Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस २८, २०७६
- इतिहास, यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     

    ओलेग योगरेभ। ब्रम्हाण्ड नै ध्वस्त हुँदैछ भनेर नयाँ वर्ष सुरु हुनु कुनै हालतमा राम्रो कुरा होइन तर २०२० को शुरुवात् यस्तै धमाकाबाट भयो। जनवरी ३ मा अमेरिकी आक्रमणबाट इरानी जनरल कसिम सुलेमानीको हत्या गरिंदा, तेस्रो विश्वयुद्ध शुरु हुने भो भन्ने हल्लाले इन्टरनेट जाम भयो। यद्यपि यस्तो संयुक्त राज्य अमेरिका र इरानमा बढी थियो, रुसमा पनि (ठट्ठाकै रुपमा भएपनि) यस्तै नै भयो भन्न सकिन्छ।

    उदाहरणका लागि, पूर्व पोर्न स्टार मिया खलीफाले रातो टी शर्टमा रुसी जङ्गी निशाना भएको रातो टी शर्ट पहिरेको फोटो ट्वीटरमा पोस्ट गरिन्: “अमेरिका इरान द्वन्द्वरत छन् … इरान रुसको गठवन्धन–सहयोगी हो… म यसको पक्षमा,”

    क्यावात्, मिया! तर ठट्टालाई एकातिर पन्साउँ। के हामी वास्तवमै मस्को र तेहरानलाई गठवन्धन–सहयोगीहरू हुन् भन्न सक्छौं?

    १. रुस र इरान सिरियामा नजिकबाट सहकार्य गर्छन्

    अमेरिकाले आतंकवादी भनेको र मध्यपूर्वका इरानी–समर्थक शिया बलले नायक मानेको मृतक जनरल सुलेमानीले सिरियाको युद्धमा रूससँग नजिकबाट काम गरेका थिए। हाल पनि मस्को र तेहरान दुवैले इस्लामी आतङ्कवादी र पश्चिमी–समर्थक विपक्ष दुवैको विरोध गर्दै सिरियाको द्वन्द्वमा राष्ट्रपति बशर अल असदलाई समर्थन गर्छन्।

    रुसले विशेष सुरक्षा दस्ताको सीमित प्रयोग गर्दै हवाई आक्रमणमा ध्यान केन्द्रित गरेको छ भने इरानले सिरियामा हजारौ सुरक्षा दलहरुलाई नियन्त्रण गर्दछ (अमेरिकी मूल्याकङ्नका अनुसार २०१८ को अन्तसम्मको युद्धमा १२.५ हजार भन्दा बढी ईरानी सेनाहरू सहभागी रहेकाथिए)। इरान र रुसको सहयोगले २०१५-२०१९ सम्ममा बशर अल असद सिरियाको अधिकांश भाग फिर्ता लिन समर्थ भए।

    सिरियाको सवालमा  रूसी र इरानी स्वार्थ उस्ताउस्तै छन्, दुबै मुलुकहरू असदको सरकारलाई आफ्नो महत्वपूर्ण साझेदार ठान्छन्। “युद्ध पछि सिरियाको पुननिर्माणमा लगानी गर्न इच्छुक हुने मुलुकहरु भनेका रुस र इरान मात्र हुन्। र दुबै मध्ये कुनै एकले मात्र सिरियाको पुननिर्माण गर्नसक्ने अवस्थामा छैनन्,” रुसका अन्तर्राष्ट्रिय मामिला परिषद (आरआईएसी) का पेट्र कोर्तुनोभ टिप्पणी गर्छन्।

    २. तर मध्यपूर्वबारेमा तिनीहरूका अडान फरक छन्

    यद्यपि, दीर्घकालीन रणनीतिहरूमा ध्यान दिइयो भने रूस र इरान भिन्दै लक्ष्यहरू पछ्याउछन् भन्नेमा विज्ञहरू सहमत छन्।

    “मस्कोको उद्देश्य भनेको महत्वपूर्ण गैरक्षेत्रीय मध्यस्थकर्ताको भूमिका खेल्ने हैसियतमा यस क्षेत्रमा शक्तिहरूको सन्तुलन कायम राख्नु हो,” – कार्नेगी मस्को सेन्टरका इरानवीद् निकिता स्मगिनले लेखेकाछन्। “इरान धेरै पक्षहरुमा विपरित दिशातर्फ हेर्दैछ, त्यो आँफै मध्य पूर्वको नेता बन्न उत्सुक छ, किनकि यो नै तेहरानले इस्लामिक रिपब्लिकको सुरक्षाको ग्यारेन्टी गर्ने एकमात्र तरीका हो भनेर विश्वास गर्दछ।”

    स्मगिन जोड दिन्छन् कि यस्तो दृष्टिकोणले मस्को खुशी हुँदैन – रूस मध्य पूर्वमा कुनै एक नेता वेगरको नियन्त्रण तथा सन्तुलन व्यवस्थालाई प्राथमिकता दिन्छ। यसले इरान र सिरियासँग मात्र होइन इजरायल, टर्की र पछिल्लो समयमा साउदी अरबसँग पनि राम्रो सम्बन्ध कायम राख्छ (यी तीनै मुलुकको तेहरानसँग लामो समस्याग्रस्त इतिहास रहेकोछ)। रुसको प्रयास के छ भने सिरियाका विपक्षीलाई सहुलियत दिई अन्ततः राष्ट्रिय संकटको राजनीतिक समाधानको लागि असदलाई सहयोग पुर्‍याउनु रहेको देखिन्छ जसलाई इरानले नजरअन्दाज गर्दछ। त्यस्ता स्वार्थका द्वन्द्वहरु तुरुन्तै हराउनेवाला छैनन्।

