Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Saturday, June 27, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शिक्षामा क्युबाबाट सिक्न सकिन्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २४, २०७६
- यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वाई. पी. आचार्य । क्युबा ल्याटिन अमेरिकी देश हो । यो देश लामो समयसम्म उपनिवेशमा रह्यो । स्वतन्त्रतापश्चात् पनि केही समय बटिस्टा तानाशाहको चङ्गुलमा रहिरह्यो । सन् १९५९ अगाडिका विभिन्न शासनकालमा भ्रष्टाचार, दुराचार, उच्च वर्गको लालच, सैनिकको बर्बरता, अस्थिर राजनीति र गरिब र सीमान्तकृत जनताको उपेक्षा र शोषणबाट आहत जनताले वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेका थिए । सन् १९५९ मा त्यहाँको कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न भयो । फिडेल क्यास्त्रो र चे ग्वेभारा नयाँ पुस्तालाई नैतिकता र आदर्श मूल्ययुक्त गर्न चाहन्थे । उनीहरूको पार्टी नैतिक बलमा उभिएको भरोसायोग्य संस्था थियो । तत्कालिक शासकको चरम शोषण, अनैतिकता र पार्टीभित्रको नैतिक बल नै बटिस्टा सत्ता हत्याउने मुख्य कडी बन्यो ।

    क्युबामा १९५९ को क्रान्तिपश्चात् शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखियो । निरक्षरतालाई विकासको प्रमुख बाधक ठानियो । शक्तिको प्रमुख स्रोत ज्ञानलाई मानियो । जोन फिस्केको “ज्ञान कहिल्यै पनि तटस्थ हुँदैन । ज्ञान शक्ति हो र ज्ञानको विस्तार र प्रसार गर्नु नै शक्तिको सामाजिक विस्तार गर्नु हो” भन्ने मान्यतालाई आत्मसात् गरियो । शिक्षालाई विकास, सशक्तिकरण, रूपान्तरण र राष्ट्रिय एकताको मुख्य साधन मानियो । क्यास्त्रो लेख्छन् “सैनिक बलबाट राज्यशक्ति जित्दाभन्दा अज्ञानतालाई जित्दा हाम्रो देश निकै खुसी हुनेछ ।” क्युबामा अज्ञातनामाथि विजय प्राप्त गर्ने अभियान व्यापकरूपमा अगाडि बढ्यो । क्युबाले आर्थिक विकासमा अपेक्षित फड्को मार्न सकेन । अमेरिकाको नाकाबन्दी, बन्द अर्थतन्त्र, कडा वैचारिक नियन्त्रण जस्ता कारणले त्यहाँ चरम आर्थिक सङ्कट पैदा भयो । क्युबाले क्रान्तिपछि विश्व बैङ्कलगायतका विश्व सहायता नियोगबाट एक पैसा पनि सहयोग लिएको छैन । तर पनि शिक्षाक्षेत्रमा विश्वमै अब्बल छ । विश्वबैङ्कका अध्यक्ष वल्फेनसन लेख्नुहुन्छ, “क्युबाले हामीलाई छिर्न नदिए पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा सराहनीय काम गरेको छ ।”

    शिक्षामा के गर्‍यो क्युबाले?

