Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारत र रूस: ‘एशिया प्यासिफिक’ र ‘इण्डो-प्यासिफिक’ बीचको मिलनबिन्दू खोज्दै

शरण्या राजिव शरण्या राजिव
भदौ २७, २०७६
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत हप्ता, भारतका प्रधान मन्त्री नरेन्द्र मोदी रूसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टक यात्रा गर्ने पहिलो भारतीय प्रधानमन्त्री बने। उनी पाँचौ इस्ट इकनोमिक फोरममा भाग लिएर २० औं भारत-रूस वार्षिक शिखर सम्मेलनका मुख्य अतिथि बनेर त्यहाँ पुगेका थिए। भ्रमणको दौरान, दुवै पक्षहरुले द्विपक्षीय हकहितकाबारे समीक्षा गरे।

    समीक्षाका विषयहरुमा सैन्य प्रविधि र गैरसैन्य परमाणु ऊर्जा क्षेत्रमा सहयोग बृद्धि गर्ने देखि लिएर (जसका लागि रूस भारतको सबैभन्दा प्रमुख सहयोगी रहँदै आएको) अन्य क्षेत्रहरुमा हाइड्रोकार्बन, खानी उत्खनन र अन्तरिक्षबारे रहेका थिए।

    सबैभन्दा महत्वपूर्ण, दुवै देशहरुले एक संयुक्त वक्तव्यमा हस्ताक्षर गरे, जुन सहमतिमा ग्रेटर यूरेशिया र ‘हिन्द र प्रशान्त महासागरका क्षेत्रहरु’ एक साझा हिस्सा भएको र आआफ्ना सम्बन्धित एकीकृत पहलहरु बीच एकअर्का सहयोगी हुने परामर्शहरुलाई बढाउने कुराहरु समाविष्ट थिए।

    भारत र रूसबीच हाल विशेष र विशेषाधिकारयुक्त रणनीतिक साझेदारिता यूरेशिया र भारत-प्रशान्त दुवैमा विस्तार भएकोछ। यसो हुनाले, त्यहाँ तीन प्रक्रियाहरु एकसाथ चलिरहेका छन्, जुन उल्लेख गर्नु जरुरी छ।
    पहिलो इण्डो-प्यासिफिक क्षेत्रको परिवर्तित हितहरुलाई एकअर्काले मान्यता दिने।

    तथापी रूसलाई यो शव्द तुरुन्तै अपनाउन जरुरी नलागेको हुनसक्छ। राष्ट्रपति पुटिन जस्ता नेताहरु इण्डो-प्यासिफिक होइन, एशिया-प्रशान्त शब्द नै प्रयोग गरिरहेकाछन्। पुटिनकै निमन्त्रणामा ईईएफका प्रमुख अतिथि रहेका भारतीय प्रधान मन्त्री मोदी भने आफूलाई हिन्द र प्रशान्त महासागरको प्रतिनिधिका रुपमा उपस्थित भएको ठान्दछन्।

    यस विरोधाभाषलाई बुझ्न, हामी मस्कोको इण्डो-प्यासिफिक अवधारणामाथिको आलोचनालाई ध्यान दिनु पर्दछ। रुस के ठान्दछ भने अमेरिका र जापानले इण्डो-प्यासिफिक शब्दलाई ‘नीजि’ बनाएका छन्, र आफ्ना योजना अरुमाथि थोपर्न चाहन्छन्। रूसको निष्कर्ष छ कि पश्चिम यस क्षेत्रमा एक समतामूलक क्षेत्रीय प्रणाली स्थापित गर्ने प्रणाली खोज्न चाँहदैन। रुसले चाहेको प्रणाली कस्तो हो भने जसमा सबै सम्बन्धित मुलुकहरुको वैध हितहरुमाथि विचार पुर्‍याउन सकियोस् र यस क्षेत्रमा विभाजन ल्याउने खतरा नहोस्।

