Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सीमा मुद्दामा २४ प्रमाण

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ११, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गोपाल खनाल। जेठ ७ मा नेपालले आफ्ना भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको अद्यावधिक नयाँ नक्सा जारी गर्‍यो । त्यसयता भारतीय मिडिया र विश्लेषक तथ्य–प्रमाणका आधारमा नभई आग्रही, भ्रामक र अतिरञ्जित प्रचारमा छन् । पहिला, भारत सरकारको औपचारिक धारणाका तीन कोण हेरौँ ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले २१ मेमा केही पत्रकारको प्रश्नको उत्तरमा भन्नुभयो– नेपालले नक्सा अद्यावधिक गर्नु एकपक्षीय कार्य हो र यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।’ अघिल्लो दिन २० मेमा आएको मन्त्रालयको औपचारिक धारणामा नेपालको नक्सालाई ‘कृत्रिम विस्तार’ भन्दै ‘अस्वीकार्य’ हुने उल्लेख थियो । भारतले २ नोभेम्बर २०१९ मा सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतभित्र पारिएको छ । पहिला भारतले जारी गरेको हो, त्यसपछि मात्र नेपालले । यो तथ्य हो ।

    पहिलो, के भारतले यो नक्सा जारी गर्दा नेपाललाई सोध्योे ? यो एकपक्षीय थिएन ? नेपालको भूभागसमेत समेटेर जारी गर्दा एकपक्षीय नहुने, नेपालले आफ्नो भूभागसहितको नक्सा जारी गर्दा एकपक्षीय हुने ? देश ठूलो सानो हुनसक्छ तर सार्वभौमिकता समान हुन्छ । एकपक्षीय नक्सा जारी गर्ने कामको आरम्भ भारतबाट भयो ।

    दोस्रो, ‘नेपालको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।’ त्यसोभए भारतसँग रहेको तथ्य र प्रमाण के हो ? ती प्रमाणले के भन्छन् ? नेपालले लामो समयदेखि तथ्य र प्रमाणका आधारमा वार्तामा बसौँ भनिरहेकै छ । नेपाल तथ्यमा बोलेको छ । भारतको एक इञ्च भूमि नेपाललाई चाहिएको छैन, आफ्नो भूमि खोजेको हो ।

    तेस्रो, ‘नेपाली नेतृत्वले वार्ताको वातावरण सिर्जना गर्नुपर्छ !’
    भारतले नयाँ नक्सा जारी गर्दा नेपालले विरोध गर्दै तत्काल वार्तामा बस्न भारतलाई आग्रह गर्यो । परराष्ट्र मन्त्रालयले दुई–दुईवटा पत्र लेखी वार्ताको प्रस्ताव ग¥यो तर जवाफ आएन । वातावरण नेपालले कि भारतले बनाउने ? वार्ताको वातावरण बनाउन नेपालले के गर्नुपर्छ ? वार्ताका लागि तयार भएको बताएपछि अब भारत सकारात्मक भई पारस्परिक सहमतिमा मिति तय गर्न लाग्नुपर्ने होइन ?

    चौथो, चीनको उक्साहट ! यो घातक छ । चीनबाट भारत कति त्रसित छ भन्ने मनोविज्ञान यो कथनबाट प्रमाणित हुन्छ । भारतीय नक्साको विरोध हुँदाहुँदै लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन भारतले गर्यो । राजदूतलाई बोलाएर नेपालले विरोधपत्र दियो । अनि चीनले कहाँ नेपाललाई उक्सायो ? नेपाली नागरिकलाई आफ्नो भूभागको पहिचान र फिर्ता लिन कसैले उक्साउनुपर्छ ? नेपाली जनताले उठाएको जायज मुद्दालाई अब कमजोर पार्न सकिँदैन भन्ने मित्रराष्ट्रले बुझ्नुपर्छ । चीन र भारतबीचकोशत्रुता, प्रतिस्पर्धा र सहयोगको सम्बन्ध नेपालाई थाहा छैन र ?

    चीनसँग पनि नेपालका प्रश्न छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले जेठ ६ मा कालापानी नेपाल र भारतको मुद्दा भएकाले मैत्री संवादबाट सुल्झाउने विश्वास चीनको रहेको बताउनुभयो । उहाँले ‘अझ परिस्थितिलाई जटिल बनाउने गरी एकपक्षीय काम कसैले पनि गर्नुहुँदैन’ पनि भन्नुभयो । भारतीय नयाँ नक्सा बन्दा चीनको धारणा आएन । भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै तिब्बत सडक उद्घाटन गर्दा पनि चीन मौन रह्यो । जब नेपालले नयाँ नक्सा तयार गर्यो, बल्ल ‘एकपक्षीय’ भन्ने वक्तव्य आयो । किन अघि आएन र पछि आयो ? नेपालले भारतसँगका समस्या भारतसँगै बसेर समाधान गर्छ, त्यसमा चीनलाई आमन्त्रण गर्दैन ।

