Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Sunday, June 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चिनमा फैलिएको कोरोना भाइरसबारे तथ्य र भ्रामक कुराहरु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ २६, २०७६
- यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ग्वङ् झे: चिनमा देखिएको २०१९-एनकोभि (भाइरस) ले विगत एक महिना देखि चिन र विश्वलाई नै गाँजिरहेको छ। जसै मिडियाले यस भाइरसको फैलावटबारे लेख्न थाले, त्यसेबेलादेखि यसबारेका तथ्य र भ्रमहरु पनि विश्वभरि नै फैलिन थाल्यो। जसले गर्दा तथ्यमा ध्यान नदिइने र भ्रामकहरुबारे पत्याइने अवस्था बनेको छ।

    त्यसैले यस्तो विशेष अवस्थाको विश्लेषण गरौं।

    – तथ्याङ्क कति सहि छन्

    अहिले “चिनले संख्याबारे ढाँटिरहेको छ” भन्ने आरोपहरु र ट्विटहरु ब्याप्त छन् तर यी आरोपहरु त्यस्ता मानिसहरुबाट आइरहेका छन् जसलाई विरामीको कसरी गणना गरिन्छ भन्ने कुराको ज्ञान छैन ।

    यस्तो रोग फैलिरहेको समयमा विरामीको सहि संख्या थाहा नुहुनु सामान्य कुरा हो।

    सरकारी तथ्याङ्कले यकिन भएका विरामीको संख्यामात्र बताउँछ। तथ्याङ्क बाहिर ल्याउन अगाडि अधिकारीहरुले विरामीलाई सार्स, मेर्स वा कुनै अन्य भाइरसले नभएर २०१९-एन को भि ले नै आक्रमण गरेको हो भनी यकिन गर्न परिक्षणका परिणामहरुको जाँच गर्नुपर्छ किनभने यी सबै भाइरस आक्रमणका आधारभुत लक्षणहरु सामान्यत एकैखालका हुन्छन्।

    २०१९-एन को भि सम्बन्धी चिनियाँ सरकारको वेभसाइटमा (चिनियाँ भाषामा) दिइएका दैनिक तथ्याङ्कहरुको जाँच गर्नुहोस्। यी तथ्याङ्कहरु जनवरी ११ देखि दैनिक अपडेट गरिएकाछन्।

    “चिनसँग पर्याप्त टेस्ट-किट किन छैनन्

    केही समाचारपत्रहरुले “चिनसँग पर्याप्त टेस्ट-किट किन छैनन्” भनेर पनि लेखेका छन्। यो नयाँ किसिमको कोरोना भाइरस हो, अतः परिक्षण गर्ने टेस्ट-किटहरु हुने कुरा नै हुँदैन। पहिलाका टेस्ट-किटहरुले नयाँ भाइरस पत्ता लगाउन सक्दैन र यसकारण नयाँ किटको डिजाइन गरि व्यापकरुपमा उत्पादन गरिनु पर्नेहुन्छ। यो सामान्य कुरा हो र कसैले पनि चमत्कारको अपेक्षा गर्नु हुँदैन।

    हाल चिनले प्रत्येक दिन हजारौं शंका लागेका विरामीहरुको परिक्षण गर्नसक्छ: परिक्षणबाट गलत नतिजा नआओस् भने प्रत्येक विरामीका लागि दुईवटा टेस्ट कीटले परिक्षण गरिन्छ।

    बेलायतमा बसेर वुहानको संक्रमित संख्या निकाल्न सकिदैन

    बेलायतका एक प्रोफेसरले कोरोना भाइरसका कारण कम्तिमा एक लाख विरामी छन् भनेका छन्। उनी वुहानमा छैनन्, वेलायतमा छन्। त्यो सङ्ख्या उनको कम्प्युटरको एल्गोरिदममा आधारित छ। त्यसलाई वास्तविकता ठानिनु हुँदैन। यस बाहेक अनुमानित सङ्क्रमित सङ्ख्या ३०,००० देखि २००,००० छ भन्ने प्रचार छ।

