Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ को भाष्यको पुनरावलोकन: कसरी एउटा बाणले दुर्ग ढालिदिन्छ?

जान वेलम्यान जान वेलम्यान
असार १३, २०७७
- कोभिड–१९, यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वमहामारीको आवरणमा ईतिहास कै सबैभन्दा ठूलो रहस्य लुकाइएको छ।

    कल्पना गरौं ! १००,००० जनसंख्या भएको एउटा रहरलाग्दो शहर छ। त्यस शहरको नाम सोबरिङ राखौं। यहाँका निवासीहरुको खानपान, जीवनशैली, रोगव्याधी र मृत्यु दर पश्चिमी मुलुकहरुका शहरमा जति नै रहेको देखिन्छ। यो कोभिड-१९ अगाडि र रोग फैलिइरहेको समयमा अमेरिकी सपनाको दुखदायी कथा हो।  

    सोबरिङको आधा जनसंख्या अर्थात् ५० हजार निवासीहरु एक वा त्यो भन्दा बढि दिर्घ रोगबाट पिडित छन्। जुन रोगहरुको कारण जीवनशैली, पोषण र वातावरणका कारणले हुने गर्छन्।

    यहाँका प्रायजसो निवासीले ७० किलो जति चिनी नै खान्छन्। यसका साथै प्रसस्त प्रसोधित मासु, पुरियाबन्दी खाद्य, नौनी, क्यान्डि तथा मिठाइहरु, तारेका खानेकुरा, दुग्ध उत्पादन, अण्डा, मैदा बनाइएका अन्न, आलु, मकै,  अति नै गुलिया कर्न सीरप (उच्च फ्रुक्टोज भएको कर्न सिरप) र उच्च चिनीयुक्त पेय उपभोग गर्छन्। करीव ८० हजार निवासीहरुले औद्योगिक तथा कृषिजन्य बिषाक्त पदार्थ, प्रदुषित पानी, व्यायाम तथा घामको कमी आदिले पनि उनीहरुका समस्याहरुलाई अझै बढाइरहेका छन्।

    त्यो शहरमा ५० हजार मुटुका रोगी छन्। १० हजारलाई मधुमेह छ। ३० हजारलाई पूर्वलक्षणका मधुमेह (prediabetes) छ। ४० हजार मोटापाको सिकार छन्। ७० हजारको वजन बढी छ। आफ्नो जीवनकालमा ४० हजार क्यान्सरबाट पिडित हुने गरेकाछन्।

    त्यो रहरलाग्दो शहरमा केवल ५ हजार वा पाँच प्रतिशत मात्र पूर्णरूपमा स्वस्थ छन्। हेर्नुहोस् त! शहरको मृत्युको कारणका तथ्याङ्कमा प्रतिबिम्बित ऐतिहासिक रुपमा अप्रत्याशित अनुपात  कस्तो छ।

    पोहोर साल: ९३८ जनाको मृत्यु भयो।

    त्यसको ७१ प्रतिशत वा ६६५ मानिस दिर्घ रोगबाट मरेका थिए।

    अन्य २१६ जनाको आकस्मिक स्वर्गारोहण भयो, जस्तै

    • दुर्घटना तथा चोटपटक-५७
    • लागू औषध तथा पीडानाशक औषधिको दुरुपयोग- ३३
    • भाइरस (धेरैजसो इन्फ्लुएन्जा)- १९
    • आत्महत्या- १६,
    • काटमार-१३
    • मद्यपान- १२,
    • अन्य -८५

    यसरी जम्मा ९३८ को मृत्यु भयो।

    तर त्यस शहरमा १२८४ नवजात शिशुहरुको आगमन पनि भयो जसले गर्दा सोबरिङबासीको संख्या ३४६ ले बढ्यो।