    ३. तिनीहरुबीचको आर्थिक सम्बन्ध कमजोर छ

    “अर्थतन्त्र हाम्रो द्विपक्षीय सम्बन्धको कमजोर बिन्दु नै रहनेछ,” सन् २०१३-२०१९ मा रूसका लागि इरानका राजदूत मेहदी सनाईले राजीनामा दिनु अघि कोम्मेर्सन्टसँगको अन्तर्वार्तामा स्वीकारेका थिए। यसो हुनुमा “रुस र इरान दुबैले ऊर्जा निर्यात गर्ने भन्ने तथ्यलाई आंशिक रूपमा भन्न सकिन्छ। यस्तो अवस्थामा, व्यापारको मात्रा बढाउन सजिलो छैन। ”

    साच्चै नै, ती दुवैबीचको व्यापारको मात्रा नगण्य नै छ। २०१८ मा, यो केवल १.७ बिलियन डलर थियो, जुन रूसको विदेश व्यापारको १% भन्दा कम हो। पूर्वाधार र व्यापारमा केहि महत्वकांक्षी परियोजनाहरू छन्, जस्तै “उत्तर-दक्षिण” अन्तर्राष्ट्रिय यातायात कोरीडोर। जुन हिन्द महासागरबाट बाल्टिक सागरसम्मका भारत, इरान र रुस हुँदै स्थल मार्ग बन्नेछ । यो कोरिडर इरान र रुसी अगुवाभएको युरेसियन आर्थिक संघ बीचको स्वतन्त्र व्यापार क्षेत्र हुनसक्नेछ। तर, यसको आवश्यकताबारे तिनीहरुले ढिलोमात्र महशुस गरे। ठोस आर्थिक आधारबिनाको गठबन्धनलाई दिगो मान्न सकिदैन।

    ४. ऐतिहासिकरूपमा, तीबीच केहि तीता अनुभवहरू छन्

    “१९औं र २० औं शताब्दीको दौरान, रूस र सोभियत संघले इरानी सार्वभौमिकतामाथि पटक–पटक सन्देह गरेको थियो,” निकिता स्मगिन सम्झाउँछन्। १९११ मा, फारसी संवैधानिक क्रान्तिका अवधीमा रूसी साम्राज्यले आफ्नो प्रभावको क्षेत्रलाई जोगाउँदै प्रजातान्त्रिक आन्दोलनलाई दबाउन इरानमा सेना पठायो र मजलेस (संसद) मा तोप दाग्यो।

    पछि, अगस्त १९४१ मा, जब दोस्रो विश्वयुद्ध  शुरू भयो, त्यसवेला सोभियत संघ र ग्रेट ब्रिटेनलाई इरान सम्भवतः जर्मनीको कठपुतलीमा परिणत हुनेछ भन्ने डर थियो। त्यसकारण तिनीहरूले इरानमा सेना पठाए र नियन्त्रणमा लिए। स्टालिनले ईरानको उत्तरमा कठपुतली राज्यहरू निर्माण गरे तर सोभियतहरूलाई १९४६ मा त्यहाँबाट फर्कनु पर्ने भयो।

    त्यस्ता अनुभवहरूले प्रत्यक्षरूपमा त सरकारी सम्बन्धलाई असर गर्दैन, तर यसले इरानको समाजका केही भागहरूलाई उत्तेजित गराउन सक्छ। बेलबेलामा रूसलाई भरोसा गर्न सकिन्छ कि भनेर शंका उठाउँदै सम्बन्धहरूलाई जटिल बनाइदिनसक्छ। उदाहरणका लागि, रूसलाई २०१६ मा आईएसआईएसविरुद्ध आक्रमण गर्न इरानी हवाई अड्डा प्रयोग गर्न अनुमति दिएको खबरले इस्लामी गणतन्त्रमा निकै खलबली मच्चियो। यसैकारण तेहरानले आफ्नो अनुमति फिर्ता लिनुपर्‍यो।

    ५. तिनीहरू साझेदारहरू हुन्, गठबन्धन-सहयोगी होइनन्

    माथि दिइएका बूँदाहरुको अर्थ रूस र इरानबीच सहकार्य हुन सक्दैन भन्ने लाग्दैन। यसको विपरित, मध्यपूर्वको वर्तमान अवस्थाले कम्तीमा राजनीतिक रुपमा नै सही एक अर्काका लागि महत्वपूर्ण बनाएको छ (जस्तो कि मेहदी सनाईले भनेका छन्–, राष्ट्रपति व्लादिमीर पुटिन र हसन रुहानीबीच ६ वर्ष यता १७ पटक भेट भइसकेका छन् – निश्चितै छ कि उनीहरूबीच धेरै कुराहरु भएका छन्)। तर पनि, यी दुईबीचका विश्व लक्ष्यहरूबारे रहेका भिन्नताका कारण यी दुईको सम्बन्ध रणनीतिक गठबन्धन सहयोगी भन्दा कार्यनीतिक साझेदारहरूका रुपमा नजिक छन्।

    जनवरी १०, २०२० का दिन रसिया वियोण्डमा प्रकाशित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.