    चिनियाँ सरकारले ढाँटिरहेको छैन, वास्तवमा यसले सहि सङ्ख्या पाउनै सक्दैन किनकि यो असम्भव जस्तै काम हो।

    यस्तै अवस्था सन् २००९ मा एच१एन१ फैलँदा पनि भएको थियो, जस्तो कि विश्व स्वास्थ संघले ” रोग पहिचान नभइ वा परिक्षण नै नभइ मृत्यु भएको हुनसक्छ” भनी स्विकार गरेको थियो।

    अमेरिकामा दुई पटक फैलेको एच१एन१ ले डेढ लाख देखि करीव ६ लाख मरेका थिए

    अमेरिकामा दुई पटक एच१एन१ फैलिएको थियो र त्हाँ पनि सन् २०१२ मा त्यसका कारण भएका विश्वब्यापि मृत्युको आँकलन गणितीय मोडलिङद्वारा गरिएको थियो र त्यो आँकलन अनुसार मृत्यु हुनेको सङ्ख्या १ लाख ५१ हजार ७०० देखि ५ लाख ७५ हजार ४०० देखियो। एच१एन१ भाइरस संक्रमणबाट कति मानिस मरे भन्ने सहि तथ्याङ्क सिजिटिएन डिजिटलको अनलाइन अनुसन्धानबाट पत्ता लाग्न सकेन। यदि तपाईसँग चिनमा २०१९-एनकोभि का विरामी कति छन् भनी पत्ता लगाउने यो भन्दा राम्रो उपाय छ भने कृपया हामीलाई इमेल गर्नुहोस् किनकि सिजिटिएन डिजिटलका हामी र यो भाइरस विरुद्ध लडिरहेका अरु धेरै मानिसहरु त्यो सङ्ख्या जान्न चाहन्छन्।

    –के यस अघिका कोरोना भाइरस फैलदा यात्रा प्रतिबन्ध गरिएको थियो?

    यस्तो लाग्छ पछिल्ला दिनहरुमा अमेरिकी सरकार यात्रा प्रतिबन्ध लगाउने कुरालाई व्यापक गर्दैछ। अमेरिकामा भाइरस नछिरोस् भनेर पनि प्रतिबन्ध लगाइएको छ- यद्यपि यो उपायले काम गर्छ गर्दैन भनी चिनियाँ सरकार, विज्ञहरु र अमेरिकी मिडियाले प्रश्न उठाइरहेका छन्।

    यो निर्णय सामान्य होइन। विशेषगरि विश्व स्वास्थ संघले सचेतनताका साथ यात्रा प्रतिबन्ध सिफारिस गरिएको छैन भनेको छ।

    अमेरिकाले यसअघका सार्स, मेर्स जस्ता अन्य कोरोना भाइरस फैलदा यात्रा प्रतिबन्ध लागू गरेको थिएन। केही सिमित सङ्ख्यामा सावधानी र प्रतिबन्ध अपनाइएको थियो।  तर हालसालै चिन भ्रमण गरेका विदेशीहरुमाथि प्रतिबन्ध लगाउनु- र आफ्ना नागरिकहरुलाई क्वारेन्टाइनमा धकेल्नु ज्यादै अप्रत्याशित छ।

    तर स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का सचिव एलेक्स अजार प्रतिबन्धलाई थप उपायका रुपमा अझै “बढाउन सकिने” भन्दैछन्।

    विश्वका सामू एउटा प्रश्नको उत्तर खोज्नु जरुरी भएको छ

    सार्स र मेर्स भन्दा धेरै कम घातक २०१९-एन को भि मा त्यस्तो विशेषता के छ जसले गर्दा अमेरिकी सरकार यस्तो नाटकीय काम गरिरहेको छ?

    ग्वङ् झेद्वारा लिखित सिजिटिनमा 08-Feb-2020 मा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.