    क्युबाको साक्षरता अभियान विश्वमै नमुनाको रूपमा रहेको छ । एक रिपोर्ट अनुसार तीन लाखभन्दा बढी क्युबाली साक्षरता अभियानमा प्रत्यक्ष खटिएका थिए । त्यहाँ मुख्य गरी चारवटा समूह परिचालित थिए । १)दल (ब्रिगेड) यस समूहमा १० वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी थिए । करिब एक लाख स्वयंसेवी विद्यार्थी एकैसाथ गाउँमा गए । ती विद्यार्थीले सैनिक पोशाक लगाए र देशलाई निरक्षरताबाट स्वतन्त्रता दिलाउने भनी सपथ खाए । उनीहरूले जनतालाई अक्षर चिनाए, व्यवहार सिके । राजनीति सिकाए, कर्म सिके, श्रम सिके । सशक्तिकरण गरे, अनुशासन सिके । २) पपुलर अल्फावेटाइजर:कम्पनीका कामदार यस समूहअन्तर्गत परिचालित भए । पढेलेखेका कामदारले निरक्षरलाई सिकाए । ३) फादरल्याण्ड ब्रिगेड्स : यिनीहरू प्रौढ कामदार थिए । यिनीहरूलाई पैसा दिएर गाउँमा खटाइयो । सहरका पढालेखा कामदार गाउँमा गए । किसानलाई अक्षर चिनाए । क्रान्तिको मर्म बुझाए । व्यवस्थाप्रतिको आस्था जगाए । आत्मनिर्भर बन्ने कला सिकाए । ४) स्कुल शिक्षक ब्रिगेड्स: यस समूहअन्तर्गत विद्यालयका व्यावसायिक शिक्षकहरू अभियानमा खटे । उनीहरू गाउँ, घर, टोलमा पुगे, कार्यस्थलमा पुगे, समाजवादी सिद्धान्त पढाए, श्रमको तागत बुझाए, स्वतन्त्रताको प्रत्याभूति गराए । उनीहरूले विभेदको खाडल पुर्ने प्रयास गरे । साक्षरता अभियानको उद्देश्य साक्षर बनाउने मात्रै नभएर नवसाम्राज्यवाद र सामन्तवादका विरुद्धमा शिक्षालाई उपयोग गर्नु पनि थियो ।

    क्युबामा राज्यको दृढ प्रतिबद्धता शिक्षा विकासको मेरुदण्ड मानिएको छ । दार्शनिक फुकोले भने जस्तै ज्ञानलाई शक्तिको मुख्य स्रोत मानियो । क्यास्त्रो आफ्नो पुस्तक हिस्ट्री विल एवसल्भ मी मा लेख्नुहुन्छ “त्यो देश सबैभन्दा खुसी हुन्छ जहाँका जनता विचार र अनुभूतिमा शिक्षित हुन्छन् । शिक्षाको आत्मा शिक्षक हुन् । क्युबाका शिक्षक जस्ता प्रतिबद्ध र लगनशील अरू कुनै देशका शिक्षक छैनन् ।” यही शिक्षकको दिलो ज्यान, तीखो मस्तिष्क, स्वच्छ आत्मा र उच्च नैतिकता शैक्षिक प्रगतिको जग हो । शिक्षण पेशा सबैभन्दा सम्मानित र मर्यादित मानिन्छ त्यहाँ । नैतिक बलको जगमा निर्मित क्रान्तिकारी भावना जसले शिक्षक, विद्यार्थी र अभिभावकमा ज्ञानप्रतिको अनुराग बढाएको छ ।

    आर्थिक सङ्कटको भुमरीमा परेको क्युबामा शिक्षकको पूर्ति फलामको चिउरा चपाउनुजस्तै थियो । सन् २००१ मा बृहत् शैक्षिक रूपान्तरण कार्यक्रम सुरु गर्‍यो  । विद्यालय शिक्षामा शिक्षक अभावको सङ्कटमोचनका लागि उच्चशिक्षामा परिवर्तन गरियो । पाँचवर्षे उच्चशिक्षालाई दुई भागमा बाँडियो । पहिलो एक वर्ष विद्यार्थीहरू विश्वविद्यालयमा जान्छन् । कक्षा क्रियाकलापमा सहभागी हुन्छन् । सिद्धान्त सिक्छन् र व्यक्तिगत विकास गर्छन् । दोस्रो चरणमा दुई वर्षदेखि पाँच वर्षसम्म काम र अध्ययन सँगसँगै लैजान्छन् । ती विद्यार्थीले विद्यालयमा पढाउँछन् । त्यहाँ उनीहरूले जीवनको अध्ययन गर्छन्, पेशागत विकास गर्छन् । हप्ताको एकदिन सम्पर्क कक्षा हुन्छ । त्यहाँ प्राध्यापकले सहयोग गर्छन् । यसरी उनीहरूको अध्ययनले निरन्तरता पायो र अर्कातिर शिक्षक अभाव पनि पूर्ति भयो ।