    मस्को के कुरामा ध्यानमा राख्दछ भने क्षेत्रीय राज्यहरु, विशेष रूपमा दक्षिण पूर्व एशियाली देशहरुको संघ (आसियान) मा रहेका मुलुकहरु क्षेत्रीय एकीकरण र सहयोगका प्रक्रियाहरुका केन्द्रीय तत्व हुन्। भारत इण्डो–प्यासिफिककै पक्षमा भएतापनि भारतको दृष्टिकोण मस्को विरोधी छैन किनकि भारतको इण्डो–प्यासिफिकको दृष्टि नै समावेशीता, खुलापन र आसियानलाई केन्द्र र एकतामा राख्ने कुरामा आधारित छ।

    दोस्रो प्रक्रिया: यूरेशियन महादेशमा उसका विस्तारित छिमेकीहरुबीच सहयोग।
    यसको लामो ईतिहास छ र सन्२०१६मा सेन्ट पीटर्सबर्गमा भएको इन्टरनेशनल इकोनोमिक फोरममा, राष्ट्रपति पुटिनले ‘बृहत्तर यूरेशिया’ लाई एक आकस्मिक एकीकरण क्षेत्रका रुपमा चित्रण गरे। यसका साथै यस बेला उनले नजिकका मित्रराष्ट्रहरु जस्तै चीन, भारत,पाकिस्तान, र इरान सहितको एक केन्द्र भएको यूरेशियन आर्थिक संघको प्रस्ताव गरेका थिए।

    तथापी, एकातिर भारत इस्लामाबाद र बेजिङ्गसँग मस्कोको गाढा हुँदै गएको साझेदारीताले चिन्तित छ भने दुवै (भारत र रुस) यूरेशियामा अधिक समृद्ध र स्थिर सुनिश्चित गर्दा समान हित छ भन्नेमा सहमत छन् र यस महादेशमा भारत र मस्कोसँगसँगै मिलेर नै काम गरिरहेकाछन्।

    तेस्रो, रूस आगामी दिनमा सुदूर पूर्वमा महादेशीय तथा समुद्री मार्गलाई जोड्ने महत्वपूर्ण बिन्दुको रूपमा काम गर्नेछ। भ्लाडिभोस्टकमा, भारतले आफ्नो ‘सुदूर पूर्वमा काम गर को नीति’ लाई अनावरण गर्‍यो र यस क्षेत्रका विकास परियोजनाहरुलागि $१ बिलियन ऋण दिने घोषणा गर्‍यो, जबकि दुवै पक्षले एक भ्लाडिभोस्टक-चेन्नई समुद्री मार्ग विकसित गर्नका लागि एक समझौतामा हस्ताक्षर गरे, जुन मार्ग पूर्वोत्तर एशियाली बजारमा भारतको स्प्रिंगबोर्ड बन्न सक्छ।

    प्रधान मन्त्री मोदीले औंल्याए कि भारतको सुदूर पूर्व ‘एकातिर यूरेशियन संघ र अर्कोतिर खुला, मुक्त र समावेशी इन्डो-प्यासिफिकको संगम बन्ने छ ।’ जस्तो कि इन्डो-प्यासिफिकको भविष्य आन्तरिकरुपमा नै युरेशियासँग गाँसिएको छ र दुवै नै प्रमुख शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धास्थल हो– यो सोचनीय कुरा हो।

    यही सोचाइले भारत-रूस साझेदारीका लागि एक नयाँ दृष्टि दिन्छ। यसले रणनीतिक र राजनीतिक विचलन कम गर्न पनि मद्दत पुर्‍याउँछ, जुन कुरा हालका केही वर्षदेखि राजनैतिक टिप्पणीकारहरुले बताइरहेकाछन्। विशेष रूपमा रूसको चीन र भारतसँग पश्चिमको साझेदारीले यस कुराको पुष्टि गर्न सक्छ।

    तथापी, यस कुराले स्पष्ट गर्दैन कि रूस चीनबाट टाढा हुनेछ र न त भारत पश्चिमबाट टाढा जानेछ। यिनीहरुबीचको सम्बन्ध गहिरो रणनीतिक र आर्थिक अनिवार्यताबाट प्रेरित छ। तर प्रष्टै के देखिन्छ भने भारत र रूस आफ्ना विदेश नीतिका विकल्पहरुलाई विस्तार गरिरहेकाछन्। ।

    स्रोत : मस्को टाईम्स ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शरण्या राजिव

      शरण्या राजिव

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.