    त्यसपछि कोभिड-१९ आइलाग्यो

    एकाएक चिनको मासु बजारबाट जैविक उपद्रव प्रारम्भ भयो र अन्तत: सोबरिङ पनि आइपुग्यो।

    सोबरिङमा पहिलो ३ महिनामा कोभिड-१९ ले २० जनाको ज्यान लियो। विज्ञहरु चेतावनी दिन्छन् कि पर्याप्त नियन्त्रण नगरिए त्यसले इन्फ्लुएन्जाले भन्दा चार गुणा बढि अर्थात् करीव ८० जनाको ज्यान लिन सक्छ।

    यो समाचारले मानिसहरुको सातोपुत्लो उडेको छ। यसैकारण सोबरिङबासीहरु यस्तो ” उपद्वकारी हत्यारा” का विरुद्ध स्व-आइसोलेसनमा बस्न राजी छन्। कम्तिमा पनि कुनै सुरक्षा दिने घोडचढी सैन्य दल आइनपुग्दासम्म उनीहरु बस्लान्।

    यद्यपि “वक्ररेखालाई थेप्च्याउन” क्वारेन्टिन गर्ने रणनीतिले त्यस शहरका निवासीको स्वास्थ्य समस्यालाई ओझेलमा पारिरहेको छ। कुरा के भने सोबरिङमा पहिले देखि नै दिर्घ रोगहरुको महामारी छ। यस्तो महामारी छ कि ती दीर्घरोगहरुको परिमाण र प्रकार इतिहासमा पहिले कहिल्यै देखिएको थिएन।

    यो सिङ्गो शहर कोभिड–१९ को खोप पर्खेर बसेको छ। यस शहरको अर्थतन्त्रको टुप्पी पनि डुविसकेर ओह्रालोतिर बग्न लागिरहेको छ। पुराना दिर्घ रोग भएकाहरुले सबैभन्दा बढि भुक्तमान भोग्नु परिरहेको छ। कैयौंका लागि उपयुक्त खानेकुरा, औषधि, दैनिक उपभोग्यका आवश्यक सामानहरु र अन्य प्रकारका प्राथमिक सेवाहरु पहुँच भन्दा बाहिर पुगेका छन्। यसमा घाम ताप्न नपाउनु, हिडडुल र सामाजिक क्रियाकलापमा संलग्न हुन नपाउनु, तनाव, डरका साथै आइसोलेसनमा बस्नु जस्ता कुरालाई विचार गर्नु होस् । र यस महामारी भन्दा अघि नै कमजोर प्रतिरक्षा शक्ति भएका निवासीलाई भाइरस विरुद्ध हतियारबद्ध बनाउनका लागि उपयुक्त साइको-केमिकल कक्टेल तयार कसरी गर्न सकिन्छ सोच्नु होस्।

    तर सोबरिङका अधिकारीहरूले मृत्यु एक वा सो भन्दा बढि अवस्थाहरु वा स्वास्थ्य समस्याहरु वा रोगहरुका कारणले हुन्छ भन्ने तथ्यलाई बेवास्ता गरे।

    यस्तो देखियो कि यो भाइरस आफैंमात्र सोवरिङ्ग शहरमा सर्वकालिक स्थायी बसोवास (पि आर) गर्न रणक्षेत्रमा उत्रिएको छ र यो जति खतरनाक छ त्यो भन्दा धेरै खतरनाक ठानिएको छ।

    ध्यान अब वाण (भाइरस) तिर होइन दुर्ग (शरीरकोप्रतिरक्षा प्रणाली) तर्फ मोडौं

    मध्ययुगिन लडाइँमा यदि एउटा बाणले दुर्ग ढल्थ्यो भने त्यस दुर्गका राजा वा मालिकले त्यो बनाउने आर्किटेक्टलाई संभवत फाँसी दिन्थे होला।

    जब हाम्रो स्वास्थ्य र रोग प्रतिरोधी शक्ति (दुर्ग) को बारे कुरा गर्न थाल्छौं तब हामी त्यो दुर्ग भताभुङ्ग हुनुको कारण शत्रुको बाण शक्तिशाली भएकाले भनेर टकटकिन्छौं।