    ग्रामीण इलाकाका माध्यमिक विद्यालय अधिकांश आवासीय छन् । त्यहाँ विद्यार्थीको समयलाई सैद्धान्तिक कार्य र श्रम कार्य गरी छुट्याइएको छ । अध्ययनसँगै विद्यालयसँग जोडिएका कृषि फार्ममा काम गर्छन् । त्यहाँ मार्टी जुसेको “बिहान हातमा कलम दिउँसो कोदालो” भन्ने मान्यता लागू गरिएको छ । क्युबाको पाठ्यक्रममा मौलिकतालाई जोड दिइएको छ । त्यहाँका विशेषता, इतिहास, कला संस्कृति, मूल्य मान्यतालाई केन्द्रमा राखिएको छ । वैचारिक एकत्वले गर्दा राष्ट्रवाद वेगमान छ । यसले सङ्कटलाई चिर्न सबैलाई एकीकृत गरेको छ । जुसेको शिक्षा र संस्कृतिमा समानता विना सामाजिक समानता सम्भव छैन भन्ने मान्यतालाई मध्यनजर गरी विद्यालयमा सामूहिकताभाव विकास गरिएको छ । त्याग, बलिदान, एकता, इमानदारी, राष्ट्रियता जस्ता पक्षलाई जोड दिइएको छ ।

    क्युबाली शिक्षाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कार्नोयले भनेजस्तो शिक्षामा राज्यनिर्मित सामाजिक पुँजीको प्रभाव हो । पिएरे बड्युले सांस्कृतिक पुँजीको व्याख्या गर्नुभयो । उहाँ भन्नुहुन्छ “विद्यालयले बौद्धिक, ब्युरोक्रेटिक र दमनकारी वर्गको मूल्यलाई विद्यालयमा पुनरुत्पादन गर्छ र त्यसले उनीहरूकै बच्चालाई पोस्छ । कोलम्यानले सामाजिक पुँजीको व्याख्या गर्दै भन्नुभयो, “जुन परिवार उसका बच्चाको शिक्षाका लागि सहयोगी छ र त्यहाँ समुदायले पनि सघाउँछ भने त्यसले विद्यार्थीको सिकाइमा प्रभावित गर्छ ।” यसलाई उहाँले सामाजिक पुँजी भन्नुभयो । कार्नोयले यी दुवै अवस्था नभएको तर राज्यले नै पछाडि परेका वर्गका बच्चाहरूको शिक्षामा पद्धतिगत रूपमै उपयुक्त सिकाइ वातावरणको निर्माण गर्दछ भने त्यसलाई राज्यनिर्मित सामाजिक पुँजी भनिन्छ भन्नुभयो । यही तेस्रो मान्यता क्युबामा प्रयोग गरियो र राज्यले सबैको समान अवसरको निर्माणमा नेतृत्व गर्‍यो । शिक्षा निःशुल्क गर्‍यो, निजी विद्यालयलाई मान्यता दिएन । शिक्षाको सम्पूर्ण खर्च राज्यले व्यहोर्‍यो । यही नै सामाजिक विभेदीकरणको अन्त्य गर्ने अस्त्र बन्यो ।

    नेपालले के सिक्ने?

