Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

देउताले किन अपराध रोक्न सक्दैनन् ?

सबै कुराको सिर्जना नै देउताले गरेका हुन् र उनलाई पहिल्यै सबै कुरा थाहा हुनुको अर्थ यो पनि हो कि उनै ईश्वर जगतका सबै दुःखका लागि जिम्मेवार पनि हुन्।

nepal_readers nepal_readers
फाल्गुन २३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -बर्टान्ड रसेल-

    यो विश्वको निर्माण सर्वशक्तिमान र अतिदयालु भगवानले बनाएका हुन् भनेर हामीलाई बच्चैदेखि बताइएको हुन्छ। त्यसो हुँदा संसार बनाउनुपूर्व आफूले सिर्जना गरेको संसारमा कस्ता–कस्ता प्राणीहरूले कस्ताकस्ता दुःख र कष्टहरू भोग्नेछन् भन्ने ज्ञान ती महाशक्तिमान ईश्वरलाई थाहा हुने नै भयो। किनभने सर्वशक्तिमान र सर्वज्ञानी रचयिताले थाहा नपाउने कुरा नै केही छैन। सबै कुराको सिर्जना नै देउताले गरेका हुन् र उनलाई पहिल्यै सबै कुरा थाहा हुनुको अर्थ यो पनि हो कि उनै ईश्वर जगतका सबै दुःखका लागि जिम्मेवार पनि हुन्। यसको मतलव, ‘संसारमा पाप भएका कारण यहाँ दुःख र दर्द छ’ भनेर गरिने व्याख्या बकवास हो। त्यसो हुँदा, पापका कारण नदीको पानी किनारासम्म उर्लेर आउने या पापकै कारण ज्वालामुखी फुट्ने भन्ने कुरा पनि सही होइन। यदि त्यसो हो भने पनि त्यो पाप सिर्जना गर्ने कर्ता त स्वयं देउता नै हुन्।

    कुनै बच्चा पछि गएर सन्काहा र हत्यारा हुन्छ भन्ने जान्दाजान्दै भगवानले कुनै बच्चा पैदा गर्न गइरहेका छन् भने भगवान नै हत्याको प्रमुख जिम्मेवार हुन् किनकि माथि नै भनियो, उनी नै सबैथोकका योजनाकार हुन्। यसरी भनौँ, यदि भगवानलाई मान्छे जन्मनूपूर्व नै त्यसले कुन पाप गर्न गइरहेको छ भन्ने पूर्व जानकारी हुँदाहुँदै त्यस्ता अपराधीलाई भगवानले जन्म दिन्छन् भने भगवान नै यी सबै विषयका दोसी हुन्। तर क्रिश्चियन धर्मालम्बीहरू भन्दछन् कि ‘पापबाट मान्छेलाई शुद्ध गर्नका लागि भगवानले दुःख र दर्दको सिर्जना गरेका हुन्, त्यसकारण यो रचना सही छ।’

    तर पापमोचनकै लागि दुःखको सिर्जना गरिएको भन्ने तर्क वास्तवमै परपीडनलाई युक्तिसंगत प्रमाणित गर्ने प्रयास हो। र, यो वास्तवमै घटिया तर्क हो। म जोसुकै इसाई (क्रिश्चियन धर्मालम्वी)लाई अस्पतालहरूका बालबालिका वार्डमा एक पटक जान आग्रह गर्छु। र, तिनीहरूलाई मेरो प्रश्नसमेत छः ती बच्चा जो अस्पतालको बेडमा पीडाले चिच्याइरहेका छन्, के उनीहरू त्यस पीडा र दुःखका लागि योग्य छन्? के तिनीहरूले आफ्नो पापकै कारण आज यो नियती भोगेका हुन्? उनीहरूले गरेको पापकै कारण ईश्वरले यिनीहरूको पीडालाई वेवास्ता गरेका हुन्? यो त लाजमर्दो तर्क भयो। सबैकुराको योजनाकार देउता, दण्डचाहिँ ती बच्चाहरूलाई !

    यदि कोही मान्छेले यस्तो लाजमर्दो तर्क गर्छ र भगवानको प्रतिरक्षा गर्छ भने मान्छेमा हुने दया र करुणाका सबै सम्भावनाहरूलाई अब नष्ट गर्दिए भो। यदि कसैले यस्तो तर्क गर्छ भने उसले विश्वास गर्ने त्यही भगवानजस्तै निर्दयी छ त्यो मान्छे। संसारमा भएका सबै कष्ट, पीडा र रोगहरू हाम्रा विगतका ‘पाप’ या कर्मका कारण हो भनेर कसैले भन्छ भने त्यस्तो तर्क गर्ने मान्छेबाट नैतिक मूल्यको अपेक्षा गर्न सकिँदैन। किनभने उसले जहिलेसुकै दुख र दर्दका अवश्य पनि कारणहरू छन् भन्दै बहाना खोज्ने गर्छ।

    धर्म–दर्शनमा दुष्टता(खराबी)को विषयलाई कसरी समट्ने भन्ने विषय चुनौतीपूर्ण कुरा हो किनभने ईश्वर मान्नेहरूका अनुसार ईश्वर सर्वशक्तिमान, शर्वज्ञानी र अति दयालु छन्। यदि यस्ता खालका देउता वास्तवमै अस्तित्वमा छन् भने त दुष्ट, पीडक र कुनै पनि खालका दुःख त जगतमा हुँदै नहुनु पर्ने हो।

