Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

साम्राज्यवादका विरोधी म्याराडोना

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २०, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    किरण गिरी। विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबललाई मानिन्छ । जब विश्वमै चर्चित फुटबल खेल र खेलाडीको कुरा आउँछ, सबैले पेले र डिएगो म्याराडोनालाई सम्झन्छन् । कुनै खेलाडीले राम्रो खेल्यो भने भन्न थालिन्छ– पेले र म्यारोडोना जस्तै खेल्यो । तर, उत्कृष्ट खेलाडी पेले र म्यारोडोना जस्तै बन्न नपाउँदै सेलाउने गरेको इतिहास छ । पेले र म्यारोडोना इतिहासका अजम्बरी पात्र बनेका छन् । पेले र म्यारोडोनामा पनि म्यारोडोना भने सधै चर्चामा रहन्छन् । उनको उत्कृष्ट खेल जीवन, ब्यक्तिगत जीवन र दृष्टिकोणका कारण पनि उनी चर्चामा रहनु पनि स्वभाविक हो । त्यसमाथि पनि म्यारेडोनाको घमण्डीपन, तिखो बोलीले पनि उनलाई चर्चाको चुलिमा पुर्‍याइरहन्छ । ८० को दशकका चर्चित खेलाडी डिएगो म्यारोडोना त्यसयता सधै चर्चामा छन् ।

    म्यारोडोनाले सन् १९८६ मा इङ्ल्याण्ड बिरुद्धको खेलमा गरेको हाते गोललाई सताब्दस्कै उत्कृष्ट गोल ठहर्‍याइयो । फिफाले सन् २००२ मा गरेको सर्वेक्षण अनुसार म्यारोडोनाले गरेको हाते गोललाई उत्कृष्ट गोल ठहर गरेको हो । त्यसअर्थमा पनि उनी शताब्दीकै उत्कृष्ट खेलाडी हुन् भन्दा फरक पर्दैन । त्यसमाथि म्यारोडोनाको देश अर्जेन्टिनाका जनताले म्यारोडोनाको हातलाई भगवानको हातको संज्ञा दिएपछि उनी कति लोकप्रिय रहेछन् भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
    सन् १९६० को अक्टोबरमा म्युनर्स आयर्समा गरिब परिवारमा जन्मेका म्यारोडोनाको पुर्खा क्रोयसियाबाट अर्नेन्टीना पुगेका थिए । त्यसो त फुटबलका अधिकांश चर्चित खेलाडीहरु गरिब परिवारकै हुन् । पेले, जिनेदान जिदान, क्रिष्टियानो रोनाल्डो, रोनाल्डिनीयो, रोवार्टा कोर्लोस, रोनाल्डो,, मेस्सी, रोवोटो वाजीयोलगायतका अन्य ।

    तीन दिदी र दुई भाई भएका म्यारोडोना १० वर्षको बाल्यकालमा उत्कृष्ट खेलाडी बनेका थिए भने १६ वर्षको उमेरमै व्यवसायीक खेलाडी बनेका थिए । अर्जेन्टिनामा हालसम्मकै सर्वाधिक बिक्री भएको पुस्तक ‘यो सोई इन डिएगो (म हुँ डिएगो)’ का लेखक म्यारोडोनाले त्यो पुस्तक क्यूवाली जनता र फिडेललाई समर्पित गरेका थिए । क्रोएसियाली गाउँको नाम डाल्मा रहेको उनकी आमा हुन् । लामो समय प्रेम गरेर विवाह गरेका उनीहरुको दुई छोरी डाल्मा नेरिया र गियानिना डिनोराह हुन् । श्रीमती क्याउडियासँग सन् २००४ मा सम्बन्ध विच्छेद गरेपनि सार्वजनिक स्थानमा क्याउडियासँगै देखिने म्याराडोना साच्चिकै इमान्दार छन् भन्ने कुरा उनले आफ्नो वैवाहिक जीवनप्रति गरेको टिप्पणीले पनि पुष्टि गरेको छ । उनले भनेका छन्, ‘म क्याउडियाप्रति इमान्दार रहन सकिन’ त्यस कुराको अर्को पुष्टि के पनि हो भने म्याराडोनाले सन् १९८६ मा जन्मेको डिएगो सिनाग्रालाई फुटबल खेलाडी भइसकेपछि सन् २००६ मा मात्र छोराको रुपमा स्वीकार गरेका थिए । जुनियर डिएगो इटलीका व्यवसायीक फुटबल खेलाडी हुन् ।

