Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विष्णु पौडेलको राजनीति धरापमा: शंकर पोखरेलले मारे बाजी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रदेश नम्बर ५ को राजधानी वुटवलबाट दाङको भालुवाङ सार्ने निर्णयले अहिले वुटवल तनावग्रस्त छ । प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनहरु आगजनीमा उत्रिएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु नेकपा महासचिव विष्णु पौडेल विरुद्ध सामाजिक संजालमा खनिएका छन् । बुटवललाई राजधानी बनाउने पूर्व योजनाबाट पछि हटेर मतदातालाई धोका दिएको मात्र हैन महासचिवले अर्थमन्त्री पदसँग प्रदेशको राजधानी सारेर चरम अवसरवादी चरित्र देखाएकोसम्मका आरोप कार्यकर्ताहरुले खुलेआम लगाइरहेका छन् । बहुमत सदस्य भएको नेकपा भित्रकै १४ जना सांसदहरुले पार्टीको ह्विपका विरुद्ध वक्तव्य नै जारी गरेर विरोध जनाइसकेका छन् ।

    अर्कोतिर दाङमा कांग्रेसकै नेता कार्यकर्ताहरु दिपावली मनाइरहेकाछन् भने शंकर पोखरेलले पश्चिमलाई न्याय गरेको भनेर मुख्यमन्त्री शंकर पोखरेलको जयगान शुरु भइसकेको छ । रुपन्देही, कपिलवस्तु र पाल्पाका स्थानीय जनप्रतिनिधिहरुले पनि प्रदेश राजधानी दाङ लैजाने कुराको वक्तव्य निकालेर विरोध गरेका छन् ।

    माओवादी र कांग्रेसले बुटवल छोडेर अन्यत्र राजधानी राख्ने प्रयास गरिरहँदा सबैभन्दा अघिल्लो मोर्चामा कार्यकर्तालाई मैदानमा उतार्ने काम गरेर हिरो भएका थिए विष्णु पौडेल । निर्वाचनमा वुटवललाई प्रदेशको राजधानी बनाउने एजेण्डाले नेपाल कम्युनिष्ट पार्टीलाई चुनाव जित्न सहयोगपनि गर्यो । रुपन्देहीमा जग्गाको भाउ हातबाट बित्तामा झर्ने स्थिति भयो । प्लटिङ व्यवसाय मौलायोे । रातारात धनी हुनेहरु च्याउ झैँ निस्किए ।

    यिनै जग्गा दलाल र सार्वजनिक जग्गालाई समेत चलखेल गरेर हत्याउने ठूलो समूह जिल्लास्तरीय राजनीतिमा हावि भयो । अपराधीकरण यति भयो कि, देवदहमा त हत्याका श्रृँखला नै भए । पार्टीको जिल्ला तहका मानिसहरु नै त्यसमा संलग्न भए पनि केन्द्रीय स्तरका नेतासँगको पहुँचका कारण उनीहरु जोगिए । पार्टीका धेरै मानिसहरु जसरिपनि कमाउने धन्दामा लागे । प्रदेश राजधानीमा सबैभन्दा बढि लाभान्वित हुनेहरु नै अहिले सबैभन्दा बढि बिच्किएका छन् ।

    त्यतिमात्र हैन, अन्तर्राष्टिय विमानस्थल र लुम्बिनीका कारण लगानीकर्ताहरु समेत आकर्षित हुन थाले । मेडिकल कलेज, निजी क्षेत्रका अस्पताल लगायत लगानीकर्ताहरुले उढ्योग धन्दामा राम्रै लगानी गर्न थालेपछि तिब्र रुपमा रुपन्देहीमा विकासले गति लिन थालेको देखियो । वुटवलदेखि भैरहवा जाने बाटोको लेन समेत बढाएर स्तर उन्नति भएपछि त झन् प्रष्टै देखिन थाल्यो । यो सबै तिब्र परिवर्तन विष्णु पौडेलको नेतृत्वमा सम्भव भएको हो भन्ने जनमानसमा छाप रह्यो । तर बालुवाटारको जग्गा काण्डमा विष्णु पौडेलको नाम मुछिएपछि उनी अलोकप्रिय हुन थाले । अगाडिका दिनहरुमा जस्तो प्रधानमन्त्री ओलीको अति निकट वृत्तमा पौडेल पर्न छोडे । आफूमाथि अख्तियारको तरबार बज्रिन सक्छ भन्ने हेक्का रहेका पौडेलले प्रचण्ड र ओलीसँग समदूरी रहेर समन्वय भूमिका खेलेपनि ओलीको टिम भित्रकै हुँ भन्ने छाप पार्न सफल भइरहे । तर, प्रचण्ड माधव नेपालहरुको ओली विरोधी मोर्चाबन्दीमा अन्तिम अवस्थामा आएर प्रचण्डकै क्याम्पमा बस्न पुगेको भन्ने आरोप उनीमाथि लाग्यो ।