    दुष्टताको अवधारणालाई चुनौती दिने दुई प्रमुख अवधारणा छन्ः एउटा तार्किक र अर्को प्रमाणिक। तार्किक रूपमा हेर्दा माथि उल्लेख गरेजस्तो ईश्वर यदि अस्तित्वमा छन् भने संसारमा दुष्टता र दुःख नै नहुनुपर्ने हो। किनभने संसारका यावत् घट्नाक्रमहरू हेर्दा हामी देख्छौँ, संसारमा अनेकौँ खालका अपराध, दुःख र दर्द छ। सर्बशक्तिमान, अति दयालु र सर्वज्ञानी दयालु इश्वर अस्तित्वमा हुँदा त त्यस्ता खालका समस्याहरू पूर्ण रूपमै जगतमा नहुनुपर्ने हो। यसबाट यो निष्कर्स निकाल्न सकिन्छ कि यस्ता स्वभाव भएका कुनै ईश्वरको जगतमा अस्तित्व छैन।

    ईश्वरको अस्तित्वबारे तार्किक समस्या:

    आधार १ः यदि शर्वशक्तिमान, अति दयालु र सर्वज्ञानी ईश्वर छन् भने जगतमा दुःख, दर्द र अपराध अस्तिवमा हुने प्रश्नै रहँदैन।

    आधार २ः तर, जगतमा पर्याप्त दुःख, दर्द र अपराध छन्।

    निचोड १ः त्यसकारण जगतमा शर्वशक्तिमान, अति दयालु र सर्वज्ञानी ईश्वरको अस्तित्व छैन।

    दुष्टता या दुःखसम्बन्धी प्रमाणगत समस्याः

    आधार १. तीव्र पीडा र दुःखका अशंख्य उदाहरणहरू संसारमा छन्, जसलाई एक अति सर्वशक्तिमान र सर्वज्ञ शक्तिले कसैलाई चोट नपुर्याइकन हटाउन सक्थे।

    आधार २ः एक सर्वज्ञ, सर्वशक्तिशाली र पूर्ण रूपमा अति राम्रो शक्तिले कुनै पनि खालका अति पीडा र दुःख हटाउनसक्नुपर्थ्यो तर त्यस्तो दुःख हटाउन सकेको देखिँदैन। त्यस्तो कुनै प्रमाण देखिँदैन।

    निचोड २: त्यसकारण, सर्वशक्तिशाली, सर्वज्ञानी र पूर्ण रूपमा दयालु ईश्वरको अस्तित्व सम्भव छैन।

    अनुभवकै आधारमा हेर्ने हो भने पनि संसारमा दयालु र्ईश्वरको अस्तित्व छैन भन्ने कुरा प्रष्ट हुन्छ। दुःख र दुष्टतासम्बन्धी ईश्वरीय अवधारणा किन पनि अति कमजोर अवधारणा हो भने विश्वमा महामारी, युद्ध, हत्या, प्राकृतिक प्रकोपहरूमा प्रायः निर्दोस मान्छेहरू नै शिकार बन्ने गरेका छन्। मानवजाति मात्रै हाइन, पशुहरू पनि प्राकृतिक प्रकोप र स्वयं मान्छेद्वारा हुने क्रुरताबाट अति पीडित भएको हामीले देखेका छौँ। यसकारण हामी भन्न सक्छौँ, ईश्वर छैनन्। नभएका देउताले अपराध र दुःखको निवारण गर्न सक्दैनन्।तस्वीर: प्रस्तुत तस्वीरमा एउटा बच्चा जीवन र मृत्युको दोसाँधमा छटपटिरहेको छ, जबकि केही किशोरहरू बच्चालाई हेर्दै खुसीका साथ हिँडिरहेका छन्। यो तस्वीर सन् १९४१, सेप्टेम्बर १९ को भएको विश्वास गरिन्छ। दोस्रो विश्वयुद्धताक, यहुदीहरूको झुपडपट्टीहरूमध्ये सबैभन्दा ठूलो झुपडपट्टी वार्साको झुपडपट्टी थियो। यो झुपडपट्टी पोल्याण्ड राजधानीमा अक्टोबरदेखि नोभेम्बर १६, १९४० का बीचमा तयार पारिएको थियो। त्यतिखेर यहाँ हिटलरको जर्मन सरकारको राज थियो। ३ं.४ वर्ग किलोमिटर आसपास क्षेत्रफलमा ४ लाख यहुदीहरूलाई त्यहाँ बस्न वाध्य पारिएको थियो। झुपडपट्टीका कमसेकम २ लाख ५४ हजार वासिन्दाहरूलाई १९४२ को गर्मी यामको २ महिनाकै अवधिमै मार्नका लागि त्यहाँबाट त्रेब्लिका नामक विनास शिविरमा पठाइएको थियो। मर्नेको यो शंख्या कहालिलाग्दो थियो। तस्वीरमा देखिएको बच्चा बाँच्यो या मर्यो, कसैलाई थाहा छैन। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.