Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Wednesday, April 22, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दरबार र मान्छे -टंक राई

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख २६, २०७७
- शीर्ष शीर्षक
A A
0
- टंक राई

- टंक राई

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तिनीहरु दरबार पसेर हृदयहीन भएका हुन्, कि
    हृदयहीन भएर नै दरबार पसेका हुन् हँ?

    सहरमा पछारिएको सपनाका आला लासहरु,
    सडकमा पसारिएका असरल्ल आकांक्षाहरु
    वेवास्ता गर्दै
    त्यसलाई हेर्दै नहेरी
    बरु त्यसै माथि
    जंगबहादुरको घोडा कुदाउँदै
    त्यसैलाई टापहरुले निर्ममतापूर्वक कुल्चदै
    उनीहरु
    दरबार छिरिरहेका छन्
    भाले बास्न अगावै
    उज्यालोबाट तर्सदै, तर्सदै ।

    तिनीहरु दरबार पसेर दानव भएका हुन्,
    कि दानव भएर नै दरबार पसेका हुन् हँ?

    सपनाको गीतमा आगो लगाएर
    आकांक्षाको सगरमाथामाथि ज्वालामुखी विष्फोट गराएर
    कुम्भकर्ण निन्द्रा सुत्न
    कुनै संवेदनाले सक्तैन,
    कुनै हृदयले सक्तैन ।

    हामी त बाँच्न पो चाहन्थ्यौ,
    हामी त हास्न पो चाहन्थ्यौं,
    हाम्रो ज्यान खोसेर,
    हाम्रो खुसी लुटेर,
    प्राणमाथि भयको डोजर चलाएर
    आनन्दमाथि सत्ताको ट्यांक गुडाएर
    उनीहरु
    दरबार छिरिरहेछन्
    सखारै कोही बिउझिनु अगावै
    चेतनाबाट तर्सदै तर्सदै ।

    तिनीहरु दरबार पसेर चेतना शुन्य भएका हुन् कि
    चेतनाशुन्य भएर नै दरबार पसेका हुन् हँ ?

    डढेलोले उमंगको वन आगोको लप्कामा सल्केको छ,
    द्वन्द्वको सुनामीले शान्तिको घरबार बगेको छ,
    बग्दै बग्दै स्खलनको अन्तिम बिन्दुमा पुगेको छ समय
    टाइमबम फाट्न केही मिनेटमात्र बाँकी छ,
    इतिहासमा बज्ने निरोको बाँसुरी
    किन सिंहदरबारभित्र बजेको सुनिन्छ आजकल?
    ध्वंशको रासमाथि उभिएर
    बुद्धको प्रतिमा
    युगलाई सम्बोधन गर्न किन सक्तैन आजकल?

    क्षेप्यास्त्र मार्फत शान्ति सन्देश प्रक्षेपित गरेर
    मुर्कट्टाहरु लस्कर लागेर
    भिरबाट खस्तै खस्तै
    उनीहरु
    दरबार छिरिरहेछन्
    निस्फिक्री तारा खस्नु अगावै
    आफैबाट तर्सदै तर्सदै।

    तिनीहरु दरबार पसेर पछि हिड्ने भएका हुन् कि
    पछिमात्र हिड्दा हिड्दै दरबार पसेका हुन् हँ ?

    स्वाभिमानको लासलाई समुन्द्रपारिको गिद्धले खाइरहेछ,
    स्वतन्त्रताको मुनालाई छिमेककै साँढेले ढलिमलि गरिरहेछ
    दरबार कै भान्सामा
    अरुले नै भागबण्डा लगाइरहेछन्
    दासहरुको मुकुण्डो भिरेर
    पाउ परेका श्रीपेच धारीहरु
    इतिहासमा आजै किन यति निरिह भएका छन्?
    काखीमा हरदम किन श्रीपेच च्यापीरहेछन्?

