्रणाली र ढाँचा विकसित गर्नुप९यो । अहिले कृषि प्रधान मुलुक भनिए पनि धेरै वस्तुमा परनिर्भर छौँ । यसमा किसानलाई सहभागी गराई दूध, दही, घिउ, चामललगायत वस्तुमा आत्मनिर्भर बन्नु पर्नेछ । यसका निम्ति किसानहरूको सल्लाहलाई विश्लेष गरी किसान नीति र भूमि नीति तय गर्नुपर्ने हुन्छ ।

    हाम्रो थेगो नै बनिसकेको छ, महान् चुनौती महान् सम्भावना भन्ने । तर, मेरो विचारमा हामी सम्भावनाभन्दा चुनौतीबाट घेरिएका छौँ । कम्युनिस्ट पार्टी जब ठूलो हुन्छ, साम्राज्यवाद अर्थात् विश्व पुँजीवादले त्यसैलाई तारो बनाउँछ । यसलाई ध्वस्त बनाउन धेरै योजना बनाउन शक्ति प्रयोग गर्ने गर्छन् । हिजोसम्म हामी कसैको आँखामा थिएनौँ । सबैलाई के लागेको थियो भने आपसमा लडिरहेका छन्, यिनले के पो गर्न सक्लान् र रु हुन पनि हामी कम्युनिस्टहरू लड्ने गथ्र्यौं, कांग्रेस सरकार बनाउँथ्यो ।

    हाम्रो विचारमा ह्रास आए पनि विगतभन्दा अहिले आनिबानी र आचरणमा परिवर्तन भए पनि पुँजीवादको नजरमा हामी शत्रु नै हौँ । हाम्रो झन्डा, पार्टीको नाम, हामीले प्रयोग गर्ने शब्द, हाम्रा विमर्श पुँजीवादलाई पटक्कै मन पर्दैन । विश्वस्तरमा हेर्दा पुँजीवाद बलियो छ । त्यो स्थितिमा हामीले लाखौँ जनतालाई सतर्क बनाउनुपर्छ । बढीभन्दा बढी चनाखो बनाउनुपर्छ । आउने पाँच वर्षमा समाजवाद ल्याउँछौँ भन्ने हो भने त्यो दुर्घटना मात्र हुनेछ ।

    संगठनलाई संस्थागत गर्नु, व्यक्तिका अधिकारलाई एउटा प्रणालीमा लैजानु, पार्टीमा माक्र्र्सवादी सोचको विकास हुनु आवश्यक छ । हाम्रो काम गर्ने शैली, निर्णय गर्ने तरिकालगायत यावत् विषय समाजवादद्वारा निर्देशित हुनुपर्छ ।

    अधिनायकवाद के हो?

    कांग्रेसले देशमा अधिनायकवाद आउँदै छ भन्ने हल्ला निरन्तर रूपमा फैलाइरहेको छ । आज पनि विश्वमा पुँजीवादको साम्राज्य र एकाधिकार कायम छ । विश्वको एउटा पछौटे र मझौला आकारको नेपालमा साम्यवादी विचार मान्ने पार्टीले चुनाव जितेर सरकार बनाएका छन् ।

    भारतमा कम्युनिस्टहरूको स्थिति कमजोर बन्दै गएको छ । हिजो एक सय सिट जित्नेहरू आठ–दश सिटमा खुम्चिएका छन् । यो स्थितिमा नेपालमा अधिनायकवाद आउँदैन भन्ने कांग्रेसलाई राम्रोसँग थाहा छ । तर, कांग्रेसले निरन्तर अधिनायकवाद आउँदै छ भन्ने प्रचार जारी राखेको छ, किनभने कम्युनिस्टलाई दमन गर्ने सबैभन्दा बलियो बहाना हो यो । यही प्रचारद्वारा कांग्रेस कम्युनिस्टविरोधी विश्व जनमत आफ्नो पक्षमा पार्न चाहन्छ ।

    उसलाई लागेको छ, यो प्रचारले नेपाली जनता कम्युनिस्टदेखि झस्किन्छन् । त्यसैले कुनै आधार नभए पनि कांग्रेसले मनोवैज्ञानिक टक्करका निम्ति अधिनायकवादको खतरा भन्ने नारा निरन्तर उरालिरहेको छ । हामीले भने हामी पुँजीवादीभन्दा प्रजातान्त्रिक छौँ भन्ने सत्य जीवन–व्यवहारद्वारा प्रमाणित गर्दै जानु पर्नेछ । राम कार्कीकाे याे लेख हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हाैं।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.