    एक स्वस्थ मानव शरीरमा व्याक्टेरिया र मानव कोषको अनुपात १०:१ अनि भाइरसँगको अनुपात १००:१ हुन्छ, किनभने बहुकोषीय प्राणी बनेदेखि नै हामी मानिसहरु यी सूक्ष्मजीव घुपैठियाहरुसँग सहअस्तित्वमा (symbiotically) बाँचिरहेका छन्।

    हाम्रो दुर्ग (प्रतिरक्षा प्रणाली) विगतका बाण (सूक्ष्मजीव) हरु विरुद्ध लडेर निर्माण भएको हो जसले गर्दा हामीलाई नयाँ आक्रमण विरुद्ध सामना गर्ने अवस्थामा तयारी गरिदिएको हुन्छ। यदि पहिल्यै नै त्यसका तलमाथि भएको छैन भने।

    आम नियम भनेको जति बढि हामी जीवहरुसँग अन्तरक्रिया गर्छौं, त्यति नै हाम्रो रोग प्रतिरक्षा प्रणाली  बलियो हुन्छ। केही औंलामा गन्न सकिने वास्तवमै वैधानिक बाह्य संक्रामकहरु बाहेक हेर्ने हो भने वास्तविक खतरा अन्यत्र नै रहेको छ- जुन हाम्रा सचेत वा अवचेतन दैनिक छनोटबाट आइलागेका हुन्छन्।

    भाइरसहरु र अन्य रोग उत्पत्तिकर्ता–बाणहरुका साथसाथै चिनी, दिर्घ तनाव, निष्कृय जीवनशैली, मोटोपा, पोषणको कमी, प्रशोधित खाद्य, कृत्रिम चिल्लो खाद्य (trans fats) तथा जङ्क फुड, औद्योगिक तथा कृषिजन्य विषालुकण, इलेक्ट्रोस्मग (धुवा), इन्डोक्राइन अवरोधकहरु, प्रदुषित हावा, शिसा- र अधिक फ्लोराइडयुक्त पानी, एन्टिबायोटिक र एन्टिसेप्टिकहरुको अत्यधिक उपयोग र अन्य तनावदाताहरु यस सोबरिङ शहरका निवासीका स्वास्थ्य प्रतिरक्षा प्रणाली(दुर्ग) ध्वस्त गर्ने वाणहरु यत्रतत्र छन्।

    हाम्रो उर्जा वा प्रतिरक्षा शक्तिलाई अवरोध पुर्‍याउने व्यापक क्षेत्रबारे सचेत हुनु  भनेको बाच्नका लागि मात्र होइन गुणस्तरीय जीवनका लागि पनि अति आवस्यक हुन्छ। सोबरिङमा जीवन आफ्नो आधा मानसिक र शारीरिक क्षमता अनुरुप चलिरहन्छ।

    खुशीको कुरा के छ भने हामी आफ्नो दुर्ग (प्रतिरक्षा प्रणाली) का आर्किटेक्चर(निर्माणकर्ता) आफै भएको हुनाले हामी उर्जा सन्तुलनलाई आफ्नो पक्षमा ढल्काउन सक्छौं।

    हाम्रो शरीरका कोषहरुभित्र रहेका इलेक्ट्रोकेमिकल उर्जा संयन्त्र भनेको माइटोकोन्ड्रिया हो। यसले अन्दाजी दैनिक ८० के जी वा १७६ पाउण्ड एडेनोसिन ट्राइफोस्फेट (एटिपि) उत्पादन गर्छ। यतिमात्राले हाम्रो ९५ प्रतिशत दैनिक उर्जा माग पूरा गर्दछ। माइटोकोन्ड्रियाको ए टि पि उत्पादन एक जटिल र नाजुक इलेक्ट्रोकेमिकल प्रकृया हो, जुन जीवनशैली, पोषण र सोचाइ समेत प्रति अति संवेदनशील हुन्छ।