    कालापानीको चिन्ता गर्ने चीनले १५ मे २०१५ मा किन नेपालको भूभाग लिपुलेकबाट व्यापार विस्तार गर्न भारतसँग सहमति गरेको ? भारतीय प्रधानमन्त्री र चिनियाँ प्रधानमन्त्रीबीच लिपुलेकबाट द्विपक्षीय व्यापार विस्तार गर्ने सहमति संयुक्त वक्तव्यको बुँदा २८ मा हुँदा कालापानीबारेको अहिलेको बुझाइ कहाँ गायब भयो ? चीन लिपुलेक सहमतिमा कसरी गयो ? सहमति नभएको भए भारतले त्यहाँ बाटो बनाउन सक्थ्यो ?

    हो, प्रश्नहरू छन् तर संवाद, सहमतिका आधारमा समाधान खोज्न, आफ्ना निर्णय गर्न आफैँ गर्न नेपाल सक्षम छ, कसैको अनावश्यक चासो र हस्तक्षेप स्वीकार्दैन । चिनियाँ वा भारतीय ‘कार्ड’ अब पुराना भए । एकअर्काका सम्बन्धमा एकअर्का प्रयोग हुने युग पनि अब सकियो । त्रिदेशीय सीमाबिन्दु वा मुद्दामा तीन देशको सहमति चाहिने हो, अरूमा होइन ।
    नेपालको मामिलामा दिल्ली र बेइजिङले के भने होइन, नेपाल के चाहन्छ भन्ने महत्वपूर्ण हो । ऐतिहासिक यथार्थ नेपालको नयाँ नक्सा हो । त्यसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालभित्र छन् । विनाप्रमाण नेपाल बोलेको होइन । त्यसो भए के छन् प्रमाण ?