    उन्मुक्तिको ललाटमा पराधिनताको बुटले कुल्चदै
    आत्मसम्मानको चरु चाकरीको आगोमा होम्दै होम्दै
    उनीहरु
    दरबार छिरिरहेछन्
    दशगजा ठडिनु अगावै
    स्वाधिनताबाट तर्सदै तर्सदै

    तिनीहरु दरबार पसेर दास भएका हुन् कि
    दासमात्र भएकाले दरबार पसेका हुन् हँ

    केही सिमित मुट्ठीहरु
    हावामा उचालिएका छन्
    आफ्नै नाकमा जोतिने गरी
    केही आवाजहरु
    वातावरणमा फैलिएका छन्
    आफ्नै कान फुटाउने गरी

    कोही खबरदारी गर्ने पनि छ कि?
    कोही पहरेदारी गर्ने पनि छ कि?

    केही जोर हवाइ चप्पलहरु
    केही जोर गोल्डस्टार जुत्ताहरु
    दरबार ताकेर हिडिरेछन् लगातार
    ठुलो गेटको मुखैमा पुगेका छन्।

    तिनीहरु मान्छै नै भएर दरबार पस्न खोजेका हुन्
    कि दरबार पसेर पनि मान्छे नै भइरहन्छन् हँ ?

    – टंक राई

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      रहेनन् नख्खु विद्राेहका याेद्बा वीरबहादुर

      nepal_readers
      कार्तिक २३, २०७७

      नख्खु जेल ब्रेक काण्डका याेद्धा तथा पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ...

      भूमिपुत्रका लागि-टंक राई

      भूमिपुत्रका लागि-टंक राई

      नेपाल रिडर्स
      बैशाख २५, २०७७

      उत्साहको ढोल ठटाउँदै ढोलेहरु सोइसोइला खेल्दै आउ उमङ्गको झ्याम्टा बजाउदै सिलिमेहरु बञ्छर नाच्दै आउ । सोइ ढोले सोइ, अर्को ढोले...

      नेपाल-भारत सम्बन्ध : सन् १९५० को सन्धि – श्रृङ्खला ४

      नेपाल-भारत सम्बन्ध : सन् १९५० को सन्धि – श्रृङ्खला ४

      गोपाल सिवाकोटी 'चिन्तन'
      कार्तिक २४, २०७६

      (यही भाद्र १, २०७३ मा नेपाल अध्ययन केन्द्रले नेपाल भारत सम्बन्ध : सन् १९५० को सन्धि विषयकमा गहन विचारविमर्श गरेको...

      बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-२

      बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-२

      डा. प्रकाशचन्द्र लोहनी
      भदौ २४, २०७६

      (असोज ४,२०७३ मा नेपाल अध्ययन केन्द्रले बद्लिंदै गएको विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध विषयकमा गहन विचारविमर्श गरेको थियो। सानो समूहमा...

      कसरी प्रविधि क्षेत्रले महिलाहरूलाई पञ्छाएर इतिहास लेख्यो?

      कसरी प्रविधि क्षेत्रले महिलाहरूलाई पञ्छाएर इतिहास लेख्यो?

      क्रिस्टी ब्रिउर
      साउन ३०, २०७४

      -क्रिस्टी ब्रिउर महिलाहरुलाई यस प्रकारले विविध मानकबमोजिम सांस्कृतिक सामानसँग नियमितरुपमा तौलने गरिन्थ्यो। म स्पष्ट छु सही काम गर्नका लागि कम्पनिहरुमाथि...

      पिछडा वर्गका लागि शिक्षामा आरक्षण चाहिन्छ

      पिछडा वर्गका लागि शिक्षामा आरक्षण चाहिन्छ

      महाथिर विन मुहमद
      साउन २८, २०७४

      - महाथिर विन मुहमद जेनतेन पास भएकाहरू पनि राम्रो सुविधा दिने हो भने उच्च शिक्षा हासिल गर्न सक्छन् भन्ने कुरामा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.