    प्रतिरक्षा प्रणालीका लागि प्रशस्त उर्जा आवस्यक हुन्छ किनकी हाम्रो शरीरमा उर्जा खपत गर्ने सबभन्दा बढी खन्चुवा नै यही प्रतिरक्षा प्रणाली हो।

    सम्झनुस तपाईं पछिल्लो पटक कहिले “हल्का” रुघामर्की लागेर तपाईं ओछ्यानमा लम्पसार पर्नु भएको थियो? त्यो तपाईको प्रतिरक्षा प्रणालीले माग गर्ने तरलको परिमाण हो।

    हामी कसरी दुर्ग (शरीर) लाई पर्याप्त इन्धन उपलब्ध गराउने सुनिश्चित गर्न सक्छौं?

    माइटोकोन्ड्रियालाई जे आवश्यक पर्छ त्यही एटिपिका लागि उपयुक्त हुन्छ, अन्तत  प्रतिरक्षा प्रणालीका लागि पनि त्यही उपयुक्त र आवश्यक हुन्छ। पोषणयुक्त खानेकुरा, घाम, हावा, सफा पानी, वेलावेलामा निलाहार, ब्यायाम, प्रकृति, आहारविहार तथा घुमफिर, सामाजिक गतिविधि, सकारात्मक दृष्टिकोण र लक्ष्य प्राप्तिको चाहना त्यस्ता केही कुराहरु हुन् जसले माइटोकोन्ड्रियालाई सक्रिय बनाउछन्।

    तर शारिरीक स्राव तथा रसायनहरु भन्दा बढि हावी हुने मनोवैज्ञानिक तत्वहरु भएको सोबरिङका अधिकाङ्स निवासीहरुका जीवनशैलीका मान्यताहरु माइटोकोन्ड्रियाको सक्रियतालाई बाधा पुर्‍याउने खालका छन्।

    उदाहरणका लागि डर वा चिन्ताले तनावका हर्मोनहरुलाई सकृय बनाउछन् जसले लड्नु पर्ने वा भाग्नु पर्ने  अवस्थाहरुका लागि उर्जा संचित गर्न प्रतिरक्षा प्रणालीलाई दमन गर्छन्। जब बारम्बार यस्तो हुन्छ तब शरीरमा कुलतीलाई जस्तै तनाव रसायन आवश्यक परिरहन्छ । र यस्तो तनाव रसायनले परिणामस्वरुप हाम्रा सम्वेगहरु (भावनाहरु), सोचाइहरु, ब्यवहारहरु र अन्तत: हाम्रो स्वास्थ्यलाई परिचालित गरिरहने अवस्थामा पुर्‍याउँछ।

    हाम्रो स्वास्थ्य पुनरताजगीको पहिलो कदम भनेको मनोवैज्ञानिक तनावका कारणहरुको पहिचान गर्नु र तिनलाई ठिक बनाउनु हो।

    आंसिक रुपमा तनाव रसायन प्रतिको कुलतका कारण सोबरिङबासीहरु १० सेकेन्ड भन्दा बढि त्यतिकै बसिरहन वा स्थीर रहेर बस्न सक्दैनन् त्यसैले अर्धचेतन मै थप चिन्ता र पहिले कै कामकुरामा अल्झिरहने बहाना वा निहुँ खोज्दछन्।

    आम संचारले (मिडिया) दैनिक यस्ता कुलतलाई बढावा दिने मूलतः काल्पनिक भयावहको परिदृष्य संप्रेषण गरिरहन्छन्।

    त्यसकारण, आशक्ति (hysteria) स्वयं नै अधिकांश निवासीको मान्यता बनेको छ।

    स्व-अवलोकन (Self-observation) ले – चाहे ध्यानयोगमा बस्दा, प्रकृतिमा रम्दा वा गाढा सम्बन्धमा खटपट आँउदा होस्- हाम्रा स्वचालित ढङ्गहरुले परिचालित गर्ने एड्रिनल चालकहरु (adrenal triggers) लाई निस्तेज बनाउन हामीलाई मद्दत गर्दछन्। क्रियाशील अवस्थामा रहेका यी चालकहरुको सानो अंशलाई पनि काबुमा राख्न सक्यौं भने हामीले हजारौं भाइरसहरुसँग जुझ्नसक्ने उर्जा बचाउन सक्छौं।

