Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बीआरआई: विज्ञान प्रविधिकाे ज्ञान हस्तान्तरणमा पार्टनरसीप आवश्यक – गणेश साह

गणेश साह गणेश साह
अशोज ९, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वमा एउटा समय थियो। त्यो समय शीतयुद्ध कायम थियो। जतिखेर महाशक्ति राष्ट्रहरू थिए, हामी अल्पविकसित र अरु कैयन मुलुकहरु उपनिवेश थिए।

    विश्व व्यवस्थाको इतिहासलाई हेर्‍यो भने जबजब विज्ञान र प्रविधिको क्षेत्रमा नयाँनयाँ अन्वेषणले नयाँ चिज ल्याउँछ, जुन देशले त्यसलाई साथ लिन्छ, त्यो साँच्चै अगाडि बढेको देखिन्छ। जुन देशले त्यसलाई छोड्यो, त्यो पछाडि परेको अवस्था छ। यो समान्य कुरा हो। मैले अघि उपनिवेशको कुरा गरेँ। जबकि चीन पनि उपनिवेश थियो। हाम्रो नेपाल मात्र उपनिवेशमा थिएन। जब उपनिवेशबाट मुक्त भयो, तब विश्व शीतयुद्धको समयमा प्रवेश गर्‍यो।

    सोभियत संघको विघटनपछि जब शीतयुद्ध र उपनिवेशबाट मुक्त भइसकेपछिको एउटा अवस्था रह्यो, सन् १९४५ पछिको त्यो ४५ वर्षको कालखण्ड यस्तो रह्यो। त्यसपछि सन् १९९० पछिको सोभियत संघको पतनपछि के भयो भने केही समय एकछत्र राज भयो। ‘युनी पोल’को युगबाट ‘मल्टी पोल’ युगमा हामी जाँदै छौँ। विश्वमा एक ध्रुव छैन। अहिले बहुध्रुवीय विश्व छ। आज कुनै पनि एउटा संसारको शक्तिले विश्वमा राज गर्छ भन्ने छैन।

    खासगरी नेपाल यस्तो मुलुक हो, जस्तो इतिहासको कालखण्ड हेर्ने हो भने हाम्रो ब्रिटिससँग २०० वर्ष पुरानो सम्बन्ध छ। सोभियत संघ, अमेरिका, भारत, चीन यी सबै देशसँग हाम्रो सम्बन्ध पुरानो नै छ। तर, सन् १९९० पछिचाहिँ विश्व व्यवस्था फेरियो र त्यो नेपालमा पनि फेरिएको छ। विज्ञान प्रविधि क्रान्ती र अन्वेषणपछि त्यसको कति हामीले अनुसरण गर्छौं, त्यहीअनुसार फेरिन्छौँ। चीनले एआईमा कतिको व्यापार छ भनेर हेरिरहेको चर्चा यहाँ भइसकेको छ।

    चीनलाई हेर्दाखेरि मैले समान्यतया तीनवटा कालखण्डमा राखेर हेर्ने गरेको छु। पहिलो युग हो, माओत्सेतुङ युग। दोस्रो हो, देङ साओ पिङको युग। अहिले चीनले आफैँ पनि सी जिनपिङ विचारधारालाई पार्टीको २०१७ को महाधिवेशनबाट स्वीकार्य गरिसकेको अवस्थामा छ। यो विचारधारामध्ये बीआरआईले नेपाललाई बढी नै छोएको जस्तो लाग्छ। छिमेकी देशले ल्याउने परिवर्तनपश्चात् हामीलाई अति नै प्रभावित पार्ने कार्य भनेको बीआरआईले प्रभाव पर्छ भन्ने मेरो ठम्याइ छ।

    नेपालमा सन् १९६८ तिर अरनिको राजमार्ग बन्यो, पृथ्वी राजमार्ग जोड्यो। नेपालमा रोड त आयो, चीनबाट पनि आयो, रुसबाट पनि आयो, भारतबाट पनि आयो तर अहिले नेपालको रोड सेक्टर हेर्ने हो भने कहालीलाग्दो र दूरवस्था रहेको छ। किन भयो होला भन्ने कहिले सोच्नुभएको छ ? त्यो किन भयो भने, उहाँहरूले बनाइदिनुभयो, हामी आनन्दसँग हिँड्यौँ। उनीहरूको गाडी किन्यौँ, हामी हिँड्यौँ। तर त्यसबारे हामीले ज्ञान आदानप्रदान गरेनौँ। ज्ञान हस्तान्तरण गर्न जाने कि नजाने भन्ने ठूलै प्रश्नको रूपमा हाम्रा सामु खडा छ।

    बीआरआईमा यसो हेर्ने हो भने स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि इन्भेष्ट स्ट्रक्चर इन्भेष्टमेन्ट बैंकको स्थापना भयो। ओलीजीको पालामा पारवहन सन्धि भयो। प्रचण्डजीको पालामा वान वेल्ट वान रोडको कुरा भयो। त्यो बीआरआईमा हामीले सँगै हस्ताक्षर गर्‍यौँ। भनेपछि हामीले आजको चीनसँग हामी शासक पार्टीका अध्यक्ष आलोपालो गएर सहमति र सहीछाप त गरेका छौँ। यसबाट हामी तपाईसँग बीआरआईमा पार्टनरसीप गर्न तयार छौँ भन्ने मैले बुझेको छु।