    म्याराडोनालाई १९९४ मा अमेरिकामा भएको विश्वकप फुटबलको दौरानमा नै लागुऔषध सेवनको आरोपमा खेल्न प्रतिबन्ध मात्र लगाइएन, अमेरीकाबाट नै निश्कासन गरियो । त्यस समयदेखि उनले हालसम्म पटक–पटक भन्ने गरेका छन्, ‘अमेरिकाबाट आउने सबै वस्तुलाई म घृणा गर्छु ।’ उनी लागुऔषध सेवन गर्थे । तर, अमेरिकाले उनलाई एउटा खेलाडीलाई गर्नुपर्ने कारवाहीभन्दा बढी बेइज्जत गरेको थियो । त्यसको मुख्य कारण फुटबल र खेलमात्र होइन उनको दृष्टिकोण हो । सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाले जितेपछि म्याराडोनाले यो जीत क्याष्ट्रोको पनि हो भन्नु र बारम्बार साम्राज्यवाद विरोधी अभिव्यक्ति दिनुले पनि उनीमाथि यति धेरै बेइज्जती गरिएको हो भनिन्छ । संयोग पनि कस्तो! लागुऔषधमा चरम रुपमा फसेपछि उनलाई क्यूवाले नै उपचार गर्‍यो । एक प्रकारले भन्ने हो भने कुनै समयका चर्चित प्रशिक्षक म्याराडोना बनाउन क्यूवाको पनि देन छ ।


    प्रशिक्षकको रुपमा अर्जेन्टिनाले उनलाई चयन गरेपछि उनी निरन्तर चर्चामा रहे । झण्डै विश्वकपमा नछानिएको अर्जेन्टिनालाई उनले आश्चर्यजनक रुपमा विश्वकपमा छनौट गराए । उनी प्रशिक्षक भएको बेला जर्मनसँगको खेल बाहेक सबै खेलमा अर्जेन्टिनाको जादुमय खेलमा म्याराडोनाको मेहनत छ । प्रशिक्षक कस्तो हुनुपर्छ भन्ने कुरा म्याराडोनाले नयाँ कोर्ष दिएभन्दा फरक पर्दैन । खेलाडीलाई प्रशिक्षकले गर्नुपर्ने व्यवहार, खेलाडी हुँदाको समस्याको राम्रो ज्ञान भएका कारणले पनि उनी राम्रो प्रशिक्षक बन्न सफल भए । आन्तरिक कारण र अर्जेन्टिनाको फुटबल राजनीतिले प्रशिक्षकबाट राजिनामा दिएका उनलाई अफरको कुनै कमी थिएन । तर, उनी चाहन्थे आफ्नो शीप राष्ट्र र खेलाडीको लागि प्रयोग गरौं । तर, परिस्थिति र फुटबलको राजनीतिले उनी अर्जेन्टिनी प्रशिक्षकको रुपमा आउन पाएनन् ।

    म्याराडोनालाई धेरैले फुटबल खेलाडी र प्रशिक्षकको रुपमा हेर्छन् । तर, उनी त्यतिमा मात्र सिमित छैनन् । उनको लुकेको अथवा चर्चामा नआएको अर्को पाटो हो, उनी साम्राज्यवाद विरोधी अभियान्ता हुन् । म्याराडोना जहाँ पुग्छन्, हज्जारौं समर्थक उनको स्वागत गर्न लामवद्ध हुन्छन् । उनी ती जनतालाई फुटबलको बारेमा मात्र बताउँदैनन्, नागरिक हुनुको महत्व र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा पनि सचेत गराउने प्रयास गर्छन् । यद्यपी त्यसमा उनको व्याख्या आउदैन् । सटिक टिप्पणी मात्र आउँछ । संयुक्त राज्य अमेरिकाले ल्याटिन अमेरिकी राष्ट्र र त्यहाँका जनतामाथि दिएको पीडा तथा गरेको हस्तक्षेपलाई साह्रै नजिकबाट देखेका र भोगेका म्याराडोना सत्य बोल्छन् । अमेरिकाको साम्राज्यवादी नीति विरुद्धमा रहेका नेताहरुको खुलमखुल्ला समर्थन गर्दै उनीहरुको नीतिको वकालत गर्ने म्याराडोना साम्राज्यवादी शक्तिले नरुचाउने व्यक्ति हुन् । त्यसो त उनी पनि साम्राज्यवादी शक्तिलाई कम गाली गर्दैनन् । उनले भनेका छन्, पूर्वअमेरिकी राष्ट्रपति वुस मानव फोहोरी हुन् । सन् २००५ मा अमेरिकी राष्ट्रहरुको सम्मेलनको बेला उनले ‘स्टप वुस’ लेखेको टिसर्ट लगाएर अमेरिकी विरोधी प्रदर्शनमा सहभागी भएका थिए ।