    अदृष्य तनावदाताहरु

    हामी हाम्रो सुक्ष्मतम अंशमा पनि रसायनिक र विद्युतीय प्राणी भएकाले, आफ्नो सुस्वास्थका लागि हामीले मानव निर्मित तरङ्गहरुको (human-manufactured frequencies EMF) असरलाई पनि हेर्नुपर्छ।

    मानव-निर्मित र प्राकृतिक दुबै प्रकारका विकिरणले जीवित प्राणीहरुलाई प्रभाव पार्छन्। यस्तो प्रभाव विशेषगरी हाम्रो शरीरका सबैभन्दा बढि संवेदनशील अत्यधिक सूक्ष्म अंगहरु (organelles) माइट्रोकोन्ड्रियालाई समेतमा पर्छ।

    प्रकृतिमा कोषीय स्वास्थ्यलाई भरथेग गर्ने विविध प्राकृतिक, सुसंगत तरङ्गहरुका कारण विशिष्ट पुनरुत्पति प्रभाव हुन्छ। सुसंगति उर्जा र सूचना प्रवाहसँगै बराबर हुन्छ। जब हामी हप्ता दिन कुनै बङ्करमा (कोठामा) थुनिए पछि जङ्गलमा टहलिन्छौं हामीलाई त्यो प्रवाह अनुभव हुन्छ।

    यसका विपरित, सेल फोन र राउटर जस्ता केही मानव निर्मित इएमएफ (EMF) को बारम्बार प्रयोगले माइटोकोन्ड्रियालाई खियाउने र नोक्सानि पुर्याउने गर्दछन्।

    हामीमध्ये धेरैलाई अलमलिनु, दिमाग चकराउनु, टाउको दुख्नु, माइग्रेन वा थकान गराउनेका कारक स्रोतहरु तोकेरै सचेत बनाइएको हुँदैन। रोगका वास्तविक जटिलताहरु दशकौंपछि देखिन सक्छन् तर हाम्रो जीवनको दिनानुदिनका कारणहरुले उर्जाशील, प्रतिरक्षा शक्तिनासक निष्कासन भइरहेको हुन्छ।

    आधुनिक सुरक्षा निर्देशिकाहरु मानवले उत्पादन गरेका विकिरणका गैह्रतापीय असरहरुलाई सम्बोधन गर्न असफल सिद्ध छन्। जस्तो कि सेल मेम्ब्रेनमा हुने तथाकथित भोल्टेज-गेटेड क्याल्सियम च्यानल्स (भिजिसिसि) जसले मुटुको कार्यका साथै न्युरो ट्रान्समिटर निष्कासन र मांसपेशी संकुचन नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण कार्य गर्दछ। भिजिसिसि को संचित असरहरुको आकलन गर्न कठिन हुन्छ तर १९९० देखि यताका हाम्रा रोगहरुसम्बन्धी प्राप्त सूचनाबाट  देखिएका संकेतहरुलाई गहिरिएर हेर्नुपर्ने देखिन्छ। उदाहरणकालागि हामीले माइक्रोवेभ उपकरणहरु गोजीमा राख्न थालेपछि विश्वमा पुरुष प्रजनन क्षमतामा ५० प्रतिशतले ह्रास आएको छ।