    चीनचाहिँ चौथो ‍औद्योगिक क्रान्तिको कुरा गरिराखेको छ। हामी  भने लो टेक्नोलोजीमा रहेका छौँ। टेक्नोलोजीका हिसाबले हामी तुइन विस्थापन गर्नुपर्‍यो भन्ने ठाउँमा छौँ। भनेपछि हाम्रो टेक्नोलोजी, ट्रान्सफर, नलेज सेयरिङलाई न अवसरका रूपमा हामीले लियौँ, न हाम्रो मित्रतालाई लियौँ। त्यसैले टेक्नोलोजीमा ‘माछा खान दिने भन्दा माछा मार्न सिकाइदेऊ’ भन्ने प्रश्नचाहिँ आजको युवापुस्ताले खास गरेर गभ्भीरतापूर्वक मनन् चिन्तन गर्नुपर्छ जस्तो मलाई लाग्छ। ३० वर्षको विज्ञान, प्रविधिलाई हेर्ने हो भने चीनले धेरै ठूलो फड्को मारेको छ। ऊसँग हामीले कसरी सहकार्य गर्ने महत्त्वपूर्ण कुरा हो।

    हामीले आफ्नो उत्पादनलाई जबसम्म विज्ञान, प्रविधि र अन्वेषणको प्रयोग गरेर गर्न सक्दैनौँ, तपाईं भिखारी भएर हिँड्नुहुन्छ। कोरिया किन अगाडि गयो भन्दा कोरियनले अमेरिकासँग माग्दाखेरि तिमीले मलाई अत्याधुनिक विज्ञान, प्रविधि क्षेत्रको कोरियन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नालोजी बनाइदेऊ अनि मात्रै हामी अगाडि बढ्छौँ भन्यो। हामी के माग्छौँ भने यो बाटो बनाइदेऊ, यो पुल बनाइदेऊ इत्यादि। त्यसैले आजको युगमा ज्ञान आदान प्रदान र हस्तान्तरणमा जोड दिनुपर्छ।

    आजको युगमा तपाईंले ज्ञान, बुद्धि, प्रविधि माग्नुभयो भने त्यो सहयात्री हुने होला, होइन यो गाउँको पुल बनाइदेऊ, यो बनाइदेऊ, त्यो बनाइदेऊ भन्दाखेरि फेरि भिखारीको भिखारी नै भइने हो कि भन्ने मलाई लाग्छ। यहाँनिर मैले मूलरूपमा दुइटा कुरा भन्न खोजेको हो। यो सोभियत संघको विगठनपछिको विश्वले र आजको नेपालले त्यसबाट के सिक्नुपर्ने हो भने, यदि तपाईंले जति प्रगति गरे पनि जनताका समस्या हेर्नुहुन्न भने तपाईंको समाजवाद बन्नेवाला छैन। सोभियत संघको विगठनको एउटा महत्त्वपूर्ण कारण के हो भने जतिसुकै अन्तरिक्षमा गएकाले जतिसुकै हातहतियार बनाए पनि जनताको जीवन दिन प्रति दिन सम्पन्न राजनीतिक दल र जनताबीचको सम्बन्ध टुटेको हो। त्यो कुरालाई कम्युनिस्ट पार्टीका नेताहरूले मनन्, चिन्तन गरौँ।

    दोस्रो, यो हाम्रो विचारहरूको सन्दर्भ के छ भने सहकार्य स्थापित गर्नु, बहुपक्षीय र बहुआयामिक सम्पर्क संजाल निर्माण गर्नु। सहकार्य कोसँग हुन्छ? हामीले आन्दोलन गर्‍यौँ नि पञ्चायती व्यवस्थामा। जोसँग कुरा मिल्यो, त्यससँग मोर्चा बन्यो, जोसँग मिलेन, मोर्चा बनेन। भनेपछि हामी सहकार्यका लागि अगाडि बढ्ने हो भने कमसे कम सहकार्य गर्नेको क्यापासिटी, आज उसले जुन स्पिडमा हिँड्छ, उसको जुन अवस्था छ, त्यसको नजिक–नजिक त पुग्नुपर्‍यो नि ! अबको हाम्रो युवा जमात खासगरी राजनीतिक दलहरूले चीनसँग खास गरेर विज्ञान कूटनीतिको बारेमा गहन रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने आवश्यकता छ।

    आजको कूटनीतिमा सबैभन्दा ठूलो कुरा विज्ञानको कूटनीति हो। त्यसलाई साथ लिनुपर्‍यो। अर्को कुरा के छ भने विज्ञान र प्रविधिको प्रवर्द्धनको क्षेत्रमा सहकार्यको वातावरण बनाउनुपर्‍यो। हाम्रो पनि क्यापासिटी बढाउनुपर्‍यो । हामीले चीनसँग उसको अनुभवको आधारमा ज्ञानको कुरालाई अगाडि बढाउनुपर्‍यो। हामी टेक्नोलोजी ट्रान्सफरको कुरामा अगाडि बढ्नुपर्‍यो।

    चीनको सबै प्रगतिबाट, माओ र सी जिनपिङबाट अब हामीले कसरी अगाडि जाने हो भनेर सोच्नुपर्‍यो। विज्ञान र प्रविधिको क्षेत्र तथा वातावरण या जलवायु परिवर्तनलगायत क्षेत्रमा हामीले चीनसँग सहकार्य गर्नका लागि हाम्रो अवस्थामा, आफ्नो क्षमतामा अभिवृद्धि, नीति निर्माण गर्नु आवश्यक छ।
    (नेकपाका स्थायी समिति सदस्य गणेश साहले कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति, नेपाल प्रदेश ३ ले काठमाडौंम २०७६ असोज ४ गते शनिवार आयोजित ‘सी जिनपिङ् विचारधारा र बीआरआईः के विश्व व्यवस्था बदलिँदै छ?’ विषयक विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथिको टिप्पणी गर्दै राख्नुभएको धारणाको सम्पादित अ‌ंश)।

    लोकसंवाद अनलाइनबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गणेश साह

      गणेश साह

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.