    यहाँ २४ प्रमाण छन्, थप अध्ययनअनुसार सूची बढ्दै जान्छ:
    १. सन् १८०९ को नेपाल र इस्ट इन्डिया कम्पनीबीचको सीमा सम्झौतामा कालीनदी पूर्वको भाग नेपालको हो भनिएको छ ।
    २. ब्रिटिस क्याप्टेन उड ब्रिजको ‘स्केच अफ गोर्खा वार’ पुस्तकमा महाकाली नदी पूर्वको भाग नेपालको देखाइएको छ ।
    ३. १५ मे १८१५ मा मलोङमा अमरसिंह थापा र डेभिड अक्टरलोनीबीचको सम्झौता । कालीनदी सीमा नदी हो, त्यसभन्दा पूर्व नेपाल हो ।
    ४. जुन र अगस्ट, १८१५ मा लर्ड मारियोले पठाएको पत्रमा कालीनदी सीमा नदी ।
    ५. २ जनवरी १८१६ मा प्रकाशित बेलायती हाइड्रोग्राफरले तयार पारेको नक्सामा कालीको उद्गमस्थल लिम्पियाधुरा देखाइएको छ ।
    ६. सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा महाकालीको मुहान । त्यसपूर्वको सबै भूभाग नेपालको हो ।
    ७. सन् १८१७ मा नाभी, कुटी, गुन्जीका गाउँलेहरूले ब्रिटिस इन्डियातिर बस्न पाउँ भनेर दिएको निवेदनमा इस्ट इन्डिया कम्पनीले सुनुवाइ गर्दा नाभी, कुटी र गुन्जी गोर्खाको अधीनमा रहेको स्पष्ट । कालीपूर्वको भाग गोर्खाको अधीनमा रहेको व्यहोरासहित बम शाह र राजदूत गार्डनरलाई इस्ट इन्डिया कम्पनीले लेखेको पत्रको प्रति ब्रिटिस लाइब्रेरीमा सुरक्षित छ ।
    ८. सन् १८१९ मा इस्ट इन्डिया कम्पनी सरकारको नापी कार्यालयबाट प्रकाशित नक्सामा लिम्पियाधुराबाट उत्पत्ति भई बगेको नदीलाई ‘काली रिभर’ भनिएको छ ।
    ९. सन् १८२६ मा क्याप्टेन जेडी हेवर्टले तयार पारेको नक्सामा लिम्पियाधुराबाट निस्केको नदीलाई ‘रिभर काली’ लेखिएको छ।
    १०. सन् १८२७ को नक्सा, लाइब्रेरी अफ कंग्रेस, वासिङ्टन डीसी । लिम्पियाधुरा कालीको मुहान ।
    ११. सन् १८३७ मा जे.बी. टासिन नामका भारतीय नापी प्राविधिकले बनाएको हाते नक्सामा कालीको उद्मगस्थल लिम्पियाधुरा देखाइएको छ ।
    १२. सन् १८४० मा तत्कालीन भारतको
    इस्ट–इन्डिया कम्पनीका डेपुटी सर्भेयर जनरल र ब्रिटेनका सर्भेयर जनरलद्वारा हस्ताक्षरित नक्सामा लिम्पियाधुरा (कसैले लिपुलेक पनि लेखेका छन्) त्रिदेशीय सीमा उल्लेख ।
    १३. सन् १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा संरक्षित स्केच म्यापले लिम्पियाधुरा कालीको मुहान रहेको देखाएको छ ।
    १४. सन् १८५५ अक्टोबरमा भारतको नापी विभागले पहिलोपल्ट बनाएको नक्सामा कालीको उद्गम लिम्पियाधुरा देखाइएको छ तर सीमा नदी भने लिपुलेकबाट निस्कने खोला हो भनी देखाइएको छ
    १५. सन् १८५७ को नक्सा, ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डनले लिम्पियाधुरा महाकालीको मुहान ।
    १६. सन् १८५०, १८५६ र १८६० का भएका पूरक सन्धिसम्झौतामा आदानप्रदान भएका नक्सा अनुसार पश्चिमी सिमाना दार्चुला जिल्लाको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा ।
    १७. ब्रिटिस सर्भे अफ इन्डियाद्वारा प्रकाशित सन् १८२७ र १८५६ का आधिकारिक नक्साले नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म विस्तारित रहेको प्रमाणित गर्छन् ।
    १८. सन् १९०३ मा क्विङ डाइनेस्टीमा प्रकाशित ‘ओल्ड एटलस् अफ चाइना’ मा चिनियाँ भाषामा लिम्पियाधुरा नै कालीनदीको स्रोत भएको उल्लेख । ‘नेपाल’ नदीको उत्तरपूर्वी भागमा ।
    १९.नेपाल र चीनबीच सन् १९६१ अक्टोबर ५ मा भएको सीमासन्धि र सन् १९७९ मा भएको सिमाना प्रोटोकलमा काली नदीपूर्व नेपाल र त्यसलाई सीमाबिन्दु मानिएको छ ।
    २०. वि.सं.२०१५ मा भएको नेपालको पहिलो संसदीय निर्वाचनमा लिपुलेक र त्यस वरपरका जनता मतदाता थिए ।
    २१. वि.सं. २०१८ मा पत्रकार भैरव रिसालले लिम्पियाधुरापूर्व व्यासक्षेत्रमा नाभी, कुटी, गुञ्जी आदि गाउँबस्तीको जनगणना लिनुभएको थियो । त्यसबेला त्यहाँ भारतीय सेनाको उपस्थिति थिएन । त्यस्तै, २०१९ मा नेपाल–चीनबीच सीमाङ्कन गर्न गएको टोलीले पनि त्यहाँ भारतीय सेना देखेको थिएन ।
    २२. सन् २००७ मा जारी नदी प्रणाली देखाउने भारतीय नक्सामा लिम्पियाधुरासम्म समेट्ने गरी माथिल्लो काली भनिएको छ।
    २३. भारतले नै तयार पारेको नदीहरूको जलप्रवाहबारेको अर्को नक्सामा कालीको मुहान लिम्पियाधुरा भएको देखिन्छ ।
    २४. सन् २०१७ मा सर्भे अफ इन्डियाद्वारा जारी नक्सामा लिम्पियाधुरा मुहान रहेको कालीलाई सीमा नदी मानिएको छ ।
    यी प्रमाण नेपालका विज्ञहरूका पुस्तक, भनाइ, लेखमा आधारित छन् । अझै प्रमाण खोज्नुपर्छ, भएकामा थप सुनिश्चित हुनुपर्छ ।
    नेपालले बारम्बार भनेको छ– वार्ताबाट समाधानमा पुगौँ । वार्तामा नेपालले आफ्ना प्रमाण राख्छ, भारतले आफ्ना प्रमाण राखोस् । प्रमाणले जे भन्छन्, दुवै पक्ष सहमत हुनुपर्छ । प्रमाण भारतका पक्षमा रहे भने नेपालले ससम्मान आफ्नो नक्सा परिवर्तन गर्नेछ, होइन भने भारत पनि ससम्मान नक्सा परिवर्तन गर्न तयार हुनुपर्छ । भारत वार्तामा बस्न नचाहने हो भने नेपाल अन्य विकल्पमा जानुपर्छ । -गोरखापत्र

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.