Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

बीआरआई: विज्ञान प्रविधिकाे ज्ञान हस्तान्तरणमा पार्टनरसीप आवश्यक – गणेश साह

by गणेश साह
September 26, 2019
- यो हप्ता, समाचार
बीआरआई: विज्ञान प्रविधिकाे ज्ञान हस्तान्तरणमा पार्टनरसीप आवश्यक – गणेश साह
Share on FacebookShare on TwitterEmail

विश्वमा एउटा समय थियो। त्यो समय शीतयुद्ध कायम थियो। जतिखेर महाशक्ति राष्ट्रहरू थिए, हामी अल्पविकसित र अरु कैयन मुलुकहरु उपनिवेश थिए।

विश्व व्यवस्थाको इतिहासलाई हेर्‍यो भने जबजब विज्ञान र प्रविधिको क्षेत्रमा नयाँनयाँ अन्वेषणले नयाँ चिज ल्याउँछ, जुन देशले त्यसलाई साथ लिन्छ, त्यो साँच्चै अगाडि बढेको देखिन्छ। जुन देशले त्यसलाई छोड्यो, त्यो पछाडि परेको अवस्था छ। यो समान्य कुरा हो। मैले अघि उपनिवेशको कुरा गरेँ। जबकि चीन पनि उपनिवेश थियो। हाम्रो नेपाल मात्र उपनिवेशमा थिएन। जब उपनिवेशबाट मुक्त भयो, तब विश्व शीतयुद्धको समयमा प्रवेश गर्‍यो।

सोभियत संघको विघटनपछि जब शीतयुद्ध र उपनिवेशबाट मुक्त भइसकेपछिको एउटा अवस्था रह्यो, सन् १९४५ पछिको त्यो ४५ वर्षको कालखण्ड यस्तो रह्यो। त्यसपछि सन् १९९० पछिको सोभियत संघको पतनपछि के भयो भने केही समय एकछत्र राज भयो। ‘युनी पोल’को युगबाट ‘मल्टी पोल’ युगमा हामी जाँदै छौँ। विश्वमा एक ध्रुव छैन। अहिले बहुध्रुवीय विश्व छ। आज कुनै पनि एउटा संसारको शक्तिले विश्वमा राज गर्छ भन्ने छैन।

खासगरी नेपाल यस्तो मुलुक हो, जस्तो इतिहासको कालखण्ड हेर्ने हो भने हाम्रो ब्रिटिससँग २०० वर्ष पुरानो सम्बन्ध छ। सोभियत संघ, अमेरिका, भारत, चीन यी सबै देशसँग हाम्रो सम्बन्ध पुरानो नै छ। तर, सन् १९९० पछिचाहिँ विश्व व्यवस्था फेरियो र त्यो नेपालमा पनि फेरिएको छ। विज्ञान प्रविधि क्रान्ती र अन्वेषणपछि त्यसको कति हामीले अनुसरण गर्छौं, त्यहीअनुसार फेरिन्छौँ। चीनले एआईमा कतिको व्यापार छ भनेर हेरिरहेको चर्चा यहाँ भइसकेको छ।

चीनलाई हेर्दाखेरि मैले समान्यतया तीनवटा कालखण्डमा राखेर हेर्ने गरेको छु। पहिलो युग हो, माओत्सेतुङ युग। दोस्रो हो, देङ साओ पिङको युग। अहिले चीनले आफैँ पनि सी जिनपिङ विचारधारालाई पार्टीको २०१७ को महाधिवेशनबाट स्वीकार्य गरिसकेको अवस्थामा छ। यो विचारधारामध्ये बीआरआईले नेपाललाई बढी नै छोएको जस्तो लाग्छ। छिमेकी देशले ल्याउने परिवर्तनपश्चात् हामीलाई अति नै प्रभावित पार्ने कार्य भनेको बीआरआईले प्रभाव पर्छ भन्ने मेरो ठम्याइ छ।