    वामदेव गौतमलाई टोलीबाट हटाएर अल्पमतमा पार्न शंकर पोखरेल वुटवलबाट काठमाडौंमा गइ धर्ना कसेर दौडधूप गर्नुपर्ने स्थिति आयो । पार्टी एकताका क्रममा सक्रियतापूर्वक लागेका र संगठन विभागको क्रममा आफ्नै सम्पर्क बनाउन सफल चतुर नेता महासचिव त भए, तर यो प्रदेश विवादले भने उनलाई कमजोर बनाइदिएको छ । बरु, मुख्यमन्त्री र पार्टी इन्चार्जको रुपमा स्थानीय तहमा आफ्ना विश्वासपात्रहरु बनाउन सफल शंकर पोखरेलले अबको पश्चिमको कमाण्ड सम्हाल्दै केन्द्रमा जिम्मेवारीमा पुग्ने सम्भावना रहेको आँकलन गर्न थालेका छन् पश्चिमका वाम बुद्धिजीवीहरु ।

    अर्थमन्त्री बन्नको निम्ति सौदाबाजी गरेको आरोप आफ्नै कार्यकर्ताबाट आउनु सानोतिनो कुरो होइन । भोलि पौडेल त्यो नेतृत्वमा पुग्लान् नपुग्लान् तर यस्ता अफवाह र वुटवललाई राजधानी बनाउन असफल नहुनुको घाटा भने
    उनलाई ठूलै हुने देखिन्छ ।

    स्याङ्जामा जन्मेका पौडेलले पंचायती व्यवस्था विरुद्ध संघर्ष गर्दा भूमिगत कालमा पाल्पा, गुल्मी, स्याँङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची यिनै जिल्लाहरुमा संगठन बिस्तार गरेकाले अहिले पनि उनको आफ्नै खालको सम्बन्ध र सम्पर्क छ । राम्रै लाभका पद र पार्टीको निर्णयकारी भूमिकामा पुग्न सफल पौडेलले अब आफ्ना रुपन्देहीका मतदाता सामु के भनेर प्रस्तुत हुने हुन् ? बडो गम्भीर प्रश्न तेर्सिएको छ ।

    पौडेल कमजोर भएको यो अवस्थाको फाइदा नेपाली कांग्रेसले लिन खोजिरहेको छ । असोज १८ आइतबारलाई कांग्रेसले बुटवल बन्दको आव्हान गरिसकेको छ भने प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेश राजधानीको विवादलाई ह्विपबाट समाधान गर्न खोजेपछि पार्टी भित्र यसले व्यापक विभाजनको स्थिति ल्याउने देखिन्छ ।

    माओवादी उद्गमस्थल रोल्पा, रुकुम, बलियो संगठन मानिएको पश्चिमलाई ध्यानमा राखेर प्रदेश ५ को राजधानी देउखुरी हुने कुरा प्रचण्डले केही महिना सार्वजानिक रुपमै अघि बताएका थिए । एकातिर प्रचण्डले आफ्ना कार्यकर्ता जोगाउनुपर्ने जिम्मेवारी, अर्कातिर शंकर पोखेलको प्रभाव क्षेत्र जोगाउनुपर्ने दायित्व, ओलीका प्रियपात्र पोखरेलले अन्तिम अवस्थामा बाजी मारेर विष्णु पौडेललाई पराजित गरिदिएकाछन् ।

    संघियतामाथि प्रश्न ?
    धेरै मानिसहरुले नेकपा भित्रको झगडालाई रुचाइरहेका छैनन् । वर्षौँदेखि उर्वर ठाउँको रुपमा चिनिएिको वुटवललाई नै फेरि हराभरा पार्नु भन्दा दाङ जस्ता नयाँ ठाउँहरुको के छ भने प्रदेशका सभासदहरु औचित्यविहीन बनाइए । उनीहरु माटाका मूर्ति जस्ता भए । ओली र प्रचण्डको सहमतिमा सदरमुकाम तोकिने भए ह्विप लगाएर भोटिङ गर्ने नाटक नै किन गर्नुपर्यो ? हाइकमाण्डले निर्णय गरे भैहाल्यो भनेर दुखेसो पोख्दैछन् सभासदहरु पनि । स्वतन्त्रता बन्देजमा राखेर केवल सहीछाप गर्न प्रयोग भएकोमा ग्लानी पोखिरहेका छन् सभासदहरु ।

    पार्टीले चुनाव जिताएपछि पार्टीको आदेश नमानेर सुख पाइन्छ ? भनेर तर्क त गर्न सकिएला । तर स्थानीय तहमा निर्वाचन जितेर सभासद भइसकेका मानिसहरुको बुद्धि र विवेकमा पार्टीका केहि मानिसहरुको निर्णयकारी हस्तक्षेप हुनु पक्कै पनि गणतन्त्र र संघियताको मर्म विपरीत हो । कालान्तरमा यसको नतिजा पनि देखिएरै छाड्नेछ । लिला भारद्वाज/नेपाल प्लस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.