Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Wednesday, April 22, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भूमिपुत्रका लागि-टंक राई

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख २५, २०७७
- शीर्ष शीर्षक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उत्साहको ढोल ठटाउँदै
    ढोलेहरु सोइसोइला खेल्दै आउ
    उमङ्गको झ्याम्टा बजाउदै
    सिलिमेहरु बञ्छर नाच्दै आउ ।
    सोइ ढोले सोइ,
    अर्को ढोले खोइ?
    एनी लै लै
    हौ बरि लै लै ।

    इन्द्रेणी सपना युवा मनमा सजाएर
    सगरमाथा आकांक्षा हृदयमा उमारेर
    टिपेर शिलीहरु श्रृष्टिको
    आराधना गरिरहेछौ चोखो मनले
    माटोको, भूमिको
    तर, तिमीले कहिल्यै सोच्यौ
    तिम्रा इन्द्रेणी सपनाहरु स्यामुनामा गाइयो कि गाइएन ?
    तिम्रा सगरमाथा आकांक्षाहरु एनि लैलै मा आयो कि आएन ?
    अनि तिमीले पुजा गर्ने त्यो माटो तिम्रै छ कि छैन ?
    तिमीले हिड्ने त्यो बाटो तिम्रो छ कि छैन ?
    ए होइ स्यामुना ।

    इतिहासले भन्छ तिमी भूमिपुत्र हौ
    सबैलाई थाहा छ तिमी भूमिपुत्र हौ
    तिमी माटोको सन्तान,
    माटो तिम्रो हो,
    तिमी आकाशको सन्तान
    आकाश तिम्रो हो,
    तर तिमीले यी सबै थाहा पाउन अझै बाँकी छ
    तिमीले यी सबैमाथि अधिन गर्न धेरै बाँकी छ ।
    तिमीले त हिड्दा हिड्दै गन्तब्य हराएका छौ,
    माटो हराएका छौ
    आफ्नै माटोमा शरणार्थी बनेका छौ ।
    माटो हराए पनि भूमि पूजा गर्छौ,
    बाटो हराए पनि बाली पूजा गर्छौ ।
    ऐया बरि लै लै
    कुर्र हा हा,

    वर्षहरु उछिट्टिएर गए
    र शताब्दि शताब्दि बित्यो,
    सालसालै उभौली उधौलीमा
    तिमिले आफ्नो हराएको ढोले साथी खोज्यौ
    सोइ ढोले सोइ
    अर्को ढोले खोइ ?
    तर तिमीले हक खोजेनौ
    तिमीले आफू विस्थापित हुनुको क्षतिपूर्ति खोजेनौ
    र आफू भूमिपुत्र हुनुको अर्थ खोजेनौ
    ए भूमिपुत्र ढोले,
    अब सोइ ढोले सोइ
    अर्को ढाले खोइ ? भनेर
    ढोले मात्र नखोज
    आफ्नो हराएको शासन र गुमेको सिंहासन खोज
    अर्थात भूमिपुत्रको अर्थ खोज
    माटोको सन्तान हुनुको मर्म खोज
    र यसपालीको उभौली उधौलीमा भन
    सोइ ढोले सोइ
    हाम्रो धरती खोइ ?

    उत्साहको ढोल ठटाउँदै
    ढोलेहरु सोइसोइला खेल्दै आउ
    उमङ्गको झ्याम्टा बजाउदै
    सिलिमेहरु बञ्छर नाच्दै आउ ।
    सोइ ढोले सोइ
    हाम्रो धरती खोइ ?
    एनी लै लै
    हौ बरि लै लै ।
    हाम्रो धरती खोइ ?

    – टंक राई
    २०६५ जेठ ९ गते

    – टंक राई

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      रहेनन् नख्खु विद्राेहका याेद्बा वीरबहादुर

      nepal_readers
      कार्तिक २३, २०७७

      नख्खु जेल ब्रेक काण्डका याेद्धा तथा पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ...

      भूमिपुत्रका लागि-टंक राई

      दरबार र मान्छे -टंक राई

      नेपाल रिडर्स
      बैशाख २६, २०७७

      तिनीहरु दरबार पसेर हृदयहीन भएका हुन्, कि हृदयहीन भएर नै दरबार पसेका हुन् हँ? सहरमा पछारिएको सपनाका आला लासहरु, सडकमा...

      नेपाल-भारत सम्बन्ध : सन् १९५० को सन्धि – श्रृङ्खला ४

      नेपाल-भारत सम्बन्ध : सन् १९५० को सन्धि – श्रृङ्खला ४

      गोपाल सिवाकोटी 'चिन्तन'
      कार्तिक २४, २०७६

      (यही भाद्र १, २०७३ मा नेपाल अध्ययन केन्द्रले नेपाल भारत सम्बन्ध : सन् १९५० को सन्धि विषयकमा गहन विचारविमर्श गरेको...

      बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-२

      बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-२

      डा. प्रकाशचन्द्र लोहनी
      भदौ २४, २०७६

      (असोज ४,२०७३ मा नेपाल अध्ययन केन्द्रले बद्लिंदै गएको विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध विषयकमा गहन विचारविमर्श गरेको थियो। सानो समूहमा...

      कसरी प्रविधि क्षेत्रले महिलाहरूलाई पञ्छाएर इतिहास लेख्यो?

      कसरी प्रविधि क्षेत्रले महिलाहरूलाई पञ्छाएर इतिहास लेख्यो?

      क्रिस्टी ब्रिउर
      साउन ३०, २०७४

      -क्रिस्टी ब्रिउर महिलाहरुलाई यस प्रकारले विविध मानकबमोजिम सांस्कृतिक सामानसँग नियमितरुपमा तौलने गरिन्थ्यो। म स्पष्ट छु सही काम गर्नका लागि कम्पनिहरुमाथि...

      पिछडा वर्गका लागि शिक्षामा आरक्षण चाहिन्छ

      पिछडा वर्गका लागि शिक्षामा आरक्षण चाहिन्छ

      महाथिर विन मुहमद
      साउन २८, २०७४

      - महाथिर विन मुहमद जेनतेन पास भएकाहरू पनि राम्रो सुविधा दिने हो भने उच्च शिक्षा हासिल गर्न सक्छन् भन्ने कुरामा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.