नेपालमा सन् १९६८ तिर अरनिको राजमार्ग बन्यो, पृथ्वी राजमार्ग जोड्यो। नेपालमा रोड त आयो, चीनबाट पनि आयो, रुसबाट पनि आयो, भारतबाट पनि आयो तर अहिले नेपालको रोड सेक्टर हेर्ने हो भने कहालीलाग्दो र दूरवस्था रहेको छ। किन भयो होला भन्ने कहिले सोच्नुभएको छ ? त्यो किन भयो भने, उहाँहरूले बनाइदिनुभयो, हामी आनन्दसँग हिँड्यौँ। उनीहरूको गाडी किन्यौँ, हामी हिँड्यौँ। तर त्यसबारे हामीले ज्ञान आदानप्रदान गरेनौँ। ज्ञान हस्तान्तरण गर्न जाने कि नजाने भन्ने ठूलै प्रश्नको रूपमा हाम्रा सामु खडा छ।

बीआरआईमा यसो हेर्ने हो भने स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि इन्भेष्ट स्ट्रक्चर इन्भेष्टमेन्ट बैंकको स्थापना भयो। ओलीजीको पालामा पारवहन सन्धि भयो। प्रचण्डजीको पालामा वान वेल्ट वान रोडको कुरा भयो। त्यो बीआरआईमा हामीले सँगै हस्ताक्षर गर्‍यौँ। भनेपछि हामीले आजको चीनसँग हामी शासक पार्टीका अध्यक्ष आलोपालो गएर सहमति र सहीछाप त गरेका छौँ। यसबाट हामी तपाईसँग बीआरआईमा पार्टनरसीप गर्न तयार छौँ भन्ने मैले बुझेको छु।

चीनचाहिँ चौथो ‍औद्योगिक क्रान्तिको कुरा गरिराखेको छ। हामी  भने लो टेक्नोलोजीमा रहेका छौँ। टेक्नोलोजीका हिसाबले हामी तुइन विस्थापन गर्नुपर्‍यो भन्ने ठाउँमा छौँ। भनेपछि हाम्रो टेक्नोलोजी, ट्रान्सफर, नलेज सेयरिङलाई न अवसरका रूपमा हामीले लियौँ, न हाम्रो मित्रतालाई लियौँ। त्यसैले टेक्नोलोजीमा ‘माछा खान दिने भन्दा माछा मार्न सिकाइदेऊ’ भन्ने प्रश्नचाहिँ आजको युवापुस्ताले खास गरेर गभ्भीरतापूर्वक मनन् चिन्तन गर्नुपर्छ जस्तो मलाई लाग्छ। ३० वर्षको विज्ञान, प्रविधिलाई हेर्ने हो भने चीनले धेरै ठूलो फड्को मारेको छ। ऊसँग हामीले कसरी सहकार्य गर्ने महत्त्वपूर्ण कुरा हो।

हामीले आफ्नो उत्पादनलाई जबसम्म विज्ञान, प्रविधि र अन्वेषणको प्रयोग गरेर गर्न सक्दैनौँ, तपाईं भिखारी भएर हिँड्नुहुन्छ। कोरिया किन अगाडि गयो भन्दा कोरियनले अमेरिकासँग माग्दाखेरि तिमीले मलाई अत्याधुनिक विज्ञान, प्रविधि क्षेत्रको कोरियन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नालोजी बनाइदेऊ अनि मात्रै हामी अगाडि बढ्छौँ भन्यो। हामी के माग्छौँ भने यो बाटो बनाइदेऊ, यो पुल बनाइदेऊ इत्यादि। त्यसैले आजको युगमा ज्ञान आदान प्रदान र हस्तान्तरणमा जोड दिनुपर्छ।