    शुभ समाचार के छ भने हामी केही साधारण उपायहरुद्वारा उर्जाको तह र प्रतिरोध शक्तिमा यथेष्ट वृद्धि गरि विद्युतीय धुँवा (electrosmog) का असरहरु कम गर्न सक्छौं। सुतेको समयमा आफ्ना इएमएफहरु स्विचअफ गर्ने र इएमएफ फैलाउने उपकरणहरुसँग यथेष्ट दुरि कायम गर्नाले हामी यस्ता विकिरणबाट सुरक्षित सिमा भित्र रहन सक्छौं। नत्र यो हाम्रो प्रणालीका लागि निरन्तर क्षयको कारण भइरहन्छ।

    तरङ्गका आवृत्तिलाई हाम्रो फाइदाका लागि पनि उपयोग गर्न सकिन्छ जब तिनीहरु प्राकृतिकरुपमा मानवसँग सुसंगत या अनुकुल हुन्छन्। संसारका केही प्रख्यात खेलाडिहरुले चोटपटक र पिडाबाट चाँडो मुक्त हुन उन्नत तरङ्गका आवृत्ति उपचार विधि अपनाउछन्।

    यसबिच प्रकृति सधैं नै हामीलाई फाइदा हुने आफ्ना वास्तविक उपचार शक्तिलाई हामी बढावा दिनेछौं भन्ने पर्खाइमा रहेको हुन्छ।

    खोप सूइ पर्खिएर मात्र नबसौं

    हरेक दुखाइको बेसारे उपचार वा रामवाण औषधि। आधुनिक उपचारविधिले २० औं शताब्दीमा यति फलाक्यो कि  हामीले आफ्नो दुर्ग (प्रतिरक्षा) को हेरविचार गर्न नै बिर्सियौं। चाहे हामी खोपहरु प्रति १००% सहमत हौऔं तथापी हाम्रा दैनन्दिन गरिने कार्यहरुबाट प्रतिरक्षा शक्ति निर्माण गर्ने हाम्रो प्राकृतिक क्षमतालाई यथेष्ट ध्यान दिनु वान्छनीय हुन्छ।

    विगत ३०० वर्ष यताका प्राप्त सूचनाहरुले सरसफाइ, पानी सम्बन्धित कामहरु, पोषण, संक्रमण–निवारण र जीवन स्तरको सुधारले सामान्यत रोगकारक सूक्ष्मजीव विरुद्ध प्रतिरक्षा शक्ति बलियो बनाउनमा ठूलो भूमिका खेल्न सक्छन् भन्ने विचारलाई नै भरथेग गर्छन्। यस कुरालाई पुष्टि गर्न कैयन उदाहरणहरु हामीसँग छन् जस्तै ठेउला, टाइफाइड, स्कार्लेट ज्वरो, लहरे खोकी र डिफ्थेरिया जस्ता रोगहरुका खोपहरु आउनुभन्दा अगावै ती रोगहरुको नियन्त्रण गरिसकिएको थियो।

    १९ औं शताब्दी र २० औं शताब्दीको सुरुवातमा भएको जीवनस्तरको सुधारका कारण हामीले प्रतिरक्षात्मक शक्ति निर्माण गरेका थियौं तर त्यसलाई २० शताब्दीको पछिल्लो समयमा आधुनिक खानपान र आदतहरुका कारणबाट हामीले ध्वस्त बनाइसकेका छौं।

    पछिल्ला ५० वर्षहरुमा हाम्रो सोबरिङको वास्तविकताले हामीलाई पातालमा भासिनु परेको छ, त्यसैले पुरै सोवरिङ्ग निवासी बाणको निशाना छल्न लकडाउनमा बस्न परेको छ।

    कोभिड-१९ स्वास्थ्य संकट चमेरा वा प्रयोगशालाबाट उत्पति भएको होइन। हामीले नै त्यसलाई साकार बनायौं।

    शुभ समाचार?

    हामीमा नियति भन्दा धेरै शक्ति छ, हामी हाम्रो दुर्ग (प्रतिरक्षा शक्ति) पुन कब्जा गर्न सक्छौं।

    भावानुवादः मइ २, २०२०को energyforlingvi बाट ।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जान वेलम्यान

      जान वेलम्यान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.