    क्युबाली शिक्षाका केही सीमितता पनि छन् ती अर्को चरणमा छलफल गर्नेछौँ । नेपालले क्युबाको शिक्षालाई ‘नो कपी नो रिजेक्ट’ को मोडेलका आधारमा केही सिक्न सक्छ । नेपालमा अहिले पनि ठूलो जनसङ्ख्या निरक्षर छ । यहाँ पार्टीका कार्यकर्ता, सङ्घसंस्था, सैनिक, प्रहरी, विद्यालय, उद्योग आदिलाई साक्षरता अभियानमा खटाउन सकिन्छ । शिक्षक दरबन्दी कार्यदल २०७५ को रिपोर्टले नेपालमा शिक्षकको चरम अभाव देखाएको छ । एउटा अध्ययन अनुसार करिब ३७ प्रतिशत शिक्षक पेशाप्रति असन्तुष्ट छन् । यस्तो अवस्थामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य विद्यालयमा सेवा गर्नैपर्ने व्यवस्था गर्न सकिन्छ । यसो गर्दा विद्यार्थीमा दक्षता पनि बढ्छ र शिक्षकको अभाव पनि टर्छ । ज्ञान शक्तिलाई मूल्य दिने र उत्पे्ररणा भएका शिक्षक आकर्षण गर्न सके गुणस्तर बढाउन सकिन्छ । भौगोलिक विकटताका कारण कतै कतै विद्यार्थीसङ्ख्या निकै कम हुँदै गएको अवस्था छ । यिनीहरूलाई समायोजन गरी आवासीय ‘बिग स्कुल’का रूपमा विकास गर्न सकिन्छ । त्यहाँ श्रम र पढाइ दुवै सँगै लैजान सकिन्छ ।

    अहिले नेपालको शिक्षाप्रणाली आफ्नै पहिचानविरोधी जस्तो भएको छ । आयातित संस्कृतितर्फ आकर्षण छ । नेपाल नचिनी विश्व चिन्न उद्यत छ । आफ्नो भाषाभन्दा पराइ भाषाको मोह छ । यस्तो अवस्थामा आफ्नो इतिहास, मौलिकता र विशेषतालाई अनिवार्य पढ्नैपर्ने व्यवस्था गर्न सकिन्छ । अहिले नेपालको शिक्षामा बड्युले भने जस्तो सांस्कृतिक पुँजीको प्रभाव बढी छ । पुनरुत्पादकीय पद्धति हाबी छ । कतै कतै सामाजिक पुँजीको पनि प्रभाव छ । यसले गर्दा निजी विद्यालय पोसिने र सामुदायिक भासिने भएका छन् । शिक्षाले वर्ग निर्माण गर्‍यो । जात, वर्ग, क्षेत्र आदिका आधारमा सिकाइको खाडल झन् भासिँदो छ । यस्तो अवस्थामा कोर्नोयले भनेजस्तो राज्यनिर्मित सामाजिक पुँजीको विकास गर्न जरुरी छ ।

    माथि उल्लेखित कार्य गर्न सके र राज्यले शिक्षामा प्राथमिकता दिने हो भने राज्यले विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा लिन सक्छ । सबैलाई एउटै सेवा सुविधासहितको पठनपाठनको अवसर दिन सकिन्छ । यसबाटै विभेदीकरण हटाउन सकिन्छ । यसबाट सामाजिक न्याय स्थापित हुन्छ । अन्यथा अरू जुन बाटोबाट हिँडे पनि समानताको बिन्दुमा पुग्न असम्भव छ । अहिले नेपाल सरकारले २०७६ देखि ०८५ साललाई शैक्षिक सबलीकरण दशक घोषणा गरेको छ । यसका लागि स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धता हुन आवश्यक छ । यो बाटो सजिलो छैन तर नहिँडी सुख छैन । शिक्षा व्यापार हुन सक्दैन । विभेदीकरणको आधार र निराकरणको साधन शिक्षा नै हो । त्यसैले क्युबा जसरी सङ्कटका बीच पनि शिक्षामा अब्बल छ, नेपाल पनि बन्न सक्छ । शिक्षामा अब समन्वयभन्दा क्रान्ति आवश्यक छ । त्यसको मूलबाटो राज्य निर्मित सामाजिक पुँजीको निर्माणको बाटो हो ।

    साभार : गोरखापत्र अलाइनबाट २०७६ कार्तिक २४बाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.