आजको युगमा तपाईंले ज्ञान, बुद्धि, प्रविधि माग्नुभयो भने त्यो सहयात्री हुने होला, होइन यो गाउँको पुल बनाइदेऊ, यो बनाइदेऊ, त्यो बनाइदेऊ भन्दाखेरि फेरि भिखारीको भिखारी नै भइने हो कि भन्ने मलाई लाग्छ। यहाँनिर मैले मूलरूपमा दुइटा कुरा भन्न खोजेको हो। यो सोभियत संघको विगठनपछिको विश्वले र आजको नेपालले त्यसबाट के सिक्नुपर्ने हो भने, यदि तपाईंले जति प्रगति गरे पनि जनताका समस्या हेर्नुहुन्न भने तपाईंको समाजवाद बन्नेवाला छैन। सोभियत संघको विगठनको एउटा महत्त्वपूर्ण कारण के हो भने जतिसुकै अन्तरिक्षमा गएकाले जतिसुकै हातहतियार बनाए पनि जनताको जीवन दिन प्रति दिन सम्पन्न राजनीतिक दल र जनताबीचको सम्बन्ध टुटेको हो। त्यो कुरालाई कम्युनिस्ट पार्टीका नेताहरूले मनन्, चिन्तन गरौँ।

दोस्रो, यो हाम्रो विचारहरूको सन्दर्भ के छ भने सहकार्य स्थापित गर्नु, बहुपक्षीय र बहुआयामिक सम्पर्क संजाल निर्माण गर्नु। सहकार्य कोसँग हुन्छ? हामीले आन्दोलन गर्‍यौँ नि पञ्चायती व्यवस्थामा। जोसँग कुरा मिल्यो, त्यससँग मोर्चा बन्यो, जोसँग मिलेन, मोर्चा बनेन। भनेपछि हामी सहकार्यका लागि अगाडि बढ्ने हो भने कमसे कम सहकार्य गर्नेको क्यापासिटी, आज उसले जुन स्पिडमा हिँड्छ, उसको जुन अवस्था छ, त्यसको नजिक–नजिक त पुग्नुपर्‍यो नि ! अबको हाम्रो युवा जमात खासगरी राजनीतिक दलहरूले चीनसँग खास गरेर विज्ञान कूटनीतिको बारेमा गहन रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने आवश्यकता छ।

आजको कूटनीतिमा सबैभन्दा ठूलो कुरा विज्ञानको कूटनीति हो। त्यसलाई साथ लिनुपर्‍यो। अर्को कुरा के छ भने विज्ञान र प्रविधिको प्रवर्द्धनको क्षेत्रमा सहकार्यको वातावरण बनाउनुपर्‍यो। हाम्रो पनि क्यापासिटी बढाउनुपर्‍यो । हामीले चीनसँग उसको अनुभवको आधारमा ज्ञानको कुरालाई अगाडि बढाउनुपर्‍यो। हामी टेक्नोलोजी ट्रान्सफरको कुरामा अगाडि बढ्नुपर्‍यो।

चीनको सबै प्रगतिबाट, माओ र सी जिनपिङबाट अब हामीले कसरी अगाडि जाने हो भनेर सोच्नुपर्‍यो। विज्ञान र प्रविधिको क्षेत्र तथा वातावरण या जलवायु परिवर्तनलगायत क्षेत्रमा हामीले चीनसँग सहकार्य गर्नका लागि हाम्रो अवस्थामा, आफ्नो क्षमतामा अभिवृद्धि, नीति निर्माण गर्नु आवश्यक छ।
(नेकपाका स्थायी समिति सदस्य गणेश साहले कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति, नेपाल प्रदेश ३ ले काठमाडौंम २०७६ असोज ४ गते शनिवार आयोजित ‘सी जिनपिङ् विचारधारा र बीआरआईः के विश्व व्यवस्था बदलिँदै छ?’ विषयक विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथिको टिप्पणी गर्दै राख्नुभएको धारणाको सम्पादित अ‌ंश)।

लोकसंवाद अनलाइनबाट साभार ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
गणेश साह

गणेश साह

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.