    विश्व नै हस्तक्षेप गर्ने प्रयास गर्दै आएको अमेरिका विस्तारै ल्याटिन अमेरिकी राष्ट्रहरुमा हस्तक्षेप गर्न असफल भएको छ । क्यूवाका पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रो, भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज, बोलोभियाका राष्ट्रपति इभो मोरालेस, ब्राजिलका राष्ट्रपति लुलालगायतका नेतहरुको प्रयास र संयुक्त आवाजले अमेरिका आफ्नो क्षेत्रमा नै कमजोर हुँदै गएको छ । ती व्यक्तिहरु आफ्नो देशको विषयमा आफै जनपक्षीय निर्णय गर्न तल्लीन छन् । त्यसलाई साथ दिने चर्चित व्यक्ति हुन्, डिएगो म्याराडोना । यस्तो अवस्थामा उनी साम्राज्यवादीहरुको लोकप्रिय व्यक्ति रहन सम्भव थिएन । त्यसैले उनीहरुका लागि नियमित आलोचनाका पात्र हुन् । एकप्रकारले भन्ने हो भने अमेरिकाको साम्राज्यवादी नीतिको खुल्ला रुपमा विरोध गर्ने विश्वले चिनेका एक मात्र व्यक्ति डिएगो म्याराडोना हुन भन्दा फरक पर्दैन ।

    पाखुरामा चे ग्वेभारा र बायाँ खुट्टाको पिडुँलामा क्याष्ट्रोको टाटु खोपाएका म्याराडोनाले आफ्नो शरिरको कुनै भागमा भेनेजुएलाका राष्ट्रपनि ह्युगो चाभेजको टाटु खोपाउने घोषणा गरेका थिए । भेनेजुएलाका राष्ट्रपति चाभेज देशभित्र जनपक्षीय नीति लागू गर्न सफल भएका व्यक्ति मात्र हाइनन्, ल्याटिन अमेरिकामा क्याष्ट्रोपछिको खम्बाको रुपमा चिनिन्छन् । म्याराडोना क्याष्ट्रो र चाभेजको प्रशंशा गरेर कहिले थाक्दैनन् । र उनले गरेको निर्णयलाई स्वागत गर्दछन् । उनले भनेका छन्,‘ अमेरिका क्याष्ट्रो मरेको हेर्न चाहन्छ, म उनको दीर्घायूको कामना गर्दछु ।’ उनले विश्वकप समाप्त भएपछिको पहिलो भ्रमण भेनेजुएलाको गरेर त्यहि क्रममा सो अभिव्यक्ति दिएका हुन् । उनले भेनेजुएलाको समर्थन गर्दै भनेका थिए,‘अमेरिकी अधिकारीहरुको होस खुलोस् भेनेजुएलामा जनतालाई अधिकारसम्पन्न बनाइदैछ । उनले जनतालाई अधिकार सम्पन्न बनाउने अर्को देशको निर्णयमाथि टिप्पणी नगरोस् ।

    विश्वकप फुटबलको समिक्षा गर्मागर्मी चलिरहेको बेला उनी अकस्मात भेनेजुएला पुग्नु र क्यूवा जान चाहन्छु भन्नुले पनि क्याष्ट्रोको अगुवाईमा गठित ल्याटिन अमेरिकी राष्ट्रहरुको मोर्चाका अनुयायी हुन् भन्ने पुष्टि गर्छ । अमेरिकाको ठूलो अवरोध र षड्यन्त्रका बावजुत क्युवामा जनवादी व्यवस्था कायम छ भने ल्याटिन अमेरिकी राष्ट्रहरुमा निर्वाचनका माध्यामबाट जनपक्षीय निर्णय भइरहेको छ । त्यसैले पनि डिएगो म्याराडोना साम्राज्यवादको विराधमा उभिएको कम्युनिष्ट हुन् भन्दा दुईमत नहोला । हाम्राे मत

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.